स्तन क्यान्सरका लक्षणहरु : महिला र पुरुषमा देखिने स्तन क्यान्सरका लक्षणहरु | Breast Cancer Symptoms in Nepali

Kalpana

स्तन क्यान्सरका लक्षणहरु (Breast Cancer Symptoms) : 

स्तन क्यान्सरको प्रथम चरणको लक्षणहरुको बारेमा धेरैले बुझेका छन ।

स्तन क्यान्सरको पहिलो लक्षणहरु:

  • स्तनमा डल्लो हुँनु
  • स्तनमा घाउ हुनु
  • स्तनमा गाँठो हुनु 
  • स्तनको छालाको रंगमा परिवर्तन हुनु 
  • स्तनको आकार वा साइजमा परिवर्तन हुनु 
  • दुखाई हुनु 
  • तौल घट्नु
आदि जस्ता लक्षणहरु स्तन क्यान्सरको पहिलो चरण अन्तर्गत पर्दछन । 
यसरी  स्तन मा गाँठो हुँदा क्यान्सर हुने सम्भावना बढ्दछ  तर स्तन भित्र गाँठो  हुँदैमा स्तन क्यान्सर नहुन पनी सक्छ । यसको बारेमा हामीले बुझ्न छ।  त्यसमा पनि स्तन क्यान्सर महिला लाई मात्रै हुँदैन पुरुषलाई पनि स्तन क्यान्सरदेखा पर्न सक्छ ।

स्तन क्यान्सर के हो ? (What is Breast Cancer?

स्तन क्यान्सर भनेको स्तन मा क्यान्सर हुनु हो।  स्तन क्यान्सर हुँदा स्तनमा भएको सेलहरु अत्याधिक बढ्ने गर्दछ । स्तन क्यान्सर, स्तनको जुनसुकै भागबाट सुरु हुन सक्छ । स्तन क्यान्सरका प्रकारहरु का बिभिन्न हुन्छन् भने स्तन क्यान्सर को संकेतहरु पनि विभिन्न हुन सक्छन।   मतलब स्तन क्यान्सर हुँदा स्तन को कुन सेल बाट अर्थात स्तन को कुन भागबाट क्यान्सर बनिदै छ त्यो बुझ्नुपर्दछ।

एक स्तनमा ३ वटा भागहरू रहेका हुन्छन :

  1. Lobules Tissue
  2. Ducts 
  3. Connective Tissue

#Lobules Tissue:

Lobules Tissue स्तन भित्र दुध उत्पादन गर्ने ग्रन्थी हो । यो स्तन को वरीपरी गोलो अबस्थामा बसेको ग्रन्थी हो । यही ग्रन्थी ले दुध उत्पादन गर्दछ । यस भागमा क्यान्सर हुँदा पहिलो चरणमा स्तन मा कुनै पनी ठुला लक्षणहरू देखिदैनन् । स्तनको कुनैपनी भाग बाक्लो हुने  , मोटो हुने अथवा स्तन को आकारमा परिवर्तन भएर डिम्पल बस्ने गर्दछ।  स्तन को वरिपरी कुनै ठाँउमा सुनिने गर्दछ । स्तनको टुप्पो उल्टो फर्किने गर्दछ र यसमा गिर्खा देखिने सम्भावना धेरै कम हुन्छ । यसरी बनिएको क्यान्सर को बिकास बिस्तारै-बिस्तारै बोसो को भागमा सर्दै आउदँछ ।

Read More:

#Ducts:

Ducts स्तन को लोब्युल मा बनेको दुध लाई निप्पल सम्म ल्याउने स-साना नलिहरु हुन । दुध बनाउने ग्रन्थी ले दुध बनाइसके पछी उक्त दुध निप्पल सम्म आउन को लागी स-साना नलीहरूबाट सप्लाइ हुने गर्दछ । डक्ट दुध नली मा क्यान्सर बनिन थालेको छ भने निपल बाट दुध निस्कि रहने गर्दछ र छाम्दा मासुको डल्लो वा गिर्खा भेटन सकिन्छ ।

#Connective Tissue 

Connective Tissue स्तनमा भएको बोसो अथवा स्तन को फ्याटी तन्तुहरू हुन् । यही फ्याट्टी रेसादार तन्तुले स्तन लाई वरीपरी बाट घेरेर राखेको हुन्छ । दुध बनाउने ग्रन्थी वा दुध बोक्ने नली मा क्यान्सर हुँदै गएपछि यो बाहिरको बोसो को भागमा सर्दछ ।

स्तन क्यान्सर विकास हुने प्रकारहरु :

स्तन क्यान्सर दुई प्रकार ले विकास हुन्छ ।
  1. छिटो बढ्ने आक्रामक प्रकारको क्यान्सर
  2. ढिलो बढ्ने प्रकार को क्यान्सर 

छिटो बढ्ने क्यान्सर (Fast-Growing Cancers):

यो छिटो बढ्ने आक्रामक प्रकार को क्यान्सर हो ।  यो प्रकार को क्यान्सरले  स्तन को वरिपरी हुँदै अन्य अंगहरु तिर फैलन सुरु गरि हाल्दछ ।  जसले छोटो समयमै क्यान्सर को खतरनाक अवस्था निम्त्याँउछ।

छिटो बढ्ने क्यान्सर को लक्षणहरु : 

  1. एक निप्पल वा दुइ वटै निप्पलबाट दुध वा सेतो तरल पदार्थ निस्किरहन्छ र गिर्खाहरू डल्लो हुन्छ छाम्दा थाहा हुन्छ
  2. स्तन वरीपरी सुन्निने वा स्तन को कुनै भागमा मात्रै सुन्निने
  3. स्तन को छालामा पोल्ने अथवा स्तनमा खाल्टा पर्ने वा डिम्पल पर्ने
  4. स्तन दुख्ने वा निपल दुख्ने
  5. निपल भित्र पस्दै जाने र निपल को भाग बाक्लो,मोटो र रातो हुने
  6. स्तन कडा हुने र रङग मा परिवर्तन  हुने
  7. छाती को भित्री भाग सुन्निने 
  8. काखीमुनि सुन्निने गर्दछ
धेरै जसो स्तन क्यान्सर हुने भनेको दुध उत्पादन गर्ने ग्रन्थी Lobules  र दुध बोकेर लाने साना साना पाईप नली ducts मा हुने गर्दछ र रक्त नली को माध्यम बाट अरु भाग तिर फैलिन सुरु गर्दछ । यी स्तन क्यान्सरको मुख्य लक्षणहरू हुन् । त्यसै गरि

ढिलो बढ्ने क्यान्सर (Slow-Growing Cancer) :

यो बिस्तारै ढिलो बढ्ने प्रकार को क्यान्सर हो।  ढिलो बढ्ने क्यान्सर हुँदा छाम्दा थाहा नहुने अल्ट्रासाउन्ड गर्दापनी नदेखिने, स्तन चिलाउने तर स्तन हेर्दा स्तनको को रङ परिवर्तन हुने, स्तन को निपल उल्टो हुने, एउटा स्तन भन्दा अर्को स्तन ठुलो हुने,स्तन पोलिरहने,स्तनको सतहको छाला बाक्लो हुने, उक्त सतहको छाला सुन्तला को बोक्रा जस्तो बाक्लो र प्वालै प्वाल परेको जस्तो देखिने साथै स्तन छिटो बढ्ने जस्ता लक्षणहरु देखिने गर्दछन् ।

यदी तपाँई गर्भवती महिला हुनुन्छ ,बच्चालाई स्तनपान गराउने महिला हुनुन्छ  भने स्तन को निप्पल सुनिने, स्तन दुख्ने, स्तन चिलाउने, स्तन रातो हुने, स्तन साह्रो हुने,काखी मुनिको भाग सुन्निने जस्ता लक्षणहरू देखिन सक्छन् ।

सामान्यतया  कहिलेकाँही  स्तन मा हुने इन्फेक्सन र हर्मोन मा भएको बदलाव को कारण ले पनी यस्तो लक्षण देखिने गर्दछ र औषधी खाए पछि ठिक हुदछ । तर गर्भवती नभएको  र बच्चालाई स्तनपान नगराउने महिलालाई स्तन मा यस्तो समस्या देखिए तुरुन्तै जचाँउन गइहाल्नुपर्छ ।

पुरुषहरुमा देखिने पुरुष को स्तन क्यान्सर पनि लगभग महिलाको स्तन क्यान्सर सँग मिल्ने नै हुन्छ । पुरुषमा स्तन क्यान्सर हुँदा  यस्ता लक्षणहरु देखिन्छन :

पुरुषमा स्तन क्यान्सर हुँदा  देखिने लक्षणहरु:

  • स्तनमा गाँढो वा गिर्खा हुने तर नदुख्ने
  • स्तन मोटो बाक्लो हुने
  • स्तनको निप्पलमा परिवर्तन आउने
  • स्तनको छालाको रङ परिवर्तन हुने
  • निप्पलबाट सेतो तरल पदार्थ निस्किरहने गर्दछ
यदी माथी बताईए अनुसार कुनैपनी स्तन क्यान्सर को लक्षणहरू देखापरे तुरुन्तै जँचाउन गइहाल्नुपर्दछ ।‌ क्यान्सरको प्रथम चरणमा उपचार गर्न सके क्यान्सर पूर्ण रुपमा निको हुनेछ ।‌ यो कुरा महिला ले मात्र होइन पुरुषहरुले पनि बुझ्न जरुरी हुन्छ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !