मधुमेह के हो ? कसरी बँच्ने ? मधुमेहको लक्षणहरु Diabetes Symptoms in Nepali

Kalpana
Diabetes Symptoms in Nepali
(toc)

मधुमेह रोगलाई चिनी रोग, सुगर वा डायबिटीज (Diabetes) को नामले चिनिन्छ । मधुमेह अहिलेको समयमा अधिकांस मानिसहरुमा भएको छ । दिनानु-दिन अनेक किसिमका रोगहरु बढी रहेका छन् । विभिन्न ठाउँमा, विभिन्न नामका हस्पिटलहरु खुल्नेको संख्या दिनानु दिन उत्तिकै बढी रहेको छ ।

गाउँ देखि शहर सम्मका बजारहरु महंगीले छोई सक्नु छैन । विभिन्न कारणले गर्दा किसानहरु पनि अर्गानिक खेति गर्न छोडी सकेका छन् । अर्गानिक खेति गर्ने किसानहरुको संख्या घटी रहेको छ र बजारमा विभिन्न किसिमका बिषादीहरु प्रयोग गरी उत्पादन गरिएको खाद्यान्नहरु किनेर खानु पर्ने हामी सबैको बाध्यता छ र त्यहि बिषादी युक्त खाना हामी दैनिक खाइरहेको छौं ।

त्यति मात्र कहा हो र ? जताततै धुँवा, धुलो र बिषादी हावा पानी, बिषादी नपिन साथै Technology को बिकासले शरीरलाई आवस्यक पर्ने व्यायाम (Exercise) बिल्कुलै छैन ।

ओल्लो घर देखि पल्लो घर नजिकैको चोक जान पनि सवारी साधनको प्रयोग जस्ता विभिन्न कारणहरुले पनि अहिले मानिसलाई धेरै रोगले च्याप्ने गरेको छ र ति रोगहरु मध्य सबै भन्दा बढी मधुमेह यानिकी चिनीरोग अर्थात डायबिटीज (Diabetes) देखिने गरेको छ ।

मधुमेह रोग भनेको के हो ? ( What is Diabetes ?

मधुमेह रोग (Diabetes) हाम्रो शरीरको रगतमा भएको सुगर अर्थात गुलियो पदार्थ या भनौं ग्लुकोजको मात्रालाई बुझाउँछ । हामि जतिपनि खानाहरु खान्छौं, ति सबै हाम्रो शरीरले एसिड र एन्जाइम्स संग मिश्रण गरी पचाउने काम गर्दछ. उक्त खाएको खाना Digest भए पछि यसबाट शरीरमा एक किसिमको सुगर अर्थात गुलियो पदार्थ उत्पन्न हुँदछ जसलाई ग्लुकोज भनिन्छ । हामीले खाएको खानाबाट पाइने पोषण तत्वहरु यसरी नै सधैं ग्लुकोजमा परिणत हुने गर्छ ।

यसपछि प्याङक्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन (Insulin) निकाल्न सुरु गर्छ र इन्सुलिनले सो ग्लुकोजको मात्रालाई इनर्जी (Energy) बनाएर रगत मार्फत हाम्रो शरीर भरी पठाउने गर्छ ।

जब प्याङक्रियाज (Pancreas) मा इन्सुलिन हर्मोनको मात्रा कम हुन्छ, तब रगतमा ग्लुकोज वा चिनिको मात्रा बढ्दछ र हाम्रो‌ शरीरको अन्य अङगहरुलाई असर गर्न थाल्छ ।

जसमा आँखा, मृगौला र मुटुलाई बढी असर पर्दछ । हाम्रो प्याङक्रियाज पाचन ग्रन्थिबाट इन्सुलिन हर्मोन बनिने गर्छ । इन्सुलिनको काम रगतमा रहेको ग्लुकोजको मात्रालाई शरीरमा इनर्जी दिनु हो । यही हर्मोनको कारणले हाम्रो रगतमा भएको सुगरको मात्रा सधैं कन्ट्रोलमा बसेको हुन्छ ।

डायबिटीज (Diabetes) मुख्य २ प्रकारको हुन्छ ।

  1. टाइप १ डायबिटीज (Type 1 Diabetes)
  2. टाइप २ डायबिटीज(Type Diabetes)
  3. टाइप १ डायबिटीज (Type 1 Diabetes) :

    टाइप १ डाइबिटिज (Type 1 Diabetes) भन्नाले शरीरमा इन्सुलिन हर्मोन नबन्नु भन्ने बुझिन्छ । यो विशेष गरी बाल बच्चाहरुमा ५/६ वर्ष भन्दा माथी १७/१८ वर्ष सम्मका लाई हुने गर्छ । प्याङक्रियाज ग्रन्थिमा इन्सुलिन बनिने कोशिकाहरु नस्ट भएर जान्छन र इन्सुलिन हर्मोन बन्न सक्दैन ।

    यो इन्सुलिन नबन्ने कारणहरु मध्य पहिलो बँशाणुगत कारण हुन्छ भने दोस्रोमा विभिन्न भाइरसहरुको सङ्क्रमणको कारणले हुने गर्छ । यस्ता कारणहरुले सानै उमेरमा इन्सुलिन बनिने कोशिकाहरू नस्ट भएर जान्छ । यस्तो हुँदा इन्सुलिन हर्मोन जिवन भरी इन्जेक्सन मार्फत लिनु पर्ने बाध्यता पनि बन्न सक्छ ।

    टाइप २ डायबिटीज (Type 2 Diabetes) :

    टाइप २ डाइबिटिज (Type 2 Diabetes) धेरैको कमन डायबिटीज (Diabetes) हो । यो मधुमेह (Diabetes) हर कोहिलाई हुने गरेको पाइन्छ । यो प्रकारको डायबिटीजमा शरीरमा इन्सुलिन बनिरहेको हुन्छ तर आवस्यकता भन्दा अत्याधिक कम वा बढी बनिन्छ तर नर्मलमा हुँदैन. यो प्रकारको मधुमेह हुँदा शरीरमा सहि तरिकाले काम नगर्ने प्रकारको इन्सुलिन बनिने गर्छ । त्यसैले प्राय धेरैलाई यो "टाइप २" डायबिटीज हुने गरेको पाइन्छ ।

    टाइप २ डायबिटीज (Type 2 Diabetes) कसरी हुन्छ ?

    टाइप २ डायबिटीज (Type 2 Diabetes) हुने कारणहरु विभिन्न हुन्छन्.

    • शारीरिक कसरतको कमी
    • विभिन्न रेडिमेड खानाहरुको कारण
    • अत्याधिक मासुको सेवन

    जस्ता कारणहरुले यतिबेला सानै उमेरका (करिव १२/१३ वर्ष) उमेरबाटै डायबिटीज (Diabetes) देखिन सुरु भएको छ । शरीरको वजन धेरै हुनेहरुलाई डायबिटीज हुने सम्भावना अत्यधिक बढि हुन्छ ।

    त्यसैले सधैं आफ्नो शरीरको वजनलाई नियन्त्रमा राख्नु पर्छ भने मोटोपन हुन दिनु हुँदैन । टाइप २ डायबिटीज महिला र पुरुष दुबैलाई हुन्छ तर डायबिटीज हुनेहरुको आधारमा हेर्ने हो भने महिलाहरुमा भन्दा पुरुषहरुमा बढी हुने गरेको पाइन्छ ।

    डायबिटीज (Diabetes) हुने मुख्य कारणहरु मध्यमा एक बँशाणुगत समस्या पनि रहेको छ ।

    बंशाणुगत समस्या :

    बँशाणुगत समस्या भन्नाले बंशबाट सर्ने रोग हो. जब महिलाको पेटमा गर्भ राख्न पुरुष र महिला बीच यौन सम्बन्ध हुन्छ तब ती पुरुष र महिलाको शरीरमा सुक्रकिट यानिकी बिर्य मार्फत बंशाणुगत रोगका भाइरसहरुको के हि हिस्सा प्रवेश गर्दछ र उक्त गर्भमा बन्दै गरेको बच्चाको शरीरमा ती रोगका भाइरसहरु प्रवेश भएको हुन्छ र यसैबाट कुनै पनि बंशाणुगत रोगहरुको बिकास हुन्छ ।

    बंशबाट सर्ने डायबिटीज माथि बताइएको जस्तै यदि घरमा बुबा, आमा, भाइ, बहिनी कुनै पनि सदस्यलाई भएको छ भने यो अरुलाई पनि हुने गर्दछ । त्यसैगरी निन्द्रा नपुग्नु , ननिदाउनु वा निन्द्रा नलाग्नु, जंकफुडको सेवन धेरै हुनु, गुलियो बढी खानु , कोलेस्ट्रोल बढ्नु, उच्च रक्तचाप हुनु र चिनियुक्त खानेकुराहरुको अधिक सेवनबाट डाइबिटिज हुने गर्छ ।

    डाइबिटिज भएकाहरुमा ५० देखी ६० प्रतिशत सम्म हर्ट अट्याक (हृदयघात) हुने सम्भावना हुन्छ । शरीरमा ग्लुकोजको मात्रा बढेपछि हर्मोनमा परिवर्तन आउने हुन्छ र रक्त धमनीमा रक्तसन्चारको कमि भई अर्थात् रगत ब्लक हुन गइ हर्टअट्याक हुने सम्भावना बढ्दछ ।‌ डायबिटीजको उपचार सुरुमै गर्न सकिएन र सुरुमै डायबिटीजको अवस्थालाई चिन्न सकिएन भने आँखाको रेटिनालाई पनि नस्ट गर्छ र सधैंको लागी अन्धो बनाउन सक्छ ।

    डायबिटीजका लक्षणहरु के के हुन ? (Diabetes Symptoms)

    डायबिटीज हुँदा बढी तिर्खा लाग्ने हुन्छ । किनभने शरीरमा भएको पानी र सुगरको मात्रा बारम्बार पिसाबबाट सकिने गर्छ र हाम्रो शरीरलाई पानीको आवस्यकता बढी पर्दछ र तिर्खा लागिरहन्छ । तर तिर्खा लाग्दैमा डायबिटीज भयो भनेर आत्ती हाल्नु पर्दैन तर ख्याल गर्नु पर्दछ ।

    डायबिटीजका अन्य लक्षण देखिए सङ्गै तिर्खा पनि बढ्दै गयो भने चेकप गर्न जानु पर्दछ । साथै डायबिटीज हुँदा पिसाब पनि जत्ती बेलै लागेको लागै गर्छ । जब रगतमा सुगर को मात्रा वा ग्लुकोज को मात्रा बढ्छ तब त्यो ग्लुकोज पिसाब बाट बाहिरिन्छ र पिसाब लागेको लागै गर्ने हुन्छ । शरीर मा थकान अत्याधिक हुने गर्छ । रातभरी लामो समय मजाले सुतेर बिहान उठ्दा पनि निन्द्रा नपुगेको जस्तो भई रहन्छ ।

    आँखाको क्षमता कम हुन्छ, टाढासम्म नदेखिने, मधुरो हुने जस्ता समस्याहरु आउने गर्छ । कुनैपनि बस्तु चिन्न धेरै बेर ठम्याउनु पर्ने हुन्छ । डाइबिटिज को सुरुवाती लछण मै अचानक शरीर को वजन कम भएर आँउछ । रूघा खोकी लाग्यो भने हत्तपत्त निको हुँदैन ।

    हात-खुट्टाको छालामा र यौनाङ्ग वरिपरीको छालामा चिलाउने किसिमका घाउखटिराहरु आउछन र निको नहुने हुन्छ । भोक अत्याधिक लाग्ने गर्छ, शरीरमा कुनै चोट लाग्यो भने हत्तपत्त निको हुँदैन । पिसाव गर्दा पिसाव गरेको जमिन मा कमिला लाग्दछन कारण पिसाव मा ग्लुकोज को मात्रा यनिकी गुलियो पदार्थ गएको हुन्छ । र कमिला लाग्ने गर्दछ । रिगटा लाग्ने शरीर कमजोर हुने, निन्द्रा लागेजस्तो हुने जस्ता लक्षणहरु देखा पर्छन् । यदि यस्ता लक्षणहरु देखिन सुरु भए तुरुन्त आफ्नो सुगर लेभल टेस्ट गराइहाल्नुपर्छ ।

    सुगर को लेभल बिहान केही नखाँदा १00 mg/dL (5.6 mmol/L) र खाना खाएपछी 125 mg/dL (5.6 to 6.9 mmol/L) हुनु पर्दछ । यो भन्दा माथि गए शरीरमा सुगर बढन सुरु भएको बुझिन्छ ।

    सुगरको लेभल बिहान केही नखाँदा १00 mg/dL (5.6 mmol/L) र खाना खाएपछी 125 mg/dL (5.6 to 6.9 mmol/L) हुनु पर्दछ । यो भन्दा माथि गए शरीरमा सुगर बढन सुरु भएको बुझिन्छ ।

    सुगर लेभल बढ्दा के गर्ने ? के नगर्ने ?

    सुगर लेभल बढेको अबस्था आएमा शारीरिक कसरत गर्न सुरु गरि हाल्नु पर्ने हुन्छ । शरीर बाट पसिना निकाल्न थाल्नुपर्छ, काम गर्नुपर्छ, जिम गर्नुपर्छ, कम क्यालोरी वाला खानाहरु खानुपर्छ, गुलियो चिजको सेवन पटक्कै गर्नु हुदैन । मासुको सेवन गर्नुहुदैन, सब्जीमा हरियो सागपात, लहराहरु, बोडीहरु, ताजा फलफुल जुन गुलियो नहुने किसिमका, चना मटर हरु उमारेर खाने गर्नुपर्छ ।

    सुगर हुनेहरुले करेला को सब्जीको झोल खानुपर्छ, करेलाको जुस नियमित खानुपर्छ, यसले सुगर लेभल लाई बढ्न दिदैन । मेथीको दानालाई पिसेर पाउडर बनाएर हरेक दिन बिहान १ चम्चा तातो पानीको साथ पिउने गर्नु पर्दछ । सुगरको समस्या भएकाहरु लाई मेथी ले अत्याधिक फाइदा गर्दछ ।

    त्यसैगरी त्रिफलाको चुर्ण नियमित बिहान खालि पेटमा सेवन गर्नु पर्दछ र १ घण्टा सम्म केहि खानु हुदैन । त्रिफला छैन भने हर्रो, बर्रो को पाउडर बनाउन सकिन्छ । यदि आयुर्वेदिक पसलमा जानुभयो भने त्यहा त्रिफला पाइन्छ । त्रिफला‌ ले पनि सुगर लेभल को मात्रा लाई घटाउन अति नै सहयोग गर्दछ । लौका को सब्जी, पर्बल को सब्जी, पालक को साग, रायो को साग, मुलाको साग, तोरीको साग, सुपको साग, काँचो मेवा, सलगमहरु प्रसस्त मात्रामा खानुपर्छ । भेज खानाहरु मा बल गर्नुपर्छ ।

    कार्बोहाइड्रेट पाइने खानाहरु खानु हुदैंन । कार्बोहाइड्रेड पाउने मा जस्तै एक आलु हो । तपाइले सुन्नु भएको होला "जामुन" यो सुगरको बिमारीको लागी अत्यन्तै राम्रो औषधी हो । यदि तपाइको गाउँघर वरपर वा बजार मा पाइन्छ जामुन भने मज्जाले खान सक्नु हुनेछ । यदि जामुन धेरै छ भने जामुनको दाना को पाउडर बनाएर पनि दिनमा २/३ पटक तातोपानीमा पिउन सक्नुहुन्छ । स्टार्च पाइने खानाहरु आलु, चामल, ब्रेडहरु खानुहुन्न । Parboiled rice खाने गर्नुपर्छ । यसलाई नेपालीमा उसिना चामल भनिन्छ ।

    चामल मा भएको कार्बोहाइड्रेट उमालेर सुरु मै फ्यालिएको हुन्छ । स्वास्थ्यका लागी उसिना चामल को भात अति नै राम्रो हुन्छ । उसिना चामल को भात सुगर भएका ले मात्र होइन सबैले खान सकिन्छ । उसिना चामल को भात खादा पेट लाई सफा बनाउछ । यदि पेट को समस्या बाट हैरान हुनुन्छ भने उसिना चामल को भात खाने गर्नु पर्दछ ।

    साधारण मानिसहरुले पनि मुख्यतया ध्यान दिनुपर्ने कुराहरु :

    • तिर्खा धेरै लाग्ने
    • पिसाब आईरहने
    • आँखा मँधुरो हुने
    • कुनै चिज ठम्याउन गाह्रो हुने
    • जति धेरै सुते पनी थकाइ मात्रै लाग्ने
    • अल्छी लाग्ने
    • यस्ता समस्या देखिए तुरुन्तै सुगर चेक गराउन जानु पर्दछ । यी लक्षण सुगरको पहिलो लक्षणहरु हुन र पुरै सुगर भइ नसकेको अवस्था हो । यदि यी लछण लाई ध्यान दिइएन भने आँखा को ज्योती गुम्न पनि सक्छ । किड्नी र मुटु मा ठुलो समस्या आउन पनि सक्छ । सुगर हुन उमेर ले छेक्दैन जुनसुकै उमेर समुहको मानिसहरुलाई पनि हुन सक्छ । अझ बढि ३० वर्ष कटेपछी धेरै कुरामा ध्यान पुर्याउनुपर्छ ।

      बाहिरका खानाहरु खानु हुदैन । शाकाहारी सब्जीमा बल गर्नु पर्दछ । शाकाहारी भनी रहदा यदि 15 दिन एक महिना मा एक पटक मासु खाने गर्नु भएको छ भने ठिक छ त्यो चाहिन्छ पनि शरीर को लागि तर दैनिक मासु खानु हुन्छ भने चै तुरुन्त मासु खान कम गरि शाकाहारी तिर बल गर्नु पर्दछ । गुलियो चिजहरु सेवन गर्नु हुदैन ।

      दैनिक २/३ घण्टा काम गरेर शरीर बाट पसिना बगाउनु पर्दछ । पानी धेरै पिउनु पर्दछ । यति गरेपछी सुगर को मात्रा सँधै नियन्त्रणमा रहन्छ । र सुगर लाग्न बाट बचिन्छ ।

      Read More

Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !