ग्यास्ट्राइटिस के हो ? Gastritis Meaning in Nepali

Kalpana
Gastritis in Nepali
(toc)

ग्यास्ट्राइटिस (Gastritis) भनेको पेटको समस्या हो. पेटमा हुने समस्यालाई ग्यास्ट्राइटिसको समस्या भनिन्छ. ग्यास्ट्राइटिस र ग्यास्ट्रिक शब्द फरक भए पनि वास्तविक नाम ग्यास्ट्राइटिस हो.

पेटमा जलन हुनु, पेटमा खाना नपच्नु, भोक नलाग्ने समस्या हुनु, वाकवाकी लाग्नु, छाती पोल्नु, अपच हुने समस्या आदि ग्यास्ट्राइटिसको समस्या अन्तर्गत पर्छ.

ग्यास्ट्राइटिस भएमा शरीरमा अनेकौं किसिमका समस्याहरु उत्पन्न हुन्छन्. जस्तै,

यी माथि बताइएका समस्याहरु ग्यास्ट्राइटिस काे समस्या भई उत्पन्न हुने रोगहरु हुन्.

VIDEO

ग्यास्ट्रिकको समस्या हुँदा छाती पोल्ने र अमिलो पानी आउने समस्या पनि देखिन्छ । ग्यास्ट्राइटिस हुँदा छाती पोल्नु कारण एसिड रिफ्लक्स (Acid Reflux) भएर हो ।

हाम्रो पेटमा खाना पचाउने पाचन रस हुन्छ. यो पाचन रस अत्यन्तै कडा एसिड हो । पाचन रस पेटबाट माथि मुख तिर फर्किंन गएमा, यसले खाध्य नली Esophagus को तल्लो भागमा असर गर्छ र छाती पोल्ने समस्या हुन्छ ।

Lower Esophagus in Nepali

यो माथिको फोटोमा देखाइएको अनुसार कालो घेरा लगाइएको नली, हामीले खाएको खाना पेटमा पुग्ने एक खाध्य नली हो. घाँटी देखि पेट सम्म जोडिएको २५ से. मि लामो खाध्य नलीलाई इसोफेगस / एसोफैगस (Esophagus) भनिन्छ.

यो खाध्य नलीको तल्लो भाग Lower Esophagus मा एक खुल्ने र बन्द हुने भल्भ हुन्छ. उक्त भल्भ खाना खाएको बेला खुल्छ र पेटमा खाना झरी सक्दा बन्द हुन्छ.

जब यो भल्भकाे खुल्ने र बन्द हुने प्रक्रिया कमजोर हुन्छ तब पेटको पाचन रस (एसिड) माथि मुख तिर फर्किन जान्छ र छाती पोल्ने गर्छ. यसलाई ग्यास्ट्राइटिस (Gastritis) को कारण छाती पोलेको भन्ने गर्छौं तर यो एसिड रिफ्लक्स (Acid Reflux) को समस्या हो । एसिड रिफ्लक्सलाई मानिसहरू ग्याष्ट्रिक कै समस्या काे रूपमा चिन्ने गर्छन् ।

ग्यास्ट्राइटिसको प्रकारहरु (Types of Gastritis)

ग्यास्ट्राइटिस २ प्रकारका हुन्छन् ।

  • Short-Term Gastritis
  • Long-Term Gastritis

Short-Term Gastritis र Long-Term Gastritis बारे जान्न काे यहाँ क्लिक गर्नुहोस्।

ग्याष्ट्रिक कसरी हुन्छ ? ग्याष्ट्रिक हुने कारणहरू | Causes of Gastric

ग्यास्ट्राइटिस हुने कारणहरु धेरै हुन्छन्. ग्यास्ट्राइटिसको मूल कारण अव्यवस्थित खानपान, अनियमित खानपान, बढी तेलीय पदार्थ युक्त खाना, मोटोपन आदि कारणहरुले ग्यास्ट्राइटिसको सुरुवात गर्छ.

ग्यास्ट्राइटिस पेटको समस्याले हुने हुँदा ग्यास्ट्राइटिस को उपचार (Gastric Treatment) गर्न सबै भन्दा पहिला खानपानमा ध्यान दिने र खानपान सुधार गर्नु पर्ने हुन्छ ।

ग्यास्ट्राइटिस (Gastritis) बाट बच्ने उपाय नै स्वस्थ्य खानपान गर्नु हो. हामीले स्वस्थ्य खाना खाएमा हाम्रो पाचन प्रणाली मजबुत हुन्छ र पेटमा समस्या उत्पन्न हुन पाउँदैन । खानपान मा सुधार र दैनिक व्यायाम गरी ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुनबाट बच्न सकिन्छ.

ग्यास्ट्राइटिस खानाको कारण मात्र नभएर विभिन्न किसिमका औषधी सेवन गर्दा पनि ग्यास्ट्राइटिसको समस्या देखिन्छ ।

विभिन्न औषधि सेवन गर्दा ग्यास्ट्रिक नियन्त्रण गर्न डाक्टरले अन्य रोगको औषधि संगै ग्यास्ट्राइटिसको औषधि पनि दिएका हुन्छन्.

उक्त औषधि डाक्टरले दिएको सल्लाह अनुसार नियमित सेवन गरे सो औषधिले ग्यास्ट्राइटिस बढ्न दिदैन र अन्य औषधि सेवन गर्दा पनि ग्यास्ट्राइटिसको समस्या हुनबाट बच्न सकिन्छ.

त्यसैगरी गलत खानपानको कारण, धेरै रक्सि सेवन गर्दा, बासी खान खाँदा पेट बिग्रिएर केहि दिन ग्यास्ट्राइटिस हुन्छ र के हि दिन पश्चात आफैं ठिक हुने पनि हुन्छ.

यस्तो किसिमको ग्यास्ट्राइटिसलाई तेस्रो प्रकारको ग्यास्ट्राइटिस (Type C Gastritis) भनिन्छ ।

VIDEO

पेटमा ब्याक्टेरिया (Bacteria) को कारणले पनि ग्यास्ट्राइटिस हुने गर्छ. हाम्रो पेटमा एच. पाइलोरी ब्याक्टेरिया संक्रमण (H. pylori Bacteria Infection) काे कारण पनि ग्यास्ट्राइटिस हुन्छ ।

एच पाइलोरी ब्याक्टेरिया काे पूरा नाम हेलिकोबैक्टर पायलोरी ब्याक्टेरिया (Helicobacter pylori) हो ।

एच पाइलोरी (H. pylori Bacteria) ब्याक्टेरियाको कारण हुने ग्यास्ट्राइटिसलाई पहिलो प्रकारको ग्यास्ट्राइटिस (Type A Gastritis) को रुपमा मानिन्छ ।

कुनै व्यक्तिलाई एच. पाइलोरी ब्याक्टेरिया संक्रमण (H. pylori Bacteria Infection) भएको छ भने यसले पेटमा अल्सर (Ulcer) गराउने सम्भावना धेरै हुन्छ.

त्यसैले ग्याष्ट्रिकबाट उत्पन्न हुने अनेकौं किसिमका रोगहरूबाट बच्न ग्यास्ट्राइटिसको उपचार (Gastritis Treatment) समय मै गर्नु पर्छ ।

स्वास्थ्य सँग सम्बन्धित विभिन्न जानकारीकाे लागि यहाँ क्लिक गरी हाम्रो युटुब च्यानलका भिडीयोहरु छानी- छानी हेर्नुहोस् ।

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !