यौन शक्ति बढाउने घरेलु उपाय Increase your Sex power in Nepali

Ms. Sarika
Increase sex power in nepali
(toc)

यौन समस्या प्राय हरेक व्यक्तिमा हुन्छ. यौन सम्बन्धि हुने विभिन्न समस्याहरु मध्यमा यौन शक्ति कमजोर हुनु एक आम समस्या हो. महिलाको तुलनामा पुरुषहरुमा यौन शक्ति कम्जोर हुने समस्याहरु प्राय धेरैमा देखिने गर्छ.

यौन शक्ति कम्जोर हुनुको कारणहरु विभिन्न हुन्छन्. यौन शक्ति कमजोर किन भै रहेको छ? र किन यौन शक्ति कमजोर हुन्छ ? कसरी यौन शक्ति हुन्छ ? यौन शक्ति कमजोर हुनुको कारणहरु के के हुन्? भन्ने वारे सर्वप्रथम तपाइँ आफैंले अध्ययन गर्न जरुरी रहेको हुन्छ.

जब तपाइँ अध्ययन गरी यौन शक्ति कमजोर हुनुको कारणहरुलाई बुझ्न सक्नु हुन्छ तब तपाइँ आफ्नो दैनिक जीवनलाई परिवर्तन गरी यौन शक्ति बढाउँन सक्नु हुनेछ. यदि आफ्नो दैनिक जीवन परिवर्तन गर्दा पनि यौन शक्ति नबढेमा त्यसपछि तपाइँले मेडिकल उपचारमा अघि बढ्नु पर्ने हुन्छ.

सर्वप्रथम बुझौं यौन शक्ति कमजोर हुने कारणहरु केके हुन्? र यसको घरेलुउपचार कसरी गर्न सकिन्छ ?

यौन शक्ति कमजोर हुने कारणहरु :

  • तनाव वा डिप्रेसन
  • डर / मानसिक चिन्ता
  • बढी सोचाइ भएमा
  • लाज
  • प्रेमिल सम्भोग नभएमा
  • थकान
  • यौन रोग
  • दिर्घ रोग
  • मन नपरेको सेक्स पार्टनर भएमा / दिल खुलेर वा मनका कुरा सेयर नगरी सेक्स नगरेमा
  • अनिन्द्रा / कामको व्यस्तता / फुर्सद नभएर फ्रेस हुन नपाएमा
  • अल्कोहलको बढी सेवन
  • चुरोट, खैनी वा लागुपदार्थको बढी सेवन गरेमा
  • हस्तमैथुनको नसा लागेमा (हप्तामा २ पटक भन्दा बढी हस्त मैथुन गरेमा
  • शारीरिक ब्यायाम नभएमा
  • शरीर मोटो भएमा
  • शरीरमा कोलेस्ट्रोल बढेमा
  • मधुमेह /चिनीरोग भएमा
  • मुटुरोग भएमा
  • रक्तचाप भएमा
  • शरीरमा रगतको कमि भएमा
  • एन्ड्रोजिन हर्मनमा गडबडी
  • Testosterone कम भएमा
  • सम्बन्धमा समस्या परेमा
  • यौन अंग सम्बधि कुनै पनि समस्या भएमा
  • कुनै रोगको औषधिको सेवन गरी रहेको भएमा
  • शरीरिक शक्ति कम्जोर भएमा
  • शरीरमा भिटामिन, मिनरल्स जस्ता तत्वहरुको कमि भएमा
  • खानामा समस्या भएमा
  • घाम नताप्ने गरेमा वा शरीरमा भिटामिन "डी" कमि भएमा
  • ब्लड प्रेसर लो भएमा
  • शरीरलाई आवस्यक पोषण तत्वको कमि भएमा
  • सेक्स मुभी बढी हेर्ने गरेमा

यी माथि बताइएको कारणहरु मध्य अन्य पनि विविध कारणहरु रहेको हुन्छन् जसले सेक्स पावर अर्थात यौन शक्ति कम्जोर बनाउदछ. धेरैको यौन शक्ति कम्जोर हुने कारणहरु सामान्य रहेको हुन्छ. मनको डर, पोषण तत्वको कमि देखि हस्तमैथुन को लत लागेकोहरुमा विशेष गरी यौन शक्ति कमजोर भएको पाइन्छ. यी समस्याहरु नै मुख्य समस्याहरु हुन जसले एक स्वस्थ्य व्यक्तिको यौन शक्ति पनि कम्जोर भएको हुन्छ.

यौन शक्ति बढाउने उपाय:

यौन शक्ति बढाउने उपायहरु २ प्रकारका छन् .

  1. घरेलु उपाय
  2. मेडिकल उपाय

यौन शक्ति बढाउने घरेलु उपाय :

यौन शक्ति बढाउने घरेलु उपायमा ४ वटा तरिकाहरु छन्. यी सबै तरिकालाई अपाउँन जरुरी रहको हुन्छ. तपाइँले यी तरिकाहरु मध्यमा आफुलाई ख्याल गरी आफ्नो कमजोरी पत्ता लागाई यी तरिका अपनाउन सक्नु हुनेछ.

  1. व्यवहारिक तरिका
  2. मानसिक तरिका
  3. खानपानको तरिका
  4. जडिबुटीको तरिका

यौन शक्ति बढाउने व्यवहारिक तरिका :

व्यावहारिक तरिका भन्नाले तपाइँको व्यवहारिक जीवनलाई देखाउँदछ. व्यस्त रहने व्यक्तिले के हि समय निकालेर फ्रेस हुने, घुम्ने, मनको कुरा सेयर गर्ने, हृदयबाट प्रेम गर्ने, सेक्स गर्दा पार्टनर संग खुलेर सेक्स गर्ने जस्ता व्यवहारहरुमा सुधार गर्नु पर्ने हुन्छ. व्यावहारिक तरिका अनुसार सेक्स पावर बढाउने उपायहरु यस्ता रहेका छन्.

  • बिहान सबेरै उठ्ने
  • दैनिक विहानको चिसो वातावरणमा रमाउने
  • दैनिक बिहानको सीत परेको चिसो दुवोमा हिंड्ने
  • दैनिक व्यायाम गर्ने
  • हप्तामा एक पटक पार्टनर संग नयाँ ठाउँ घुम्ने
  • हस्त मैथुन नगर्ने गरेमा हप्तामा १ पटक भन्दा बढी नगर्ने
  • खानपानमा ध्यान दिने
  • लागु पदार्थबाट सेवन नगर्ने (चुरोट, खैनी र रक्सि )
  • पोर्न नहेर्ने
  • रोमान्टिक म्युजिक सुन्ने
  • ध्यान अर्थात मेडिटेसन गर्ने
  • शरीरको तौल घटाउने
  • मोटोपन कम गर्ने
  • बढी नसोच्ने
  • कामको व्यस्तता कम गर्ने
  • सेक्स गर्नु अघि के हि घण्टा आराम गर्ने
  • प्रसस्त सुत्ने र निन्द्रा पुरा गर्ने

यौन शक्ति बढाउने मानसिक तरिका

यौन शक्ति बढाउने मानसिक तरिका अनुसार आफ्नो दिमागले चाहेको बेला अर्थात दुवैको दिमाग फ्रेस भएको बेला मात्र यौन सम्पर्क गर्ने. मन मा कुनै डर भए डर नराख्ने, मानशिक चिन्ता नलिने, तनाव वा डिप्रेसन भए त्यसको उपचार गर्ने, वा कुनै पनि मानसिक तरिका अनुसार तयार नभई सेक्स गर्नु हुँदैन र पूर्ण रुपमा तयार भए पछि मात्र सेक्स गर्नु पर्दछ. यी हुन् मानसिक तरिकानुसार यौन शक्ति बढाउने उपाय :

  • तनाव नलिने
  • सेक्स सम्बन्धि कल्पना गर्ने
  • डिप्रेसन भए डिप्रेसनको औषधि गर्ने
  • सोचाइ क्लियर राख्ने
  • सम्भोग अघि पूर्ण रुपमा तयार हुने
  • आफुलाई र पार्टनरलाई कन्फोर्ट हुने ठाउँ बनाउने
  • एक अर्काले मनको कुरा खुलेर भन्ने
  • सोध्न मन लागेको कुरा खुलेर सोध्ने
  • हृदयबाट पार्टनरलाई चुम्ने
  • दुवैको मनमा खिन्नता नराख्ने
  • एक अर्कालाई सोधेर, इस्च्छा अनुसार तरिका गर्ने
  • पार्टनरलाई झुट नबोल्ने जस्तो समस्या छ त्यस्तै बताउने ( मनोबल प्राप्त हुनेछ )
  • पार्टनरको इच्छा अनसारको नाइट ड्रेसअप गर्ने (सेक्सी ड्रेसअप)
  • सम्पर्क अघि नुहाउने र मिठो सेन्ट लगाउने
  • मानसिक असर पर्ने किसिमका कुनै पनि क्रियाकलाप सेक्सको दिन नगर्ने वा मानसिक असर वा तनाव परेको दिन सेक्स नै नगर्ने

यौन शक्ति बढाउने खानपानको तरिका:

यौन शक्ति बढाउने खानपानको तरिका अनुसार पर्दछ शरीरलाइ पोषण प्राप्त हुने किसिमका खानापान को सेवन गर्ने र शरीर, पेटलाई नोक्सान गर्ने किसिमका खाना खानु हुँदैन.

सहि खानापान र डाइट गर्ने गर्नु पर्छ. शरीर को मोटोपन भए कम गर्नु पर्छ र स्वस्थ्य खानपान गर्नु पर्दछ. यस्ता छन् यौन शक्ति बढाउने खानपानहरु

  • उसिनेको अण्डा
  • खजुर
  • केसर
  • बदाम
  • २ स्वाउ
  • अनारको जुस
  • केरा
  • दुधको सेवन गर्ने
  • झिंगे माछा खाने
  • अन्य माछाहरु
  • चना
  • किसमिस
  • फर्सीको बियाँ
  • महको सेवन
  • काउलीको सब्जी
  • लोकल भालेको मासुको सुप
  • ड्राई फूड्स (Nuts)
  • सामुन्द्रिक कस्तूरी (Oysters)
  • हरियो / फ्रेस सागपात
  • खरबुजा
  • लसुन
  • प्रोटिन युक्त खानाको सेवन
  • अभोकाडोको जुस

यौन शक्ति बढाउने जडिबुटी

यौन शक्ति बढाउने जडिबुटीको तरिका भन्नाले विभिन्न किसिमका जडिबुटी वा आयुर्बेदीक तरिका अनुसार घर मै पाइने वा घरमै यौन शक्ति बढाउने तरिका हो. तर यस्ता कुनै पनि तरिकाहरु अपनाउँदा डाक्टरहरु संग सल्लाह गरेर आफ्नो समस्या बताएर यी जडिबुटीको तरिकाहरु अपनाउनु उचित हुनेछ. यस्ता छन् यौन शक्ति बढाउने जडिबुटीहरु :

  • यार्सागुम्बा
  • सिलाजित
  • अलैंची
  • सुकमेल
  • अश्वगंधा
  • केसर
  • दुधमा सख्खर को मिश्रण
  • दुधमा सिलाजित
  • तुलसी र मह
  • अदुवा
  • लसुन र मह ( दैनिक खालीपेटमा)
  • दालचिनी
  • तुलसीको बिजको चुर्ण
  • दुध र मिस्री
  • भिएग्रा

(भिएग्राको असर जटिल हुन सक्छ . मुटुरोग र उच्च रक्तचाप भएकालाई अझ जटिल हुन सक्छ त्यसैले डाक्टर संग परामर्श नगरी भिएग्रा नलिन उचित हुनेछ. )

यौन शक्ति बढाउने मेडिकल उपचार :

यौन शक्ति बढाउने मेडिकल उपचार विधि अनुसार यौन शक्ति किन कमजोर भएको छ ? भन्ने पत्ता लगाएर यसको उपचार गरिन्छ. यौन सम्बन्धि कुनै समस्या भएर यौन शक्ति कम्जोर भएको हुन सक्छ वा कुनै पनि यौन रोगको कारण पनि यौन शक्ति कमजोर भएको हुन सक्छ.

यदि घरायसी विधि मार्फत यौन शक्ति बढाउन असफल रहेमा यौन शक्ति बढाउने मेडिकल उपचार विधि लाई रोज्नु पर्ने हुन्छ र डाक्टरले के कारणले यौन शक्ति कम्जोर भएको छ भन्ने पत्ता लगाएर त्यसको उपचार गरी यौन शक्ति बढाउन उपचार गर्नु हुनेछ. यौन शक्ति बढाउने मेडिकल उपचारको लागि तपाइँले डाक्टर संग एक पटक सम्पर्क गर्नुहोस.

सुकमेलले यौन शक्ति बढाउँछ :

तपाइँ हामी सबैको भान्सामा प्रयोग गरिने मसला वर्गमा नै पर्ने एक चिज हो सुकमेल । सुकमेल लाइ cardamom पनि भनिन्छ । Black cardamom भनेको चाँही अलैँची हो । यहाँ कुरा गर्न गइरहेको सुकमेल green cardamom को बारेमा छ । हामीले भान्सामा मासु को परिकारहरु पकाउदा सुकमेल, ल्वाङ, दालचिनि आदिको मिक्स मसला प्रयोग गरेर मासुलाइ स्वादिलो र स्वादिष्ट बनाउदछौ । साथसाथै चियामा पनि यो मसला हालेर चिया पनि सुगन्धित बनाउदछौ । अचेल बजारमा चिया मसला भनेर सुकमेल र ल्वाङको पाउडर मात्रको मिक्स मसला पनि बेच्ने गरेको पाइन्छ ।

सुकमेल भनेको गर्मी पैदा गर्ने औषधिय गुणमा पदर्छ । यसको प्रयोग जाडोको समयमा गर्दा शरीर तातो बनाइ राख्न मदत गदर्छ । सुकमेलको धेरै रहस्यमय गुणहरु रहेका छन । सुकमेल स्वास्थको लागी धेरै नै उपयोगी चिज हो । यसले यौन शक्ति बढाउँन निकै सहयोग गर्दछ. सुकमेलको सेवन गर्दा यौन शक्ति बढ्दछ.

सुकमेलले यौन शक्ति मात्र नभएर यसको प्रयोगबाट रुघाखोकि, हाच्छिउ आउने समस्या, ग्यास्ट्रीक (ग्यास्ट्राइटिस) को समस्या, कफ, पित्त, यौन समस्या, लिङग उत्तेजित नहुने (Erectile Dysfunction) समस्या को लागी सुकमेल धेरै नै उपयोगी रहेको छ । सुकमेल पाउडरलाई चियाको रुपमा थोरै-थोरै गरी दिनमा ३/४ पटक सेवन गर्नुपर्दछ ।

सुकमेलको फाइदाहरु :

  1. यौन शक्ति बढाउने
  2. रुघाखोकी को उपचार गर्ने
  3. हच्चिउ आउने समस्याको समाधान गर्ने
  4. ग्यास्ट्रिकको समस्या दुर गर्ने
  5. कफ को समस्याको दुर गर्ने
  6. पित्तको समस्या दुर गर्ने
  7. यौन समस्या ठिक गर्ने
  8. लिङग उत्तेजित गर्ने

सुकमेल को सेवन पश्चात शरीरमा गर्मी पैदा गर्दछ. पुरुषको यौन समस्याको लागी सुकमेलको निरन्तर प्रयोग गर्नुपर्दछ. यसो गर्दा यौन समस्या हटेर जाने गर्छ. यौन उत्तेजना (Erectile Dysfunction) को समस्या हट्दछ र तपाइँलाई धेरै नै शक्ति प्रदान गर्दछ ।

बेलुका सुत्नु अघि हरेक दिन सुकमेलको चिया पिएर सुत्ने गर्दा 1 हप्तामै आफैं फरक भएको महसुस गर्नु हुनेछ. यदि तपाइँ अरब देशहरुमा हुनुन्छ भने तपाइँलाई थाहा होला अरब देशहरुमा अरबीले सुकमेलको दैनिक चिया पिउने गर्छन् । जसमा कफिको नभुटेको दानाको क्रस र सुकमेलको पाउडर मिसाएर २० मिनेट जति पकाएर तयार गरिएको हुन्छ । उक्त चिज खजुर सङ्ग दैनिक चियाको रुपमा पिउने गर्दछन । यसले उनीहरुमा गर्मि गर्दछ. र उनीहरुको यौन समस्या हटाउँदछ. यसको प्रयोग तपाइँले गर्दा पनि तपाइको यौन समस्या कम हुनेछ.

यो चियालाई उनीहरु आफ्नो अरबी भाषामा गाह्वा भन्दछन । यदि तपाईं पुरुष हुनुन्छ र तपाइको यौन उत्तेजना सम्बन्धित समस्या छ भने यो गाह्वा दैनिक चिया स्वरुप पिउन सक्नु हुनेछ । यसले तपाईंको यौन उत्तेजना चांडै बढाउने छ ।

सुकमेलले के गर्छ?

  1. कफ ,रुघाखोकी, घाँटी दुखेको समस्या समाधान
  2. पाचन शक्ति बढाउछ
  3. शरीरमा Detox गर्ने काम गर्छ

कफ ,रुघाखोकी, घाँटी दुखेको समस्या समाधान

Black Cardamom वा Green Cardamom जुन भएपनी यसमा पाइने मुख्य तत्व एउटै हुन्छ । जुन कफ निकाल्ने खोकीको औषधिको लागि प्रयोग गरिएको हुन्छ । कालो मरिच, दालचिनि, सुकमेल, तेजपत्ता, ज्वानो, मह यी बिभिन्न आयुर्वेदिक औषधीहरुको मिस्रण गरेर खोकीको औषधी तयार पारिन्छ । यसको प्रयोग बाट स्वास-प्रस्वास को समस्या मा पनि मुक्ती मिल्दछ । यसले तुरुन्तै म्युकस बडन बाट रोक्दछ र कफ बडन दिदैन । यसले दम को बिमारी लाइ पनि ठिक गदर्छ । यसको चुर्ण सबै आयुर्बेद पसलहरुमा पाइन्छ । आफै घरमा पनि यसलाइ पिसेर बनाउन सकिन्छ ।

पाचन शक्ति बढाउछ

आयुर्वेद र युनानी सभ्यताले पनि सुकमेल लाई पाचन शक्ति बढाउने र यौन शक्ति बढाउने औषधिको रुपमा लिएको छ । एसिडिटि, कब्जियत, पेट भित्रको समस्या आदिलाई यसले मज्जाले ठिक गदर्छ । यसले पेट भित्रको Bacteria लाई बढ्न दिदैन र पेटभित्रको ग्यासको मात्रा लाइ कन्ट्रोल गराइ राख्दछ । पेट दुखेको बेलामा यसको सेवन गरियो भने तुरुन्त राहत मिल्दछ । यसको पाउडर बनाएर १ गिलास पानीमा १ चम्चा सुकमेल को पाउडर १० मिनेट जति पकाएर चियाको रुपमा सेवन गर्नुपर्दछ । अपच सम्बन्धित समस्या वा बिरामीलाई पनि राहत मिल्दछ ।

बोमिटको समस्या हुने ले यसलाइ पानमा हाल्ने, सुप (Fennel seed) र मह मिसाएर दुद वा पानी सङ्ग घोलेर पिए बमिट हुने समस्याबाट मुक्ती मिल्दछ । यसको प्रयोग बाट भोक पनि बढाउदछ । यसले पेटमा ग्यासको मात्रा लाइ सन्तुलित बनाइराख्ने भएकाले हामीले खाएका खानाहरु पच्न सजिलो हुने भएकाले हामीलाइ छिटो भोक लाग्दछ ।

प्राय बालबच्चाहरुले हत्तपत्त खाना खान मन गर्दैनन ।उनिहरुको लागी भोक बढाउन यसको उपयोग गर्न सकिन्छ । सुकमेलको पाउडर, अदुवाको पाउडर र सुप (Fennel seed) को पाउडर मिसाएर बच्चालाइ दुधमा घोलेर पिउन दिए यसले अति नै राम्रो काम गर्दछ । ठुला वा बयस्क ब्यक्तिहरु ले पनि यसरी सेवन गरे खानामा रुची बढाइ शरीरमा शक्ति र स्वास्थ्य जीवन बिताउन एक्दमै ठूलो मद्दत गर्दछ ।

शरीरमा Detox गर्ने काम गर्छ

हामी बिमारी हुदा हाम्रो शरीरमा टक्सिनको मात्र बढदछ र शरीरमा detox हुन पाउदैन । यसको प्रयोगबाट शरीरको खराब तत्वहरु बाहिर जान्छ । खराब कोलस्ट्रोल बढन वा बन्न दिदैन र शरीरमा राम्ररी रक्त सँचार हुने गर्दछ ।

ब्लड प्रेसर नर्मल रहन्छ , मुटुमा रक्त सँचार राम्ररी हुन पाउछ र मुटु सम्बन्धी रोग लाग्न बाट पनि बचाउदछ । साथसाथै यसले क्यानसर हुन बाट पनि बचाउछ । किनकी सुकमेलमा antioxidant हुन्छ । यसको पाउडर लाइ खानेकुरा मा चियामा मिसाएर सेवन गर्नुपर्दछ । स्वास गनाउने समस्या लाइ पनि यसको प्रयोग बाट श्वास गनाउने समस्या हटाउने गर्दछ । तपाइको मुखमा सुकमल को १/२ वटा दाना सधैं राख्नु भयो भने यसले सुगन्धित स्वास बनाउदछ । सुकमेल ले मुख भित्रको खराव स्वास बनाउने किटाणु लाइ निस्क्रिय बनाइदिन्छ । धेरैजसो Original पान मसला वा माउथ फ्रेेसनर मा पनि सुक्मेल को प्रयोग गरिएको हुन्छ ।

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !