मृगौला रोग (Kidney Disease): मृगौला फेल हुने 6 वटा कारणहरु | Kidney Failure Meaning in Nepali

मृगौला रोग (Kidney Disease): मृगौला फेल हुने 6 वटा कारणहरु | Kidney Failure Meaning in Nepali

मृगौला हाम्रो शरीरको अती नै महत्वपूर्ण अंगहरु मध्यको एक अंग हो । यदि मृगौला खराब भयो भने हामि धेरै ठुलो समस्यामा पुगिन्छ । विशेष गरि हाम्रो शरीरमा कुनै पनि रोग को लक्षणहरु नदेखिए सम्म मेडिकल चेकअप नगराउने बानीको कारण हाम्रो मृगौला कहिले देखि खराब हुँदै गएको छ भन्ने थाहा नै पाउन सकिंदैन । किनकी मृगौला रोगको लक्षणहरु प्राय मृगौला पूर्ण रुपमा खराब भए पछी मात्र देखिने गर्छ । 

यो कारणले गर्दा हामी मृगौला रोगको जटिल स्थितिमा पुग्दछौं र उपचार गराउने अन्तिम बिकल्प मृगौला पत्यारोपण (Kidney Transplant) गर्नु पर्ने हुन्छ । तर मृगौला पत्यारोपण (Kidney Transplant)  गर्ने छ्यमता सबैमा हुँदैंन  किनकी मृगौला पत्यारोपण (Kidney Transplant) गर्न धेरै खर्च लाग्दछ । त्यसपछी पनि सधैँ डायलायसिस (kidney dialysis) गरि रहनु पर्ने र महंगो औषधी (Medicine) पनि सधैँ खाई रहनु पर्ने हुँदा आर्थिक कम्जोर भएका (Poor People) लाई यो उपचार गराउन पनि धेरै गार्हो हुन्छ र मर्नु नै जाती भन्न बाध्य हुदछन । 

मृगौला फेल (Kidney Failure) हुँदाको लक्षणहरु सुरुमा थाहा नपाईने कारणले गर्दा  नै लाखौं मानिसहरु मृगौला रोग (Kidney Disease) को सिकार भएका हुन्छन । 

यदि हामिले आफुलाई ख्याल गर्ने गरियो भने,  शरीरमा देखिने स-साना लक्षणहरु ( Signs & Symptoms) लाई पनि बिचार गर्यौं भने र समय-समयमा मृगौलाको चेकअप (Kidney Check-up) गर्दै गर्यौं भने हामी मृगौला रोग ( Serious Kidney Disease) को जटिल स्थितिमा पुग्नबाट र मृगौला रोग (Kidney Disease) लाग्नबाट बच्न सफल हुनेछौं. मृगौला रोग (Kidney Disease) लाग्दैछ भने पनि समयमा थाहा पाउँदा कम खर्चमा र आर्थिक स्थिति कमजोर भएकाले पनि मृगौला रोगको उपचार (Kidney Disease Treatment ) सजिल्यै गर्न सफल हुने छन । 

मृगौला रोग (Kidney Disease) भन्नाले हाम्रो मृगौलामा कुनै पनि किसिमको रोग उत्पन्न भएर मृगौलालाई असर गर्नू हो । मृगौला रोग धेरै किसिमका हुन्छन । जस मध्यको कुनै पनि एक रोगले मृगौलालाई पूर्ण रुपमा ड्यामेज गराउँन सक्ने क्षमता हुन्छ । त्यसैले मृगौलाका ती रोगहरुलाई समयमा थाहा पाएर उपचार गराउँन सके मृगौला ड्यामेज (Kidney Damage)  हुँन बाट बचाउन सकिन्छ ।

मृगौला ड्यामेज कहिल्यै पनि एक्कासी ड्यामेज हुदैँन । मृगौला ड्यामेज हुनु भन्दा अगाडी मृगौलामा विभिन्न रोगहरु लागेको हुँदछ र त्यही रोग बढ्दै बढ्दै गए पछी त्यो रोगले मृगौलालाई ड्यामेज (damage) बनाई दिन्छ र मृगौला ड्यामेज भए पछि म्रिगौलाले पूर्ण रुपमा काम गर्न छोड्दछ (kidney Function Failure )।   

मृगौलाको काम शरीरको रगत (Blood) लाई फिल्टर (Filter) गरेर रगतमा भएको दुषित पदार्थहरुलाई पिसाव (Urine) बनाएर पिसाव मार्फत फ्याक्ने काम मृगौला (Kidney) ले गर्दछ । तर यदि मृगौलाले पूर्ण रुपमा काम गर्न छोड्यो भने रगतमा भएको फोहोर पदार्थलाई फिल्टर गर्न सक्दैन र शरीरमा फोहोर पदार्थ जम्मा हुन सुरू हुन्छ  त्यसपछी शरीरमा अनेकौँ किसिमका लक्षणहरु (Signs & Symptoms) देखिन सुरू हुन्छन  र चेकअप (Medical Check-up)  गर्न जाँदा धेरै ढिला भै सकेको हुँदछ । 

मृगौला ड्यामेज गराउने 6 वटा मुख्य कारणहरु  (What causes kidney disease) :

  1. उच्च रक्तचाप र डायबिटिज (High Blood Pressure & Diabetes )
  2. मूत्र पथ संक्रमण (Urinary Tract Infection or, UTI)
  3. लागु पदार्थ वा रक्सीको बढी सेवन (Drugs or Alcohol)
  4. मृगौलाको पत्थरी (Kidney Stone)
  5. मृगौलामा रगत प्रवाह नहुनु (Lack of blood flow to the kidneys)
  6. दुखाइ कम गर्ने औषधीको बढी सेवन (Pain Killer Medicines)
  7. उच्च रक्तचाप र डायबिटिज (High Blood Pressure & Diabetes )

उच्च रक्तचाप र डायबिटिज (High Blood Pressure & Diabetes ):

हाई ब्लड प्रेसर (High Blood Pressure ) को समस्या र डायबिटीज रोग (Diabetes) आम मानिसहरुलाई हुने एक कमन समस्या (Common Disease) हो । विश्वमा हाइ ब्लड प्रेसर (High Blood Pressure ) र डायबिटिज (Diabetes) बाट मृगौला ड्यामेज ((Kidney Damage) हुनेहरुको संख्या अत्याधिक बढी छ । 

हाई ब्लड प्रेसर (High Blood Pressure ) वा डायबिटिज (Diabetes) हुदैमा मृगौला ड्यामेज (Kidney Failure) होला भनेर आत्तिनु पनि पर्दैन किनकी हाइ ब्लड प्रेसर र डायबिटिज (High Blood Pressure & Diabetes) नियंत्रण गर्ने औषधि सेवन गर्दै बेला बेलामा मृगौलाको मेडिकल चेक (Medical Check-up for Kidney)  गर्दै मृगौला को कार्य क्षमता (Kidney Function) जाच्दै गर्नू पर्दछ ।  मृगौला खराबी हुन सुरू हुदैछ भने समयमै चेकअप गराएर थाहा पाएपछि कम खर्च मै औषधि उपचार (Kidney Treatment) गरेर मृगौला ड्यामेज  हुनबाट बचाउन सकिन्छ ।

मृगौलाको पत्थरी (Kidney Stone) :

मृगौलाको पत्थरी (Kidney Stone) पनि धेरै लाई हुने एक कमन समस्या (Common Disease) हो । मृगौलाको पत्थरी (Kidney Stone) भए पछि उक्त पत्थरी (Stone) ले मृगौला (Kidney) ले बनाएको पिसावलाई ब्लक (Urine Blocked by Kidney Stone) गराई दिन्छ र जसरी पानीको पाइप ब्लक भयो भने मोटर खराब हुन्छ ठिक त्यसरी नै मृगौला पनि ड्यामेज (Kidney Damage) हुने गर्दछ । त्यसैले मृगौलामा पत्थरी (Kidney Stone) भएको छ भने जती सक्दो चाडो यसको उपचार गराउनू पर्दछ । 

मूत्र पथ संक्रमण (Urinary Tract Infection or, UTI):

युरिनरी ट्रैक इन्फेक्सन ( Urinary Tract Infection, UTI) भनेको मृगौला देखि पिसाव गर्ने ठाउँ सम्म (मूत्र पथ) कुनै पनि ठाउँमा ब्याक्टेरियाले इन्फेक्सन (Bacterial Infection) गर्नू हो । यो इन्फेक्सन (Infection) हुँदा पिसावमा समस्या (Urine Problems) जस्तै पिसाव गर्दा पोल्ने (Burning Urination, Dysuria) पिसाव गर्दा दुख्ने (Painful Urination) जस्ता  लक्षणहरुबाट सुरू हुँदछ ।

यो समस्या धेरैलाई हुने एक कमन समस्या र सानो समस्या पनि हो । यसको उपचार (Treatment) पनि सजिल्यै गर्न सकिन्छ कतीपय ले दैनिक पिउने पानीको मात्रालाई (Penalty of Water) बढाई दिएर पनि यो समस्या आफैँ ठिक गर्न सक्दछन ।

युरिनरी ट्रैक इन्फेक्सन ( Urinary Tract Infection, UTI) लाई समयमा ख्याल गरिएन वा यसको उपचार चाडै गरिएन भने ती इन्फेक्सन (Infection) गर्ने ब्याक्टेरियाहरु (Bacteria) रगत र मृगौला तिर प्रवेश गर्न सुरू गर्छन र मृगौला (Kidney) मा पुगे पछि मृगौलामा इन्फेक्सन (Kidney Infection) गराउदछ र रगतमा प्रवेश गरे पछि ज्यान लिने रोगहरु (Life Threatening Diseases) को बिकास हुँदछ । 

त्यतिबेला सम्म पनि यसको उपचार (Treatment) गरिएन भने मृगौला रोग (Kidney Disease) को सुरुवात त्यही इन्फेक्सनबाट (Infection)  सुरू हुदछ र उक्त ब्याक्टेरियाको इन्फेक्सन (Bacterial Infection) बढ्दै गए पछि मृगौला पूर्ण रुपमा ड्यामेज (Kidney Failure) हुदछ । 

लागु पदार्थ वा रक्सीको बढी सेवन (Drugs or Alcohol):

पछिल्लो समय नेपालमा धेरै सेवन पस्चात मृगौला ड्यामेज (Kidney Failure by Alcohol) हुनेहरुको सन्ख्या तिब्र रुपमा बढ्दै गएको छ । 

अल्कोहलले हाम्रो शरीरको अन्य प्रत्येक अंगहरुमा असर गर्ने भएता पनि विशेष गरी अन्तिममा फिल्टर गर्ने अंग नै मृगौला (Kidney) भएको कारणले गर्दा अल्कोहल (Alcohol) को धेरै ठुलो असर मृगौलामा पर्दछ  र मृगौला ड्यामेज (Kidney Failure) हुदछ । त्यसैले यदि तपाइँ बढी अल्कोहल सेवन गर्नू हुन्छ भने मृगौला बचाउनको लागी तपाइँले अल्कोहल (रक्सि) थोरै भन्दा थोरै सेवन गर्नू पर्ने हुन्छ वा सकिन्छ भने अल्कोहल (रक्सि) सेवन नै नगर्दा ऊत्तम हुदछ  ।

दुखाई कम गर्ने औषधीको बढी सेवन (Pain Killer Medicine, Drugs) :

जब हामीलाई टाउको दुख्छ, ज्वरो आउँछ वा शरीरको कुनै अंगमा थोरै दुखाई हुन्छ तब उक्त समय दुखाइ कम गर्ने औषधी को सेवन गरिने गरिन्छ । तर यस्ता दुखाई कम गर्ने औषधी (Pain Killer Medicine) बढी सेवन गर्दा भने यसले हाम्रो मृगौला ड्यामेज (Kidney Failure) गराउछ ।

पारासिटामोल (Paracetamol), आइब्रुफिन (Ibuprofen) जस्ता पेनकिलर औसधीको बढी सेवन गर्नूको अर्थ नै हाम्रो शरीरको मृगौलालाई ड्यामेज (Kidney Failure) गराउनू हो । 

यस्ता किसिमका दुखाइ कम गर्ने औषधी (Pain Killer Medicine) कहिले पनि लामो समय (Long Time) सम्म र धेरै खान हुँदैंन । कहिले काहिँ महिना मा एक पटक धेरै टाउको दुख्दा वा ज्वरो आएमा मात्र 1/2 पटक सेवन गर्नू उचित हुन्छ । तर दिनानू दिन शरीरको जुनै अंगहरुमा दुखाई हुदा पनि पेनकिलर औषधी सेवन गर्नू यो हाम्रो मृगौला (kidney) को लागी पूर्ण रुपमा हानिकारक छ । 

अती नै जरुरी र नखाई नहुने स्थिति बाहेक अन्य सानातिना दुखाई (Pain) हरुमा दुखाई कम गर्ने औषधी त्यो पनि डाक्टर ( Doctor) को सल्लाह बिना खान हुँदैन । यदि आफैं जान्ने भएर जुन सुकै दुखाईमा पनि दुखाइ कम गर्ने औषधी को प्रयोग गरियो भने यसले मृगौला पूर्ण रुपमा ड्यामेज ( Kidney Damage) हुदछ ।

मृगौलामा रगत प्रवाह नहुनु (Lack of blood flow to the kidneys):

रगत (Blood) हाम्रो शरीरमा नभई नहुने पदार्थ हो । रगतले विभिन्न पोषणतत्व हरु देखि अक्सिजन (Oxygen) को मात्रालाई शरीर भरी फैलाउने काम गर्छ तर यदि यो रगत को प्रवाह मृगौलामा प्रयाप्त मात्रामा हुन सकेन भने मृगौला चाडै ड्यामेज (Kidney Failure,  Kidney Damage) हुने गर्दछ । 

मृगौला (Kidney) मा प्रयाप्त मात्रामा रगत प्रवाह (Blood Flow) नहुनुको मेडिकल कारणहरु (Medical Reasons) धेरै हुन्छन तर धेरैको मुख्य कारण भनेको चैं मृगौलामा (kidney) भएका अती ससाना रक्त बहिका नलीहरु (Blood vessels) खराब हुदै गए भने मृगौला (Kidney) मा रक्त प्रवाह कम (Low Blood Flow) हुन पुग्दछ । 

ती ससाना रक्तनलीहरु (Blood vessels) मा बिना रोकावट रगत प्रवाह भै रहनू पर्ने हुन्छ तर कुनै कारण बस मृगौला (Kidney) का ती ससाना रक्तनलीहरु (Blood vessels) मा रगत ब्लक (Blood Blockages) हुन गए वा ती रक्तनलीहरु ((Blood vessels) सक्दै गए त्यहा रगतको प्रवाह (Blood Flow)  राम्रो संग हुन पाउदैन र मृगौला ड्यामेज (Kidney Failure) हुने गर्दछ । ती रक्त नलीहरु ((Blood vessels) मा असर पर्ने विभिन्न कारणहरु हुन्छ. 

जस मध्य उच्च रक्तचाप (High Blood Pressure), मधुमेह (Diabetes), बढी अल्कोहलको सेवन (Alcohol) र शरीर निर्जलीकरण (Dehydration),भएर हुने गर्दछ । अर्थात यसलाई सामान्य तरिकाले बुझ्ने हो भने शरीर मा पानीको कमी (Lack of Water) भएर हुने गर्दछ । हामिले प्रयाप्त मात्रामा पानी पिउन छोड्यौ भने शरीरमा पानीको कमी हुन जान्छ र मृगौलामा रगतको प्रवाह (Lack of blood flow to the kidneys) कम हुन पुग्छ र यस्तो हुँदा मृगौला ड्यामेज (Kidney Damage) हुने सम्भावना अत्याधीक बढी हुन जान्छ ।