ओमिक्रोन भेरिअन्ट : कोरोना भाइरसको नयाँ प्रकार कसरी आयो ? Omicron variant of Coronavirus in Nepali

Kalpana
Omicron variant of Coronavirus in Nepali
(toc)

भ्याक्सिन पछि कोरोना सँक्रमण कम हुँदै गएको र 'हर्ड ईम्युनिटी' को कारण कोरोना सँक्रमितको सँख्या कम हुँदै गईरहेको थियो । तर फेरी एकाएक विश्वलाई हैरान पार्न सक्ने कोरोना भाइरसको नयाँ भेरिअन्ट (कोरोनाकाे नयाँ संस्करण ओमिक्रोन भेरिअन्ट) (Omicron variant of Coronavirus) दक्षिण अफ्रिकाबाट फैलिएको छ र फेरी एकपटक विश्वलाई चिन्ताको बिषय बनाएको छ ।

दक्षिण अफ्रिकामा कोरोना सँक्रमण भएका मानिसहरुबाट सँकलन गरिएका स्वाब नमुनाहरुको माध्यमबाट नयाँ भेरिअन्ट फैलिएको पता लागेको हो । ओमिक्रोन (Omicron B.1.1.529) नाम दिईएको भाइरस 24 Nov. 2021 मा विष्व स्वास्थ्य सँगठनमा सुचिकृत गरिएको छ ।

VIDEO

दक्षिण अफ्रिकामा यसभन्दा अघि कोरोनाको डेल्टा भेरिअन्ट (Delta Variant COVID) फैलिएको थियो भने अहिले फेरी नँया ओमिक्रोन भेरिअन्ट (Omicron Variant) फैलिएको छ । यो भेरिअन्टमा अत्यन्तै छिटो सर्न सक्ने गुण रहेको छ । यसमा धेरै सङ्ख्यामा म्युटेसनहरु रहेका छन । १५ दिन भित्रमा लगभग 90 % देखी 95% सम्म फैलिरहेको छ ।

यो नयाँ भाइरस ओमिक्रोन भेरिअन्टमा धेरै मात्रामा उत्परिवर्तन देखिएको छ । जस्कारणले गर्दा फेरीपनि एकपटक विश्वमा महामारी (Pandemic) फैलिन सक्ने सँभावित चिन्ता देखिएको छ । अफ्रिका (Africa) को सबैजसो प्रान्तहरुमा नयाँ भेरिअन्ट (Omicron Variant COVID-19) सँक्रमितको सँख्या बढ्दै गइरहेको छ र एसियाली देश हङकङ (Asian Country Hong Kong) मा पनि यो भेरिअन्टट फैलिसकेको छ । त्यसैगरी मध्यपुर्वी एसिया इजरायल (Middle Eastern country Israel) मा पनि यो ओमिक्रोन भेरिअन्ट (Omicron variant) देखिएको छ ।

नेपाल (Nepal) सहित अरु बिभिन्न राष्ट्रहरुले अफ्रिकाबाट आउने नागरिकहरुलाइ अनिवार्य रुपमा क्वारेन्टिन (Quarantine) बस्नुपर्ने भनिएको छ । बेल्जियम (Belgium), जर्मन (Germany) मा पनि ओमिक्रोन भ्यारिअन्ट (Omicron Variant) देखिएको छ ।

युरोपेली युनियन (European Union) ले आफ्ना देशहरुमा काम गर्ने समय घटाएको छ, रेस्टुरेन्ट तथा बार हरुको लागी नयाँ कार्य तालिका सार्वजनिक गरिसकेका छन । विवाह तथा पार्टीहरु गर्न बन्देज लगाइसकेको छन । युरोपेली युनियनले (European Union)अफ्रिकी देशहरुमा उडानहरु (Flights) बन्द गर्न सहमती जनाइसकेका छन र अरु देसहरुले पनि चाँडै नै उडानमा प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन ।

मध्यपुर्वी देशमा पनि यो भाइरस देखिएको हुनाले अरब देशहरुमा पनि यसको प्रत्यक्ष असर पर्न सक्छ । मल तथा बजार हरु, रेस्टुरेन्टहरु,सलुनहरु,बिभिन्न पार्टी प्यालेसहरुमा काम गर्ने समयावधी घट्न सक्छ वा केही समयको लागी बन्द हुन सक्छ । युरोप,बेलायत, अस्ट्रेलिया पनि कोरोना काे यो ओमिक्रोन भेरिअन्ट भाइरस (New Variant Omicron Virus) देखिसकेको छ ।

ओमिक्रोन भेरिअन्ट (Omicron Variant) लाई PCR (Polymerase Chain Reaction) टेस्टबाट नै चेक गर्न सकिने बताइएको छ । यो नयाँ भेरिअन्ट को बारेमा विश्व स्वास्थ्य संगठ (WHO) ले अनुसन्धान गरिरहेको छ तर अनुसन्धान कै क्रममा यो भेरिअन्ट अत्यन्तै छिटो बिभिन्न देशहरुमा फैलिन सफल भइरहेको छ ।

यो भाइरसले गर्दा फेरिपनि कोरोना भाइरस (coronavirus)को महामारी आउन सक्ने आशँका गरिएको छ । हरेक वर्ष चिसो मौसमी समय सुरु हुन थाले पछि कोरोना भाइरसको विभिन्न भेरिअन्टको लहर चल्ने गरेको छ । यो साल पनि नयाँ भेरिअन्ट ओमिक्रोन कोरोना भाइरसको लहर नचल्ला भन्न सकिदैंन ।

त्यसैले तपाईं जहाँ हुनुहुन्छ सचेत रहनुहोला । जुनरुपमा,जुनगतिले अहिलेको नयाँ ओमिक्रोन भेरिअन्टको भाइरस फैलिएको छ त्यसले ठुलै महामारी निम्त्याउन पनि सक्छ । त्यसकारण खोप लगाइसकेको भएपनि सुरक्षा सावधानीहरु अपनाउन अत्यन्त जरुरी देखिएको छ ।

अहिले सम्म हानिएको खोपले यस भेरिअन्टलाई काम गर्छ गर्दैन? भन्ने बिषयमा विश्व स्वास्थ्य संगठ (WHO) ले अनुसन्धान गरिरहेको छ । यदि खोपले काम गर्न सकेन भने ओमिक्रोन (Omicron) कोरोनाको (Corona) अर्को लहर सुरु हुने निश्चित रहेको छ । विकसित मुलुकहरुले कोभिड खोपको बुस्टर डोज (Coronavirus Vaccine Booster Dose) हान्न सुरु गरिसकेका छन तर नेपालमा भने दोस्रो डोज (Second Dose) पनि सबैले पाउन सकेका छैनन् । कोभिडको लहर चलिरहँदा विशेष गरी जाडो समयमा विषेष ध्यान दिनुहुन आग्रह गर्दछौं ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !