कोलेरा (हैजा) रोग के हो? Cholera (Haija) Disease in Nepali

Kalpana
Cholera disease Haija in Nepali
(toc)

हैजा (Haija) भनेर गाउँ घरमा हामीले वर्षौँ देखि सुन्दै आएको छौँ । आम भाषामा हैजा भनिए पनि यसलाई अङ्ग्रेजी भाषामा (In English) कोलरा (cholera) भनिन्छ ।

हैजा (Cholera ) एक महामारी रोग (Pandemic Disease) हो र यसले विश्व स्वास्थ्य समस्यामा ठूलो असर गर्दछ । हैजालाई ज्यान लेवा महामारी रोग पनि भनिन्छ । विगत को तथ्याङ्गलाई हेर्ने हो भने सन् २०१३ मा यो विश्वमा करिब १.३ मिलियन मानिसहरूलाई संक्रमण भएको थियो भने करिब ८ लाख भन्दा बढी मानिसहरू मरेका थिए ।

यो हैजा अर्थात् काेलेरा Vibrio cholerae bacteria को कारण ले हुन्छ । यसले सिधै पेटको सानो आन्द्रामा असर गरी ज्यान समेत लिने अवस्थामा पुर्याउँछ ।

यो हैजा (कोलेरा) ले असर गर्न सुरु गरे पछि तुरून्तै झाडापखाला (diarrhea) हुने, बान्ता ( Vomit) हुने, शरीरमा पानीको कमी (Dehydration) हुने, शरीरमा नुन अर्थात् सोडियमको मात्रा घटेर Sodium Deficiency / hyponatremia) हुने, खाएको नपच्ने (Indigestion), कमजोरी (Weakness) हुने, हात-खुट्टा बाउँडिने र अत्यन्तै रक्तचाप घट्ने जस्ता अनेक समस्या देखिन थाल्छ र यी समस्या देखिए पछि तुरून्तै उपचार नगरे केही घण्टा वा १/२ दिन भित्र मै मानिसको ज्यान समेत जान्छ । कोलेरा एक अत्यन्तै खतरनाक सरुवा रोग हो ।

कोलेरा अर्थात् हैजा दुषित खाना र पानीको कारण सङ्क्रमण हुने रोग हो । खाना वा पानी बाट सार्नुको पछाडि धेरै कारणहरु हुन्छन् ।

जस्तै, कोलेरा संक्रमित व्यक्तिले छोएको खानेकुरा अरूले खाएमा र सङ्क्रमित व्यक्तिले जथाभावी दिशा पिसाब गर्नाले पनि अन्य व्यक्तिहरूलाई हैजा सर्ने गर्दछ ।

संक्रमण भएको करिब ६ घण्टा देखि ५ दिन भित्रमा यसको गम्भीर लक्षणहरु देखिन थाल्छ ।

यो संक्रमण हुनको लागि कुनै उमेर चाँहिदैन । यसले बालक देखि वृद्ध सम्म सबैलाई असर गर्छ ।

History of cholera disease in Nepali

कोलेरा (हैजा) रोगकाे इतिहास | History of Cholera Disease

सन् १८१७ मा भारत को जेसोर जिल्लामा कोलेरा अर्थात् हैजाकाे पहिलो पटक महामारी फैलिएको थियो । जसमा हजारौंको संख्यामा मानिसको मृत्यु भएको थियो ।

त्यसपछि सन् १८२६ देखि १८३७ करिब ११ वर्ष सम्म एसियाली राष्ट्र हुँदै युरोप, अमेरिका, चीन, जापान र ब्रिटेन सम्म कोलेराकाे दोस्रो महामारी (Second Colera pandemic) फैलियो ।

१९ औँ शताब्दीमा कोलेरा त्यो महामारी थियो जसले लाखौँको संख्यामा मानिसको ज्यान लिएको थियो ।

त्यसपछि सन् १८४६ देखि १८६० करिब १४ वर्ष सम्म कोलेरा काे तेस्रो महामारी फैलिएको थियो । त्यतिबेला कोलेराले विश्वमा तहल्का मच्चाएको थियो र लाखौँ को संख्यामा मानिसको मृत्यु भएको थियो ।

कोलेरा अर्थात् हैजाको लक्षणहरु | Symptoms of Cholera:

  • पानी जस्तो झाडापखाला लाग्ने (watery Diarrhea)
  • खाएको नपच्ने (Indigestion)
  • बान्ता हुने (vomiting)
  • रक्तचाप घट्ने ( Low Blood pressure)
  • पेट दुख्ने (Stomach pain)
  • मुख सुख्खा हुने (Dry Mouth)
  • ओठ सुक्ने ( Dry lips)
  • तिर्खा बढी लाग्ने (Feeling thirsty)
  • कमजोरी हुने
  • छालाको लचकतामा कमी आउने (Loss of Skin Elasticity)
  • मुटुको धड्कन बढ्ने (Rapid Heartbeat)
  • नाक,मुख, घाँटी, आँखा सुख्खा हुने आदि...

यस्ता किसिमका लक्षणहरू हैजाको लक्षणहरू हुन् । यदि तपाईंलाई यस्ता किसिमका समस्या देखिएको छ भने कृपया नजिकै को डाक्टर संग परामर्श गर्न ढिला नगर्नुहोस् ।

कोलेरा अर्थात् हैजाको उपचार | Treatment of Cholera:

काेलेरा अर्थात् हैजाको उपचार को लागि एन्टिबायोटिक र Intravenous Rehydration काे आवश्यता पर्दछ ।

एन्टिबायोटिक औषधिले Vibrio cholerae नामक ब्याक्टेरिया (bacteria) काे अन्त्य गरी यो रोग उपचार गर्न मद्दत गर्दछ भने, IV sline द्वारा शरीरमा पानीको मात्रा पुर्याएर शरीरमा पानीको कमी हुनबाट अर्थात् निर्जलिकरण (Dehydration) हुनबाट बचाउँदछ ।

कोलेरा सङ्क्रमण हुँदा शरीरमा पानीको कम हुने कारण Dehydration हुनबाट शरीरलाई बचाउन Intravenous Rehydration काे जरुरी पर्दछ ।

रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो भने झैँ, काेलेरा लागेर जटिल अवस्थामा तत्काल उपचारको पद्धति खोज्नु भन्दा कोलेरा लाग्न नै नदिनु उत्तम उपचार विधि हो ।

माथि बताए अनुसार तपाईंले बुझ्नु भएको छ कि कोलेरा संक्रमण हुनुको मुख्य कारण दुषित खाना र दुषित पानी हो । उसोभए तपाईंलाई यो जिज्ञासा पनि लाग्न सक्छ की कोलेरा महामारीमा के सबैले दुषित खाना खाएर वा दूषित पानी नपिएर मात्र भएको हो त?

पक्कै होईन, तर रोग काे सुरुवात दुषित खाना र दुषित पानीबाट संक्रमण फैलियो । त्यसपछि संक्रमित व्यक्तिले लगाएको कपडा, रुमाल वा संक्रमित व्यक्तिले सँग हातेमालो गरी हात साबुन पानीले नधोई कुनै कुरा समाइयो वा खाइयो भने ती संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा पनि रोग सर्दछ ।

खाना शुद्ध भए पनि संक्रमित व्यक्ति संग हातेमालो गरे पछि साबुन पानीले हात धोएर मात्र खानु पर्छ । को व्यक्ति कुन रोग काे सिकार भएको हुन्छ थाहा हुँदैन ।

त्यसैले त भनिन्छ कसै संग हातेमालो गरे के हि खानु अघि साबुनपानीले मज्जाले हात धोएर मात्र खाने गर्नु पर्छ ।

कोलेरा अर्थात् हैजाबाट बच्ने उपाय | Colera Prevention:

  • सङ्क्रमित व्यक्ति संग सम्पर्कमा आए पछि साबुन पानीले हात धुने
  • के हि खानु अघि साबुन पानीले हात धुने
  • सङ्क्रमित व्यक्तिको कपडा छोए पछि साबुन पानीले हात धुने
  • संक्रमित व्यक्तिले जथाभावी दिसा पिसाब नगर्ने
  • शुद्ध खानेकुरा खाने
  • शुद्ध पानी पिउने
  • तातो पानी पिउने
  • संक्रमित व्यक्तिको कपडा नलगाउने

नोट: यदि तपाईंलाई कोलेरा अर्थात् हैजा संक्रमण भएको संका लागे नजिकैको अस्पतालमा सम्पर्क गर्न ढिला नगर्नुहोस् ।

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !