यीस्ट इन्फेक्सनको कारण, लक्षण र घरेलु उपचार Yeast Infection Treatment in Nepali

Kalpana
हाम्रो समाजमा योनी समन्धी समस्या हुँदा मानिसहरु यस्ता कुरालाई लाज हुन्छ भनी लुकाउने गर्छन । 
विशेष गरी महिलाहरु आफ्नो योनीमा संक्रमण हुँदा लाजले परिवारलाई भन्न वा डाक्टर कहाँ गइ उपचार गर्न मान्दैनन् । 
योनीमा कुनै संक्रमण भएमा वा योनी सम्बन्धी कुनै समस्या आएमा लजाउने र लुकाउने गर्नु हुँदैन । 
योनीमा संक्रमण हर कोहीलाई हुने गर्दछ तर लाज हुने भएको कारणले कसैले-कसैलाई नसुनाउदैनन् र आफुलाई पर्दा आफुलाई मात्र भएको होला भनेर आफू पनि अरुलाई भन्दैनौं र लाजले लुकाउने गर्छौँ र अरुले पनि यही सोचेर तपाइँलाई भन्न लजाउने गर्छन । 

योनीमा कुनै पनी समस्या आए नलजाई मेडिकल उपचार गराउनु पर्दछ । 
तपाइँलाई लाग्न सक्छ की म एक ब्यक्तीले मात्र यस्तो समस्या भोगी रहेको छु तर यथार्थमा गोप्य रुपमा योनी समस्याको उपचार गराउन हजारौं महिला र पुरुषहरु डाक्टर कहाँ गई उपचार गराई रहेका हुन्छन् । 

यीस्ट इन्फेक्सन योनीमा हुने एक किसिमको इन्फेक्सन हो जुन फङ्गल इन्फेक्सनको कारणले हुने गर्दछ ।
योनीमा संक्रमण वा योनीमा इन्फेक्सन हुने समस्या प्राय हरेक महिलाहरुमा हुने योनी सम्बन्धी एक कमन समस्या हो । 

यीस्ट इन्फेक्सनको लक्षणहरु (Yeast Infection Symptoms):

  • योनी चिलाउने,
  • योनीमा फोका निस्किने,
  • योनीमा बिबिरा निस्किने
  • योनीमा घाऊ हुने
  • योनीको डिल सुन्निने वा रातो हुने
  • योनी पोल्ने, दुख्ने
  • सम्भोग गर्दा पोल्ने वा सुन्नीने,
  • योनी गनाउने,
  • योनीमा पानीफोका निस्किने,
  • योनीबाट गनाउने सेतो पानी बग्ने
आदी यीस्ट इन्फेक्सनको लक्षणहरु हुन ।
योनी संक्रमण महिलाहरुमा मात्र हुने होइन पुरुषमा पनि हुने गर्छ तर पुरुषको तुलनामा महिलाहरुको योनीमा सन्क्रमण बढी हुने गर्दछ ।

पुरुषको तुलनामा महिलामा योनी इन्फेक्सन बढी हुनुको कारण प्रकृतिक रुपमा लिंगको बनावट हो । 
मत्लब महिलाको योनी 2 तिग्राको बिचमा टाँसिएको हुन्छ तर पुरुषको लिंग के ही लामो हुने भएका कारण पुरुषको योनीमा फङ्गस सजिल्यै छिर्न सक्दैन र पुरुषको लिङ्गमा फंगस इन्फेक्सन कम हुने गर्छ । 

महिलाको योनीमा अन्डरवेयरबाट वा योनी वरीपरीबाट सजिल्यै फङ्गसहरु योनी भित्र छिर्न सक्ने भएकाले महिलामा फंगस इन्फेक्सन बढी हुने गर्छ ।

योनी भित्र फंगस छिरे पछि योनीको भित्री कोषहरुमा फंगसले आक्रमण गर्दछ र यीस्ट इन्फेक्सन हुने गर्छ । यीस्ट इन्फेक्सन जाडो को समयमा भन्दा बढी गर्मीको समयमा हुने गर्छ ।

आम तौरमा हेर्ने हो भने प्राय हरेक महिलाहरुले आफ्नो जीवनकालमा यीस्ट इन्फेक्सनको समस्या भोगी नै रहेका हुन्छन् ।
योनी वरीपरी छालामा ब्याक्टेरिया, Candida फङ्गस हुने गर्छ यो विशेष गरी भीजेको कपडा, फोहोर कपडा वा पसिनाको कारण candida फङ्गस को विकास भएको हुन्छ ।
यीस्ट इन्फेक्सन अर्थात यीस्ट संक्रमण हुनुलाई यौन रोगको श्रेणीमा राखिदैन तर पनि कुनै ब्यक्तिलाई यीस्ट इन्फेक्सन भएको छ र उक्त ब्यक्ति संग असुरक्षित यौन सम्पर्क गर्दा भने यो सन्क्रमण दोस्रो ब्यक्तिमा सजिलै सर्ने गर्छ ।

यीस्ट इन्फेक्सन लैंगिक सेक्सबाट मात्र होइन ओरल सेक्स गर्दा पनि यीस्ट इन्फेक्सन सर्ने सम्भावना अत्याधीक धेरै हुन्छ ।
यीस्ट इन्फेक्सनलाई औषधी सेवन गरी सजिलै उपचार गर्न सकिन्छ । यदि कुनै महिलालाई यौन संक्रमण वर्षमा 4/5 पटक वा सो भन्दा बढी समय सम्म भै रहने हुन्छ भने के ही लामो समय सम्म औषधी सेवन गर्नु पर्ने पनि हुन सक्छ ।

यीस्ट इन्फेक्सनको उपचार (Yeast Infection Treatment):

  1. एन्टीफङ्गल ट्याब्लेट सेवन गरी
  2. एन्टीफङ्गल क्रिम लगाइ
  3. योनीमा एन्टीफङ्गल क्याप्सुल छिराएर
एन्टीफङ्गलको औषधी प्रयोग गरी यीस्ट इन्फेस्कनबाट छुटकारा पाउन सकिन्छ ।

पहिलो पटक यीस्ट इन्फेक्सन भएको भए एन्टीफङ्गल औषधी करिव 3 दिन देखि 1 हप्ता सम्म प्रयोग गरी यीस्ट इन्फेक्सनबाट छुटकारा पाउँन सकिन्छ ।

एन्टीफङ्गल औषधीमा लगाउने क्रिम, खाने ट्याब्लेट वा योनीमा क्याप्सुल छिराएर यसको उपचार गर्न सकिन्छ ।
यदि गर्भवती महिला भए खाने औषधीको प्रयोग नगर्नु उचित हुन्छ । डाक्टरले यो बारे सल्लाह दिनेछन ।

डाक्टर कहाँ गएर चेक जाच गरे पछि डाक्टरले तपाइँलाई समस्याको बारेमा सजिलै र सरल तरिकाले बुझाउनु हुनेछ र सरल तरिका अनुसार उपचार गराउनु हुनेछ ।
यदि यीस्ट इन्फेक्सन बारम्बार भै रहे 3 महिना देखि 6 महिना सम्म वा लामो समय सम्म औषधी खाई रहनु पर्ने पनि हुन सक्छ ।

यीस्ट इन्फेक्सन हुन बाट बच्ने उपाय  :

  1. योनी सधैँ सफा राख्ने
  2. योनीको रौँहरु काटेर योनी सफा गर्ने
  3. अन्डरवेयर सधैँ साबुनपानीले धोएर दैनिक अन्डरवेयर परिवर्तन गर्ने
  4. भिजेको वा चिसो अन्डरवेयर नलगाउने
  5. खुकुलो कपडा लगाउने
  6. योनीमा सजिलै हावा पस्न दिने
  7. योनी नगुम्साउने
  8. पसिनाले योनी भिजेमा चाडै योनी सफा गर्ने
  9. असुरक्षित यौन सम्पर्क नगर्ने । असुरक्षित यौन सम्पर्क गर्दा पार्टनरलाई यीस्ट इन्फेक्सन भएको छ भने सर्न सक्छ ।

यीस्ट इन्फेक्सन हुने मुख्य कारणहरु (Yeast Infection Causes) :

  • योनी फोहोर हुँदा
  • दैनिक योनी सफा नगर्दा
  • यीस्ट सङ्क्रमण भएको बेला असुरक्षित यौन सम्पर्क गर्दा
  • योनीमा पसिना बढी आउने गर्दा
  • गर्मिमा यात्रा गरे पछि अन्डरवेयर र योनी सफा नगर्दा
  • दैनिक अन्डरवेयर परिवर्तन नगर्दा
  • अन्डरवेयर साबुनपानीले नधुँदा
  • अरुको अन्डरवेयर वा कपडा लगाउँदा 
  • मासीक धर्म हुँदा
  • गर्भवती हुँदा
  • सेतो पानी बग्ने समस्या हुँदा
  • योनी सम्बन्धी अन्य समस्या हुँदा

यीस्ट इन्फेक्सनको उपचार नगर्दा के हुन्छ (Untreated Yeast Infection)?

यीस्ट इन्फेक्सनको उपचार नगर्दा
  1. योनिमा घाऊ हुने
  2. योनी कनाई रहनु पर्ने
  3. योनीको छालामा समस्या आउने
  4. यौन सम्पर्क गर्दा पार्टनरलाई पनि इन्फेक्सन हुने
  5. यौन सम्बंधी कुनै पनी ठुलो समस्या उत्पन्न हुन सक्ने

यीस्ट इन्फेक्सनको घरेलु उपचार (Yeast Infection Home Remedies):

  • नरिवलको तेल योनी वरीपरी लगाउने
  • Apple Cider vinegar "with Mother" नामक भिनेगर थोरै पानीमा मिसाएर योनी सफा गर्ने
  • दैनिक दिनको 3 पटक कागती पानीलेले योनी सफा गर्ने
  • खानामा लसुनको प्रयोग गरी खाने 
  • लसुनको पेस्ट बनाई योनी वरीपरी पनि लगाउन सकिन्छ तर योनीमा लसुनको पेस्ट लगाउँदा पोल्ने र रातो हुने गर्दछ 
  • खानामा भिटामिन "सी" को मात्रा बढाउने । भिटामिन "सी" ले इम्युंन सिस्टमको क्षमता बढाउदछ जसले इन्फेक्सन बढ्न दिँदैन।
  • शुद्द गाईको दुधले योनी सफा गर्ने र आधा घण्टा सम्म पानीले नधोई योनीमा सजिल्यै हावा पस्न दिएर योनी सुकाउने र आधा घण्टा पछि योनी सफा गर्ने 
  • योनीमा मन तातो पानीले सक्ने
  • मन तातो पानीले योनी सफा गर्ने
  • घर बस्दा, सुत्दा अन्डर वेयर नलगाउने 
  • खुकुलो कपडा लगाउने  
  • योनी हावा सजिलै पस्न दिने 
Our website uses cookies to enhance your experience. Learn More
Accept !