कोरोना भाइरसबाट बच्ने सजिलो तरिकाहरु (Guidelines for Coronavirus in Nepali)

Kalpana

कोरोना भाइरसबाट  बच्ने सजिलो तरिकाहरु:

  1. साबुन पानीले हात धोई रहने गर्रौ
  2. घरमा बसौं, घर बाहिर कतै नजाउँ
  3. मास्क लगाउँ
  4. बाहिर ननिस्किउँ
  5. Alcohol Based Sanitizer प्रयोग गर्यौं
  6. कसैसँग नजिक भएर नबोलौं  
  7. भरसक १.५ मिटर देखि २ मिटर टाढाबाट कुरा गर्रौं
  8. कसै संग हात नामिलाउँ
  9. टाढाको यात्रा नगरौँ
हातबाट  दिने र लिने पैसाको कारोबार भरसक नगरौं सकिन्छ भने बैङ्किङ्ग सिस्टम ले कारोबार गरौँ। हरेक नयाँ चिज छोए पछि सैनिटाइजर  प्रयोग गर्रौं यदि सम्भव भए साबुन पानीले नै हात धोउँ । ख्याल गरौँ सैनिटाइजर भन्दा भरपर्दो साबुन पानी ले हात धुनु हो। हातले नाक कोट्याउने,नङ टोक्ने,आँखा कनाउने नगरौँ।
धुम्रपान र अल्कोहलको सेवन नगरौं । धुम्रपान र मध्यपान गर्नेहरुलाई कोरोना भाइरस ले गम्भीर असर गर्दछ.  तपाईं एक को गल्तिले तपाईंको पुरा परिवार, टोल र देश नै संक्रमित बनाउन सक्छ।  त्यसैले आफु बचौं र अरुलाई पनि बचाउँ।

देखावटीको लागि होइन हृदयबाटै  "म रोगको भाइरसबाट बच्नको लागि हात धुँदैछु" भन्ने सोचेर राम्ररी हात धुने गरौँ । त्यसैले मजाक नगरी सरकारले दिएको सबै नियम पालन गरौँ र कोरोना भगाउँ ।

शरीरको इम्युन सिस्टम बढाउँने किसिमका खानेकुराहरु खाउँ. चिसो पानी नापिउँ , तातो पानी पिउँ. सकिन्छ भने तातो पानी  वा चिया पिउँदा अदुवा मिसाएर  पिउने गरौँ. यसले शरीरको इम्युन सिस्टम बलियो बनाउन मद्धत गर्ने छ। चुरोटको सिधैं असर फोक्सोमा पर्ने हुँदा चुरोट नपिउनु उत्तम हुनेछ.

खानामा लसुन सेवन गर्ने गरौँ. लसुनले इम्युन सिस्टम बढाउने गर्छ भने यसमा एन्टीब्यक्टेरियल गुण भएको  हुँदा यसले अन्य शारीरिक समस्यालाई पनि कम  गराउने छ। 

याद गर्नु  पर्ने कुरा चैं के हो भने  लसुन, अदुवा आदि खाँदैमा कोरोना लाग्दैन भन्ने हुँदैन।  यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई  बढाउने काम मात्र गर्दछ। जस कारण शरीर कम्जोर हुन पाउँदैन र शरीर कमजोर नहुँदा  कुनै पनि किसिमका भाइरसले शरीरमा जटिल रुपमा आक्रमण गर्न सक्दैन र शरीरमा शरीरमा भाइरस संग लड्ने क्षमता पनि बढी  हुँदछ.
Our website uses cookies to enhance your experience. Learn More
Accept !