बिहानै तातो पानी पिउनुको फाइदाहरु | Benefits of Drinking Warm Water in the Morning

Kalpana
Benefits of Drinking Warm Water in the Morning
(toc)

तातो पानी वा चिसो पानी दुवैले हाम्रो शरीरलाई निर्जलीकरण हुनबाट बचाउँदछ. अधिकांश मानिसहरु पानी कम पिउने गर्छन्.

पानी कम पिउने कारण शरीरमा पानीको कमि हुन जान्छ र मिर्गौलाको पत्थरी, ग्यास्ट्रिक, कब्जियत जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन सुरु हुन्छ.

केहि मानिसहरु चिसो पानी पिउन सक्दैनन्. किनकि कसैलाई चिसो पानीले असर गर्दछ. त्यस्ता व्यक्तिहरुले सधैं तातो पानी पिउनु पर्दछ. पानीलाई उमालेर एउटा सफा भाँडोमा छोपेर राखी चिसो बनाएर पनि पिउन सकिन्छ.

पानीलाई उमाले पछि पानीमा भएका सुक्ष्म जीव, ब्याक्टेरियाहरु मर्दछन र उक्त पानी पिउनु शरीरको लागि अत्यन्त फाइदाकारी हुन्छ. तातो पानी जसरी पनि पिउन सकिन्छ.

केहि मानिसहरु पानी उमालेर मन तातो बनाइ पिउने गर्छन त के हि पानी उमालेर सेलाएर चिसो बनाएर पनि पिउने गर्छन.

हामीले पानी पिउँदा सधैं स्वच्छ पानी पिउनु पर्छ.हेर्दा सफा पानी देखिए पनि पानी दुषित हुन सक्छ. पानी फिल्टर गरेर पिउनु भन्दा उमालेर सेलाएको पानी पिउनु उत्तम हुन्छ.

VIDEO

विशेष गरी बिहानको समय ओक्ष्यानबाट उठे पछी हामीले दैनिक २ गिलास पानी पिउनु पर्छ. बिहान उठेको बेला हाम्रो पेटमा एसिडको मात्रा बढेको हुन्छ.

बेलुका खाना खाएर सुते पछि हाम्रो पेटमा भएको खाना पचेर सकिएको हुन्छ. पेटमा ग्याँस बढेको हुन्छ. शरीरमा पानीको मात्रा कम भएको हुन्छ र पेटमा एसिडको मात्रा बढेको हुन्छ. यो समय पानी पिएर पेट सफा गर्दा पाचनमा समस्या उत्पन्न हुन पाउँदैन र पेट सधैं स्वस्थ्य रहन्छ.

बिहान उठेको बेला चिसो पानी भन्दा तातो पानी पिउनु उचित हुन्छ. दैनिक बिहान तातो पानी पिउने गर्दा स्वास्थ्यमा अत्यन्तै धेरै फाइदा मिल्दछ.

तातो पानी पिउनुको फाइदाहरु (Warm Water Benefits in Nepali)

हरेक दिन बिहान उठेको बेला चिसो पानी पिउनु को सट्टा मनतातो पानी पिउने गर्दा स्वास्थ्यमा यस्ता किसिमका अनेकौं फाइदाहरु मिल्दछ.

ग्यास्ट्रिकबाट राहत (Gastric Relief) :

दैनिक बिहान उठेको समय पेट खाली भएको हुन्छ. पेटमा एसिडको मात्रा बढेको हुन्छ र पेटमा ब्याक्टेरियाको बृद्दी भएको हुन्छ. तातो पानीले पेटमा न्यानो पन दिदछ र ग्यास्ट्रिक बाट राहत मिल्दछ.

पेटमा भएको खराब पदार्थहरु बाहिर निकाल्न मद्दत गर्दछ. पेटमा भएको खराब ब्याक्टेरियालाई नियन्त्रण गर्दछ. यस्तो हुँदा पेटमा खराब पदार्थको कमि आइ ग्यास्ट्रिकबाट छुटकारा मिल्दछ.

कब्जियतबाट राहत (Relieve Constipation)

बिहानको खाली पेटमा तातो पानी पिउने गर्दा कब्जियत बाट राहत मिल्दछ. तातो पानीले दिसा खुलाउने गर्छ. पेटको बिकार पदार्थलाई तातो पानीले दिसा खुलाई बाहिर निकाल्न मदत गर्दछ.

कब्जियत भनेको दिसा नलाग्ने समस्या हो. दैनिक बिहान तातो पानी पिउने गर्दा आन्द्राको कार्यमा सुधार आउदछ.पेटको दुखाइ कम गर्छ.

बेलुका खाएको खानाको के हि अंस अपच भएर बसेको भए उक्त अपच खानलाई दिसामा पठाउन मद्दत गर्दछ. दैनिक बिहान खाली पेटमा तातोपानी पिउँदा दैनिक पेटमा सुधार आउनेछ र कब्जियतको समस्याबाट राहत मिल्दछ.

दुखाइमा छुटकारा (Pain Relief):

मासिक धर्मको बेला पेट दुख्ने समस्या, टाउको दुख्ने समस्या, माइग्रेनको समस्या , पेट दुख्ने समस्या जस्ता विभिन्न समस्याहरु बाट तातो पानीले छुटकारा दिदछ. शरीरको विभिन्न अंगहरुमा दुखाइ भएका व्यक्तिहरुले तातो पानी पिउने गरे यसले पेटमा गर्मि बढाउँदछ र शरीरमा रगत संचालनमा सुधार ल्याउँदछ जसले गर्दा शरीरको विभिन्न अंगहरुमा हुने दुखाइ कम गराउन तातो पानीले मदत गर्दछ.

तौल घटाउने (Weight Lose) :

दैनिक बिहान तातो पानी पिउने गर्दा यसले तपाइँको तौल घटाउन मद्दत गर्दछ. परापुर्वकाल देखि नै तौल कम गर्नको लागि तातो पानी पिउने प्रचलन छ.

तातोपानीले शरीरमा तापक्रम बढाउँदछ र यसले शरीरको मेताबोलिक दरमा सुधार गरी शरीरको क्यालोरी कम गर्दछ. जसको परिणाम स्वरूप शरीरको तौल घट्ने र मृगौलालाई पनि स्वास्थ्य राख्न मदत गर्दछ.

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !