हर्बल वा पुदिनाको फाइदा बारे विशेष जानकारी
यहाँहरुलाई जब गर्मी गाडिएर खाना खान मन लाग्दैन, गर्मी को कारण टाउको दुखिरहने गर्छ, भाइरल ज्वरो वा एलर्जीको कारण ले हाच्छिउ-हाच्छिउ आइरहन्छ, खाएको अपच हुन्छ, ग्यास्ट्रीक बढ्छ, तब यि समस्याहरुलाई निको पार्ने एक मात्र अति नै महत्वपूर्ण घरेलु औषधि पुदिना हो । पुदिना को बारे विशेष जानकारी यहाँ ले यो पोस्ट मा पढ्न सक्नु हुनेछ ।
पुदिना प्राय हामी सबैको घर छेउको करेसा बारीमा रहेको हुन्छ । पुदिनालाई अचार/चटनी वा जुस बनाइने गरिन्छ । कहिले काहीँ सब्जीमा पनि मीठो स्वादको लागी प्रयोग गरिन्छ । कतिपयलाई यसको वास्ना मन नपर्न पनि सक्छ । तर पनि पुदिना विश्वभरी कै एक अति नै लोकप्रिय हर्बल हो । गर्मि को मौसममा पुदिना को अचार, जुस बनाएर खाने गर्दा शरीर मा पुदिना ले सितलता प्रदान गर्दछ । पुदिना एक सितलता प्रदान गर्ने प्रजाती मा पर्दछ । "लु" लाग्नेहरुलाई वा गर्मीमा काम गर्नेहरुले पुदिनाको जुस बनाएर कागती, बिरेनुन (Black Salt) हालेर पिउने गर्दा पेटलाइ पनि सितल र पाचनतन्त्र लाइ पनि ठिक गर्दछ र शरीरमा नँया उर्जा बढ्ने गर्दछ ।
भिडियो :
पुदिना कसरी खाने र यसको थप फाइदाहरु के-के छन् ?
पुदिनाको पातलाइ पिसेर पेस्ट बनाउनु पर्दछ र दहि वा मोहीमा थोरै नुन को साथ मिसाएर गर्मिको समयमा खाने गर्नुपर्दछ । यसरी खायौं भने शरीरलाई अति नै सन्चो, सितल गराउदछ । गर्मीको कारण ले टाउको दुख्ने, बोमिट हुने,गर्मी गाढिने हुँदा पुदिना खान सुरु गरे यी समस्या बाट छुटकारा प्राप्त हुनेछ ।
पुदिनाले शरीरको हानिकारक ब्याक्टेरियालाई मार्ने कार्य गर्दछ त्यसैगरी घाउ वा चोटपटक लाग्दा पुदिनाको रस निकालेर लगाउनाले तुरुन्तै सन्चो गराँउदछ भने दुखाई लाई पनि अति चाडैं कम गराई आनन्द महसुस बनाउदछ । पुदिना प्राकृतिक एन्टिब्याकटेरियल र प्राकृतिक फ्रेसनर भएकाले मुखको गनाउने समस्या को लागी र दाँत दुख्ने वा दाँतमा किरा लाग्ने समस्या को लागी पनि अति नै फाइदा गर्दछ । यदि तपाइको स्वास गनाउने समस्या रहेको छ भने तपाइले नियमित पुदिनाको अचार र चिया बनाएर पिउने गर्नुहोस । हिजोआज टुथपेस्ट, ओरल माउथ फ्रेसनर र चकलेट मा पनि मिन्ट फ्लेभर को रुपमा पुदिना को प्रयोग भएको पाइन्छ ।
पुदिनाको अचार र यसको पत्ताको रस सुत्ने बेलामा पिउनाले पेटमा भएका जुका, चुर्ना मार्दछ । त्यस्तै छाला सम्बन्धी एलर्जी हुनेहरुले पुदिनाको रस छालामा लगाउनु पर्दछ । पुदिना, लसुन, अदुवा, नुन मिसाएर यसको मिठो अचार बनाउनुहोस र खानाको साथमा खाने गर्नुहोस । यसरी पुदिनाको सेवन गरे तपाइलाई चाडै भोक लगाउने गर्दछ र अपच हुने समस्या लगभग २४ घण्टा भित्रमा निको हुनेछ । पुदिना भोक नलाग्ने समस्या हुनेहरुको लागी एकदमै राम्रो घरेलु औषधि हो । गर्मिको कारणले खाना नरुच्ने समस्या हुनेहरुले पुदिनाको अचार सँग खाना खाए १/२ दिन भित्रमा आफैं खाना खाइ रहन इच्छा जाग्ने छ ।
पुदिनाको अचार लाई कालो मरिच सङ मिसाएर खाए रूघा-खोकी, एलर्जी र सर्दिलाई धेरै राम्रो फाइदा गर्दछ । यदि हास्छिउ आउने समस्या भए त्यो पनि तुरुन्त बन्द हुनेछ । पुदिनामा पाइने भिटामिन बि, पोटासियम र क्याल्सियमले मानव शरीर मा रोगप्रतिरोधात्मक क्षमता लाइ बढाउछ र शरीरमा स्फुर्ती जगाउछ । पुदिनामा भिटामिन 'ए' प्रसस्त पाइने गर्छ र जसले आँखाको समस्या को लागी पनि एकदमै राम्रो गर्छ । टाउको दुख्दा पुदिनाको चिया बनाएर खाने गरे तुरुन्तै रिलिफ हुन्छ ।
पुदिनाको अचार खाने गर्दा खराब कोलेस्ट्रोल नस्ट भएर जान्छ र हड्डिलाइ मजबुत बनाइराख्न मद्द्त गर्छ । त्यसैगरी पुदिना को चिया बनाएर खाने गर्दा पनि शरीर लाई सितल दिने र निन्द्रा लगाउने गर्छ । निन्द्रा नलाग्ने समस्या भएकाहरुले पुदिनाको चिया,अचार बनाएर खाने गर्नुपर्दछ ।
यौन चाहाना अति नै बढी भै हिस्टोरिया हुने सम्भावना को डर छ भने पुदिनाको अचार र पुदिना को चिया बनाई नियमित सेवन गर्नुहोस यसले यौन उत्तेजना गराउने हर्मोनलाई घटाइ यौन चाहाना नर्मल अवस्थामा राखिदिन्छ ।
पेटमा ग्यास बढ्नेहरुले वा ग्यास्ट्रीक हुनेहरुले पुदिनालाई पिसेर त्यसमा कागती र बिरेनुन हालेर नियमित खाने गरे ग्यास्ट्रीक दुर गराई पाचन क्षमता बढाउदछ ।
पुदिना एक मात्र शक्तिशाली घरेलु औषधि
ज्वरो आएको बेलामा पुदिनाको अचार सेवन गरे ज्वरो ठिक गर्छ । पुदिना को अचार खान मन नलागे पुदिनाको पानी उमालेर मनतातो बनाई पिउन सक्नु हुनेछ । यसले सरिर लाइ डिटोक्स गरिदिन्छ र मस्तिस्कमा रगत सप्लाई बढाइ मस्तिस्कको कार्य क्षमतालाई तिब्र गतिमा बढाउदछ । स्तनपान गराउने महिलाहरुको स्तनको टुप्पो (निप्पल) दुख्छ भने पुदिनाको रस निकालेर लगाउने गर्नु पर्दछ । त्यसैगरी कपालमा चाया बढी भएकाहरुले पुदिनाको रस लगाउने गर्दा चाया हटेर जान्छ ।
यदि तपाइको घरमा धेरै पुदिना छ भने त्यसलाइ निकालेर घाम मा होइन छाँया मा सुकाउ्नुहोस र यसको सुख्खा पाउडर बनाएर बट्टामा बन्द गरेर राख्नुहोस । (पुदिनालाई कदापी खेर जान नदिनुहोला । पुदिना हाम्रो गाउँघर मा प्रसस्त पाइने भएको हुँदा यसको खासै महत्व नराख्ने बानी हुन सक्छ । तर यो विकसित देशहरुमा अतिनै मुल्यवान चिज हो) यसको पाउडर भन्नाले पुरै पाउडर होइन, रफ चियापत्ती जस्तो बनाउनु पर्दछ । यसरी बनाएको मिन्ट पाउडर लाइ तपाइले टमाटरको अचारमा हालेर, चिया बनाएर, काँक्रोको अचारमा, मुलाको अचारमा, दहि वा मोही सबैमा यो पाउडर मिसाएर जहिले र जुनै समयमा खान सक्नुहुन्छ । यसको स्वाद पनि उत्तिकै मिठो बन्दछ ।
तलको सोसियल आइकन मा क्लिक गरि सेयर गरेर सबै समक्ष जानकारी पुर्याउने जिम्मेवारी अब मात्र तपाईंको हातमा रहेको छ । सेयर गरौं, ज्ञान बढाउँ । थप जानकारी मुलक पोस्टहरु पढ्न अन्य टाइटल मा क्लिक गर्नुहोस । स्वस्थ्य रहनुहोस, खुसी रहनुहोस ।