फाइबर युक्त खानाले यि रोगहरुको समाधान

Kalpana
फाइबर युक्त खाना : फाइबर भनेको केहो ? हाम्रो शरीर मा फाइबर को आवस्यकता किन छ? कुन-कुन फल तथा सब्जीहरूमा फाइबर पाइन्छ ?

तपाईले हरेक स्वास्थ्य सम्बंधी जानकारी दिने ठाउँमा फाइबर भनेको सुन्नु भएको होला । तर फाइबर भनेको चैँ के हो त? भन्ने सायदै हामी कमै लाई मात्र थाहा हुन सक्छ ।

फाइबर भनेको के हो ?

फाइबर भनेको विभिन्न फलफुल तथा सब्जीहरु मार्फत पाइने एकप्रकारको कार्बोहाइड्रेट् हो जुन हाम्रो शरीरमा पच्न सक्दैन ।

फाइबर 2 प्रकार को हुन्छ :

"यि दुबै फाइबर हाम्रो शरीर को लागी अति नै आवस्यक पर्दछ"
  1. घुलनशील फाइबर
  2. अघुलनशील फाइबर
घुलनशील फाइबर :

घुलनशील फाइबर पानी मा मज्जाले घुल्न सक्छ । घुलनशीलफाइबर ले हाम्रो शरीर मा सुगर (चिनी) को मात्रा लाई नियंत्रण गर्दछ र कोलेस्टेरोल लेवल लाई पनि कन्ट्रोल गर्दछ । जसको फाइदा मधुमेह रोगी देखि अन्य विभिन्न समस्या भएकाहरुलाई अति नै बढी फाइदाकारी हुदछ । घुलनसिल फाइबर पेटमा पुगेपछि पानीमा घुलेर एकप्रकारको बाक्लो जेल जस्तो बनिन्छ र पेटमा राम्रो ब्याक्टेरिया को निर्माण हुन्छ।

अघुलनशील फाइबर :

अघुलनशील फाइबर पानी मा घुल्न सक्दैन । यसले पेट को समस्या भएकाहरुलाई विशेष गरी दिसा नलाग्ने, दिशा गर्ना बस्दा कनेर देशा गर्नू पर्ने आदी जस्ता कब्जियत को समस्या भएका हरुलाई समाधान गर्न सहयोग गर्दछ ।अघुलनसिल फाइबर पानीमा राम्रो सँग घुल्न नसक्ने भएकाले पानी धेरै पिउनुपर्ने हुन्छ । अघुलनसिल फाइबर ले पेटमा रहेको खराब तत्वहरूलाई बाहिर निकाल्न मदत गर्दछ ।
फाइबर cellulose र Lignin बाट बनेको हुन्छ ।

हामिले फाइबर खाएपछि सानो आन्द्रा हुँदै ठुलो आन्द्राबाट बाहिर निस्किन्छ किनकी फाइबर हाम्रो शरीर मा पच्दैन ।
यि दुबै फाइबर (घुलनशील फाइबर र अघुलनशील फाइबर ) हाम्रो शरीर को लागी अति नै महत्वपूर्ण छ । घुलनशील फाइबर डाईबिटिजको बिमारीको लागी अत्यन्तै फाइदाकारी हुन्छ ‌।
फाईबर पेटमा नपच्ने भएकाले पेटभित्र लामो समय सम्म रहन्छ र भोक लागेको जस्तो अनुभब हुन पाउदैन जसले गर्दा रगतमा सुगरको मात्रा सन्तुलन मा रहन्छ ।

Read More:

मल बिसर्जन कार्य (दिशा गर्न) को लागी फाइबर एकदमै उपयोगी तत्व हो । फाइबर नप्चने भएकाले यसबाट हामिलाई कुनैपनी क्यालोरी प्राप्त हुन सक्दैन । फाइबर ले हाम्रो पाचन प्रकियामा भएको खराब तत्वहरूलाई बाहिर निकाल्न मदत गर्दछ ।

यो पाचन प्रणाली, ठुलो आन्द्रा,सानो आन्द्रा मलद्वार को लागी महत्वपुर्ण मानिन्छ । जब शरीरमा फाइबर को मात्रा पुग्दैन तब शरीरमा मोटोपन बढ्न सुरू हुन्छ ,कब्जियत बढ्दछ,ग्यास बढ्दछ,अल्सर,पायल्स हुन्छ ,वजन बढ्न थाल्दछ,सुगर लेवल बढ्छ र कोलेस्ट्रोल पनि बढ्न थाल्दछ । त्यसैले प्रत्येक पटक खाने खानामा फाइबर युक्त खानालाई राख्न अति नै जरुरी हुदछ ।

हामिले जब फाइबर खाइन्छ, तब पेटको लागी,आन्द्राको लागी राम्रो हुदछ । हामिमा पायल्स हुने प्रमुख कारण मध्यको एक कारण फाइबरको मात्रा हाम्रो शरीर मा प्रयाप्त नभएर पनि हो । जसलाई दिसा गर्न बस्दा साह्रो पर्छ, दिसा गर्दा कन्नुपर्ने हुन्छ,दिसा सारो आउने हुन्छ उसले तुरुन्तै फाईबरयुक्त खाना बढी मात्रामा खान सुरू गर्नू पर्दछ ।‌

फाइबर ले खाना पचाउनलाई अति नै ठुलो मदत गर्दछ र यस्ले दिसा गर्दा दुख्ने समस्या लाई तुरन्तै ठिक गर्दछ । त्यसै गरी असन्तुलित खानाले हर्मोनलाई पनी अवरोध गरिदिन्छ र थाइरायड जस्ता निको नहुने दीर्घरोगको समस्या निसक्न सुरू हुदछ । थायराइड को समस्या भएपछी हाम्रो शरीरको छालामा पनी खराब हुन थाल्दछ । हिजोआज हामी मिठो स्वादको खाना यानिकी मसलायुक्त खानाहरू होटल मा गएर अथवा घरमै पनि पकाएर खाने गर्दछौँ । यी मसलेदार खानामा फाइबर रेसा को मात्रा हुँदैन या त अतिनै काम हुन्छ र पेटमा ग्यास्ट्रिक कब्जीयत र पाइल्स को समस्याहरू देखिन थाल्दछ।

हरेक मानिसमा अहिले आएर यो ठुलो समस्या बन्न थालेको छ ‌किनकी हामले फाईबर युक्त रेसादार खानाहरू खान छोडिसकेको छौँ । जसको असर अहिले आएर धेरै मानिसहरुमा प्रत्यक्ष देखिरहेको छ । तपाइँ हामी जुन म:म खान्छौं त्यो म:म मैदाको पिठो बाट बनाईएको हुन्छ ।  चाऊचाउ,चाउमिन यि सबै मैदाबाट बनिएको हुन्छ । यिनमा धेरै मात्रामा अजिनोमोटो मसला हलिएको हुन्छ ।

जुन अजिनोमोटोले हाम्रो पेट र हड्डीहरुमा असर गर्दछ । हामिले खाने यस्ता मैदाजन्य र मसलाजन्य हरेक खाना नस्ताहरू हाम्रो पेटको लागी कदापी ठीक हुँदैनन् जसले गर्दा हामी मा ग्यास्ट्रिक हुने, कब्जियत हुने,मसला नपचेर कलेजोमा बोसो लाग्ने,पेट लाग्ने,सुगर हुने,र बिस्तारै बिस्तारै यसै बाट पायल्स को समस्या देखिन सुरु हुदछ ।

फाइबर युक्त खानाले के-के फाईदा गर्दछ ?

  • कब्जीयत लाई जरैबाट हटाँउछ ।
  • पायल्स हुने, ग्यास्ट्रिक हुने अलसर हुने सम्भावना लाई धेरै हदसम्म कमी ल्याउँदछ ‌।
  • कोलेस्ट्रोल घटाउँछ ।
  • मुटु रोग लाग्न बाट बचाँउदछ ।
  • डाइबिटिज हुन बाट मज्जाले बचाँउदछ ।
  • धेरै मोटा मानिसहरुको लागी वजन घटाउन भरपुर मद्त गर्दछ ।
  • कतिपय फाइबर युक्त खानामा प्रिबायोटिक्स (राम्रो) ब्याक्टेरिया पाईने भएकाले पेटको लागी अति नै फाईदा पुर्याउँछ ।
    जस्तै उदाहरण को लागी उमारेर बनाइएको अनाजहरू, बाँसको कलिलो तामा आदी मा प्रिबायोटिक्स पाइन्छ ।

प्रिबायोटिक्स ब्याक्टेरिया भनेको के हो?

"प्रिबायोटिक्स ब्याक्टेरिया भनेको हाम्रो पेटभित्र हुने राम्रो ब्याक्टेरिया हो ।"
  • फाइबर ले हाम्रो कपाल को सुन्दरता लाई बढाउँदछ । कपाल झर्ने, कपाल बेलैमा फुल्ने, नङ बिग्रिने समस्या आदी लाई ठिक गर्दछ ।
  • फाइबर ले मेलेनिन उत्पादन गर्दछ । मेलेनिन भनेको छालाको रङ्ग बनाउने, कपालको रङ्ग बनाउने काम गर्दछ । फाइबरको कमिले हुने समस्या प्रस्टै रुपमा हामिले हाम्रो आफ्नै नङ मा पनि देख्न सक्दछौं ।
  • फाइबर ले हाम्रो शरीर को छालाको लागी धेरै राम्रो गर्दछ । यसले अनुहार मा चायाँ, पोतो आउन दिँदैन । किनकी फाइबर ले शरीरमा रहेको खराब बोसो र बिषालु तत्वहरू बाहिर निकालिदिन्छ र छाला सफा,नरम र दाग रहित हुन जान्छ ।

फाइबर युक्त खाना एक दिनमा कति खाने ?

एक दिनमा पुरुषले करिब ३८ ग्राम फाइबर खानुपर्दछ र महिलाले करिब २५ ग्राम फाइबर खानु स्वास्थ्यका लागी अति नै राम्रो मानिन्छ । यदी हामिले हाम्रो खानालाई अलिकती मात्रै ध्यान दिन सके अथवा फाइबर युक्त खानालाई नियमित समाबेस गर्न सके हाम्रो पेटमा कब्जियत हुन पाउदैन । पेट सफा हुने,दिसा गर्न समस्या नहुने, ग्यास्ट्रिक को समस्या नहुने, पायल्स जस्ता रोगहरु नलाग्ने, मुटुरोग नलाग्ने जस्ता महत्वपूर्ण फाईदाहरू रेसादार फाइबर तरकारी वा फलफुलहरु बाट पाउन सकिन्छ ।

अन्य भिडियो :

फाइबर पाइने खानाहरू के-के हुन ?

फलफूलहरुमा :

बोक्रा सहितको स्याउ, केरा, किवी, सुन्तला, स्ट्रबेरी, आँप, गाजर, मुला, मेवा, बिट, एभोकाडो आदि पर्दछन् । यी फलफुलहरु हामिले खाईरहनु पर्दछ ।
तर यी फलफुलहरु मध्य कुनै फलफुल को बोक्रामा प्राय बजार मा सेल बढाउन को निमित्त टल्किने वाक्स spray गरिएको हुन्छ ।
जुन स्याउ मा अति बढी प्रयोग गर्दछन् । त्यसैले स्याउ खाँदा बोक्रा तासेर खान जरुरी हुन्छ । यदि फ्रेश वा बोटबाट टिपेको वा वाक्स नगरिएको भए बोक्रा सहित खान सकिन्छ ।

भेज आइटमहरु :

साधारणतया हरियो तथा कालो कालो देखिने सागहरू खाने गर्नुपर्छ । गाढा रंग को भेजआइटम हरुमा अत्याधिक फाइबर पाईने गर्दछ ‌। जस्तै की ब्रो काउली, फर्सी, फुलगोबी, बन्दाकोबी, साग, भिन्डी, जुटकोको साग, क्याप्सिकम आदीमा प्रसस्त मात्रामा फाइबर पाइने गर्दछ ।

गहुँ:

गँहुको पिठोको रोटी अथवा गँहुको पिठोको परिकारहरू जस्तै रोटी, ओट, इसबगोल,चोकर, उच्च फाइबर को स्रोतहरू हुन । तर मैदा को परिकारहरूमा भने फाइबर पाउन सकिन्न ।

नट्स:

नटआइटमहरू पनी फाइबर को राम्रो स्रोत हो । जस्तै काजु, बदाम, किसमिस, अल्मोन्ड, ओखर, आदी । तर यी आइटमहरू महँगो पर्ने भएकाले धेरै खान किन्न सकिदैंन । त्यसैले अरू भेज आइटमहरुबाट बल गरी फाइबर लिन सकिन्छ ।

फलफुल को बिँया :

सिड आइटमहरुमा पनी फाइबर पाइन्छ । जस्तै फर्सीको बिँया, सुर्यमुखी फुलको बिँया, तरभुजा को बिँया, आलस,आदी र दाल आइटमहरू सबैमा फाइबर पाइन्छ जसमा राजमा एक फाइबर को अति नै राम्रो स्रोत हो ।

अन्य भिडियो : 


ख्याल गर्नु पर्ने कुरा :

तर यो कुरा भने ध्यान मा राख्न पनि जरुरी छ की कुनै पनि खाने कुरा बढी खाँदा यसको नकारात्मक असर हुँन जान्छ । त्यसैले फाइबर युक्त खानाहरु पनि खाँदा धेरै खानु हुदैंन । किनभने यसले पखाला चलाउन सक्छ र यसको असर पेटमा ग्याँस बढाउन सक्छ । यसैले ठिक्क सन्तुलित मात्रामा मात्रै फाइबर खाने गर्नुपर्दछ ।

यो फाईबर मा मात्रै होईन कुनै पनि चिज लिमिट मा खानु पर्दछ । राम्रो गर्छ भन्दैमा बढि खाँदा नकरात्मक असर पनि गर्दछ । उदाहरण तपाईले औषधी नै हेर्नुहोस जुन तरिका पुर्याएर खाँदा रोग को उपचार हुदछ तर आवश्कता भन्दा बढि खाए औषधी पोइजन बन्न गै ज्यान सम्म जान सक्दछ । त्यसैले हरेक कुरा को लिमिट भने के हो भनी आफैंले बुझ्न जरुरी हुन्छ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !