खरबुजा खाँदा हुने अनेकौं फाइदाहरु | Watermelon Benefits in Nepali

Kalpana

खरबुजा (Watermelon) मानव शरीर को लागी अति नै उपयोगी एक फल हो । खरबुजा मा 90% पानी हुन्छ । जसमा पोटासियम जस्तो इलेक्ट्रोलाइट ले भरिएको पानी हुन्छ जुन मानव शरीर को लागी अति आवस्यक पर्ने पानी हो ।

हरेक दिन खरबुजा खाने हो भने यसले पेट सम्बन्धी समस्या, मुटुको समस्या, छालाको समस्या, शरीरमा पानीको कमी हुने समस्या यानिकी शरीर निर्जलीकारण हुने सम्भावना बाट पनि बचाउँदछ ।

अरु पनि विशेष स्वास्थ्य जानकारीहरु पढ्नु होस् :

खरबुजामा Vitamin A, Vitamin B6, Vitamin C, Magnesium र पोटासियम पाइन्छ । यसले हाम्रो मुटुको लागी अति नै फाइदा गर्दछ ।

खरबुजालाई Anti-Cancer को रुपमा पनि मानिन्छ । यसले के ही प्रकार का क्यान्सर हुने सम्भावनालाई कम गराउँदछ । यति मात्र होइन यसले छालालाई पनि मुलायम बनाउने, अनुहार चम्काउने र छाला सम्बन्धि समस्यालाई पनि निराकरण गर्दछ ।

एक अनुसन्धानमा पाइएको जानकारी अनुसार विश्वमा सबै भन्दा बढी मृत्यु हुनेहरुमा मुटु रोगको कारण बढी मृत्यु भएको पाइएको छ । मुटु रोगलाई कम गराउनको लागी खरबुजा एक निकै नै फाइदाकारी फल मानिन्छ । खरबुजाले शरीरमा ब्लड प्रेसर घटाउन सहयोग गरी कोलेस्ट्रोल लेभल लाई पनि घटाउँदछ ।

खरबुजाले शरीरमा Nitric oxide लेभल लाई बढाउँदछ । Nitric oxide ले Blood Vessels लाई expand गर्दछ । यसरी Blood Vessels Expand हुँदा Blood Pressure मा कमी आउँदछ र Blood pressure कम हुँदछ ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !