निमोनियाको लक्षणहरु | Pneumonia Symptoms in Nepali

Kalpana
Pneumonia Symptoms in Nepali
(toc)

निमोनिया के हो ? (What is Pneumonia?)

निमोनिया स्वास प्रश्वास सम्बन्धि रोग अर्थात फोक्सोको रोग हो.स्वासप्रस्वास सम्बन्धि विभिन्न भाइरस वा ब्याक्टेरिया संक्रमण हुँदा यसले फोक्सोमा भएको हावाको थैली (Alveoli) फुलाउँछ र Alveoli सुन्निन्छ. Alveoli सुन्निनुलाई फोक्सो सुन्निएको भनिन्छ.

एल्वियोली के हो ? (What is Alveoli?)

एल्वियोली (Alveoli) फोक्सोमा ग्यास आदान-प्रदान हुने एक सुक्ष्म हावाको थैली (Air Sacs) हो.

मानव शरीरको एक फोक्सोमा करिव ३०० मिलियन एल्वियोली (Alveoli) हुन्छ भने दुवै फोस्कोमा करिव ६०० मिलियन एल्वियोली (Alveoli) रहेका हुन्छन्.

यिनै एल्वियोली (Alveoli) मार्फत शरीरमा अक्सिजन र कार्बोन डाईअक्साइड साटासाट हुने गर्छ.

रगतको सेलमा भएको कार्बोनडाईअक्साइड एल्वियोली (Alveoli) मा आउँछ र स्वास लिंदा फोस्कोमा भएको अस्क्सिजन उक्त रगतको सेलमा जान्छ. यसरी स्वास प्रस्वास प्रक्रिया हुन्छ.

Read More:

एल्वियोली (Alveoli) मा संक्रमण भए पछि निमोनिया हुने गर्छ.

फोस्कोमा भएको एल्भियोली (Alveoli) सुन्निए पछि यसले स्वास लिन कष्ट भई स्वासप्रस्वासमा समस्या उत्पन्न गराउछ.

स्वास प्रस्वासमा समस्या आए पछि शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ र ओठ, अनुहार निलो हुन थाल्छ. विशेष गरी रुखा, खोकी, ज्वरो बिग्रीए पछि निमोनिया हुन्छ. कोरोना भाइरस संक्रमणबाट पनि निमोनिया हुन्छ.

निमोनिया विभिन्न भाइरल रोग, ब्याक्टेरिया संक्रमण र फंगल संक्रमणबाट हुने गर्छ. निमोनिया ३० वटा भन्दा बढी करणहरुले हुने गर्छ.

निमोनियाको लक्षणहरु (Pneumonia Symptoms in Nepali) :

निमोनियाको लक्षणहरु (Symptoms of Pneumonia) सुरुमा मध्यम प्रकारको हुन्छ. निमोनियाको लक्षण सजिलै छुट्याउन निकै कठिनाइ हुन्छ.

VIDEO

यदि कसैलाई निमोनिया (Pneumonia) भएमा उसको शरीरले निमोनिया प्रति कसरी प्रतिक्रिया गर्छ भन्ने व्यक्ति, उमेर, संक्रमण गर्ने जीवाणु देखि व्यक्तिको स्वास्थ्य आवस्था अनुसार फरक हुन्छ.

निमोनियाको लक्षणहरु (Symptoms of Pneumonia)

  • छाती दुख्ने (Chest Pain)
  • स्वास प्रस्वासमा समस्या हुने (Respiratory problems)
  • स्वास लिन कस्ट हुने (Hard to breathe)
  • कफ निस्कने (Coughing)
  • कफमा रगत आउने (Coughing up blood)
  • कफ पहेंलो, हरियो जस्तो वा रातो आउने (Coughing up yellow, green or red)
  • धेरै ज्वरो आउने. करिव 103°F देखि 105°F सम्म हुन सक्छ. (High fever)
  • शरीर तातेर पसिना निस्कने (Sweating)
  • काम ज्वरो आउने (Fever)
  • स्वाँ-स्वाँ बढ्ने (breathlessness)
  • भोक हराउने (Loss of appetite)
  • शारीरिक इनर्जी कम हुने (Lack of physical energy)
  • थकान लाग्ने (Feeling tired)
  • बाल-बच्चाहरुमा बमिट हुने,वाकवाकी गर्ने (Nausea Vomiting)
  • आकस्माक चेतना हराउने (Loss of consciousness)
  • ओठ,अनुहार निलो हुने (Blue lips or Blue Face)
  • ओठ, जिब्रो सुख्खा हुने (Dry lips and tongue)
  • प्यास बढ्ने (Excessive in thirst)
  • अत्याधिक खोकी लाग्ने (Excessive coughing)
Our website uses cookies to enhance your experience. Learn More
Accept !