मृगौलामा पत्त्थरी हुँदा खान नहुने खानाहरु || kidney stone in Nepali

Kalpana
मृगौलामा पत्थरी प्राय हर कोहिमा हुने गरेको पाइन्छ । मृगौलामा पत्थरी हुँदा खानेकुरामा धेरै ध्यान पर्याउनु पर्छ । पानी प्रसस्त मात्रामा पिउनु पर्छ ।

मृगौलामा पत्थरी हुने विभिन्न कारणहरु मध्य पानी कम पिउनु मृगौलामा पत्थरी बनिने मूल कारण अन्तर्गत पर्दछ । 

मृगौलामा पत्थरी हुने कारणहरु: 

  1. पानी कम पिउने कारण 
  2. क्याल्सियम अक्जालेट (Calcium Oxalate ) युक्त खाना बढी खाइने गर्दा 
  3. माछा-मासु बढी खाने गर्दा 
  4. सोडियम युक्त पेय पदार्थको बढी सेवन गर्दा 
  5. Urinary Tract Infection हुँदा 
  6. युरिक एसिड (Uric Acid)  हुँदा 
  7. वन्शानुगत कारण (Genetic)
  8. खैनी, सुर्ती सेवन गर्दा 

मृगौलामा पत्थरी छ भन्ने संका लागेमा तुरन्तै नजिकैको मेडिकल गएर Urologist डाक्टर संग आफ्नो लक्षण र समस्या बताई मृगौलाको Ultrasound Sonography (USG) वा CT Scan गरी चेक गर्नु पर्दछ ।

मृगौला पत्थरीको लक्षणहरु:

  • मृगौलामा पत्थरी हुँदा ढाड दुख्ने
  • बमिट आउन खोज्ने
  • बारम्बार पिसाब लाग्ने
  • ज्वरो आउने 
  • पिसाब पोल्ने वा दुख्ने
  • पेटको एक साइड वा तल्लो पेट दुख्ने 
  • कम्मरको तल्लो भाग दुख्ने 
  • पिंडुला बटारिने 
  • पेटको दायाँ वा बायाँ भागमा मधुरो दुखाई हुने (लाटो दुखाई)
  • पिसावमा रगत आउने वा गाढा रातो पिसाव आउने
  • पिसावमा स-साना पत्थरीको टुक्रा निस्कने
  • खुट्टाको औला खुम्चाउदा बटारिएको महसुस हुने 
  • पानी कम पिईंदा पेटको साइड वा तल्लो पेट दुख्ने र तुरन्तै पानी पिएको खण्डमा दुखाई कम हुने ।
  • पेट दुखाई सङ्गै बार-बार दिसा-पिसाव लागे झैं हुने तर दिसा-पिसाव गर्न बस्दा नआउने वा थोरै आउने 

मृगौलामा पत्थरिया हुँदा खान नहुने कुरा :

  1. जाड, रक्सि, चुरोट, बियर, मधु, गुट्खा, सुपारी, खैनि जस्ता पदार्थ
  2. ढिलो पाचन हुने किसिमका खाना
  3. किसमिस, काजु, स्ट्रबेरी, आरु
  4. पालुंगो साग, टमाटर, चम्सुर को साग वा चम्सुर, बैगुन
  5. कोका कोला, स्प्राइट जस्ता कोल्ड ड्रिंक वा सोडा जन्य पदार्थ
  6. चर्को नुन, बट्टामा हालिएको अचार, पापड, कफी, दुध लगाइएको चिया
  7. मासु वा जनावरबाट पाइने प्रोटिन (Animal Protein) युक्त खाना
  8. पेट दुख्दा डाक्टर सल्लाह बिना पेनकिलर औषधि खान हुदैँन । आफुखुसी पेन किलर औषधी सेवन गरे मृगौला ड्यामेज हुन सक्छ ।
  9. Dry Foods नखाने

मृगौला पत्थरीको घरायसी उपचार विधी:

  • पत्थरचट्टाको 4/5 वटा पात टिपेर जुस बनाई दैनिक 2 पटक सेवन गर्ने 
  • पानी प्रयाप्त मात्रामा पिउने
  • गहतको दाल उमालेर पिउने
  • नून कम खाने
  • सामुन्द्रिक कौडा खाने
  • तरबुजा/खर्बुजा (watermelon) प्रसस्त खाने 
  • कागतीपानी ( Lemon Drink) प्रसस्त पिउने
  •  Organic "Apple Cider Vinegar with "Mother" नामक भिनेगर दैनिक 1 बिर्को 1 लिटर पानीमा घोलेर पिउने 
  •  अनारको जुस पिउने
  • गहुँको जमराको जुस बनाएर पिउने

मेडिकल उपचार विधी :

  1. मृगौलामा पत्थरी 10 MM भन्दा सानो भए डाक्टर सँग  सल्लाह गरी डाक्टरले भने बमोजिम Cystone वा Stonil जस्ता औषधी डाक्टरले दिएको समय अवधी सम्म निरन्तर सेवन गर्ने 
  2. मृगौलामा पत्थरी 10 MM भन्दा ठुलो र 20 MM (2 CM) भन्दा सानो भए डाक्टर संग सल्लाह गरी ESWL Therapy ( Extracorporeal Shock Wave Lithotripsy) विधी मार्फत घाऊ चोट नपारी स्टोन फुटाएर पिसाव मार्फत निकाल्न सक्नु हुनेछ । (ऊत्तम विधी )
  3. PCNL (Percutaneous nephrolithotomy) पाद्द्ती मार्फत सानो दुलो बनाएर निकाल्न सक्नु हुनेछ । 
  4. Ureter (मृगौला र पिसाव थैली बिचको नली)  मा पत्थरी अड्किएको भए Ureteroscopy पद्दति मार्फत पिसाव गर्ने ठाउँ (Urethra) बाट सानो पाइप छिराई Laser ले पत्थरी फुटाएर बाहिरी घाऊचोट बिना नै सजिलै पत्थरी निकाल्न सक्नु हुनेछ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !