दोश्रो लहरको कोरोनाको लक्षण बारे जानी राखौं | New Variant of Coronavirus Symptoms in Nepali

Kalpana
New Variant of Coronavirus Symptoms in Nepali
(toc)

अहिलेको यो दोश्रो लहरको कोरोना निकै प्राण घातक छ । सबैले सचेत रहनु होला । यो कोरोना Double Mutation भएर आएको कोरोना हो । अघिल्लो सालको जस्तो होईन ।

सबैले होसियारी अपनाउनु होला । अब तेस्रो लहरको कोरोना पनि आउँदै छ । जसले २वर्ष देखि १३ वर्ष सम्मका बालबालिकालाई गम्भीर असर गर्ने भन्ने सम्भावना छ । सचेत रहनुहोला ।

कोरोनाको लक्षणहरु | Coronavirus Symptoms

ज्वरो आए, टाउको दुखे, खोकी लागे र श्वास फेर्न गाह्रो भए, छाती दुखे कोरोना भाइरस को लक्षण हुन सक्छ. ।

हाच्छिउँ-हाच्छिउँ सङ्गै सामान्य नाकबाट पानी चुइयो, शरीर कमजोरी जस्तो भयो तर ज्वरो छैन र सामान्य टाउको दुखाइ छ भने यो कोरोना होइन । रुघा हो । ४ दिन सम्म ठिक हुन्छ भएन भने चेक जाँच गराउनुहोस् ।

कोरोना लाग्दा पहिलो लक्षण एक्कासी १०० देखि १०३ डिग्री सम्म को ज्वरो आउँछ । बिना कारण एक्कासी ज्वरो हुन्छ । बिना कारण एक्कासी ज्वरो आउँदा सुरुमा शरीर तन्दुरुस्ती नै हुन्छ तर १/२ दिन पछि हल्का कमजोर भएको महसुस हुनेछ ।

  • काम ज्वरो भएको महसुस हुन्छ ।
  • ज्वरो सँग लक्षणहरु फरक फरक हुन्छ । तर ज्वरो आउनु मुख्य लक्षण हो ।
  • कसैलाई ज्वरो र टाउको दुख्ने मात्र हुन्छ ।
  • कसैलाई ज्वरो र खोकी लाग्ने मात्र हुन्छ ।
  • कसैलाई ज्वरो र सास फेर्न गाह्रो हुने मात्र हुन्छ ।
  • कसैलाई ज्वरो मात्र आउँछ ।

कोरोना लागेर सास फेर्न गाह्रो भएन भने मारिदैन । १०/११ दिन मा आफैँ ठिक हुन्छ । सास फेर्न गाह्रो हुँदा मात्र शरीरमा अक्सीजन कम भएर मरिने हो । तर ज्वरो सँगै सास फेर्न गाह्रो भए वा छाती दुखेमा तुरन्तै अक्सीजनको खाँचो पर्ने छ ।

कोरोना लाग्दैमा लजाउने, डराउने र नाम नै लुकाउने गर्नु पर्दैन । कोरोना लाग्यो भनेर नाम लुकाउँछन् रे भन्ने सुन्दै छु । नाम लुकाउनु पर्दैन ।

कोरोना लाग्यो भने खुलेर मलाई कोरोना लाग्यो भन्नुहोस् र अरुलाई सचेत गराउनुहोस् । सास फेर्न गाह्रो भयो र छाती दुख्यो भने तुरन्तै अक्सीजन लगाउन जानुहोस् ।

कोरोनाको घरेलु उपचार | Coronavirus Gharelu Upachar

तातो पानीमा सञ्चो वा भिक्स मिसाएर एउटा सफा टिसर्ट (भेस्ट) ले ढाकेर दिन को ३ पटक बाफ लिनुहोस् । फोक्सो मा कोरोना को असर हुन पाउँदैन र सास फेर्न गाह्रो हुँदैन ।

ज्वरो आउँदा सिटामोल खानुहोस् । सिटामोल खाएको ६ देखि ८ घण्टामा फेरि ज्वरो आउने छ । फेरि ज्वरो आउने बित्तिकै फेरि सिटामोल खानुहोस् । जुन दिन सम्म ज्वरो आउन रोकिँदैन त्यो दिन सम्म सिटामोल खाई रहनुहोस् तर ज्वरो आउँदा मात्र ।

ज्वरो नहुँदा सिटामोल नखाने आयो की खाने । तर सास फेर्न गाह्रो भयो कि तुरन्तै जति सक्दो छिटो अक्सीजन लगाउन जानुहोस् नत्र एकै दिनमा मरिन्छ ।

कोरोना लागेर छाती दुखेन र सास फेर्न गाह्रो भएन भने अन्य जस्ता सुकै लक्षण देखियोस् डराउनु पर्दैन खानपान मा ध्यान दिंदा सजिलै ठिक हुन्छ ।

Read More:
Our website uses cookies to enhance your experience. Learn More
Accept !