मानिस बाँच्ने नै अक्सीजन (Oxygen) हो. अक्सीजन बिना कुनैपनी जीवित प्राणी बाँच्न सम्भव छैन. पृथ्वीमा अक्सीजन प्रसस्त मात्रामा पाइन्छ र यहि कारणले गर्दा पृथ्वीमा जीवन छ ।
रगतमा अक्सीजन कम हुँदा के हुन्छ ?
तपाईं बिरामी भएर हस्पिटल जाँदा हातको बुढी औंलामा चेप्ने एउटा सानो मेसिन जोडेको देख्नु भएको छ होला ।
यसले तपाइको शरीरमा अक्सीजनको मात्रा कति प्रतिशत सम्म छ भनेर नाप्दछ. तपाइको रगतले फोक्सोबाट कति अक्सीजन बोकेर शरीर भरी पुर्याएको छ ?उक्त कुरा औंलामा जोडिएको मेसिनले देखाउछ ।
Read More:
तपाइले सुन्नु भएको छ होला कि जाडो समयमा गिजर बाट नुवाउने क्रममा बाथरुम मै मानिसहरुको मृत्यु भएको, कोठामा हिटर बालेर सुत्दा मानिसहरुको मृत्यु भएको, उकालो पहाड, हिमाल चढ्दा लेक लागेको, ठुलो सेफ्टी ट्यांकीमा पसेर काम गर्ने क्रममा मानिसहरुको मृत्यु भएको र बचाउन जाने मान्छेको पनी मृत्यु भएको खबर समाचारमा पनि धेरै प्राय आइ रहन्छन.
अन्य जानकारीहरु:
- ऐठन के हो ? ऐठन किन हुन्छ? ऐठन हुने कारण / Sleep Paralysis in Nepali
- ब्लड प्रेसर हाइ छ, नुन खानु कि नखानु ? के गर्नु उचित हुन्छ ? High Blood Pressure in Nepali
- पायल्स कसरी हुन्छ ? पायल्स को बारेमा जान्नु पर्ने कुरा, Piles Meaning in Nepali | Hemorrhoids
- दैनिक बिहान लसुन (Lasun) खाँदा हुने अनगिन्ति फाइदाहरु / Garlic Benefits in Nepali
- दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ? Drinking Hot Water?
यस्ता घटनाहरु अक्सीजन कम भएर हुने गर्दछ. अक्सीजन कम भएको लक्षण व्यक्तिले थाहा नै नपाइ मृत्यु हुने गर्छ ।
हामीले स्वास फेर्दा हाम्रो फोक्सोले अक्सीजन लिन्छ र रगतले त्यो अक्सीजन बोकेर शरीर भरी पुर्याउदछ । तर यदि रगतले अक्सीजन बोकेर शरीर भरी पुर्याउन सकेन भने हामीलाई विभिन्न लक्षणहरु देखिन्छन ।
प्राय कामदारहरु अशिक्षित भएर यस्ता कुराको ज्ञान नभएर सेफ्टी ट्यांकी बनाउने क्रममा ज्यान गुमाउन पुग्छन भने कतिपय शिक्षित व्यक्तिहरु पनी यस्ता घटनामा परेको पाइन्छ ।
तपाईंले ३ वटा मुख्य कुराहरुमा बिचार गर्नुहोस । तपाईं भएको ठाँउमा प्रयाप्त अक्सीजन छ कि छैन ? त्यो बिचार गर्नुपर्छ । चाहे खाल्टामा पस्दा होस, चाहे पहाड चढ्दा होस, चाहे गुफामा पस्दा होस ।
अक्सीजन कम हुने बितिकै तपाइको मस्तिस्क, कलेजो खराब हुन थाल्छ र शरीरको केशिकाहरु, ओठ, नाकमुख, हातखुट्टा सबै निलो हुन थाल्छन र केही मिनेटमै मस्तिस्कले काम गर्न छोड्छ । रगतमा अक्सीजन कम हुनु अत्यन्तै खतरनाक अवस्था हो । लक्षण देखिँदा-देखिँदै मानिसको मृत्यु हुन सक्छ ।
रगतमा अक्सीजन कम हुँदा देखिने लक्षणहरु (Low Oxygen Levels in Blood) :
शरीरमा अक्सीजन कम भयो भने स्वास-प्रस्वास छिटो-छिटो हुन्छ । धेरै थकान लाग्छ, स्याँ-स्याँ बढ्छ । शरीरले अक्सीजन प्रसस्त मात्रामा नपाउँदा छोटो-छोटो स्वास-प्रस्वास हुन थाल्छ ।
जब शरीरले प्रसस्त मात्रामा अक्सीजन प्राप्त गर्न सक्दैन तब टाउको दुख्ने समस्या हुन्छ, रिंगटा लाग्न थाल्छ, कसैको त्यतिकैमा बेहोस भएर मृत्यु पनी हुन सक्छ।
ब्लड प्रेशर बढ्दछ, शरीर भरी पसिना आउछ, आँखा मधुरो हुन थाल्छ । मुटुको धड्बकन बढ्दछ, कन्फ्युजन हुन्छ, छाती दुख्न थाल्छ । तपाइँले कुनै बन्द कोठामा, कुनै ठुलो सेफ्टी ट्याङकीमा पस्नु पुर्व यी कुरामा ध्यान पुर्याउनु पर्छ र कोठामा, खाल्टोमा, गुफामा पस्दा तपाइँले कुनै पनी किसिमको असहज महसुस गर्नु भयो यो भने तुरुन्तै बाहिर प्रसस्त अक्सिजन पाइने ठाउँमा निस्कनु पर्छ ।
यस्तो बेलामा तपाइँलाइ अक्सिजन कम भएको लक्षणहरु देखिन थालेका हुन्छन् । यदी बाहिर निस्कन ढिलो गर्नु भयो भने भन्न सकिन्न, मृत्यु पनि हुन सक्छ । त्यसैले कुनै पनि गुफा, बन्दकोठा, भेन्टीलेटर नभएको घरका कोठा भित्र लामो समय बस्न हुँदैन.
Read More :
त्यती मात्र होइन तपाइलाई गम्भिर प्रकारको सँक्रमण भएको छ भने पनी तपाइको शरीरमा प्रसस्त मात्रामा अक्सिजन नपुगेको हुनसक्छ । कोरोना सङक्रमण भएर हस्पिटल जाने मानिसहरुमा यो समस्या देखिने गर्छ ।
यदि तपाइको शरीरमा अक्सीजन कम छ भने डाक्टरहरुले तपाइलाई गम्भिर बिरामीको रुपमा राखेर उपचार गर्दछन। कोरोना सँक्रमण भएका अधिकाँस मानिसहरुको फोक्सोमा समस्या देखिने भएकाले, फोक्सोमा निमोनिया हुने भएकाले फोक्सोले प्रसस्त मात्रामा अक्सीजन तान्न सक्दैन र शरीरमा अक्सिजन को कमी हुन थाल्छ जसले गर्दा बिरामी मानिस झनै गम्भिर हुँदै-हुँदै जान्छ ।
हातको औंलामा जोडेको सानो अक्सीमिटरले रगतमा कती अक्सिजन छ भनेर देखाउँदछ । त्यसलाई SPO2 टेस्ट पनि भनिन्छ ।
रगतमा अक्सीजन कम हुने कारणहरु :
- शरीरमा रगतको मात्रा कमी हुँदा पनि अक्सीजनको कम हुनसक्छ ।
- फोक्सोमा पानी जमेको छ भने रगतमा अक्सीजन कम हुने गर्छ ।
- मुटुको धमनीमा रगत जमेको छ भने रगतमा अक्सीजन कम हुन्छ ।
- जो मानिस नियमित चुरोट तान्छ, उसको शरीरमा अक्सीजन कम हुन सक्छ ।
- जो मानिस फोक्सोको रोगी छ, उसलाइ अक्सीजन कम हुन सक्छ ।
- उच्च हिमाली भागहरुमा जाँदा त्यहाको वातावरणमा अक्सीजन कम हुने हुँदा मानिसलाइ लेक लाग्ने गर्दछ. लेक लाग्नु भनेको शरीरले प्रसस्त मात्रामा अक्सीजन प्राप्त गर्न नसक्नु हो ।
- मुटुको रोगी हुनेहरुलाई पनि रगतमा अक्सीजन कम हुने गर्छ ।
- दमको रोगी मानिसलाइ पनि अक्सीजन कम हुने गर्छ.
- निमोनिया भएको मानिसको शरीरमा पनि अक्सीजन कम हुने हुन्छ ।
- भाइरस सँक्रमण हुँदा पनि शरीरमा अक्सीजनको मात्रा कम हुने गर्छ ।
त्यसैगरी विभिन्न औषधी खाइरहने रोगी मानिसहरुलाई पनि अक्सीजन कम हुन्छ र नसालु पदार्थ खाने मानिसहरुलाई पनि नसाले स्वास-प्रस्वास ढिलो गराइ दिन्छ जसले गर्दा शरीरमा प्रसस्त मात्रामा अक्सीजन पुग्दैन.
यदि तपाइँ घरकै राम्रो वातावरण बस्नुहुन्छ र पनि तपाइलाई नियमित स्वास फेर्न सारो पर्छ भने, स्याँ-स्याँ हुन्छ भने, सुतेको बेलामा छिटो-छिटो सास फेर्नुपर्ने हुन्छ भने , कुनै काम गर्दा स्वास-प्रस्वासमा समस्या आउँछ भने तपाइले डाक्टर सँग तुरन्तै परामर्श गर्नुपर्छ ।
रगतमा अक्सीजन कम हुँदा दिनु पर्ने कुरा :
- चुरोट तथा सुर्तीको सेवन गर्नै हुदैंन ।
- धेरै मात्रामा फलफुल तथा सागपात खानुपर्छ ।
- पानी धेरै पिउनुपर्छ ।
- धुँवा मा बस्नु हुँदैन
- विभिन्न ग्याँस तथा प्लान्टहरुमा सेफ्टीको प्रयोग गरेर मात्र जाने गर्नु पर्छ
- गहिरो स्वास लिने गर्नु पर्छ । स्वास तान्ने रएक मिनेट जति रोकेर विस्तारै छोड्ने गर्नु पर्छ ।
रगतमा अक्सीजन कम हुनु ज्यादै खतरनाक अवस्था हो । जति-जति अक्सीजन घट्दै जान्छ, उति-उति मानिस बेहोस हुने अवस्थामा पुग्छ र थाहा नपाइ सुतेकै ठाउँमा मृत्यु हुन सक्छ ।