मृगौला पत्थरीको अप्रेसन खर्च कति लाग्छ ? Kidney Stone Surgery Cost in Nepal

Kalpana

मृगौलाको पत्थरी (kidney stone ) हर कोहीलाई हुने गरेको छ. मृगौलामा पत्थरी हुँदा सुरुमै थाहा पाउन सके मृगौलाको पत्थरीको अप्रेसन ( kidney stone surgery ) नगरी नै मृगौला को पत्थरीको औषधि (Kidney Stone Medicine) सेवन गरेर  मृगौलाको पत्थरीको उपचार (Kidney Stone Treatment) सजिलै गर्न सकिन्छ. 

आयुर्वेद, होमियोपेथी र मेडिकल उपचार आदि सबै विधि मार्फत  १० MM भन्दा सानो पत्थरीको उपचार बिना अप्रेसन औषधि मार्फत सम्भव भएको उदाहरणहरु प्रसस्त छन् . होमियोपेथीमा पाइने  Renal Drops B14 नामक औषधि मृगौलाको पत्थरीको उपचारको लागि निकै फाइदाकारी छ. त्यसैगरी हिमालयको Cystone नामक औषधि मृगौलाको पत्थरी फुटाउनको लागि निकै उपयोगी औषधि मानिन्छ. यी औषधिले धेरैको मृगौलाको पत्थरी फुटाउन सम्भव भएको छ.

कुनै पनि व्यक्ति मृगौलाको पत्थरीको सिकार हुँदा र मृगौलामा सानो पत्थरी हुँदा अर्थात् १० MM भन्दा सानो पत्थरी हुँदा  डाक्टरले Cystone नामक औषधि खाने सल्लाह दिने गर्छन्. मृगौलाको पत्थरी फुटाउने Himalaya Cystone  को Alternative "Stonil" नामक औषधि पनि रहेको छ. यी दुवै मृगौलाको पत्थरीको उपचार गर्ने औषधिलाई आयुर्वेदिक औषधिको रुपमा चिनिने गरिएको छ.

तर यदि कसैको मृगौलाको पत्थरी १० MM भन्दा ठुलो भए औषधिले मृगौलाको पत्थरीको उपचार नहुन पनि सक्छ. यस्तो हुँदा मिगौलाको पत्थरीको अप्रेसन ( kidney stone surgery )  गर्नु पर्ने हुन सक्छ. 

नेपालमा मृगौला पत्थरीको अप्रेसनको खर्च (kidney stone surgery cost in Nepal)  कति लाग्छ ? यो कुरा सायदै तपाइँको जिज्ञासाको विषय हुन सक्छ. 

मृगौलाको पत्थरीको अप्रेसन खर्च कति लाग्छ ? भन्ने कुरा तपाइँको अप्रेसन गरिने तरिका अनुसार फरक-फरक हुने गर्छ.

मृगौला पत्थरीको अप्रेसन गर्ने तरिकाहरु विभिन्न छन् जस मध्य ३ तरिकाहरु अहिले निकै प्रयोगमा छन्. पहिले-पहिले मृगौलाको पत्थरीको अप्रेसन गर्दा ठुलो घाउ बनाएर गरिन्थ्यो तर अहिले टेक्नोलोजीको धेरै विकास भई सकेको छ. पहिलेको अनुसार अहिले मृगौलाको अप्रेसन गर्दा मृगौला ड्यामेज हुन सक्ने जोखिम पनि निकै कम भएको छ. मृगौलाको अप्रेसनको खर्च कति लाग्छ ? भन्ने कुरा मृगौलाको अप्रेसन गरिने तरिका अनुसार  फरक-फरक हुने  हुँदा सबै भन्दा पहिला यी तरिकाहरुको बारेमा बुझौ.

मृगौलाको पत्थरीको अप्रेसन गर्ने तरिकाहरु (Kidney Stone Surgery Procedures):

  1. Extracorporeal Shock Wave Lithotripsy (ESWL)
  2. Percutaneous Nephrolithotomy (PCNL)
  3. Ureteroscopy (URS)

यी माथि बताइएको तरिका अनुसार यिनीहरुको मृगौला अप्रेसनको खर्च फरक-फरक रहेको हुन्छ. यी मृगौलाको अप्रेसन गर्ने तरिका पनि तपाइँको मृगौलाको पत्थरी अनुसार गरिन्छ. यदि तपाइँको मिर्गौलाको पत्थरी मिर्गौला देखि पिसाव थैलीको विचको नलीमा अर्थात युरेटर (Ureter) मा अड्किएको भए Ureteroscopy (URS) तरिका अनुसार मिर्गौलाको पत्थरीको अप्रेसन गरिन्छ. 

यदि मृगौला भित्र पत्थरी भए Extracorporeal Shock Wave Lithotripsy (ESWL) वा Percutaneous Nephrolithotomy (PCNL) तरिका मध्य कुनै एक बाट गरिन्छ. Extracorporeal Shock Wave Lithotripsy (ESWL) तरिकाबाट गर्नको लागि तपाईको मृगौलाको पत्त्थरी २० MM भन्दा सानो हुनु पर्दछ. यदि २० MM भन्दा ठुलो भए Extracorporeal Shock Wave Lithotripsy (ESWL) विधि मार्फत मिर्गौलाको पत्थरीको अप्रेसन सफल नहुन पनि सक्छ. यस्तो हुँदा Percutaneous Nephrolithotomy (PCNL) विधी मार्फत मृगौलाको पत्थरीको अप्रेसन गर्नु पर्ने हुन्छ. 

Extracorporeal Shock Wave Lithotripsy (ESWL) :

Extracorporeal Shock Wave Lithotripsy (ESWL) यो एक साउण्ड वेभ मार्फत घाउ चोट नबनाई बाहिरै बाट इलेक्ट्रिक सक दिएर मृगौलाको पत्थरीलाई फुटाइने गरिन्छ र मिर्गौला भित्र भएको पत्थरी फुटेर बालुवा जस्तो बन्दछ र पिसाव मार्फत प्राकृतिक तरिकाले पत्थरीटुक्राहरु निस्केर जाने छ. 

यो तरिका अरु विधि भन्दा अलिक बढी खर्च लाग्दछ. हस्पिटल अनुसार यसको खर्च कति लाग्ने भन्ने हस्पिटल मै गएर बुझ्नु पर्ने हुन्छ.   यो तरिकाले मृगौलाको अप्रेसन गर्दा १ दिनमा अप्रेसन सकेर भोलि पल्टबाट आफ्नो दैनिकी काम कार्यमा लाग्न सकिन्छ.  विदेशमा बास्ने, धेरै काममा व्यस्त रहने वा कुनै घाउ चोट नबनाई सजिलै मृगौलाको पत्थरीको अप्रेसन गर्नको निमित्त यो Extracorporeal Shock Wave Lithotripsy (ESWL) विधिलाई प्रयोग गर्न सकिन्छ. 
Extracorporeal Shock Wave Lithotripsy (ESWL) विधी मार्फत अप्रेसन गर्नको लागि के हि मेडिकल शर्तहरु हुन्छन् जस्तै कि मृगौलाको अवस्था, मृगौलाको पत्थरी आकार वा मृगौलाको पत्थरीको कडापन आदि शर्तहरु हुन्छन जुन डाक्टरले भिडियो एक्सरे वा सिटि स्केन गरेर यी सबै अवस्था हेरी Extracorporeal Shock Wave Lithotripsy (ESWL) विधि मार्फत अप्रेसन गर्न  उपयोगी छ - छैन ? भन्ने वारे बताउने छन्.


Extracorporeal Shock Wave Lithotripsy (ESWL) विधि मार्फत अप्रेसन गर्दा शरीरमा कुनै घाउ चोट बनाइदैन बाहिरैबाट मेसिनको प्रयोगले Shock wave दिएर मृगौलाको पत्थरी फुटाउने छन् तर यदि मृगौलाको अवस्था खराव भए वा पत्थरी २० MM भन्दा ठुलो भए वा पत्थरी निकै कडा भएर Extracorporeal Shock Wave Lithotripsy (ESWL) विधिले पत्थरी फुटेन भने Percutaneous Nephrolithotomy (PCNL) तरिका अपनाउनु पर्ने हुन सक्छ. 

Percutaneous Nephrolithotomy (PCNL) :

Percutaneous Nephrolithotomy (PCNL) तरिका अनुसार मृगौलाको पत्थरीको अप्रेसन गर्दा पेटको पछाडी अर्थात् मृगौलाको सिधा एक सानो दुलो बनाएर पाइप छिराई लेजरले पत्थरी फुटाएर पत्थरी निकालिन्छ. यो तरिकाले अप्रेसन गर्दा करिव ४० हजार देखि ६० हजारको विचमा यो उपचारको डाक्टर फि लाग्दछ. 

तर हस्पिटल अनुसार मुल्य फरक रहने भएका कारण यति नै खर्च लाग्छ भनेर भन्न सकिन्न एक मापदण्ड को लागि मात्र यहाँ बताइएको छ. यो मुल्य गलत पनि हुन सक्छ. यो मुल्य डाक्टर फि मात्र हो तर यसको उपचार गर्दा लाग्ने औषधि र प्रकियाको निमित्त प्रयोग गरिने समानको मुल्य जम्मा  करिव रु २० हजार देखि रु २५ हजारको बीच सम्म पुग्न सक्छ.
यो पनि फार्मेसी अनुसार रेट फरक हुन सक्छ. त्यसमा  बेड चार्ज र डाक्टर राउण्ड चार्ज गर्दा निकै खर्च पुग्दछ. 
Percutaneous Nephrolithotomy (PCNL) तरिका अनुसार मृगौलाको अप्रेसन गर्दा (हस्पिटल चार्ज, डाक्टर फि, औषधि आदि ) सबै मुल्य जम्मा गर्दा करिव रु ८० हजार देखि रु १ लाख १० हजारको बीच सम्म खर्च हुन सक्छ. यो मुल्य एक अनुमानित मुल्य हो. यो मुल्य गलत पनि हुन सक्छ. त्यसैले यसको उपचार गर्दा सम्बन्धित हस्पिटल मै सम्पर्क गरी तपाइँले आफैं सोध्नु पर्ने हुन्छ.

Ureteroscopy (URS) :

Ureteroscopy (URS) तरिका अनुसार मृगौलाको पत्थरीको अप्रेसन गर्दा पिसाव गर्ने नली (Urethra) बाट एक पाइप छिराएर लेजरले युरेटर (Ureter) मा अड्किएको पत्थरीलाई फुटाएर बाहिर निकालिन्छ. यो तरिका अनुसार मृगौलाको पत्थरीको अप्रेसनगर्दा कुनै पनि बाहिरी घाउ चोट नपरी सजिलै मिर्गौलाको पत्थरीको अप्रेसन गरिन्छ. तर यो तरिकाले अप्रेसन् गर्दा पत्त्थरी युरेटरमा वा पिसाव थैलीमा भएको हुनु पर्छ.
Ureteroscopy (URS) विधि मार्फत अप्रेसन गर्दा अरु तरिका भन्दा कम खर्च लाग्दछ. यसमा औषधि र समानको खर्च पनि कम लाग्ने र डाक्टर फि पनि कम लाग्ने हुँदा यो उपचार करिव रु ५० हजार देखि ७० हजारको बीचमा सम्पूर्ण उपचार ( हस्पिटल फि, डाक्टर फि, औषधि, बेड चार्ज  आदि ) भई सक्ने छ. यो मुल्य एक अनुमानित मुल्य मात्र हो, यो मुल्य गलत पनि हुन सक्छ. यसको बारेमा बुझ्नको लागि तपाइँ स्वयंले डाक्टर संग भेटि कति खर्च लाग्छ भनी बुझ्नु पर्ने हुन्छ.

यी माथि बताइको तिनैवटै तरिका अनुसारमा कुनै एक विधि मार्फत मृगौलाको पत्थरीको अप्रेसन गरि सके पछी मृगौला देखि पिसाव थैली विचको नली युरेटर (Ureter) मा एक पाइप राखिन्छ. यो पाइपलाई Kidney Stent or Ureteral Stent भनिन्छ. यो पाइप मृगौलाको पत्थरीको अप्रेसन गरेको समय राखिन्छ र अप्रेसन गरेको १ महिना देखि ३ महिना भित्रमा Cystoscopy गरि निकालिन्छ. 

यदि Ureteral Stent राखी सके पछि कुनै समस्या आए वा Ureteral Stent गलत तरिकाले बसेमा १० देखि २० दिनको अन्तरमा निकालिन्छ. तर यदि युरेटरमा यो पाइप राम्रो तरिकाले बसेको भए १ महिना देखि ३ महिना भित्रको कुनै समय अवधिमा निकालिन्छ जुन डाक्टरले फलोअपको लागि समय दिइएको हुन्छ.

Ureteral Stent :

मृगौलाको पत्थरीको अप्रेसन गरि सके पछि प्राय Ureteral Stent राखिने गरिन्छ. यो Ureteral Stent छोटो समयको लागि राखिएको हुन्छ. यो पाइप (Tube अर्थात् Ureteral Stent) राख्नुको मुख्य कारण मृगौलाबाट निस्किएको पिसावलाई पिसाव थैली सम्म आउन बीचमा कुनै ब्लक नहोस भन्नको निमित्त राखिन्छ. 

यदि यो Ureteral Stent नराखे वा कुनै पनि कारणले पत्थरीको टुक्रा अड्किएर वा अन्य कारण युरेटरमा पिसाव ब्लक भएमा मृगौला ड्यामेज हुन सक्छ.  यो समस्या आउन नदिनको निमित्त Ureteral Stent राखिएको हुन्छ. यो ट्युब/ पाइप (Ureteral Stent) मार्फत मृगौलाबाट  निस्किएको पिसाव पिसाव थैली सम्म सजिलै पुग्दछ र पिसावमा कुनै रोकावट आउन सक्दैन. 

Ureteral Stent राखी सके पछि पिसाव पोल्ने, पिसावमा रगत आउने, UTI हुने, ढाड दुख्ने, ढाडको तल्लो भाग दुख्ने, पेटको एक साइड दुख्ने, तल्लो पेट दुख्ने, पिसाव थैली असहज हुने, पटक पटक पिसाव लाग्ने, पिसाव रोक्न नसकिने,  पिसाव गर्दा असहज महसुस हुने जस्ता सामान्य असरहरु देखा पर्छन. यो समस्या उक्त ट्युब/पाइप अर्थात Ureteral Stent को कारणले भएको हुन्छ. यस्तो हुँदा आत्तिनु पर्दैन सामान्य असर मात्र हुन्. उक्त ट्युब/पाइप अर्थात Ureteral Stent निकाले पछि यी समस्याहरु आफैं ठिक हुनेछ. 

मिर्गौलाको पत्थरीको अप्रेसन गरेको १ महिना पछि Ureteral Stent निकाल्न जाँदा तपाइँको रु ७ हजार देखि १० हजार सम्म खर्च लाग्न सक्छ. यो मुल्य अनुमानित मात्र हो गलत पनि हुन सक्छ. सहि मुल्य थाहा पाउन तपाइँले उपचार गर्ने डाक्टर वा हस्पिटलमा सम्पर्क गर्नु पर्ने हुन्छ. 
Our website uses cookies to enhance your experience. Learn More
Accept !