ब्लड प्रेसर हाइ छ, नुन खानु कि नखानु ? के गर्नु उचित हुन्छ ? Salt vs Blood Pressure in Nepali

Kalpana
प्राय धेरै मानिसहरुमा ब्लड प्रेसर हाइ (High Blood Pressure) हुदा नुन (Salt) खाने कि नखाने ? भन्ने बारे निकै ठुलो बहस हुँदो रहेछ । धेरैले भन्छन कि "ब्लड प्रेसर बढ्यो भने नुन पटक्कै खानु हुुँदैन" । तर यो कुरा भने गलत मानिन्छ  ।

मानव शरीरको लागि नुन (Salt, Sodium) नभई नहुने एक तत्व हो । नुनमा सोडियम (Sodium) र क्लोरिन (Chlorine) खनिज पदार्थ (Mineral) पाइन्छ । यी खनिज पदार्थ (Mineral) हाम्रो शरीर को लागि अति नै जरुरी पर्दछ ।
यदि पूर्ण रुपमा नुन (Salt) सेवन गर्न छोड्ने हो भने हाम्रो शरिर मा सोडियम र क्लोरिन (Sodium and Chlorine) को मात्रा कम हुन पुग्छ  र यस्तो हुँदा शरीरमा नकारात्मक असरहरु पैदा हुन सक्छन ।

हामीले हरेक दिन खाने विभिन्न खानाहरुमा सोडियम र क्लोरिन (Sodium and Chlorine) जस्ता विभिन्न खनिज पदार्थहरु पनि पाइन्छ तर नुनबाट पाए जति सोडियम पाउँन सकिन्न र ति अन्य खाध्य पदार्थबाट आएको सोडियम र क्लोरिन हाम्रो शरीरलाई प्रयाप्त हुन सक्दैन । शरीरमा सोडियम को कमि हुन पुग्छ यस्तो हुदाँ ब्लड प्रेसर के हि हद सम्म कम हुन सक्ला तर शरीरमा भने अर्को नकारात्मक असर पनि  थपिन सक्छ ।

अन्य स्वास्थ्य जानकारीहरु :

प्रेसर घटाउने के ही तरिकाहरु : 

  • खानपान मा ध्यान पुर्याउनुहोस्
  • घरमा वा गाउँमा निम को बोट छ भने निम पत्ती को जुस बनाएर पिउने गर्नुहोस
  • सब्जी मा करेला धेरै खाने वा करेला को जुस बनाएर पिउने गर्नुहोस
यसरी प्रेसर लाई कम गर्न सकिन्छ तर नुन पूर्ण रुपमा छोडेर प्रेसर घटाउन सकिन्छ  भन्ने सोच राख्नु गलत हुन सक्छ ।

सारांश:

ब्लड प्रेसर बढ्यो (High Blood Pressure) भन्दैमा पूर्ण रुपमा नुन खान छोड्नु यो गलत हुन जान्छ । यदि तपाइँको ब्लड प्रेसर हाइ छ भने नुन (Salt) कम खाने बानी गर्नुहोस तर पूर्ण रुपमा भने नछोड्नुहोस् र ब्लड प्रेसर घटाउने अन्य तरिका पनि फलोअप गर्नुहोस् ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !