कमजोर रक्त संचारको लक्षणहरु | Poor Blood Circulation Symptoms in Nepali

Kalpana

कमजोर रक्त संचारको लक्षण भएमा

शरीरमा कमजोर रक्त संचार भएमा छेपारी वा खुट्टाको पिडुला दुख्ने, छेपारी फर्किने, पिँडुला बाटिरिएर थाम्नै नसक्ने हुने, खुट्टाको पिँडुला दुख्ने, हातको औलाहरु नचल्ने जस्ता समस्या देखिने गर्छ. कमजोर रक्तसंचार हुँदा हुने सबै समस्याको बारेमा तल विस्तृत रुपमा बताएको छ.

कमजोर रक्त संचारको लक्षणहरु :

  1. हातखुट्टाले काम नगर्ने
  2. हातखुट्टामा सुइले चस्स घोचेको जस्तो हुने
  3. थकान महसुस हुने
  4. औंला सिधा बनाउदा कुनै औला सिधा नहुने
  5. औंला तथा हात थरर काम्ने
  6. पिँडुला दुख्ने
  7. पिँडुला बटारिने
  8. खुट्टाका नसा फुल्लिने
  9. खुट्टामा भएका नसा बटारिने
  10. हातखुट्टा चिसो भइरहरने
  11. खुट्टाको गोली गाँठो सुन्निने
  12. खुट्टाको औंला सुन्निने
  13. हातका औला सुन्निने
  14. जोर्नीहरु माँसपेसी दुख्ने
  15. खुट्टामा सानातिना छालाको घाउ निस्किने

जस्ता अनेक समस्याहरु कमजोर रक्तसंचारको कारणले हुन्छ । रक्त संचार कमजोर हुनुको मतलब शरीरको हरेक अंग-अंगमा प्रयाप्त रगत प्रवाह नहुनु भन्ने बुझिन्छ ।

कमजोर रक्तसंचार भएपछि शरीरको सबै अंगहरुमा असर पार्छ । धेरै जसो खुट्टामा हातमा यसको समस्या देखिन्छ । कमजोर रक्तसंचारको लक्षणहरु प्राय ध्यान नदिइने, वास्ता नलाग्ने र अनेक प्रकारको लक्षणहरु हुन्छन. यसकारण हामी यस बारेमा खासै ध्यान दिंदैनौं. तर यी लक्षणहरूलाई भने गम्भिर लक्षणको रुपमा लिनु पर्ने हुन्छ ।

कुर्कुच्चा दुख्ने ६ मुख्य कारणहरु :

  • खुट्टाको कुर्कुच्चामा रहेको हड्डी बढ्यो र नसा च्यापिएमा
  • कुर्कुच्चाको पछाडी घाउचोट लागेमा
  • खुट्टामा प्रेसर परेमा
  • इलेक्ट्रोलाइटको मात्रा घटेमा
  • फ्लाट खुट्टा भएकाहरुमा
  • भेरिकोस भेन फुलेमा

कसैको खुट्टाको पिडुला तिर रगत जम्छ यस्तो हुँदा खुटा पोल्ने, झमझमाउने जस्ता लक्षणहरू देखिने हुन्छन ।

शरीरको सबै भागमा प्रसस्त रगत प्रवाह हुनबाट रोकिएमा वा पुग्नुपर्ने जति रगत शरीर भरी पुग्न नसकेमा हामीलाई यस्तो किसिमका समस्या हुने गर्छ.

  • च्वास-च्वास घोचेको जस्तो हुने
  • हातखुट्टा झम्झम गर्ने
  • हातखुट्टा निदाउने
  • कुर्कुचा दुख्ने आदि

रक्तसंचार आंशिक रुपमा अवरोध हुने कारण रगतले शरीर भरी प्रसस्त अक्सिजन पुर्याउन सक्दैन र हामीलाई विभिन्न किसिमका समस्याहरु आउने हुन्छ.

रक्तसंचार कसरी अवरोध हुन्छ?

रक्तसंचारमा अवरोध आउने मुख्य कारणहरु यस्ता छन्.

  1. मधुमेहको कारण
  2. मुटु धमनीको रोगको कारण
  3. नसा बटारिने कारण
  4. रगत बाक्लिने कारण
  5. नर्भहरु ड्यामेज हुने कारण
  6. कोशीकाहरु ड्यामेज हुने कारण
  7. रगत जम्ने कारण
  8. नसा फुल्ने कारण
  9. भेरिकोस भेन फुल्ने समस्या भएमा
  10. लामो समय जुत्ता लगाएमा
  11. लामो समय बसिराखेमा वा पलेटी कसेर धेरै बेर बसेमा
  12. कोलेस्ट्रोल बढेमा

यि बाहेक पनि रक्तसंचारमा अवरोध आउने मेडिकल कारणहरु विविध रहेका हुन्छन.

प्राय धेरैको खुट्टा तिर, पाखुरा तिर रगत जम्ने समस्या हुने गर्छ । यसरी रगत जमेको थाहा पाउना साथ उपचार गर्नुपर्छ । रगत जम्ने कारणहरु धेरै हुन्छन्. रगत जम्ने समस्या फैलदै शरीरको अन्य अंगहरु तिर गएमा निकै जोखिमपूर्ण अवस्था आउन सक्छ ।

कसैको नसाहरु बटारिएर रक्तसँचार राम्रो हुन पाउदैन र खु्टटा दुख्ने, सुन्निने हुन्छ । कसैलाई खुट्टा तिर आउने रगतको धमनी नै साँगुरो भएमा खुट्टाको भागतिर रगत प्रयाप्त मात्रामा जान पाउदैन र मांसपेशी दुख्ने, पिडुला दुख्ने, पिडुला बटारिने जस्ता समस्या देखिने हुन्छ.

कसैमा भेरिकोस भेन फुल्ने समस्या हुन्छ । भेरिकोस भेन फुल्ने समस्याको कारण पनि रक्तसंचार राम्रो सँग हुन पाउदैन र खुट्टा दुख्ने, खुट्टा सुन्निने आदि जस्ता समस्या हुन्छ । भेरिकोस भेनको समस्या उमेर बढ्दै गएपछि देखिने हुन्छ।

भेरिकोस भेन फुल्ने अंगहरु :

  • खुट्टाको पिडुलामा
  • घुँडाको पछाडीको भागमा
  • अण्डकोषमा
  • खुट्टामा

धेरै पसिना आउने मानिसको शरीरमा रहेको इलेक्ट्रोर्लाइटको मात्रा घटेमा पनि पिडुला दुख्ने, पिडुला बटारिने गर्छ. ।

पिँडुला दुख्ने, पिडुला बटारिने अन्य कारणहरु :

  1. शरीरमा मिनरल्स, भिटामिन तथा पानीको कमी भएमा
  2. हाइपोथाइराइडको समस्या भएमा
  3. मृगौला सम्बन्धित रोग भएमा
  4. डायबिटिज भएमा
  5. साइटिका नसाको समस्या भएमा
  6. Diabetic Peripheral Neuropathy (DPN)
  7. साइकल,मोटरसाइकल चलाउनु

साइटिका नर्भले के काम गर्छ?

साइटिका नर्भले हाम्रो नितम्बबाट तलको भाग खुट्टालाई कन्ट्रोल गरेर राख्दछ । यदि साइटिका नसामा समस्या आएमा, नसा खुम्चिने, स्पाइनल हड्डीको कारण साइटिका नसा च्यापिएमा खुट्टा तथा पिँडुला दुख्छ ।

Diabetic Peripheral Neuropathy (DPN) को समस्याको कारण:

Diabetic Peripheral Neuropathy (DPN) को समस्या हुँदा पनि खुट्टा तथा पिडूँला दुख्ने गर्छ । यो रोग मधुमेह हुने मानिसहरुमा देखिन्छ ।

यदि लामो समय सम्म सुगरको मात्रा वा ग्लुकोजको मात्रा बढि भइरह्यो भने शरीरको नर्भ ड्यामेज हुन जान्छ र यस्ता लक्षणहरु देखिन सुरु हुन्छन्.

  • हातखुट्टा दुख्ने
  • हातखुट्टा कन्ट्रोल गर्न नसकिने
  • हातखुट्टा कमजोर हुने
  • हिड्दा जीउ थाम्न नसकिने
  • राती सुत्दा हातखुट्टा धेरै दुख्ने
  • हातखुट्टा धेरै पोल्ने

यो समस्याले पहिला खुट्टाबाट सुरु हुँदै हात तिर पनि जान्छ.

रक्त संचार कमजोर हुनबाट कसरी बच्ने ?

यो समस्याबाट बच्नको लागी मोटोपन बढ्न दिनु हुँदैन । धेरै मोटो हुनु हुँदा रगतमा धेरै बोसो जम्न थाल्यो भने,रगत बाक्लो हुन थाल्यो भने नसाबाट रगत राम्ररी संचार हुन सक्दैन ।

चुरोट खानेहरुको पनि खुट्टा पिँडुला दुख्ने समस्या हुन्छ त्यसैले चुरोट खान छोडनु उत्तम हुनेछ ।

भिटामिन "सी" जन्य अमिला फलफुलहरु धेरै खाइरहनु पर्छ । भिटामिन "सी" ले शरीरमा रक्त फ्लो बढाउन र रगत पातलो बनाउन मदत गर्दछ. जडिबुटीको तेलहरु लगाएर नियमित मालिस गर्नुपर्छ, तातो नुन पानीले सेक्ने गरेमा पनि ठिक हुनेछ.

Our website uses cookies to enhance your experience. Learn More
Accept !