पिसावमा रगत (Blood in Urine) आउनु निकै खतरनाक रोग (Dangerous Disease) को संकेत को रुपमा देखिएता पनि सबै Cases मा यो खतराको संकेत (Signs and Symptoms) नहुन पनि सक्छ।
साधारणतया पिसावमा रगत (Blood in Urine) यो Normal Cases मा नै देखिने गर्दछ । तर नर्मल नै रहेछ भनेर नकार्न भने पटक्कै मिल्दैन। किनकि यो एक ठुलै (Serious Disease) र जटिल रोग को संकेत पनि हुन सक्छ।
त्यसैले यो संकेत नर्मल समस्या हो या जटिल रोगको हो ? भन्ने कुरा चैं तुरन्तै सम्बन्धित डाक्टर संग परामर्स गरि प्रमाणित गर्न जरुरी हुन्छ।
पिसाबमा रगत (Blood in Urine) आउनुलाई मेडिकल भाषामा Hematuria भनिन्छ। यो समस्या विभिन्न कारणहरुले हुने गर्दछ। Hematuria समस्याको एक लक्षण ( sign and symptoms) मात्र हो। यदि साधारण समस्या को कारण रहेछ भने यसको उपचार मेडिकल टेस्ट गरि तुरन्तै गर्न सकिन्छ।
अन्य जानकारीहरु :
- दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ? Drinking Hot Water?
- ब्लड प्रेसर हाइ छ, नुन खानु कि नखानु ? के गर्नु उचित हुन्छ ?
- बिहान र बेलुका आकाश किन रातो, पहेलो रंगको देखिन्छ ?
Hematuria २ किसिम (Types) का हुन्छन :
- Gross Hematuria: पिसाव मा रगत प्रस्ट हेर्दा देखिने
- Microscopic Hematuria: हेर्दा पिसाव मा रगत भएको नदेखिने तर माइक्रोस्कोप बाट हेर्दा पिसाव मा रगत देखिने
पिसावमा रगत (Blood in Urine ) कहाँबाट आउँछ ?
- मृगौला (Kidney) बाट( पिसाव बनाउने गर्दा)
- पिसाव थैली (bladder) बाट (पिसाव जम्मा हुने ठाउँ )
- युरेटर्स (Ureters) बाट (मृगौला देखि पिसाव थैली सम्म को पिसाव आउने नली )
- युरेथ्रा (Urethra)बाट ( पिसाव थैली बाट पिसाव बाहिर निस्किने नली )

पिसावमा रगत आउने कारणहरु (Causes, Blood in Urine) ?
पिसावमा रगत (Blood in Urine) आउने विभिन्न कारणहरु (Causes) हुन्छन जसमा केहि कारणहरु तल दिईएको छ ।- मृगौलामा पथरिया हुँदा (Kidney Stone)
- मृगौलामा इन्फेक्सन हुँदा (Kidney Infection )
- पिसाव थैलीमा इन्फेक्सन हुँदा (Bladder Infection)
- पिसाव थैलीमा पथरिया हुँदा (Bladder Stone)
- मृगौला को रोग हुँदा ( Kidney Disease)
- मृगौला वा पिसाव थैलीमा क्यान्सर हुँदा ( Kidney or Bladder Cancer)
- मृगौलामा समस्या आउंदा (Common Problems on Kidney)
- महिला मा मासिक धर्म हुँदा (Monthly Period in Female, Menstruation)
- यौन जन्य क्रियाकलापमा बढी फोर्स हुँदा (force in sexual activity/Unnatural sex)
- UTI (Urinary Tract Infection) हुँदा (UTI)
- पॉलीसिस्टिक मृगौला रोग हुँदा आदि... (Polycystic kidney disease)
पिसाव मा रगत आउने समस्या को उपचार (Blood in Urine Diagnosis, and Treatments) :
पिसावमा रगत आएमा र आफुलाई असहज अवस्था भएमा तुरन्तै डाक्टर संग परामर्श गर्नु पर्ने हुन्छ. तर यदि नर्मल साधारण समस्या भए घरायसी उपचार पनि गर्न सकिन्छ.
- पानी धेरै पिउने (Drink Plenty of Water )
- यौन क्रियाकलाप पश्चात तुरत्नै सफा पानी ले धुने
- जो कोहि संग यौन सम्पर्क नगर्ने गरे पनि कन्डम जरुर लगाउने
- यौन अंग सधैं सफा गर्ने
- भिटामिन सी बढी खाने
- प्रो बायोटिक खानेकुरा सेवन गर्ने
- हरेक दिन लसुन सेवनगर्ने
- अन्डर वेयर दैनिक परिवर्तन गर्ने
स्पिमरण रहोस : पिसावमा रगत आउँन सुरु भए वा पिसाव पोल्ने भए तुरन्तै डाक्टर संग परामर्श गर्ने र त्यतिन्जेल सम्म कसै संग यौन सम्पर्क नगर्ने . यदि गरियो भने आफ्नो पार्टनरलाइ पनि उक्त समस्या सर्न सक्ने सम्भावना ९५ देखि १०० प्रतिशत सम्म रहेको हुन्छ.