मानव शरीरमा अक्सिजन स्तर कति हुन्छ ? Normal Oxygen Level in Human Body in Nepali

Kalpana
Normal Oxygen Level in Human Body in Nepali
(toc)

मानव शरीरमा अक्सिजनको आवश्यकता कति छ ? भन्ने कुरा तपाईंलाई थाहा भएकै कुरा हो । अक्सिजन बिना जीवन सम्भव छैन । यस पृथ्वीको हावामा करिब २१ प्रतिशत अक्सिजन छ । ७८ प्रतिशत नाइट्रोजन र थोरै मात्रामा अन्य विभिन्न किसिमका ग्यासहरु पनि छन् । जस्तै कि हाइड्रोजन, नियोन, कार्बनडाइअक्साइड आदि ।

प्राणीहरू जीवित रहनको लागि अक्सिजन को आवश्यकता पर्दछ । चाहे मानव होस् वा जनावर, ठूला जनावर होस् वा साना जनावर सबैलाई अक्सिजन चाहिन्छ । अक्सिजन नै सबै जीवित प्राणीहरूको जीवन हो भन्दा पनि फरक नपर्ला ।

हरेक जीवित प्राणीको शरीरमा प्रयाप्त मात्रामा अक्सिजन हुन जरुरी हुन्छ. यदि जीवित प्राणीमा अक्सिजनको कमि भयो भने उक्त प्राणीको शरीरको सेलहरु मर्न सुरु हुन्छन र जटिल अवस्था सिर्जना भई उक्त प्राणीको ज्यान समेत जान सक्छ.

रगतमा सामान्य अक्सिजन स्तर कति हुन्छ ? Normal Oxygen Level in the blood

१८ वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुको रगतमा 95 प्रतिशत देखि 100 प्रतिशत सम्म अक्सिजन स्तर [O2 Saturation Level] भएमा यसलाई सामान्य अक्सिजन स्तर मानिन्छ.

यदि 95 प्रतिशत भन्दा कम र 90 प्रतिशत भन्दा बढी भए यसलाई सामान्य अक्सिजन लेभल भन्दा कम अक्सिजन लेभल भएको भनेर बुझिन्छ.

पल्स अक्सिमिटरले 90 प्रतिशत भन्दा कम अक्सिजन स्तर देखाएको छ भने यसलाई शरीरमा कम अक्सिजन स्तर [Low SPO2 Level] Hypoxemia भएको भनिन्छ.

Hypoxemia भए पछि Hypoxia हुन्छ. Hypoxemia को अर्थ रगतमा अक्सिजनको आंशिक प्रेसरमा कमि भएको रुपलाई बुझाउँछ र यस्तो हुँदा रगतको सेलहरुमा अक्सिजनको कमि हुन जान्छ जसलाई Hypoxia भएको भनिन्छ.

पल्स अक्सिमिटर कसरी पढ्ने? | Tips to Read Pulse Oximeter

तपाइको शरीरमा अक्सिजन स्तर नाप्ने यन्त्र Pulse Oximeter हो. जब तपाइँ Pulse Oximeter ले आफ्नो शरीरको अक्सिजन स्तर नाप्नु हुन्छ तब तपाइँले यसमा के हि अंक प्राप्त गर्नु हुनेछ. सजिलो तरिका अनुसार बुझ्नको लागि सबै भन्दा पहिला तपाइँ यो तलको अक्सिमिटरको तस्बिरमा हेर्नुहोस्।

Tips to Read Pulse Oximeter

यो माथिको Pulse Oximeter मा तपाइँले २ वटा 97 र 60 अंग देखि रहनु भएको छ. जसमा %SpO2 र PR bpm रहेको छ. यो माथि को तस्बिरको आधारमा भन्ने यो भने % SpO2 चाँही 97 रहेको छ र PR bpm चाँही 60 रहेको छ.

यसको मतलव शरीरमा 97 % अक्सिजन रहेको छ र मुटुको धड्कनको गति प्रति मिनेट 60 रहेको छ. सामान्य व्यक्तिको मुटुको धड्कन PR bpm (Pulse Rate Beats Per Minute) 60 देखि 100 सम्म हुन्छ.

यो माथिको पल्स अक्सिमिटरले देखाए अनुसार शरीरमा अक्सिजन स्तर र मुटुको धड्कनमा कुनै पनि समस्या नभएको देखाएको छ. मतलब Healthy देखाएको छ.

पल्स अक्सिमिटरमा "एस पि ओ टु" भनेको के हो? | SpO2 Meaning in Pulse Oximeter

Pulse Oximeter मा भएको % SpO2 मा 'S' को अर्थ Saturation हुन्छ. 'P' को अर्थ Pulse हुन्छ. साथै 'SP' को अर्थ Serum Pressure हुन्छ भने O2 को अर्थ Oxygen हुन्छ. SpO2 ले शरीरमा भएको अक्सिजनको मात्रालाई प्रतिशतको आधारमा देखाउँछ.

यो रगतको हिमोग्लोबिन कोषहरु भित्र भएको अक्सिजन मात्राको एक सक्षिप्त नाम हो. SpO2 लेभल ले रगतमा भएको अक्सिजनको स्तरलाई देखाउँछ.

सामान्य व्यक्ति को SpO2 Level 95 प्रतिशत देखि 100 प्रतिशत सम्म हुन्छ. यदि Pulse Oximeter ले 90 प्रतिशत देखि 95 प्रतिशत सम्म SpO2 देखायो भने शरीरमा सामान्य अक्सिजन स्तर भन्दा कम भएको बुझाउँछ. अर्थात शरीरमा अक्सिजन स्तर सामान्य छैन के ही हद सम्म रगतमा अक्सिजन स्तर कम छ भन्ने बुझाउँछ. यस्तो हुँदा अक्सिजन लिन जरुरी हुन्छ.

VIDEO

यदि SPO2, 90 प्रतिशत भन्दा कम देखाएमा रगतमा अक्सिजन काे मात्रा धेरै हद सम्म कम भएको भन्ने बुझाउँछ । यस्तो अवस्था हुँदा इमर्जेन्सी अक्सिजन लगाएर उपचार गर्नु पर्ने हुन्छ । धेरै हद सम्म अक्सिजन कम भए र उपचार नगरे ज्यान पनि जान सक्छ.

पल्स अक्सिमिटरमा "एस पी ओ टु" स्तर | SpO2 Levels in Pulse Oximeter

पल्स अक्सिमिटरले 95 प्रतिशत देखि 100 प्रतिशत सम्म SPo2 देखाएमा अक्सिजन स्तर सामान्य वा स्वस्थ्य रहेको मानिन्छ ।

पल्स अक्सिमिटरले 90 प्रतिशत देखि 95 प्रतिशत सम्म SPO2 देखाएमा अक्सिजन स्तर केहि हद सम्म घटेको मानिन्छ । यसलाई Mild Problem वा अक्सिजन घट्न सक्ने संकेत काे रूपमा लिनु पर्दछ । यस्तो हुँदा पटक पटक SPO2 चेक गरी अक्सिजन लगाउनु पर्ने हुन्छ ।

यदि पल्स अक्सिमिटरले 90 प्रतिशत भन्दा कम SPO2 देखाएमा रगतमा अक्सिजन धेरै हद सम्म कम भएको बुझाउँछ । यस्तो हुँदा तत्काल अक्सिजन लगाएर उपचार तिर ध्यान दिनु पर्ने हुन्छ ।

पल्स क्सिमिटरमा "पी आर बि पि एम" भनेको के हो? | PR bpm Meaning in Pulse Oximeter

त्यसैगरी PR bpm मा 'PR' को अर्थ Pulse Rate र bpm को अर्थ Beats Per Minute बुझाउँछ. यसको मतलब एक मिनेटमा मुटुको धड्कन कति गतीमा चली रहेको छ? भन्ने बुझाउँछ.

  • PR bpm = Pulse Rate Beats Per Minute
  • 60 PR bpm देखि 100 PRbpm = Normal

PRbpm ले एक मिनेट समयमा चलेको मुटुको धड्कनको गतिलाई देखाउँछ. एक स्वास्थ्य व्यक्ति को PR bpm ६० देखि १०० सम्म हुन्छ।

रगतमा सामान्य अक्सिजन स्तर कति हो ? | What is the normal oxygen level in the blood?

मानव शरीरमा सामान्य अक्सिजन स्तर ९५ प्रतिशत देखि १०० प्रतिशत सम्म हो. यदि ९५ प्रतिशत भन्दा कम ९० प्रतिशत भन्दा बढी अक्सिजन स्तर भएमा यसलाई शरीरमा अक्सिजन कम भएको मानिन्छ. यदि ९० प्रतिशत भन्दा कम भए यो शरीरमा धेरै मात्रामा अक्सिजन कम भएको मानिन्छ. यस्तो हुँदा ज्यान समेत जान सक्छ. ९० प्रतिशत भन्दा कम अक्सिजन हुनु Hypoxia भनिन्छ.

कस्तो अवस्थामा अक्सिजन चाहिन्छ ? | In what conditions is oxygen needed?

तपाइँले SpO2 चेक गर्दा तपाइँको रगतमा यदि ९५ प्रतिशत भन्दा कम अक्सिजन स्तर देख्नु हुन्छ भने तपाइँलाई हस्पिटल गई अक्सिजन लगाउन आवस्यक पर्ने छ. तर ९५ देखि ९२ सम्म हुँदैमा क्रिटिकल अवस्था भएको मानिदैन तर पनि अक्सिजन कम भएको छ. लगाउनु राम्रो. तर ९० प्रतिशत भन्दा कम अक्सिजन स्तर भए यो क्रिटिकल अवस्था हो. यो अवस्थामा इमर्जेन्सी अक्सिजन लगाउन लानु पर्छ.

रगतमा अक्सिजन स्तर कति हुँदा ज्यान जान सक्छ ? | level of oxygen in the blood that can cause death

८५ प्रतिशत देखि कम अक्सिजन स्तर भए ठुलो असर हुन सुरु हुन्छ. ८५ देखि ८० प्रतिशत सम्म अक्सिजन स्तर पुगेमा पहिला मस्तिष्कमा असर गर्ने छ. बेलैमा अक्सिजन लगाइएन भने अक्सिजन विस्तारै घट्दै जान थाल्छ. ६५ प्रतिशत भन्दा कम अक्सिजन हुन गए हात खुट्टा निलो हुन सुरु हुन्छ र ज्यान जान सक्छ.

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !