ऐठन के हो ? ऐठन किन हुन्छ? ऐठन हुने कारण / Sleep Paralysis in Nepali

Kalpana
तपाइँलाई कुनै दिन सुतेको बेलामा वा निदाएको बेलामा ऐठन भएको छ होला । जीवनकालमा हामीलाई कुनै न कुनै दिन ऐठन भएकै छ । ऐठन सुतेको समयमा हुने गर्दछ । ऐठन हुँदा केही जनावरहरुले, कालो बिरालोले, मरेका मानिसहरुले, हामीलाई आक्रमण गरेको जस्तो देखिने हुन्छ र हामी उठन खोज्छौ, हल्लिन खोज्छौ तर सक्दैनौ ।

विशेष गरी उत्तानो परेर सुतेको समयमा धेरै पटक ऐठन हुने गर्छ । ऐेठन भएको बेलामा हामीलाइ कालो बिरालो छातीमा आएर बसेजस्तो, कोही डरलाग्दो मान्छेले थिचे जस्तो, कसैले समातेजस्तो, मृत्युभई सकेका मानिसले छातिमा थिचेजस्तो, बसे जस्तो हुन्छ र त्यसलाई प्रतिकार गर्न खोज्दा हाम्रो हात खुट्टा चल्दैनन, हामी बल गरेर हात चलाउन खोज्छौं, खुट्टाले हान्न खोज्छौं, उठ्न खोज्छौं, तर हाम्रो हात खुट्टा चल्दैनन, बोल्न खोज्दा बोली पनी आउदैन र यदि जबर्जस्ती कनेर बोली बोलीहालियो भने पनि हामी चिच्याएर बिउझिएको हुन्छौँ र यस्तो हुँदा हामीलाई धेरै डर लाग्दछ. हामि आत्तिए जस्तो हुन्छौं र उक्त समयलाई नाबिर्सिए सम्म मन मा डर भै रहेको हुन्छ.
निदाकै छैन तर यस्तो डरलाग्दो भुत आयो मेरो शरीरमा बस्नको लागी भन्ने गर्छन मानिसहरु. तर यो भुत होइन एक त्यो एक भ्रम हो । ऐठन भएको बेला हामीलाई भ्रम भएको हुन्छ । भ्रम हो भन्ने थाहा पाउँदा पनि हामी आफुलाई बुझ्न सक्दैनौं र डराउने, आतिने वा तर्सिने गर्छौं.

ऐठन ३ प्रकारको हुन्छ.

  1. आफु सुतेको कोठामा कोही डरलाग्दो व्यक्ति आएको देख्नु, कोही मरेको मान्छे आएको देख्नु र डरले चिच्याएर भाग्न खोज्दा, उठ्न खोज्दा हात खुट्टा नचल्नु र चिच्याउनु.
  2. कोही व्यक्तिले छातिमा बेस्सरी थिचेको जस्तो हुनु, स्वास फेर्न गाह्रो पर्नु र बढी स्या स्या हुनु.
  3. हावामा उढ्नु, भिर पाखा बाट झरेको जस्तो देखिनु र चसक्क चसक्क झस्किनु.

ऐठन किन हुन्छ?

ऐठन हुने कारण सुताइ सँग सम्बन्धित रहेको हुन्छ । हामी जब सुत्छौँ तब हाम्रो शरीरले आराम गर्दछ । शरीरले आराम गर्दा मस्तिस्कले शरीर चल्न बन्द गराईदिन्छ । मस्तिस्कले हाम्रो मन र शरिरलाई शक्ति बिहिन बनाइदिन्छ किनकि मस्तिस्कले हाम्रो शरीरलाइ पूर्ण रुपमा आराम गराउन को निमित्त शरीर शक्ति बिहिन बनाएको हो.

हामी निदाउने Process मा विभिन्न चरणहरु हुन्छन् । माँशपेसी निस्कृय हुन थाल्छन, ब्लड प्रेशर केही मात्रामा घट्न थाल्छ, शरीरको तापक्रम केही मात्रामा घटद्छ र हामी निदाउछौँ । यसरी निदाउने क्रममा हाम्रो आँखाहरु Movement हुने गर्दछ ‌।

गहिरो निदाएको मानिसको आँखा हेर्नुहोस भित्र प्राय आँखा मजाले चलेको देख्न सकिन्छ । सुति सकेपछि निन्द्रामा धेरै स्टेजहरु आउँछन् ।

ऐठन यस्तो प्रकृया हो जुन मस्तिस्क बिउँझे पछि, मस्तिस्क जागे पछि शरीर हल्लाउन कोसिस गर्दा कसैले थिचे जस्तो, कसैले समातेको जस्तो लाग्ने गर्दछ । किनभने हामी बिउँझेको समयमा मस्तिस्क मात्र बिउँझेको हुन्छ ‌तर शरीर भने सुतिरहेको हुन्छ शरीर एक्टिभ भइ सकेको हुदैंन । शरीर भन्दा पहिलै मस्तिस्क बिउँझेमा हामीलाई ऐठन हुने गर्छ ।

निन्द्रालाई दुई भागमा बाँडिएको छ :

  1. REM Sleep
  2. Non REM Sleep
हामी जति पनी सपना देख्छौं ति सबै सपना REM Sleep मा देख्छौं अर्थात Rapid Eye Movement मा देख्छौं। यतिबेला हाम्रो आँखा अत्यन्तै धेरै चलिरहेको हुन्छ, ब्रेनमा मिक्स सिग्नल (Mix Signal) पुगिरहेको हुन्छ र ब्रेनको कार्यक्षमता बढेको हुन्छ । जसकारणले गर्दा हामी सपना देख्छौं।

ऐठन हुने समय त्यो हो, जुनबेला हामी REM Sleep बाट Non REM Sleep मा सिफ्टीङ हुन्छौँ । यसको मतलब गहिरो निदाइ सके पछि ब्युझने प्रोसेसमा ऐठन हुन्छ । किनकी मस्तिस्क ब्युझंछ तर शरीर ब्युझेको हुँदैन र ऐठन भएको हुन्छ । यसलाइ स्लिप प्यारालाइसिस (Sleep Paralysis) भनिन्छ ।

निदाएपछि हाम्रो शरीर पुरै Relax मा बस्छ तर कहिले काँही हाम्रो मस्तिस्क ब्युझिन्छ र हामी शरिरलाई चलाउन, हल्लाउन खोज्छौं तर शरीर हल्लिदैन, केहीले थिचे जस्तो हुन्छ र ऐठन हुन्छ । शरीर र मस्तिस्क बिचको तालमेल नमिल्दा ऐठन हुन्छ । ऐठन हुने क्रम लगभग केही सेकेन्ड देखि १ मिनेट सम्म पनि हुन सक्छ तर लामो समय सम्म ऐठन हुदैंन ।

यदी लामो समय सम्म ऐठन भइ रहन्छ भने, लामो समय सम्म डराउने सपनाहरु देखिन्छ भने, सपनाको कारणले डराउने, तर्सिने हुन्छ भने तुरन्तै डाक्टर सँग परामर्श गर्नुपर्ने हुन्छ । तर स्लिप प्यारालाइसिस (Sleep Paralysis) को उपचार छैन । अर्थात ऐठन नहुने उपचार हुदैंन । यसका लागी व्यक्तिले आफैं केयर गर्नुपर्छ । यदी व्यक्ति धेरै कमजोरी छ भने उसलाइ ऐठन भईरहन्छ । शरीरमा भिटामिन तथा मिनरल्सको कमी हुँदा ऐठन हुन सक्छ । त्यसैगरी कम निदाउने मानिसलाइ ऐठन हुनसक्छ ।

जो व्यक्ति धेरै मदिरा सेवन गर्छ उसलाइ पनि ऐठन हुने सम्भावना हुन्छ । ऐठन हुन नदिनको लागी प्रसस्त मात्रामा सुत्नुपर्छ । निदाउनको लागी पोषिलो खाना को आवस्यकता रहेको हुन्छ ।‌ मानसिक बिमारी भएका मानिसहरुलाई पनि बढी ऐठन हुन सक्छ । तनाब चिन्ता लिने मानिसहरुलाई ऐठन हुन सक्छ । उत्तानो सुत्दा ऐठन हुन्छ ।

किनकि निदाएपछि स्वास प्रस्वासमा कहिले काँही बाधा हुने भएकाले अक्सिजन पाउनको लागी सँघर्ष गर्दा हामीलाई छातीमा केही चिजले थिचेजस्तो अनुभुती हुन्छ र सेतो, कालो कुनै जनावर छातीमा बसेको जस्तो लाग्ने दृस्टीभ्रम वा मतिभ्रम भएको हुन्छ । मति भ्रम पनी त्यहिबेला हुन्छ जुन बेला हामी निदाउन लागेको हुन्छौँ ।

जो मानिसको कम सुत्छ उसलाइ ऐेठन हुने सम्भावना बढी हुन्छ र जो गहिरो निन्द्रामा सुत्छ उसलाइ ऐठन हुने सम्भावना कम हुँदछ. ऐठन हुनबाट बच्नको लागी कोल्टे सुत्नुपर्छ । पोसिलो खाना खाने, निन्द्रा बिगार्ने खानाहरु नखाने, निन्द्रा लागेन भने ऐठन हुनसक्छ । ओक्ष्यानमा लाइट तथा सुत्ने वातावरण राम्रो बनाउनुपर्छ । यसो गर्दा पनि ऐठन हुनबाट बच्न सकिन्छ.
Our website uses cookies to enhance your experience. Learn More
Accept !