दुध र बेसार पिउँदा हुने अनेक फाइदाहरु, Milk and Turmeric Benefits in Nepali

Kalpana
बेसारले गर्ने फाइदाहरू धेरै छन् । बेसार को महत्वपूर्ण फाइदा भनेको हाम्रो शरीरको इम्युन सिस्टम लाई बुस्ट गर्नु हो । इम्युन सिस्टम बलियो भए पछि हामिलाइ विभिन्न भाइरल रोगहरु जस्तै ज्वरो, रुघाखोकी आदी जस्ता रोगहरु हत्त पत्त लाग्न पाउँदैन।
तर यसको अर्थ यो होइन कि बेसार सेवन गर्दैमा मात्र तपाईंको इम्युन सिस्टम बलियो हुन्छ।  यसको अर्थ यो हुन्छ कि 'शरीर भित्र अनेकौं किसिमका तत्वहरु हुन्छन, जसमा हरेक तत्वहरुको तालमेल मिल्न जरुरी हुन्छ।

उदाहरणको लागि एक व्यक्ति दैनिक हाइ डोजमा रक्सि सेवन गर्छ साथै इम्युन सिस्टम बलियो बनाउन खानामा सधैं बेसार मिसाएर खान्छ भने यसले यसले शरीर को इम्युन सिस्टम बढाउँदैन ।  तर खानामा तालमेल मिलाई बेसार पनि सेवन गरे बेसारले अवस्य इम्युन सिस्टम बुस्ट गर्न को लागि ठुलो मद्दत गर्दछ।

खानपानमा ध्यान दिँदै बेसार सेवन गरे यदि रुघाखोकी नै लागेको भएमा पनी बेसार ले ठिक गर्दछ । कफ जमेर खोक्न निकै गाह्रो परेको बेला, खोक्दा-खोक्दा घाँटी दुखेको बेला, घाँटी दुखेर स्वर भासिएको वा स्वर नआएको बेला, रुघा लागेर नाकबाट सिगान बगिरहेको बेला,  एक गिलास तातो पानीमा वा तातो दुधमा मह र बेसार हालेर, अलिकती तुलसीको पात र ३/४ वटा मरिच को दाना पिसेर मिसाई खाएमा छातिमा जमेको सुख्खा कफ छिटै निकाल्न मद्दत गर्दछ ।

तर यसको अर्थ यो होइन कि दैनिक व्यक्ति  चिसो, फिल्टर नगरिएको जस्ता पानी पिउँछ, खानामा कुनै सुधार गर्दैन तर हरेक दिन उ बेसार खान्छ भने बेसार खाँदा कुनै पनि सुधार हुँदैन।  तर खानपान मा ध्यान दिंदै बेसार पनि सेवन गरे यसले धेरै फाइदा गर्दछ।

बेसारले घाँटीमा म्युकसको उत्पादन बढाउँदछ र हाम्रो श्वासप्रश्वास प्रणालीमा अवरोध गर्ने व्याकटेरियाहरुलाई बाहिर निकाल्न मद्दत गर्दछ । कब्जियत ठिक गर्दछ ।

एक कप तातो दुधमा बेसार घोलेर पहेलो बनाएर सुत्ने समयमा खाने गरे यसले पेटमा हुने पचान प्रकृयालाई बढाउँदछ । दुध मा बेसार मिसाएर सेवन गर्नु अति नै लाभदायक हुन्छ।

ग्यास्ट्रिकले छाती पोल्ने समस्या र अरू पेटसम्बन्धी समस्यालाई पनि  दुध-बेसारले ठिक गर्दछ । शरीरको रगत सफा गर्ने गुण दुध र बेसार पाइन्छ । यसका लागी नियमित अथवा हप्तामा ४ पटक सम्म एक चिम्टी बेसार दुधमा हालेर पिउने गर्दा धेरै फाइदा हुन्छ ।

माथि को भिडियो मा बताइको जानकारी दुध र बेसारको फाइदाको बारेमा  बताइको छ। भिडियो हेर्न नाछुताउनु होला।कब्जियत
Our website uses cookies to enhance your experience. Learn More
Accept !