अल्सर के हो ? अल्सरको बिरामीले खान नहुने र खानु पर्ने खानाहरु के के हुन् ? | Ulcer Treatment in Nepali
अल्सर (Ulcer) भनेको पेटको पाचनप्रणाली संग जोडिएको एक रोग हो. अल्सर (Ulcer) एक प्रकारको घाउ हो जुन पेट, आहार नाली र आमाशयको भित्रि सतहमा हुन्छ.
अल्सर (Ulcer) भनेको एक प्रकार को घाउ हो जुन पेट, आहार नाली, आमाशय को भित्रि सतह मा विकसित हुने गर्दछ । अल्सर (Ulcer) लाई अलग अलग नाम मा चिनिन्छ जस्तै पेटमा हुने अल्सर (Ulcer) लाई पेटको अल्सरअल्सर (Ulcer) वा ग्यास्ट्रिक अल्सर (Ulcer) भनिन्छ । पेटमा अल्सर (Ulcer) हुने बिरामी को लागि खानै नहुने खानाहरु के के हुन् भन्ने विषय मा यो पोस्ट रहेको छ ।
अल्सर (Ulcer) भन्ने बितिक्कै पेट को पाचनप्रणाली संग जोडिएको एक रोग हो । यो पेट मा ग्यास बढ्ने, पानी कम पिउने, कम खाना खाने वा खानै खान मन नगर्ने, खाली पेट मा तेल बाट निर्मित खाना खाने, दुध लगाएको चिया बढी पिउने, भोको पेट मा चिल्लो पदार्थ खाने, वा पेटमा उब्जिएको ग्यास को ख्याल नगरी जथाभावी खाना खाने गर्दा पेट मा आन्द्रा को मुख मा घाउ बन्न पुग्दछ त्यसैलाई नै अल्सर भन्ने गरिन्छ । पानी कम पिउने र खानपान मा पटक्कै ध्यान नदिने गर्दा प्राय अल्सर चाडै हुने गरेको पाइन्छ ।
अल्सरको बिरामीले खान नहुने खानाहरु(Food to avoid for Ulcer) :
- चिया कफी बिल्कुल नखाने
- कोकाकोला, स्प्राइट, जस्ता कार्बोनेट पाइने कुनै पनि खानु हुदैन
- चकलेट, मिठाई, बढी गुलियो खानु हुदैन
- खोर्सानी वा पिरो बिल्कुल नखाने
- धेरै नुन भएको वा चर्को खाना नखाने
- फ्राई गरिएको कुनै पनि खाना नखाने
- टमाटर नखाने
- अल्कोहल बिकुल सेवन नगर्ने
- बट्टा मा हालिएको अचार, अमिलो पदार्थ, जाड रक्सि, बियर, चुरोट खैनी, बिडी, पटक्कै खानु हुदैन ।
- तेल मा तारेको पर्दार्थहरु जस्तै, सेल रोटि, पुरी बजार को मसलेदार खानाहरु, बासि खानाहरु पटक्कै खानु हुदैन ।
- चिल्लो,पिरो, भुटेको खाने कुरा, बसी खाना, बढी रङ्ग लगाएको चिया, कफी आदि पटक्कै खानु हुदैन ।
- अनावस्यक चिन्ता लिनु हुदैन ।
- एकै पटक धेरै दुध नपिउने पटक पटक गर्दै थोरै थोरै दुध पिउने गर्नु पर्दछ ।
- चिसो खाना बिल्कुल नखाने ।
- यदि ब्रत बस्ने बानी छ भने अल्सर (Ulcer) को बिरामी ले ब्रत बस्न छोड्ने ब्रत ले अल्सर (Ulcer) अझ बढाउने गर्दछ ।
- राति ढिलो सुत्ने बानी हटाउने
- टाउको दुख्यो वा पेट दुख्यो भने आफूखुसी दुखाइ कम गर्ने पेनकिलर नखाने ।
- ब्रत पटक्कै नबस्ने ब्रत बस्नु नै अल्सर (Ulcer) हुनुको एक कारण पनि हो ।
अल्सरको बिरामीले खानु पर्ने खानाहरु (Good Food for Ulcer) :
- फुल कोपि को सब्जी खाने
- बन्दा कोपि को सब्जी खाने
- मुला खाने
- स्याउ खाने
- स्ट्रॉबैरी को जुस खाने
- शिमला खुर्सानी सब्जि संग मिसएर खाने (Capsicum )
- गाजर को सलाद वा जुस बनाएर खाने
- ब्रोकाउली को सब्जी खाने
- हरियो सागपात को सब्जी खाने
- मह हरेक दिन बिहान मन तातो पानी संग मिसाएर खाने
- दैनिक बिहान २ पोट्टी लसुन खाने
- २/३ दिन को फरक मा पानी मा थोरै बेसर मिसाएर उमाल्ने र सेलाएर थोरै थोरै पिउने
- शारिरीक र मानसिक दुवै तरिका ले आराम गर्ने ।
- भोक ले पेट दुख्यो भने तुरन्त खाने कुरा खाने ।
- दैनिक शारीरिक ब्यायाम गर्ने
- तातो खाना मात्र खाने
- बेलुका चाडै सुत्ने बनी बसाल्ने ।