दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ? Drinking Hot Water?

दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ? Drinking Hot Water?

बुझ्नु पर्ने कुरा:

पानी हाम्रो शरीरलाई नभै नहुने अति नै महत्वपूर्ण तरल पदार्थ हो । हाम्रो शरीरमा  करिव ६० प्रतिशत पानी मात्र छ । यो तपाई हामी सबैलाई थाहा भएकै कुरा पनि हो ।

चिसो न तातो, पानी भनेको पानी नै हो, जुनै पनि पिउन सकिन्छ, चिसो न तातो के नै फरक छ र ? भन्ने लाग्दछ भने यो कुरा बुझ्न जरुरी छ की...

चिसो पानी शरीर को आवस्यकता लाई मात्र परिपुर्ति गर्न पिई रहेको हुन्छौं भने तातो पानी शरीर को भित्रि समस्या लाई समाधान गराउँन र शरीर को आवस्यकताको परिपुर्ति गर्न दुबै कार्यको लागी पिएको हुनेछौं ।

भनिन्छ नि ज्वरो आयो, टाउको दुख्यो भने चिसो पानी नपिउनु, मात्र तातो पानी पिउनु है ? आखिर किन बिरामी हुँदा मात्र तातो पानी पिउनु भनी राखिएको छ ?

यसको सजिलो जवाफ हो ,कि जब हामिलाई समस्या पर्दछ तब मात्र  हामि समाधान को बाटो खोज्न तिर अघि बढ्दछौं . तर समस्या आउनै नदिन को निमित्त हामी कहिल्यै सोच्ने गर्दैनौं . हो कि नाई? तलको फेसबुक कम्मेन्ट मा जवाफ दिनुहोस.




तातो पानी पिउँदा के हुन्छ ?



  • चिसो पानी ले एक तरह मात्र फाइदा गरि रहेको छ भने तातो पानीले त्यसको दोब्बर 2तरह नै फाइदा गर्दछ ।

  • हामिले तातो पानी दैनिक पिउने गर्दा हाम्रो शरीर को पाचन प्रणालीको समस्यामा अति चांडै सुधार आउने छ ।

  • यदि चिसो पिउने पानी कुनै कारण बस दुषित पर्न गए  तपाइको पेट अरबौं खरबौं खराव ब्याक्टेरियाहरुको राजमहल हुनेछ  | तर तातो पानी पिउँने गर्दा यदि कुनै कारण बस पानी दुषित नै परे पनि पानी एक पटक उमाली सके पछी खराब ब्याक्टेरिया मर्ने छन् र पानी ब्याक्टेरिया रहित शुद्द हुने छ र तपाईंले शुद्द पानी पिउनु हुनेछ ।

  • तातो पानी पिउने गर्दा हरेक दिन हुने अनावास्यक थकान को लागि औषधी झैँ काम गर्दछ ।


दैनिक बिहान उठ्ने बितिक्कै तातो  पानी पिउने गर्दा पाचन प्रणालीलाई बुस्ट  गरि पेट सम्बंधित समस्याहरुलाई ठिक गर्दछ र यस्तो हुँदा शरीर मा धेरै ठुलो राहत हुनेछ ।

सधैँ तातो पानी पिउने गर्दा हाम्रो शरीर को रोग प्रतिरक्षा प्रणाली को छ्यमतालाई पनि बढाउने छ । जसको कारण शरीरमा आउने कुनै पनि बाहिरी भाइरस वा शरीर भित्रको भाइरसहरुसंग युद्द लड्न रोग प्रतिरक्षा प्रणाली लाई थप उर्जा दिने गर्दछ । रोग प्रतिरक्षा प्रणाली हाम्रो शरीर को रेखदेख गर्ने सेना हो यसलाई बलियो बनाउन तातो पानी पिउनु अति नै जरुरी हुन्छ ।

दैनिक तातो पानी पिउने गर्दा हाम्रो शरीर को पाचन प्रणाली पनि पूर्ण रुपमा सक्रिय हुनेछ । घरमा आमा ले कहिले काहिँ भन्नु हुन्छ नि ? ए छोरा ! खाना चिसो छ तताएर मात्र खानु है ? किन भनिएको थियो होला ? जानेर वा नजानेर ? तर तथ्य चैं यहि चिसो पानी र तातो पानीको महत्व संगै मिल्दछ ।
पानी एक यस्तो प्राकृतिक औषधि हो जसले पेटलाई सफा गरि तन्दुरुस्त राखि पेट सम्बंधित रोगहरु को अन्त्य गर्दछ । त्यसमा पनि तातो पानी, चिसो को तुलना मा अझ शक्तिशाली हुँदछ । जरुरी छैन, कि...

तातो पानी पिउनु २४ सै घण्टा पर्छ ?


पर्दैन, तर अवस्य

  • बिहान चिया को सट्टा तातो पानी २/३ गिलास पिउने,

  • खाना खाएको करिव १५ मिनेट पश्चात पुन १ गिलास तातो पानी पिउने

  • र बेलुका सुत्ने बेलामा तातो पानी पिएर सुत्न अति नै जरुरी हुन्छ ।


यी बाहेक अन्य समयमा पनि पानी उमालेर सफा भाँडो मा राखेर चिसो बनाई पिउने गरे अझ उत्तम हुन्छ ।

हैन र ?

जब पानी हाम्रो पेट मा पुग्दछ तब पानी ले हाम्रो पेटलाई निर्जलिकरण हुन बाट बचाउँदछ र पेट भित्रको फोहोर पदार्थलाई सजिल्यै बाहिर निकाल्न सहयोग गर्दछ र यसको नतिजा कब्जियत हुन बाट पनि बचाउने गर्दछ कब्जियत बाट बच्न सक्ने पायल्स हुन बाट बच्न सकिन्छ।

यसरी नै  एक समस्या बाट बच्न सके अर्को  रोग लाग्न बाट पनि बच्न सकिन्छ  । यसको फाइदा विशेष गरि पेट सम्बन्धि समस्या भएकाहरुलाई  ठुलै औषधीय गुण सरह काम हुनेछ ।




तातो पानी दैनिक बिहान पिउदा हुने के ही फाइदाहरु :



  • पाचन मा सहयोग गर्दछ

  • शरीर को रगत संचालन मा सुधार गर्दछ

  • तनाब र थकान कम गर्न सहयोग गर्दछ

  • शरीर मा उत्पन्न हुने खराब र विषाक्त पदार्थ मा कमि ल्याउने गर्दछ

  • शरीर निर्जलिकरण हुन बाट बचाउदछ

  • रुधा खोकी वा अन्य कुनै पनि हावा बाट सर्ने  भाइरल रोग छिट्टै लाग्न बाट जोगाउदछ

  • पेट को फ्याट बर्न गरि स्लिम हुन मद्द्त गर्दछ

  • पेट मा खराब ब्याक्टेरियाहरुको संख्या कम गराउँदछ

  • टाउको दुख्ने, पेट दुख्ने, पेट भारी भएको महसुस हुने, खाएको नपच्ने, भोक लागेको महसुस नहुने, पाचन मा समस्या हुने, कब्जियत, पायल्स, दिसा गर्ने समस्या, पेट पोल्ने, ग्याँस बढ्ने, घाँटी दुख्ने, बढी पाद आउने जस्ता विभिन्न समस्याहरुको विस्तारै  अन्त्य  गराउँदछ ।


यी त के हि लिखित जानकारी मात्र  हुन् , यी बाहेक पनि  तातो पानी को अनेकौं फाइदाहरु हुन्छन जुन यो पोस्ट मा  लगातार लेख्न सुरु गरे ३ दिन मा पनि एउटा पोस्ट तयार पार्न सकिंदैन  । त्यसैले यति बुझ्नु पनि धेरै ठुलो जानकारी हुनेछ ।

  • तपाईलाई जानकारी मन परे अवस्य सेयर गरी अरुलाई पनि ज्ञान बढ्नु होला ।