शरीरमा पानीको कमी हुँदा देखिने 8 वटा मुख्य लक्षणहरु Dehydration Symptoms in Nepali

Kalpana
पानी (Water) हाम्रो शरीरको लागी नभई नहुने पदार्थ हो । पानी बिनाको संसार कल्पना पनि गर्न सकिदैन किनकी पानी बिना यो सन्सार 1 दिन पनि चल्न सक्दैन ।

हाम्रो शरीरमा पानीको ठुलो भुमिका रहेको हुन्छ । पानी नै हाम्रो शरीर हो भन्दा पनि फरक नपर्ला । हामिले स्वास प्रस्वास (Breathing) गर्दा पनि पानीको कणहरु निस्कने गर्छ यो हामी गर्मीको सिजनमा देख्न सक्दैनौं तर जाडोको सिजनमा स्वास प्रस्वास गर्दा एक बाफ जस्तो देखिन्छ यसले पनि प्रस्ट रुपमा बुझाउद्छ की पानी हाम्रो शरीरको प्रत्येक कण-कण मा चाहिन्छ ।
हाम्रो शरीरमा चाहिने पानी (Water), हामिले विभिन्न खानाहरु खाँदा शरीर भित्र पानी पुग्दछ. त्यसै गरी विभिन्न फलफूलहरु खाँदा वा जुसहरु पिउँदा पनि शरीरमा पानी पुग्दछ र सिधै पानी पिउँदा पनि शरीरमा पानी पुग्दछ । तर खानपानबाट पाइने पानी र फलफुलहरुबाट पाइने पानीको मात्रा हाम्रो शरीरको लागी प्रयाप्त हुन सक्दैन त्यसकारणले गर्दा शरीरमा प्रयाप्त मात्रामा पानी पुर्याउन हामिले पानी पिउन (Drink More Water) अत्याधीक जरुरी रहेको हुन्छ ।

अन्य जानकारीहरु :


यदि हाम्रो शरीरमा पानीको कमी (Low Water Level in Body) हुन  गए हाम्रो शरीर निर्जलीकरण (Dehydration) हुदछ र शरीरमा भयानक रोगहरुको (Serious Diseases) सुरुवात हुदछ । त्यसैले हामिले हाम्रो शरीरलाई प्रयाप्त मात्रामा पानी प्रदान गर्न (Hydrate राख्न ) जरुरी रहेको हुन्छ ।

शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने ? (Symptoms of Dehydration in Nepali)

शरीरमा जब पानीको कमी  (Low water in body) हुन सुरू हुन्छ तब हाम्रो शरीरले विभिन्न सन्केतहरु (Signs and Symptoms) दिदछ । यि सन्केतहरुलाई चिन्न सके हामी शरीरमा पानीको कमी हुन बाट बच्न सफल हुदछौं ।
के ही यस्ता सन्केतहरु छन् जसले हाम्रो शरीरमा पानीको कमी भएको थाहा पाउँन सकिन्छ र यस्तो सन्केत (Symptoms) हरु देखिन सुरू भए दैनिक पानी (Water) पिउने मात्रालाई बढाउनु पर्ने हुन्छ । शरीरमा पानीको मात्रा कम हुनुलाई (Low Water Level in Body) निर्जलीकरण (Dehydration) भनिन्छ. निर्जलीकरण (Dehydration) हुँदा देखिने लक्षणहरु यस्ता रहेका छन्.

१. पिसावको रंगमा परिवर्तन (Changed in Urine Color):

यदि तपाईलाई पिसाव गर्दा गाढा पहेंलो (Dark Urine/ Dark Yellow Urine), वा रातो पिसाव (Red Urine) आउछ भने तपाइँले बुझ्न जरुरी छ की तपाइँको शरीरमा पानीको मात्रा कम (Low Water Level in Body) भएको छ । पिसाव रातो (Red Urine) वा गाढा पहेंलो (Dark Urine/Dark Yellow Urine) आउनु मृगौला रोग (Kidney Disease) को संकेत पनि हुन सक्छ तर प्राय धेरैमा कमन (Common Problems in Urine) रुपमा पिसावको रंग परिवर्तन (Changed Urine Color) हुनुमा शरीरमा पानीको मात्रा कमी  (Low Water in Body) भएर हुने गर्दछ । त्यसैले पिसावको रंगमा परिवर्तन (Urine Color Changed) भए तपाइँले पानी पिउने मात्रालाइ बढाउनु पर्दछ (Drink More Water) । 

एक दिनमा कति पानी पिउने ? How much should you drink every day? (Video)

२. मुख, जिब्रो वा घाँटी सुख्खा हुनु (Dry Mouth):

तपाइँलाई पहिले नै थाहा भएको कुरा हो की मुख, जिब्रो वा घाँटी सुख्खा (Dry Mouth) भएको बेला पानी पिउनु पर्छ तर सधैँ मुख, जिब्रो वा घाँटी सुख्खा भइ रहन्छ भने उक्त बेला मात्र पानी पिउने होइन । किनकी मुख, जिब्रो वा घाँटी सुख्खा भइ रहन्छ भने तपाइँको शरीरमा पानीको कमी भएको हुन्छ । जिब्रो, ओठ, घाँटी वा मुख सुख्खा हुनु शरीरमा पानीको मात्रा कम हुनुको लक्षणहरु (Symptoms of Low level water in body) हुन्। जब तपाइँको शरीरमा पानीको कमी (Low Water in Body) हुन जान्छ तब र्याल बनिने मात्रा कम हुँन पुग्दछ र मुख, जिब्रो र घाँटी भिजाउने र्यालको कमी भइ मुख, जिब्रो र घाँटी सुख्खा हुने गर्दछ । त्यसैले मुख, जिब्रो वा घाँटी सुख्खा भएको बेला मात्र पानी पिएर यो समस्या हटाउन सकिदैन । तपाइँले दैनैक पानी पिउने मात्रालाई बढाउन अत्याधीक जरुरी रहेको हुन्छ ।

३. कब्जियत हुनु (Constipation):

कब्जियत (Constipation) भनेको दिसा लाग्नु तर दिसा गर्न बस्दा दिसा नआउनु र कनेर दिसा गर्नु पर्ने स्थिति हुनु र कनेर दिसा गर्दा पनि दिसा थोरै आउने समस्यालाई कब्जियत भनिन्छ । यो समस्या एक दिन मात्र हुदैंन हरेक दिन यस्तो समस्या हुन्छ भने तपाइँले बुझ्न जरुरी छ की तपाईंलाइ कब्जियत (Constipation) भएको छ र शरीरमा पनि पानीको कमी (Low Water Level in Body) भएको छ ।

शरीरमा पानीको कमी हुदा पेटमा खाना पचाउने पाचन रसहरु (Digestive Fluid) को निर्माणमा कमी हुन जान्छ, पेट सफा राख्न पनि पानी प्रयाप्त मात्रामा पिउन जरुरी रहेको हुन्छ तर पानीको कमी भयो भने पेट सफा हुन पाउंदैन र खाएको खाना नपच्ने र पेट फोहोर भएर कब्जियत (Constipation) को समस्या हुन सुरू हुदछ । त्यसैले कब्जियत (Constipation) को समस्या भएमा वा पेट सफा राख्न को लागी पनि तपाईले दैनिक पिउने पानीको मात्रालाई बढाउन जरुरी रहेको हुन्छ । (Drink More Water)  

४. तिर्खा लाग्नु (Thirsty):

तपाईलाई थाहा भएकै कुरा हो कि जब कसैलाई तिर्खा लाग्छ भने उसलाइ पानीको आवस्यक परेको हुन्छ । तर पानी पिए पछि पनि एकै छिनमा तिर्खा लाग्छ भने तपाइँले बुझ्नु पर्छ कि तपाईंको शरीरमा पानीको कमी भएको हुन्छ ।

तिर्खा लाग्नु भनेको शरीरमा पानीको कमी भए पछि शरीरले पानी माग्दछ र तपाइँ पानी पिउनु हुन्छ तर पानी पिउदा पनि फेरि छिन-छिनमा तिर्खा लागि रहन्छ भने अब तपाईले दैनिक पिउने पानीको मात्रालाइ बढाउन जरुरी रहेको हुन्छ ।

५. ब्लड प्रेशर घट्नु (Low Blood Pressure):

हाम्रो शरीरको रगतमा करिब ५५ प्रतिशत तरल (55% Liquid in Blood) पदार्थ रहेको हुन्छ । यदि हाम्रो रगत (Blood) मा तरल पदार्थ (Liquid) को कमि हुन गयो भने शरीरमा रगत राम्रो संग प्रवाह (Blood Circulation) हुन सक्दैन र शरीरमा ब्लड प्रेशर लो (Low Blood Pressure) हुने सम्भावना बढ्दछ ।
त्यसैले ब्लड प्रेशर लो  (Low Blood Pressure) छ भने वा ब्लड प्रेशर लो हुन बाट बच्न वा ब्लड प्रेशर लाई ब्यालेन्स (Blood Pressure Balance) मा राख्नको लागी हामिले प्रयाप्त मात्रामा पानी पिउन जरुरी रहेको हुन्छ ।

६. टाउको दुख्नु (Headache):

जब हाम्रो शरीरमा पानी को कमी हुन जान्छ (Low Level of water in body)  तब हाम्रो ब्लड प्रेशर अनियन्त्रित भइ ब्लड प्रेशर घटदछ (Low Blood Pressure) र यसको सिधा असर हाम्रो मस्तिस्क (Brain) मा पर्ने हुँदा टाउको दुख्न (Headache) सुरू हुन्छ । टाउको दुख्ने विभिन्न कारणहरु हुन्छन् जस मध्यमा एक ब्लड प्रेशरको कारण (Causes of Blood Pressure) पनि एक रहेको हुन्छ । धेरै मानिसहरु ब्लड प्रेशर हाई (High Bood Pressure)  हुँदा मात्र टाउको दुख्छ (Headache) भन्दछन तर यो गलत हो । किनकी टाउको दुख्ने अन्य कारण संग-संगै ब्लड प्रेशर हाई  हुदा र लो हुँदा दुबै कारणले दुख्दछ । ब्लड प्रेशर हाई हुँदा मात्र टाउको दुख्ने होइन,  ब्लड प्रेसर लो हुँदा पनि टाउको दुख्दछ । त्यसैले ब्लड प्रेशर ब्यालेन्स बनाउन र टाउको दुख्ने समस्याबाट छुटकारा पाउँन पनि हामिले प्रयाप्त मात्रामा पानी पिउन जरुरी रहेको हुन्छ ।

७. दिमागको कार्य क्षमता घट्नु (Brain Function Effects):

हाम्रो मस्तिस्कमा करिब 70 प्रतिशत पानी रहेको हुन्छ । दिमागमा भएको न्यूरोनको गतिबीधीलाई बढाउन को लागी मस्तिस्कमा प्रयाप्त मात्रामा पानी चाहिन्छ । तर यदि शरीरमा पानीको कमी भयो भने मस्तिस्कको कार्य क्षमता घटदछ र दिमागको सोचाईको क्षमता घटदछ, नकारत्मक सोचाईहरु बढ्दछ,बढी निंद्रा लाग्दछ, सम्झिने क्षमता घट्दछ, Anxiety हुदछ, डिप्रेसन हुदछ, रिगटा लाग्दछ, थकित भईनेछ, दृस्टि भ्रम हुदछ र Mood पनि परिवर्तन हुने देखि मस्तिस्क सम्बन्धि विभिन्न समस्याहरु उत्पन्न हुदछ । त्यसैले मस्तिस्कको कार्य क्षमतालाई बढाउनको लागी पनि प्रयाप्त मात्रामा पानी पिउन जरुरी रहेको हुन्छ ।

8. मांसपेशी काम्नु वा मांसपेशीमा भाइब्रेसन हुनु वा मांसपेशी फुर्फुराउनु (Muscles Twisting/ Muscles Vibration)

जब हाम्रो शरीरमा पानीको कमी हुन सुरू हुन्छ तब हाम्रो शरीर निर्जलीकरण हुन पुग्दछ । त्यसपछी जब शरीर निर्जली करण हुदछ तब हाम्रो नर्भस सिस्टममा समस्या आउन सुरू हुन्छ । शरीरको नर्भस सिस्टममा समस्या परे पछि यसले हाम्रो शरीरको मांसपेशीहरु संगको सम्बन्धमा आंच आउदछ र शरीरको मांसपेशीहरु काम्ने, अर्थात भनौ मसल्स भाइब्रेट हुने गर्दछ । आँखा फुर्फुराउने गर्दछ । आँखा फुर्फुराए जस्तै शरीरको मांसपेशीहरु पनि फुर्फुराउने गर्दछ ।

कोही बेला पाखुरा फुर्फुराउछ त कोही बेला तिग्राको मांस पेशीहरु फुर्फुराउछ । कोही बेला छातीको मांसपेशीहरु फुर्फुराउछ त कोही बेला पेटको मांसपेशी, मस्तिस्कको मांसपेशीहरु फुर्फुराउने गर्छ । यदि शरीरमा पानीको कमी भएको छ भने शरीरको कुनै पनी अंगको मांस पेशी फुर्फुराउन सक्छ ।
यसरी शरीरको कुनै पनि अङ्गहरु सधैं फूर्फुराउछ भने अब तपाइँले दैनिक पिउने पानीको मात्रालाई बढाउन जरुरी छ र सधैँ धेरै पानी पिउन सुरू गरे पछि करिब १/२ महिना पछि यो फुर्फुराउने समस्या पनि आफैं हराएर जाने छ ।

हामिले सधैं पानी  धेरै मात्रामा पिउन जरुरी हुन्छ । यदि पानी कम पिउने गरियो भने मृगौला मा पत्थरी पनि बनिन सक्छ र हजारौँ खर्च गरेर अप्रेसन गर्नु पर्ने स्थिति पनि आउन सक्छ त्यसैले पानी पिउने मात्रालाई आजै बाट धेरै पिउने गरी शरीरलाइ स्वस्थ्य राख्न प्रयास गरौँ.
Our website uses cookies to enhance your experience. Learn More
Accept !