ग्यास्ट्रिक के हो ? ग्यास्ट्रिकको लक्षण र घरेलु उपचार | Gastric Symptoms in Nepali

Kalpana
Gastric Symptoms in Nepali
(toc)

ग्यास्ट्रिक भनेको पेट सम्बन्धि समस्या हो । ग्यास्ट्रिक (Gastric) लाई मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) अर्थात् Dyspepsia भनिन्छ ।

वास्तवमा ग्यास्ट्रिकको सहि नाम पनि ग्यास्ट्राइटिस (Gastritis) अर्थात् Dyspepsia हो तर बोलीचालीको भाषामा Dyspepsia वा Gastritis लाई ग्यास्ट्रिक (Gastric) भनिने गरिन्छ.

नाम र शब्द जे भने पनि ग्यास्ट्राइटिस (Gastritis) वा ग्यास्ट्रिक (Gastric) रोग एकै हो. वास्तवमा ग्यास्ट्रिक आफैंमा कुनै रोग होइन, यो पेट सम्बन्धि समस्या मात्र हो.

यो पेट सम्बन्धि कुनै पनि रोगले वा पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या हो जसलाई सबैले ग्यास्ट्रिक रोग भनेर नै चिन्ने गर्छन्. ग्यास्ट्रिकको समस्या सबैमा हुन्छ ।

जब कुनै व्यक्ति खाना खाइ सके पछी उसमा असहज हुन्छ वा खाना खाए पछी उक्त खाना अपच हुन्छ वा उक्त खानाबाट पेटमा ग्यास बढी हुन जान्छ भने यस्तो समस्यालाई ग्यास्ट्रिक भएको भनेर चिनिने गरिन्छ.

ग्यास्ट्रिक (Gastric) केहि मानिसमा अचानक देखिन सक्छ भने कसैलाई दीर्घकालिन ग्यास्ट्रिक रोग (Long Term Gastric) भएको हुन्छ . पुरानो ग्यास्ट्रिक लामो समय सम्म हुने गर्छ र अचानक हुने ग्यास्ट्रिक केहि दिनमा आफैं ठिक हुने गर्छ ।

प्राय हरकोहि व्यक्ति ग्यास्ट्रिकले सतायो भन्छन्. वास्तवमा हर कोही लाई ग्यास्ट्रिकले सताउने गरेको पनि छ. ग्यास्ट्रिक पेट सम्बन्धि समस्या हो र यो ग्यास्ट्रिक अव्यवस्थित खानपानको कारणले हुने गर्छ.

ग्यास्ट्रिकको मुल जरो नै गलत खानपान वा अव्यवस्थित खानपान भएर उत्पन्न भएको पेटको समस्या हो भनेर पनि बुज्न सक्नु हुनेछ.

ग्यास्ट्रिक हुने विभिन्न कारणहरु हुन्छन् र यसको लक्षणहरु पनि विविध रहेको हुन्छ. कहिले काँही ग्यास्ट्रिक बढेर वा ग्यास्ट्रिक बिग्रिएर ठुलो रोग वा दिर्घ रोगको सिकार हुन पनि सकिन्छ.

ग्यास्ट्रिकलाई नियन्त्रण गर्न सके वा समय मै ग्यास्ट्रिकको उपचार गर्न सके ग्यास्ट्रिक रोगबाट छुटकारा पाउन सकिन्छ भने ग्यास्ट्रिकबाट हुन सक्ने ठुलो रोग वा दिर्घ रोग लाग्नबाट बच्न सकिन्छ.

ग्यास्ट्रिकको लक्षणहरु | Gastric Symptoms

ग्यास्ट्रिकको लक्षणहरु विविध हुन्छन्. अचानक ग्यास्ट्रिक बढ्यो भने एकै पटक धेरै किसिमका ग्यास्ट्रिकको लक्षणहरु (Gastric Symptoms) देखिन सक्छन् ।

ग्यास्ट्रिक समस्या हुँदा, पेट पोल्ने, घाँटी पोल्ने, पेट भरिएको जस्तो लाग्ने, डकार आउने, पेट फुल्ने, छाती पोल्ने समस्या (Acid-reflux), पेट दुख्ने जस्ता सामान्य ग्यास्ट्रिकको लक्षणहरू (Gastric Symptoms) देखिने हुन्छन् र ग्यास्ट्रिकले सताउने गर्छ.

खाना खाएको केहि छिन मा अमिलो डकार आउने, पेट फुल्ने, बमिट आउने, पेट दुख्ने जस्ता समस्या ग्यास्ट्रिक को कारण हुने गर्छ.

खाना खाँदा हामीलाई सहज हुनु पर्ने तर ठिक त्यसको उल्टो खाना खाए पछी असहज अवस्था आउनु ग्यास्ट्रिकको लक्षणको रुपमा लिन सकिन्छ.

कसैलाई ग्यास्ट्रिक बढेर ठुलो ग्यास्ट्रिक समस्या आउने हुन्छ र ग्यास्ट्रिक ले सताउने गर्छ । ग्यास्ट्रिकले सतायो भने के हि ग्यास्ट्रिकको घरेलु उपचार मार्फत ग्यास्ट्रिकको लक्षणहरुलाई कन्ट्रोल गर्न सकिन्छ.

  • बमिट हुनु
  • पखाला लाग्नु (Diarrhea)
  • खाएको नपच्नु / खाना नपच्नु (Indigestion)
  • पेट दुख्नु (Stomach Pain / Stomach ache)
  • पेट फुल्नु
  • कोखा दुख्नु (Stomach Side pain/ Abdomen Pain)
  • मुटु दुख्नु (Heart pain / Heart burn / Heartache)
  • घाँटी पोल्नु (Sore throat)
  • छाती पोल्ने समस्या हुनु (Heartburn)
  • पेट पोल्ने समस्या आउनु
  • अमिलो डकार आउनु
  • अम्लपित्त बढ्नु (Increased Acidity)
  • गनाउने डकार आउनु
  • अमिलो डकार आउनु
  • मुखमा अमिलो पानी आउनु
  • खाना खान मन नलाग्नु
  • पेट बढ्नु
  • दैनिक दिशा नआउनु
  • कालो दिशा आउनु (Black Stool)
  • भोक हराउनु
  • ढ्याउ-ढ्याउ आउने
  • पेट कराउने समस्या हुने
  • वाकवाकी लाग्ने
  • कब्जियत हुने (Constipation)

ग्यास्ट्रिकबाट हुने रोगहरु रोगहरु | Diseases Caused by Gastric

ग्यास्ट्रिक बढेर वा ग्यास्ट्रिक बिग्रिएर विभिन्न किसिमको अन्य रोगहरु लाग्न सक्छ. ग्यास्ट्रिकबाट हुने विभिन्न रोगहरु हुन्छन्. जस्तै

  • कब्जियत (Constipation)
  • पायल्स (Piles/Hemorrhoids)
  • पेटको अल्सर / पेप्टिक अल्सर (Peptic Ulcer)
  • पेटको क्यान्सर / ग्यास्ट्रिक क्यान्सर (Stomach Cancer/ Gastric Cancer)

कब्जियत | Constipation

कब्जियत (Constipation) को समस्या ग्यास्ट्रिकबाट हुने एक समस्या हो. ग्यास्ट्रिक सधैं भई रहने व्यक्तिमा कब्जियतको समस्या आउने गर्छ.

कब्जियत हुँदा दिसा गर्नमा समस्या हुन्छ. समयमा दिशा नलाग्ने, कालो दिशा आउने, दिशा थोरै आउने समस्या जस्ता दिशा सम्बन्धि समस्या कब्जियतको कारण हुन्छ. यो कब्जियत ग्यास्ट्रिकको कारण हुने गर्छ.

पायल्स | Piles or Hemorrhoids

पायल्स अर्थात पाइल्स (Piles/Hemorrhoids) को समस्या हुनुको मूल जड पनि ग्यास्ट्रिक नै हो.

ग्यास्ट्रिक भए पछि कब्जियतको समस्या आउँछ र कब्जियत भएपछी दिशा समयमा नआउने र दिशा गर्न बस्दा दिशा कनेर गर्नु पर्ने स्थिति आउँछ.

यसरी दिशा कनेर गर्नु पर्ने भए पछि मलद्वारको मुखमा दबाव पर्दछ र मलद्वारको नसा फुल्ने, मलद्वार चिलाउने, मलद्वारमा घाउ हुने, मलद्वारबाट रगत आउने जस्ता समस्याहरु उत्पन्न हुन्छन्.

यहि समस्यालाई पायल्स अर्थात पाइल्स (Piles / Hemorrhoids) भनिन्छ. पायल्स भएको सुरुमै थाहा पाउन सके पायल्सको घरेलु उपचार विधि मार्फत पायल्सलाई ठिक गर्न सक्नु हुनेछ.

पेटको अल्सर / पेप्टिक अल्सर | Peptic Ulcer

ग्यास्ट्रिक धेरै लामो समय सम्म बढी रहे यसले पेटको अल्सर हुने सम्भावना हुने गर्छ. गाउँघरको भाषामा पेटको अल्सर भनिने गरिन्छ भने डाक्टरको भाषामा पेटको अल्सरलाई पेप्टिक अल्सर भनिने गरिन्छ.

पेप्टिक अल्सर हुँदा पेटको कुनै पनि भागमा घाउ भएको हुन सक्छ. पेटको कुनै पनि भागमा घाउ छ भने त्यसलाई पेप्टिक अल्सर को रुपमा चिनिछ. पेप्टिक अल्सरमा पेटको भाग अनुसार अनेक अल्सरको नामहरु हुन्छन्.

जस्तै पेटको सानो आन्द्राको मुखमा अल्सर भएको छ भने यो पनि पेप्टिक अल्सर मै पर्दछ तर पेप्टिक अल्सरमा पनि कुन भाग मा भएको भन्ने पत्ता लगाएर त्यसको नाम अर्कै रहेको हुन्छ.

जस्तै सानो आन्द्राको मुखमा अल्सर भएमा पेप्टिक अल्सर नै हो किनकि यो पेटमा भएको अल्सर हो , तर यसलाई ड्युडेनम (Duodenum Ulcer) अल्सर भनिन्छ. यहाँ क्लिक गरी पेटको अल्सर बारे विस्तृत जानकारी लिन सक्नु हुनेछ.

पेटको क्यान्सर / ग्यास्ट्रिक क्यान्सर | Gastric Cancer

ग्यास्ट्रिक बढेर पेटको अल्सर भएमा पेटको अल्सर / पेटको घाउ बिग्रेर पेटको क्यान्सर हुने संभावना बढ्दछ. यसरी ग्यास्ट्रिकको कारण पेटमा क्यान्सर भएमा यसलाई ग्यास्ट्रिक क्यान्सर भनिन्छ.

ग्यास्ट्रिक समस्या कसरी हुन्छ? | Gastric Problems

ग्यास्ट्रिक (Gastric) पेटभित्रको समस्या हो. पेटमा एसिड (Gastric Acid) उत्पादन गर्नको लागि म्युकस ग्लान्डहरु (Mucous glands) रहेका हुन्छन् ।

उक्त ग्लान्डले खाएको खाना पचाउनको लागि पाचनरस (Digestive Juice) र अरू महत्वपूर्ण यौगिकहरू उत्पादन गर्दछ । उक्त पाचन रस यति शक्तिशाली हुन्छ कि त्यसले तपाँईको पेटलाई नै नस्ट गर्न सक्छ ।

उक्त एसीड (Acid) वा पाचन रस (Digestive Juice) बाट जोगाउनको लागी हाम्रो पेटको सतहमा एक विशेष प्रकरको म्युकस (Mucous) अथवा बाक्लो फिँज जस्तो तरल पदार्थ रहेको हुन्छ ।

जब यो म्युकस (Mucous) अथवा बाक्लो तरल पदार्थको कमी हुन गई पेटको सतह सुनिन थाल्छ तब हामिलाई ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ ।

पेटभित्रको सतहमा हुनुपर्ने राम्रा कोषहरु नस्ट हुने वा कमी हुन सुरु भएपछि ग्यास्ट्रिक को समस्या हुन थाल्छ ।

त्यसैगरी पेटमा Helicobacter pylori (H. pylori bacteria) को कारण पनि पेटमा ग्यास बढ्न गई ग्यास्ट्रिक हुने गर्छ. अचेल धेरै व्यक्तिहरुमा अटो-इम्युन ग्यास्ट्राइटिस (Autoimmune Gastritis) हुने गरेको पाइन्छ.

यो अटो-इम्युन ग्यास्ट्राइटिस (Autoimmune Gastritis) भनेको आफ्नै शरीरको रोग प्रतिरोधक शक्ति बिग्रिएर पेट भित्रको म्युकस कोषहरुलाई नस्ट गर्दै जाने हुन्छ यस्तो हुँदा अटो-इम्युन ग्यास्ट्राइटिस (Autoimmune Gastritis) वा ग्यास्ट्रिक हुने गर्छ ।

मधुमेह (Diabetes) हुनेहरुलाई र भिटामिन बि १२ (Vitamin B12) को कमि हुँदा पनि ग्यास्ट्रिक (Gastric) हुन्छ । त्यसैगरी अन्य विभिन्न रोगहरु लागेको छ भने पनि पाचन प्रणालीमा समस्या पर्न गई ग्यास्ट्रिक (Gastric / Gastritis) हुने गर्छ ।

यदि विभिन्न किसिमका औषधीहरु नियमित सेवन गरिन्छ भने पनि यसको साइड इफेक्टले ग्यास्ट्रिक हुने गर्छ. त्यसैगरी अल्कोहल (Alcohol) / रक्सि वा लागुपदार्थ नियमित सेवन गर्दा पनि पेट भित्रको म्युकस लाईनहरु सुन्निने गर्दछ र पेटमा ग्याँस (Gas) बढेर ग्यास्ट्रिक हुने गर्छ ।

विशेष गरी वृद्द उमेरका मानिसहरुलाई हुने ग्यास्ट्रिकमा उमेर अनुसारको ग्यास्ट्रिक भएको पनि हुन सक्छ. उमेर अनुसारको ग्यास्ट्रिक भनेको "उमेर बढ्दै जाँदा पेटभित्रको कोसिकाहरुको भाग पातलो हुँदै जान्छ र ग्यास्टिक रोग हुन्छ र पेटमा ब्याक्टेरिया इन्फेक्सन हुँदा पनि ग्यास्ट्रिक रोग उत्पन्न हुने गर्छ ।

पेटमा ब्याक्टेरिया इन्फेक्सन भई ग्यास्ट्रिक हुँदा बमिट हुने,पखाला लाग्ने (Diarrhea), पेट फुल्ने, पेट दुख्ने (Stomach Pain/ Stomach Ache) भोक नलाग्ने वा भोक हराउने हुन्छ।

कहिलेकाँही अचानक हुने ग्यास्ट्रिक सामान्य कारणले भएको ग्यास्ट्रिक पनि हुन सक्छ. सामान्य ग्यास्ट्रिक वा अचानक हुने ग्यास्ट्रिकलाई खानामा वा आफ्नो नियमित कार्यमा ध्यान दिएर पनि ग्यास्ट्रिकबाट छुटकारा पाउन सकिन्छ. ग्यास्ट्रिक हुने सामान्य कारणहरु यस्ता रहेका छन्.

ग्यास्ट्रिक हुने सामान्य कारणहरु | Causes of Gastric

  • दैनिक खाना समयमा नखाएमा
  • चिल्लो-पिरो खाएमा
  • तेलिय पदार्थ युक्त खाना खाएमा
  • बासी खाना खाएमा
  • खाली पेटमा गुलियो पदार्थ सेवन गरेमा
  • चिया/कफी पिएमा
  • अल्कोहल सेवन गरेमा
  • लामो समय पेट खाली रहेमा
  • पानी कम पिएमा
  • चिसो लागेमा
  • अनिँदो रहेमा
  • दैनिक दाँत ब्रस नगरेमा
  • विभिन्न रोगको औषधी सेवन गर्दा ग्यासको औषधि सेवन नगरेमा
  • मसलेदार युक्त खाना खाएमा
  • खालीपेटमा खान नहुने खानाहरु खाएमा
  • चटपटे, भुजिया,रेडिमेड खाना वा बजारे खाना खाएमा
  • बट्टा हालिएको अचार खाएमा
  • बढी चुरोट सेवन गरेमा
  • खालीपेटमा दुधबाट बनाइएको डेरी परिकार सेवन गरेमा
  • लामो समय दिशा नलागेमा

ग्यास्ट्रिकको समस्या (Gastric Problem) हुँदा एसिड रिफलक्स (Acid Reflux) भएर छाती पोल्ने जस्ता अन्य विभिन्न लक्षणहरु पनि देखिने हुन्छ.

एसिड रिफलक्स भनेको के हो ? | Acid Reflux in Nepali

हाम्रो पेटमा अर्थात् आमाशयमा पाचन रस (Acid) रहेको हुन्छ जसले हामीले खाएको खाना पचाउने गर्छ. हामि जब खाना खान्छौं तब उक्त खाना खाध्यनली हुँदै पेटको खाना बस्ने थैली (आमाशय / Stomach) मा पुग्छ.

आमाशयमा भएको उक्त पाचनरसले हामीले खाएको खानालाई टुक्रा-टुक्रा बनाउने गर्छ र पाचन प्रक्रिया सुरु गर्दछ.

पेटमा भएको यो पाचन रस पेटबाट माथि मुख तिर पनि आउन सक्ने हुँदा खाध्य नलीको अन्तिममा बिन्दुमा अर्थात खाध्य नलीको भल्भ बन्द रहेको हुन्छ. जुन खाना खाएको बेला खुल्दछ र अमाशयमा खाना झर्दछ.

तर खाना नखाएको बेला वा अन्य समय यो खाध्य नलीको भल्भ बन्द भएको हुनु पर्छ.

आमाशयको माथि पट्टीको मुख तिर आउने खाध्य नलीको बाटो बन्द हुनु पर्दछ र जब हामि खाना खान्छौं तब मात्र उक्त नली खुल्नु पर्दछ र खाएको खाना पेटमा खाना झरी सक्दा उक्त नलीको भल्भ पुन बन्द हुनु पर्दछ.

तर यदि,आवश्यकताको समय बाहेक अन्य समय खाध्य नलीको भल्भ खुल्न गए वा पेटमा भएको उक्त पाचन रस हाम्रो खाध्यनलीबाट माथी फर्किन गयो अर्थात खाध्य नली बन्द भएन वा पेटमा ग्यास भरिएर खाद्य नली खुल्न गयो भने पेटमा भएको पाचन रस पेटबाट खाध्य नली तिर र खाध्य नलीबाट मुख तिर फर्किने गर्छ.

यसैलाई एसिड रिफ्लक्स (Acid Reflux) भएको भनिन्छ. यो एसिड अत्यधिक कडा हुने भएको कारण जब यो एसिड खाध्य नलीमा पर्छ तब छाती पोल्ने गर्छ र छाती दुख्ने हुन्छ.

एसिड रिफ्लक्स (Acid Reflux) हुँदा हामिलाई अमिलो पानी हुलुक्क भएर आँउछ र छाती पोल्ने हुन्छ । यो समस्यालाई एसिड रिफ्लक्स (Acid Reflux) को समस्या भनिन्छ ।

पाचन रस भनेको पेटभित्र खाना पचाउने एकप्रकारको एसिड हो । उक्त पेटको एसिड खाध्यनलीको भल्भ खुलेर भएर माथी फर्कियो भने हामिलाई छाती पोल्ने, स्वास गनाउने, घाँटी पोल्ने जस्ता लक्षणहरु देखिन्छ जसलाई एसिड रिफ्लक्स (Acid Reflux) भएको भनिन्छ ।

ग्यास्ट्रिक (Gastric) र एसिड रिफ्लक्स (Acid Reflux) थोरै फरक हुन्छ । तर लक्षणहरू लगभग उस्तै-उस्तै हुन्छन् । धेरैले यो समस्यालाई ग्यास्ट्रिक नै भनेर चिन्ने गर्दछन् ।

ग्यास्ट्रिकको प्रकारहरु Types of Gastric

मुख्य ग्यास्टिक दुई प्रकारका हुन्छन ।

  • आफैं ठिक हुने ग्यास्ट्रिक (Short-Term Gastric)
  • दिर्घकालिन ग्यास्ट्रिक (Long-Term Gastric)

आफैं ठिक हुने ग्यास्ट्रिक | Short-Term Gastric

आफैं ठिक हुने ग्यास्ट्रिक भन्नाले कुनै पनि कारणले ग्यास्ट्रिक भई केहि दिनमा आफैं ठिक हुने ग्यास्ट्रिक (Short-Term Gastric) भनेर बुझिन्छ.

यो प्रकारको ग्यास्ट्रिक खानाको गडबडीको कारण हुने गर्छ. कहिले काहिँ विभिन्न रोगको औषधि सेवन गर्दा औषधि को साइड इफेक्टले यो प्रकारको ग्यास्ट्रिक हुने गर्छ र के हि दिनमा आफैं ठिक भएर जाने छ.

कहिले काँही बढी चिल्लो, पिरो वा मासलेदार खाना खाँदा वा बासी सडेगलेको खाना खाँदा यस्तो किसिमको ग्यास्ट्रिक हुने गर्छ.

अल्कोहल सेवन गरेको बेला वा कुनै पनि स्तिथिमा आकस्मिक ग्यास्ट्रिक बढ्ने र के हि दिनमा आफैं हराउने किसिमको ग्यास्ट्रिक रहेको छ. यस्तो ग्यास्ट्रिकले के हि दिन समस्या बनाउँछ तर २/४ दिनमा आफैं ठिक भएर जाने हुन्छ.

दिर्घकालिन ग्यास्ट्रिक (Long Term Gastric

दिर्घकालिन ग्यास्ट्रिक (Long-Term Gastric) भनेको जीवनभरी हुने ग्यास्ट्रिक हो । पेटको रोगको कारण, पाचन रोगको कारण वा कुनै पनि शारीरिक दिर्घ रोगको कारण हुने ग्यास्ट्रिकलाई दिर्घकालिन ग्यास्ट्रिक (Long-Term Gastric) भनिन्छ.

दिर्घकालिन ग्यास्ट्रिक (Long-Term Gastric) लाई ३ प्रकारहरुमा निर्धारण गरिएको छ. यिनै प्रकार अनुसार डाक्टरले पनि उपचार गर्ने गर्दछन् । यी हुन् दीर्घकालिन ग्यास्ट्रिकको तीन प्रकारहरु

दीर्घकालिन ग्यास्ट्रिकको तीन प्रकारहरु (Types of Long Term Gastric

  • पहिलो प्रकारको ग्यास्ट्रिक (Type A Gastric)
  • दोस्रो प्रकारको ग्यास्ट्रिक (Type B Gastric)
  • तेस्रो प्रकारको ग्यास्ट्रिक (Type C Gastric)

पहिलो प्रकारको ग्यास्ट्रिक | Type A Gastric

शरीरको अटोइम्युंन सिस्टम बिग्रिएर हुने ज्ञास्ट्रिकलाई दिर्घकालिन ज्ञास्ट्रिकको पहिलो प्रकारको ज्ञास्ट्रिक मान्न सकिन्छ.

शरीरको रक्षक अर्थात रोग प्रतिरोधक शक्ति बिग्रिएर पेटमा रहेको म्युकस लाइनहरु नस्ट गर्न सुरू गर्यो भने यसबाट हुने ज्ञास्ट्रिक दिर्घरोगको पहिलो चरणको ज्ञास्ट्रिक अंतरगत पर्दछ ।

यस ज्ञास्ट्रिकको समयमा उपचार नगरे वा यो ज्ञास्ट्रिकलाई ध्यान नदिए यसबाट एनिमिया हुने, शरीरमा भिटामिनको कमी हुने र क्यान्सर समेत हुन सक्ने सम्भावना हुदछ ।

दोस्रो प्रकारको ग्यास्ट्रिक | Type B Gastric

यो प्रकारको ग्यास्ट्रिक धेरैलाई हुने गर्दछ । यो ग्यास्ट्रिक H. pylori ब्याक्टेरियाको कारणले हुने गर्दछ । यो ग्यास्ट्रिकले पेटमा अल्सर गराउने, आन्द्रामा अल्सर गराउने र अन्तिममा क्यान्सर गराउन सक्छ ।

तेस्रो प्रकारको ग्यास्ट्रिक | Type C Gastric

यो प्रकारको ग्यास्ट्रिक Chemical Reaction ले हुन्छ । धेरै लामो समय औषधीको सेवन गरे, धेरै रक्सीको सेवन गरे , गुटखाको - खैनी सेवन गर्दा यो ग्यास्ट्रिक हुने गर्छ ।

यो प्रकारको ग्यास्ट्रिकले पेटमा रक्तस्राव गराउन सक्छ र दिशाको माध्यमबाट रगत आउन सक्छ र कहिलेकाँही दिसामा रगत मिसिएर कालो दिशा पनि आउन सक्छ ।

ग्यास्ट्रिकको घरेलु उपचार | Gastric Treatment at home in Nepali

ग्यास्ट्रिकको घरेलु उपचारको लागी सर्वप्रथम खानेकुरा मै ध्यान पुर्याउनु पर्ने छ । आफुले खाँदै गरेको खाना आफ्नो स्वास्थ्य स्थिति अनुसार उपयुक्त छ वा छैन?, खाएको खाना आफ्नो पेटले पचाउन सक्छ सक्दैन भन्ने ख्याल गर्नु पर्छ ।

खाना खाने समयलाई निर्धारण गरी दैनिक एकै समय खाना खाने बानी गर्नु पर्छ । खानाको समय नमिल्दा ग्यास्ट्रिक हुने गर्छ ।

ज्ञास्ट्रिकको उपचार तपाइँकै हातमा छ । तपाइँ आफ्नो खानामा एक दमै धेरै ध्यान पुर्याउनु होस तपाइँलाई कुनै ज्ञास्ट्रिकको औषधी जरुरी पर्दैन ।

तर, खानामा ध्यान नदिए जती नै जडी औषधी गरे पनि तपाइँको ज्ञास्ट्रिक निको हुन गाह्रै हुन्छ ।

किनकी ज्ञास्ट्रिक/ ग्यास्टिक हुनु को मूल जड नै खाना हो ।कहिले काँही ज्ञास्ट्रिकले सतायो भने यि तरिका अनुसार ज्ञास्ट्रिको उपचार घर मै गर्न पनि सक्नु हुनेछ ।

  • जिरा पानी सेवन गर्ने
  • ज्वानो, जिरा, दही र मेथि मिसाएर खाने
  • घोडे नुन (बिरे नुन / Black Salt) र एक कागती मिसाई तातो पानीमा पिउने
  • ताजा अदुवा र ज्वानो पानीमा उमालेर मन तातो बनाई पिउने, भए बिरेनुन पनि मिसाउने
  • ज्वानोलाई पिसेर दही संग मिसाई खाने
  • आधा चम्चा BAKING Soda र 1 कागतीको रस मिसाई तातो पानीमा पिउने
  • तातो पानी प्रसस्त पिउने
  • पुदिनाको पात चपाउने
  • तुलसीको पात चपाउने
  • दालचिनी खानामा मिसाई सेवन गर्ने
  • पेट ढाडिएमा टिमुरको सेवन गर्ने
  • बाबरीको पात चपाएर रस निकालेर खाने
  • रोटी वा अन्य खानपान गर्दा ज्ञास भए तातो भात सेवन गर्ने
  • केरा खाने
  • नरिवलको पानी पिउने
Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !