तपाइले हात वा खुट्टा निदाएको वा झमझम गरेको महसुस पक्कै गर्नु भएको छ होला । कुनै ठाउमा धेरै लामो समय सम्म एकै पोजिसन मा बसी रहदा यस्तो महसुस हुने गर्दछ ।
यसरी झमझम गर्नु वा शरीर को अंगहरु निदाउनु को कारण हो हाम्रो शरीर को रक्त संचार सहि तरिका ले नहुनु यानिकी जब हामी कुनै ठाउमा लामो समय एकै पोजिसन ले बसेको हुन्छौँ उक्त समय शरीको कुनै पनि अंग थिचिएको हुन सक्छ र उक्त भाग मा रगत संचालन कम हुन्छ वा रगत संचालन मा रोकिन्छ यस्तो हुदा उक्त अंग निदाएको वा झमझम गर्ने हुन्छ ।
यदि हामीले पलेटी कसेर लामो समय सम्म बस्यौं भने खुट्टा मा रगत संचालन कम हुन् जान्छ जसको कारण खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ भने सुत्दा एक पट्टि फर्किएर सुतियो भने एक हात थिचिन सक्छ र यसरी हात थिचियो भने हात निदाउने वा झमझम गर्ने हुन्छ ।
Read More:
- फाइबर युक्त खानाले यि रोगहरुको समाधान कसरी हुन्छ ?
- जाडो मा पिसाव बढी लाग्ने र गर्मि मा पसिना आउने किन हुन्छ ?
- पिसाव मा रगत किन आउँछ ? यी हुन पिसाव मा रगत आउने प्रमुख कारणहरु
- हात काट्यो वा पोल्यो भने तत्काल के लगाउने ?
- दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ?
तर यदि दैनिक सजिल्यै बसेको बेला पनि हात खुट्टा निदाउछ भने हामीले यो पनि बुझ्न जरुरी छ कि शरीर मा रगत को संचाल्न मात्र नभई अन्य कुनै रोग को कारण पनि यस्तो भै रहेको छ यो बेला तुरन्त डाक्टर कहा चेक गर्न जानु पर्दछ ।
यदि स्पाइनल कर्ड मा पानी जमेको छ, मेरुदण्डमा ट्युमर भएको छ, मधुमेह रोग छ, भिटामिन सी को कमि छ, सोडियम, क्याल्सियम, पानी मा आर्सेनिक कमि छ, भिटामिन डी को कमि छ आदि विभिन्न कारण ले पनि हातखुट्टा झमझमाउने, निदाउने, पोल्ने गर्दछ । त्यसैले यदि दैनिक हातखुट्टा झमझमाउछ भने डाक्टर संग भेटि उचित सल्लाह लिनु अति नै जरुरी हुन्छ ।