पायल्स कसरी हुन्छ ? पायल्स को बारेमा जान्नु पर्ने कुरा, Piles Meaning in Nepali | Hemorrhoids

Kalpana

पायल्स (Piles) भनेको मलद्वारको मुख मा हुने एक किसिमको समस्या हो. पायल्स (Piles) हाम्रो मलद्वार को मुख को भित्र पट्टि र बाहिर पट्टि प्रष्ट रुपमा देखिन मिल्ने गरी मासुको डल्लो पलाएको जस्तो देखिन्छ.

पायल्स (Piles) ग्यास्ट्रिक (Gastric) बाट कब्जियत (Constipation ) भै कब्जियतबाट दिसा (Stool) गर्नमा समस्या आए पछी कनेर दिसा गर्दा मलद्वारको मुखमा असर पर्न गइ पायल्स (Piles) को सुरुवात हुन थाल्दछ.

पायल्स (Piles) भित्रि र बाहिरि गरी २ किसिम का छन् भने यसका स्टेजहरु अलग अलग छन् । पायल्स (Piles) हुनु भनेको हाम्रो मलद्वारको नसा फुलेर ,च्यातिएर वा तन्किएर बाहिर आउनु वा घाउ भै दिसा गर्दा रगत आउनु , मलद्वार चिलाउनु हो ।

पायल्स हुनुको धेरै कारणहरु छन् जस मध्य कब्जियत एक ठुलो कारण को रुपमा हुन्छ । कब्जियत हुनको लागि खाना को मुख्य कारण हुन्छ र कब्जियत भै दिसा गर्न मा समस्या आउने र पायल्स हुने गर्दछ ।

पायल्स हुनुको कारणहरु (Causes of piles):

हरियो सागपात (Green Foods) नखाने गर्दा, चिया (Tea) बढी पिउने गर्दा, बजारको सुख्खा खानाहरु बढी खाने गर्दा (Junk Foods), जस्तै कि बिस्कुट, चाउचाउ, दालमोट, कुरकुरे आदि जस्ता खाने गर्दा, तेल मा तारेको खाना बढी खाने गर्दा, सेल रोटी, तेलमा (Oily Foods) बनाएको पुरी, परौठा, पानी कम पिउने गर्दा, मधु, गुटका (Gutka/Madhu/Parag) , सुपारी (Supari), चुरोट (Cigarette), रक्सि (Alcohol) बढी सेवन गर्दा आदि बिभिन्न कारण ले पायल्स (Piles) हुने गर्दछ ।

तपाईलाई लाग्न सक्छ कि यो त जो कोहि ले पनि खाइ रहेको छ तर उनीहरुलाई चै पायल्स (Piles) हुदैन मलाई मात्र कसरी हुन्छ?

यसको जवाफ हो प्रत्येक व्यक्ति को पाचन प्रणाली (Digestive System) को पचाउन (Digest) सक्ने शक्तिको फरक । विश्व को हरेक व्यक्ति को पाचन शक्ती फरक फरक रहेको हुन्छ कसैमा जस्तै खाए पनि पचाउने शक्ति बढी हुन्छ भने कसैमा पचाउनै नसक्ने स्तिथि पनि हुन्छ ।

त्यसैले तपाइको पचान शक्ति जस्तो छ त्यसै अनुसार यी खानाले तपाईलाई बढी असर गर्ने वा नगर्ने हुने गर्दछ । यदि यी खाना खादा पचान मा के हि तलमाथि भए यस्तो खाना तुरन्त खान छोड्नु पर्दछ नत्र यसले कब्ज्जियत (Constipation ) बनाउदछ र पायल्स (Hemorrhoids) हुने गर्दछ ।

पायल्स के हो ?

पायल्स मलद्वार सम्बन्धि समस्या हो. पायल्स मलद्वार बाहिर र भित्र दुवै ठाउँमा हुन्छ. पायल्स हुँदा मलद्वार बाहिर गाँठो निस्किने, मलद्वार पोल्ने, दुख्ने, चिलाउने हुन्छ भने मलद्वार भित्र नसा सुन्निने, घाउ हुने, नसा च्यातिने, दिशामा रगत आउने, जस्ता समस्या उत्पन्न हुने गर्छ. पायल्स आफैं निस्किन्छ र कहिले काँही आफैं ठिक हुन्छ तर आफैं ठिक नभए चांडै उपचार गराउनु पर्छ.

पायल्सको लक्षणहरु के के हुन् ?

पायल्सको लक्षणहरु विभिन्न हुन्छन्. जस्तै कि मलद्वार चिलाउने, दिशामा रगत आउने, मलद्वार बाहिर गाँठो निस्किने, मलद्वारमा घाउ हुने, मलद्वार पोल्ने, मलद्वार दुख्ने, रातो दिशा आउने, दिशा गरे पछि फेरी दिशा लागे झैं हुने, मलद्वार वरीपरी दुख्ने, मलद्वारको नसा सुन्निने आदि.

पायल्स हुनबाट कसरी बच्ने ?

पायल्स हुनबाट बच्नको लागि फाइबर युक्त खाना खाने, पेटमा असर हुने किसिमको खाना नखाने, दिशा पातलो बनाउने किसिमको खाना खाने, दिसा नलाग्ने समस्या (कब्जियतको उपचार गर्ने), ग्यास्ट्रिक हुने किसिमको खाना नखाने, अमिलो पिरो कम खाने, बजारे खाना नखाने, भिन्डीको सब्जी खाने, माछामासु नखाने, ढिलो पाचन हुने खाना नखाने, मुला प्रसस्त खाने, धेरै पानी पिउने (तातो पानी पिउनु उचित), केरा प्रसस्त खाने, मसला नहाली गुन्द्रुक को झोल पिउने, दिशा गर्दा कनेर दिशा नगर्ने, मलद्वार चिलाए तातोपानी ले सक्ने, तातो पानीमा बस्ने.

पायल्सको घरेलू उपचार कसरी गर्ने ?

पायल्सको घरेलू उपचार गर्नको लागि पेटको उपचार पहिलो हो. पायल्स पेटको रोगबाट ग्यास्ट्रिक र कब्जियत भएर दिशा नआए पछी कनेर दिशा गरे पछि मलद्वारमा असर परेर पायल्स हुन्छ. त्यसैले पायल्सको घरेलु उपचार गर्न सजिलो दिशा खुलाउने किसिमको खाना खाने, पेट बिगार्ने खाना नखाने, मुला खाने, भिंडी को सब्जी खाने, तातो पानीमा बसेर मलद्वारमा ब्याक्टेरिया हुन नदिने, चन्दन घोटेर मलद्वारको मुखमा लगाउने, मलद्वारको मुखमा तोरीको तेल बेसार लगाउने, सुत्ने बेला मलद्वारको मुखमा भ्यास्लिन लगाउने र बिहान तातोपानीले सफा गर्ने, मलद्वारमा नारिवलको तेल लगाउने, आइस ले सेक्ने.

पायल्स हुदा के खाने के नखाने?

पायल्स हुँदा पेट बिगार्ने किसिमको खाना नखाने, घाउ पकाउने किसिमको खाना नखाने, फ्राई गरेको खान नखाने, चटपटे नखाने, ग्यास्ट्रिक बनाउने खाना नखाने, दिशा बाक्लो बनाउने किसिमको खाना नखाने, रातोमासु नखाने, पानी धेरै पिउने, तातो पानी पिउने, तर्बुजा प्रसस्त खाने, झोलीय पदार्थ बढी खाने, कब्जियत ठिक गर्ने किसिमको खाना खाने, दिशा पातलो बनाउने खाना खाने, छिटो पच्ने खाना खाने, मुला खाने, भिंडीको सब्जी खाने, दहि खाने, एप्पल साइडर भिनेगर खाने, सलाद प्रसस्त खाने, सागसब्जी बढी खाने, भेज आइटम बढी खाने, काउली खाने, जमिन मुनि फल्ने फलफुल र सब्जी आइटम खाने, क्याप्सिकम खाने, काँक्रा धेरै खाने, स्याउ खाने, केरा खाने.

पायल्सको औषधि के के हुन् ?

स्मरण रहोस्, डाक्टरको सल्लाह बिना आफैं जान्ने भएर कुनैपनि औषधि सेवन गर्नु हुँदैन. यदि यसो गरे पायल्स झन् बल्जिन सक्छ र औषधि को असर ले ज्यान समेत जान सक्छ. तर पनि पायल्सको के हि आयुर्वेदिक यस्ता छन्. हिमालय को Pilex नामक औषधि, Pilon Ointment, Pilo check etc.

पायल्सको प्रकारहरु कतिवटा हुन्छन् ?

पायल्स विशेष गरी २ प्रकारका हुन्छन्. जसलाई भित्री पायल्स र बाहिरि पायल्स भनिन्छ. मलद्वार भित्र हुने पायल्सलाई भित्री पायल्स भनिन्छ र मलद्वार बाहिर हुने पायल्सलाई बाहिरी पायल्स भनिन्छ. भित्री पायल्स कम दुखाइ र रगत धेरै आउने हुन्छ भने बाहिरी पायल्समा बढी दुखाइ र कम रगत आउने हुन्छ.

Our website uses cookies to enhance your experience. Learn More
Accept !