ज्वरो के हो ? ज्वरोको घरेलु उपचार | Fever Treatment at Home in Nepali

ज्वरो के हो ? ज्वरोको घरेलु उपचार | Fever Treatment at Home in Nepali




ज्वरो / जरो (Fever in Nepali)

ज्वरो (Fever) के हो ? ज्वरो आउनुको कारण (Causes of Fever) के हो ? ज्वरो किन आउँछ? ज्वरो आएमा के खाने के नखाने ? ज्वरोको घरेलु उपचार (Fever Treatment at Home) कसरी गर्ने ? ज्वरो नाप्ने (How to measure fever) तरिका के छ ? ज्वरो को औषधि (fever medicine) कति बेला खाने ? काम ज्वरो किन आउँछ ? आदि ज्वरो (Fever) संग सम्बन्धित केहि विशेष जानकारी यो पोस्टमा बताइएको छ.

ज्वरो के हो ? (What is Fever in Nepali )

ज्वरो (fever) भन्नाले शरीरको ताप्रक्रम बढ्नु वा High Body Temperature हुनु हो. सामान्य शरीरको ताप्रक्रम (Normal Body Temperature) ३६.१ डिग्री सेल्सियस (97°F)  देखि ३७ डिग्री सेल्सियस (98.6°F) को विचमा रहेको हुन्छ. तर कुनै कारणबस सामान्य शरीरको तापक्रम (Normal Body Temperature) बढ्न गए त्यसलाई ज्वरो (Fever) आयो भनिन्छ. 

जब तपाइँको शरीरमा कुनै ब्याक्टेरिया वा भाइरसले आक्रमण गर्दछ तब तपाइँको शरीर भित्र भएको इम्युनिटीले ती ब्याक्टेरिया वा भाइरसहरुलाई मार्न युद्द गरिरहेको हुन्छ. तपाइँको शरीर भित्र भाइरस र इम्युनिटी बीच लडाई हुँदा शरीरको अटोमेटिक सिस्टमले ती भाइरस र ब्याक्टेरियालाई मार्न शरीरको  तापक्रम बढाउँदछ र यसरी तापक्रम बढ्नुलाई ज्वरो आएको भनिन्छ. ज्वरो आउँदा डराउनु पर्दैन किनकी तपाइँको शरीरले तपाइँकै निमित्त भाइरस वा ब्याक्टेरियालाई मार्न तपाइँको शरीरको तापक्रम बढाएको हुन्छ .

तापक्रम ३६.१ डिग्री सेल्सियस (97°F) देखि ३७.२ डिग्री सेल्सियस (99°F) सम्म पनि हुन सक्छ. यसलाई पनि समान्य तापक्रम नै मानिने गरिन्छ. तर ९९ डिग्री फरेनहाइट (३७.२ डिग्री सेल्सियस) भन्दा बढी तापक्रम हुन गए ज्वरो (Fever) आएको मानिने गरिन्छ. 

तर समय र परिस्थिति अनुसार के हि क्षणलाई शरीरको तपक्रम बढेको पनि हुन सक्छ जसलाई ज्वरो नमानिने पनि हुन् सक्छ. जस्तै निकै गर्मिमा हिड्नेको बेला, दौडिएको बेला, ब्यब्याम गरेको बेला वा कुनै बेला ९९.५ डिग्री फरेनहाइट देखि १०० डिग्री फरेनहाइट सम्म के हि क्षणलाई पुग्न सक्छ तर के हि क्षण पछि आफैं नर्मल हुनेछ. यस्तो भए पुन चेक गरी ज्वरो आएको हो वा होइन भनेर छुट्याउन सक्नु हुनेछ. 

ज्वरो आउँदा शरीरमा कुनै पनि इन्फेस्कन (Infection) भएको हुन सक्छ. शरीर निर्जलीकरणको कारण पनि ज्वरो आएको हुन सक्छ. ज्वरो आउने कारणहरु यस्ता छन्.

ज्वरो आउनुको कारणहरु (causes of fever in Nepali):

ज्वरो आउनुको कारण विभिन्न हुन्छन. प्राय ज्वरो आउनुको कारणहरु (causes of fever) सामान्य फ्लु को कारण नै  हुन्छन् तर कतिपय स्थितिमा ज्वरो आउने कारणहरु (serious causes of fever) जटिल रहेका पनि हुन्छन्. सामान्य फ्लु (flu) को कारण ज्वरो (fever) पनि  आउने हुन्छ भने कतिपय गम्भीर रोग (Serious Disease)को कारण पनि ज्वरो (Serious Fever Disease) आएको हुन सक्छ.

ज्वरो आउनुको मतलब शरीरमा कुनै पनि इन्फेक्सन (body Infection) भएर शरीरको तापक्रम बढ्नु (High Body Temperature) हो. इन्फेक्सन हुने कारणहरु (Causes of Infection) विभिन्न हुन्छन्. शरीरको कुनै बाहिरी अंग (External body Infection) वा भित्री अंगमा इन्फेक्सन (Internal Body Infection) भएको छ भने ज्वरो आउनुको कारण (Causes of Fever) हुन सक्छ. ज्वरो आउने कारणहरु अनेक हुन्छन तर प्राय हर कोहीलाई ज्वरो आइरहने कारणहरु यस्ता हुन्छन्.

  • इन्फेक्सन हुँदा (Fever Infection)
  • भाइरल फ्लु हुँदा (viral Fever)
  • भाइरल रोग हुँदा (Viral Disease Fever)
  • डेंगू रोगको लक्षण हुँदा (Dengue Fever)
  • डेंगू मच्छरले टोक्दा (Dengue Mosquito)
  • मलेरिया हुँदा (Malaria  Fever)
  • निमोनिया हुँदा (Pneumonia )
  • टाइफाइड हुँदा (Typhoid Fever)
  • बर्डफ्लु हुँदा (Bird Flu Fever)
  • निर्जलीकरण हुँदा (Dehydration fever)
  • हेपाटाइटिस हुँदा (Hepatitis Fever)
  • कुनै अंगमा दुखाई बढ्दा (Pain Fever)
  • मृगौला रोग हुँदा (Kidney Disease Fever)
  • रुघा-खोकी लाग्दा (Common Cold Fever)
  • फंगल इन्फेक्सन हुँदा (Fungal Infection Fever)
  • इबोला भाइरस हुँदा (Ebola Virus Fever)
  • कुनै अंगको अप्रेसन गर्दा 
  • कोरोना संक्रमण हुँदा (CoronaVirus Fever)
  • दिर्घ रोग हुँदा
  • टाउको दुख्दा (Headache)
  • मृगौला संक्रमण हुँदा (Kidney Infection Fever)
  • मूत्र पथ संक्रमण हुँदा  (Urinary Tract Infection Fever / UTI Fever)
  • मूत्र थैली संक्रमण हुँदा (Bladder Infection Fever)
  • औषधि वा एन्टिबायोटिक सेवन गर्दा 
  • आन्द्रामा घाउ / अल्सर  हुँदा आदि
ज्वरो आउनुको कारणहरु (Causes of Fever) अनेक हुन्छन्. ज्वरो आएमा किन ज्वरो आयो भन्ने पत्ता लगाएर ज्वरोको उपचार (Fever Treatment) गर्नु पर्छ. सामान्य कारणले फ्लु ज्वरो (Fever Flu) आएमा ज्वरोको घरेलु उपचार (Fever Gharelu Upachar) विधि मार्फत पनि ज्वरोको उपचार (Fever Treatment) गर्न सक्नु हुनेछ.

ज्वरोको घरेलु उपचार ( Fever Treatment at home in Nepali):

ज्वरोको मेडिकल उपचार (Fever Medical Treatment) र ज्वरोको घरेलु उपचार (Fever treatment at home) अलिक फरक छन्. ज्वरोको मेडिकल उपचार (Fever Medical Treatment) गर्दा शरीरमा के भएर ज्वरो आएको छ? भन्ने पत्ता लगाएर उक्त समस्याको उपचार गरी ज्वरोको उपचार (Fever Treatment) गरिन्छ. 

घरमा गर्ने ज्वरोको घरेलु उपचार (Fever Treatment at Home) गर्दा शरीरको इम्युन पावर (Immunity) बढाउने किसिमका जडिबुटी वा इम्युन सिस्टम (Immune System) बढाउने खानाहरु खाएर ज्वरोको घरेलु उपचार (Fever home treatment) गरिन्छ. शरीरको इम्युन सिस्टम बढाए पछि इम्युन सिस्टमले शरीरमा भएको फ्लु (Flu), भाइरस (Virus) वा ब्याक्टेरियालाई (Bacteria) मार्न थप इनर्जी मिल्दछ र ज्वरो चांडो ठिक हुँदछ. जसलाई ज्वरोको घरेलु उपचार (Fever Treatment at Home)  मान्न सकिन्छ.
  1. तातो पानी पिउने (Drink Hot Water)
  2. मेथी भुटेर खाने 
  3. बेसार पानी पिउने (तातोपानी मा )
  4. तुलसीको पात खाने 
  5. हर्रा-बर्रा पोलेर, वा हल्का तातो बनाई खाने 
  6. चिराइतोको रस पिउने (तातोपानी मा)
  7. मरिच पानी पिउने (तातो पानी)
  8. अलैंची, ल्वांग, पाखन्वेद खाने 
  9. पुदिनाको रस पिउने (तातो पानीमा )
  10. ज्वानोको सुप पिउने 
  11. लसुन खाने (पोलेर वा पानीमा उमालेर )
  12. अदुवा, लसुन, बेसार, तुलसीको पात उमालेर पिउने 
  13. ल्वांग, चिराइतो पिसेर मिसाई दिनको दुई पटक तातो पानीमा पिउने (चिराइतो नभए ल्वांग मात्रै )
  14. चना उमालेर खाने 
  15. मेथीको सागमा लसुन, अदुवा मिसाई उमालेर खोले जस्तो बाक्लो बनाएर खाने 
  16. निमको पात लाई पिसेर उमालेर सेवन गर्ने 
  17. बेसार, अलैची, मिसाएर पिउने 
  18. अदुवा, लसुन  पकाएर मन तातो हुने गरी सेलाए र मह मिसाई पिउने
  19. तातो पानी प्रसस्त पिउने 
  20. तातो-बाक्लो दाल, चना प्रसस्त खाने
  21. अदुवाको रस र मह मिसाएर खाने
  22. पानी पिउँदा उमालेर मन तातो बनाएर मात्र पिउने (चिसो पानी छुदै नछुने )
  23. गाँजर उमालेर गलाएर खाने
  24. तोरीको तेल ले सक्ने / मालिस गर्ने  
  25. तातो कपडाले शरीर, छाती ढाक्ने
  26. अमलाको चुर्ण तातो पानीमा सेवन गर्ने 
  27. भिक्स लगाउने (छातीमा, निधारमा र नाकमा )
  28. भिक्स सुँघ्ने
  29. प्याजको पिस्ने र पेस्ट बनाई निधारमा राख्ने
  30. तातो पानीमा थोरै भिक्स मिसाएर उमाली त्यसको बाफ लिने 
  31. चिया पिउँदा अदुवा, मरिच, अलैंची र ल्वांग पिसेर,  तुलसीको पातको रस मिसाएर पिउने ( गुलियो नखाने, खाएमा सख्खर खाने तर चिनी नखाने) 
  32. सन्चो लगाउने
  33. नजिकैको मेडिकलमा सल्लाह गरी सिटामोल सेवन गर्न सकिन्छ.
  34. थर्मो मिटर साथमा राख्ने र २/३ घण्टाको फरकमा ज्वरो नापी रहने ज्वरो घटेन तर बढ्दै गयो भने तुरन्तै मेडिकल जाने र चेक जाँच गराई आवस्यक उपचार गर्ने नत्र निमोनिया वा टायफाइड हुन सक्ने संभावना हुन्छ. 

ज्वरोको घरेलु उपचार ले कसरी काम गर्छ ? (How Fever Home Remedies Work?)

ज्वरोको घरेलु उपचार विधि (Fever Home Remedies)ले शरीरको इम्युनिटी (Immunity) संग सम्पर्क गरी प्राकृतिक तरिका (Natural Way) अनुसार काम गर्दछ. यी माथि बताइएको खाने कुराहरुमा कतिपयमा एन्टीब्याक्टेरियल (Antibacterial) र एन्टीभाइरल (Antiviral) गुणहरु रहेको छ. यी तत्वहरुको सेवन गरे पश्चात  शरीरमा भएको भाइरल इन्फेस्कन (Viral Infection) वा ब्याटेरियल इन्फेक्सन (Bacterial Infection) लाई ठिक गर्दछ र ज्वरो (Fever) ठिक हुँदछ. 

यी माथि बताइएको ज्वरोको घरेलु उपचार (Fever Home Remedies) विधिमा कतिपयले शरीरको इम्युन पावर (Immune Power) लाई मात्र पनि बढाउँदछ. ज्वरोको घरेलु उपचार विधिले शरीरको इम्युनिटीलाई ब्याक्टेरिया (Bacteria) वा भाइरस (Viral) संग लड्न थप शक्ति प्रदान गर्दछ. 
तपाइँले इम्युनिटी बढाउने किसिमका खानाहरु मात्र सेवन गर्दिने हो भने बाँकी काम तपाइँको इम्युनिटीले आफैं अटोमेटिक तरिका अनुसार काम गर्ने छ र तपाइँको ज्वरो ठिक हुने छ.  

ज्वरो कसरी नाप्ने? (How to Measure Fever) :

ज्वरो कसरी नाप्ने भन्ने बारे सबैले जान्न जरुरी रहेको हुन्छ. एक बालक देखि वृद्द सम्मका हर कोहिले ज्वरो कसरी नाप्ने? ज्वरो नाप्ने तरिका के हो? भनेर बुझ्न अति जरुरी छ. ज्वरो नाप्न सबै भन्दा पहिला ज्वरो नाप्ने थर्मोमिटर चाहिन्छ. 

पहिले-पहिले अर्कै किसिमको थर्मो मिटर प्रयोग गरिन्थ्यो जुन हरकोहीलाई ज्वरो नाप्न सजिलो हुने थिएन. तर अहिले डिजिटल थर्मोमिटर पाइन्छ जुन हर कोहिले सजिल्यै प्रयोग गर्न सक्छन. विभिन्न हस्पिटल र क्लिनिकमा प्रयोग हुने यो डिजिटल थर्मोमिटर तपाइँले पनि किनेर घरमा राख्नुहोस् र यहाँ बताइएको तरिका अनुसार यसरी ज्वरो नाप्नुहोस.

यो हो डिजिटल थर्मोमिटर. यसमा ४ वटा भागहरु छन्. जहाँ  अंक देखिने एक Display छ. साथै Power On र power OFF को एक बटन छ. छेउमा एउटा सानो ब्याट्री पनि हुन्छ जसले यो थर्मोमिटर लाई इलेक्ट्रिकल पावर मिल्दछ. त्यसैगरी सबैभन्दा मुख्य पार्ट सेन्सर रहेको छ. यहि सेन्सरबाट थर्मोमिटरले ज्वरो नाप्दछ.

थर्मोमिटरले ज्वरो नाप्ने तरिका 

  1. थर्मोमिटरको "पावर बटन" एक पटक दबाउनु होस् मतलब थर्मोमिटर चालु गर्नुहोस. सानो बिप अवाज सुन्नु हुनेछ. त्यसपछि डिस्प्ले खुल्ने छ
  2. डिस्प्ले खुलेपछि ५ सेकेन्ड त्यतिकै छोड्नुहोस त्यसपछि डिस्प्लेमा  'L' देखाउने छ
  3. 'L' देखाए पछि थर्मोमिटर को सेन्सरलाई  काखी मुनि अथवा जीब्रोमा चेपेर १/२ मिनेट जती छोड्नुहोस्
  4. थर्मो मिटरले ज्वरो नापी सके पछि  बिप आवाज सुन्नु हुनेछ 
  5. बिप आवाज आए पछी थर्मोमिटर निकाल्नुहोसकति अंक देखायो ? नोट गर्नुहोस. 

सेल्सियस Celsius (C) :

यदि थर्मोमिटरमा ३६ डिग्री सेल्सियस देखि ३७ डिग्री सेल्सियस बीचको कुनै अंक भए समान्य तापक्रम रहने छ तर यदि ३७.२ डिग्री सेल्सियस भन्दा बढी भए ज्वरो आएको हुनेछ

फरेनहाइट Fahrenheit (F)

यदि थर्मोमिटरमा ९६.८ डिग्री फरेनहाइट देखि ९९.0 डिग्री फरेनहाइटको बीचमा रहे सामान्य तापक्रम रहनेछ. तर ९९ डिग्री फरेनहाइट भन्दा बढी भए ज्वरो आएको हुनेछ.

सेल्सियसलाई फरेनहाइटमा बदल्ने तरिका  Change 'C' to 'F' in Digital thermometer: 

डिजिटल थर्मोमिटर खरिद गर्दा कुनै सेल्सियस मा देखाउने पाइन्छ त कुनै फरेनहाइट मै देखाउने पाइन्छ. 
डिजिटल थर्मोमिटरको  सेल्सियस 'C' बाट फरेनहाइट 'F' मा बदल्न यसो गर्नुहोस् :
  1. सुरुमा थर्मोमिटरको "पावर बटन" थिचेर थर्मोमिटरको POWER OFF गर्नुहोस. 
  2. अब थर्मोमिटरको  POWER ON गर्दा १० सेकेन्ड सम्म "पावर बटन" थिची रहनुहोस.
  3. (घडी हेरी-हेरी ९/१० सेकेन्ड सम्म थिचिरहनु होस्  )
  4. अब थर्मोमिटरको स्क्रिन मा  'C'  बाट 'F' मा परिणत भएको देख्न सक्नुहुनेछ. 
यदि फरेनहाइट 'F' बाट सेल्सियस 'C' मा बदल्नु परे यहि  तरिका अपनाउनु होस्.

 फरेनहाइटलाई सेल्सियसमा बदल्ने तरिका Change 'F' to 'C' in Digital thermometer: 

  1. सुरुमा थर्मोमिटरको "पावर बटन" थिचेर थर्मोमिटरको POWER OFF गर्नुहोस. 
  2. अब थर्मोमिटरको  POWER ON गर्दा १० सेकेन्ड सम्म "पावर बटन" थिची रहनुहोस.
  3. (घडी हेरी-हेरी ९/१० सेकेन्ड सम्म थिचिरहनु होस्  )
  4. अब थर्मोमिटरको स्क्रिन मा  'F'  बाट 'C' मा परिणत भएको देख्न सक्नुहुनेछ. 





DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...