के हो दाद ? कसरी हटाउने ? काछ लाग्दा के गर्ने ? दाद र काछ को समस्या | Fungal Infection in Nepali

Ms. Sarika

दाद यानिकी एक किसिम को चिलाउने रोगको बारेमा अति नै महत्वपूर्ण जानकारी यो पोस्ट मार्फत बताईएको छ । यहाँ ले पोस्ट अन्तिम सम्म पढेर पुरा जानकारी लिन सक्नुहुनेछ । दाद प्राय हरेक व्यक्ति लाई हुने रोग भएका कारण पनि यो बारेमा तपाइले जान्न उत्तिकै आवस्यक छ । कृपया पुरा पढ्नुहोस र पुरा बुझ्नुहोस् ।

दाद र काछ को समस्या

गर्मी को समय सुरु भयो ।‌ गर्मी समयमा हामिले हाम्रो नियमित कामहरु गर्नैपर्ने हुन्छ । यो समयमा हामीलाई गर्मीले अनेक समस्या उत्पन्न गराउदछ । विशेष गरी हाम्रो तिघ्राको कापमा यानिकी गोप्य अंग को छेउको काप मा गर्मी समयमा फङगल इन्फेक्सन हुने चान्स अत्याधिक बढि रहने गर्दछ । किनभने यो भागमा गर्मीको कारण बढि पसिना आउने हुँदा त्यहा पसिना ले भिजेर, पसिना लत्पतिएर च्याप च्याप भएको हुन्छ र काप वरिपरीको भाग पनि ओसिलो हुने गर्दछ र चिलाउन पनि सुरु हुन्छ ।

भिजेको उक्त भागमा हावा लाग्न पाउने हो भने मतलब उक्त ठाउमा हावा पसेर पसिना सुकाउने हो भने यो समस्या आउदैन तर तिघ्राको कापमा हावा लाग्न सकिदैन। र खुटा फारेर हावा लागएर बस्न पनि मिल्दैन । किनभने हामिले कपडा र भित्रबाट अन्डरवेयर पनि लगाएका हुन्छौं । अझ कत्ति ले जिन्सको टाइट पेन्ट पनि लगाएका हुन्छन । यसकारण हाम्रो काप वरिपरी पसिनाको कारण फोहोर बन्ने र फँगल हुर्किने वातावरण बन्छ । फोहोर, ओसिलो र न्यानो ठाउमा यो फँगल हुर्कन्छ र हाम्रो‌ छालामा भएको प्रोटिन खाएर बाँच्छ ।

अन्य भिडियो :

त्यसैगरी तपाइले महसुस गर्नु भएको छ होला ? हामिले जुत्ता लामो समय सम्म लगाई रहदा हाम्रो खुट्टाको औलाको काप-कापमा पनि सेतो भएको हुन्छ । त्यो पनि फँगल ईन्फेक्सन नै हो । त्यस्तो भएको खुटा अत्याधिक गन्हाउने गर्छ । त्यसैले यो गर्मीको समयमा हामिले हाम्रो शरीर को लागि विशेष ध्यान पुर्याउनु पर्छ ।

यदि यो फँगल हाम्रो तिघ्रा को कापमा हुर्किन पायो भने दादको समस्या सुरु हुन्छ र जतिबेलै चिलाउने समस्या भै हैरान बनाउँछ र फँगल हुर्किदै छालामा अझै ठुलो एरिया बनाउदै जान्छ । त्यसैगरि अर्को अधिकाँस मानिसमा हुने कमन समस्या "काछ लाग्नु' पनि हो । यो पनि गर्मी मै पसिना आउने कारण उक्त भाग मा पसिना ले भिजेर अनि हिड्न सुरु गर्दा ल्यास ल्यास भै छाला पिल्सिएर हुने काछ लाग्ने गर्छ ।

गर्मीमा हामि हिड्दा, खेल्दा यो समस्या हुन्छ । यसले तिघ्राको कापको बिचभागमा रातो बनाउछ, पोल्छ र चिलाउने समस्या हुन्छ । यो समस्या भएपछि हामीलाई हिड्न अफ्ठ्यारो हुन्छ किनकी हिड्दा धेरै पोल्ने भएका कारण सजिल्यै हिड्न् सकिन्न । यो समस्या पुरुष लाई भन्दा बढि महिलालाई हुन्छ । कारण उनीहरुको उक्त भाग को छाला पुरुष को भन्दा बढि नरम हुन्छ र पुरुषलाई काछ लाग्ने समय भन्दा छिट्टो महिला लाई काछ लाग्दछ । भने दाद को समस्या महिलालाई भन्दा बढि पुरुष लाई लाग्ने गर्दछ ।

तिघ्रा को कापमा निस्कने दाद र काछ को उपचार विधि :

सबैभन्दा पहिला गर्मीको‌ लागी लगाउने कपडा नै परिवर्तन गर्न जरुरी हुन्छ । कटनको वा सुतीको, पातलो र ठुलो साइजको कपडा लाउनु पर्दछ । तिघ्राको बीच भागमा मतलब गोप्य अंग छेउको कापमा हावा सजिल्यै पस्नेगरिको ठुलो र पातलो कपडा लगाउनु पर्दछ ।

साथीभाई, परिवारको कुनै पनि सदस्यहरु संग कपडा Exchange यानिकी साटेर लगाउने गर्नु हुन्छ भने तुरन्त यसो गर्न छोड्नु पर्दछ । प्राय युवावस्थामा कपडा साटेर लगाउने गर्दछौं यसो गर्दा अरुको कपडा मार्फत यो फँगल सर्दछ र उसलाई भएको समस्या तपाईलाई पनि सर्दछ । के थाहा ? यहाँ तपाई को आफ्नै शरीर को थाहा हुदैन अरुको शरीर मा कुन रोग छ तपाइँले झन् कसरी थाहा पाउनु हुन्छ ? त्यसैले आफ्नो भन्दा बाहिर अरुको कपडा लगाउनु हुदैंन ।‌

दाद र काछ लाग्ने समस्या भएकाहरुले बिहान बेलुका साबुन पानीले नुवाएर उक्त भागलाई सुख्खा बनाई ऐन्टिफङगल क्रिम, पाउडर, नभए लसुन पिसेर पेस्ट बनाई नरिवलको तेलमा मिसाएर लगाउनु पर्दछ ।नरिवलको तेलमा फ्याट्टी एसिड पाउने भएकाले Germs मार्ने गर्छ ।

त्यसको साथै निमपत्तिको तेल वा त्यसको हाँगा को डाँक्ला लाई काटी ढुङगामा घोटेर लेप बनाई लगाउनु पर्दछ र हिड्न बाट बचाउन को लागि सुत्नु पर्दछ । घ्युकुमारी को लेप लगाउदा पनि छाला लाई धेरै राम्रो गर्दछ । त्यसैगरी भित्र लगाउने अन्डरवेयर दिनमा २ पटक फेर्नु पर्दछ । यदी दुई पटक सम्भव नभए १पटक चैं अनिवार्य रुपमा फेर्नै पर्दछ ।

सक्नुहुन्छ र घरमै बस्नुहुन्छ भने धेरै गर्मी को समयमा अन्डरवेयर नलगाउन पनि सक्नुहुन्छ । खुट्टाको औलाको काप को लागी जुत्ता खोलेर खुटालाई मन तातो पानी र नुन पानीमा १५ मिनेट जति डुबाउने गर्नु पर्दछ र पानी बाट खुट्टा निकाले पश्चात सफा कपडाले वा टिस्यु पेपरले पुस्नु पर्दछ । खुट्टा मा लगाइने मोजालाई दैनिक तातो पानी ले धोएर सफा गर्नु पर्दछ र घाममा मज्जाले सुकाउनु पर्दछ र जुत्तालाई पनि सधैं घाममा नै राख्नु पर्दछ । यसो गर्दा जुता भित्र ओसिलो रहन पाउदैन र त्यसमा भएको ब्याक्टेरिया पनि मर्ने गर्दछ ।

गर्मीको समयमा हामिले खानालाई पनि ध्यान दिनु पर्दछ ।शरीर को लागि सितलता दिने खानाहरु खानु पर्दछ । जस्तो की लौकाको सब्जी, पुदिना को जुस, अचार, फलफुल आदि । यसरी खानाले शरीर चिसो बनाइराख्न सहयोग गर्दछ । र शरीरमा तापक्रम कम भै पसिना पनि कम आउने गर्दछ ।

लामो समय सम्म दाद निस्की रहयो भने त्यसको लागि डाक्टर वा कुनै नजिक को मेडिकल गइ औषधि सेवन गर्नु पर्ने वा लगाउनु पर्ने पनि हुन सक्छ । काछ लाग्नेहरुले मकै को पिठो लाई लगाई चाडै आराम पाउन सक्नु हुन्छ । काछ लाग्दा लागाउनु पर्ने के हि चिज यहाँ व्यक्त गरिएको छ ।

काछ लाग्दा अपनाउनु पर्ने विधि

  1. मन तातो पानि ले सफा गरी कागतीले काछ लागेको ठाउमा सफा गर्ने र खुट्टा तेर्साएर १५ देखि २० मिनेट सम्म बस्ने वा सुत्ने त्यसो गर्दा हावा पसी उक्त ठाउ सुक्ख्ह हुनेछ भने ब्याक्टेरिया पनि कागती ले मार्ने छ ।
  2. मन तातो पानि र कागती पानि ले सफा गरी सके पश्चात अन्डरवायर परिवर्तन गर्ने
  3. निमपत्ती पिसेर त्यसको लेप बनाइ लगाउने र १५ मिनेट जत्ति सुक्न दिने
  4. बेबी पाउडर लगाउने र आराम गर्ने
  5. दैनिक 2 पटक काछ लाग्ने भाग सफा गर्ने
  6. यदि तपाइँ अन्डरवायर सर्फ पाउडर को प्रयोग गरेर धुने गर्नु हुन्छ भने त्यसरी धुन बन्द गर्ने र साबुन ले मात्र धुने गर्नु पर्दछ । किनकी आजकाल विभिन्न किसिम का केमिकलहरु प्रयोगले विभिन्न किसिम को सर्फ बनाइने गरिन्छ जुन अन्य कपडा सर्ट, पाइन्ट को लागि उचित हुन्छ भने अन्डरवयार र मोजा जस्ता पसिनाले सजिल्यै भिज्ने किसिमका कपडा मा उचित नहुन पनि सक्छ
  7. काचो दुध ले काछ लाग्ने भाग मा सफा गर्ने र पानि नलगाई सुकाउने
  8. मकै को अति नै मसिनो पिठो लाई लगाउँन सकिन्छ जसले काछ लाग्दा चाडै आराम प्रदान गर्दछ ।
  9. घर मै बसी राख्ने हो भने अन्डर वायर नलगाउने वा लगाए पनि दैनिक १ वा २ पटक चेन्ज गर्ने ।

टाइट अन्डरवयर नलगाउने भरसक हल्का खुल्ला हुने किसिम को मात्र अन्डरवयर लगाउने र यदि काँही टाढा को यात्रा गर्दा पसिना आई गयो भने कतै नजिकैको Toilet तिर जाने र काछ लागेको भाग मज्जाले धुने त्यसपछी टिस्यु पेपरले उक्त धोएको ठाउ पुसेरा सुख्खा बनाउने यदि तिस्यु पेपर नभए आफै कुनै एक extra कपडा बोकेर हिड्ने र त्यसले पुसेरा सुख्खा बनाउने अनि मात्र हिड्ने यसो गर्ने गरियो भने काछ लाग्ने पाउदैन ।

दाद हुँदा अपनाउनु पर्ने कुरा :

  1. अरुको कपडा नलगाउने र आफ्नो पनि लगाउने नदिने
  2. अरुको बेड मा नसुत्ने
  3. दाद निस्किएको भाग मा साबुन नलागउने, नुहाउदा पनि उक्त भाग मा साबुन पर्न नदिने
  4. दाद निस्किएको भाग मा मन तातो पानी ले धुने र सुक्खा बनाई त्यहाँ हलुका कनाउने र तुरन्त निम पत्ती पिसेर लगाउने.
  5. डाक्टर कहा वा कुनै मेडिकल गइ डाक्टर लाई सोधेर मलम लिने र लगाउने
  6. दाद को बिरामीले कालो मास को दाल नखाने

दाद एक अति नै खराब समस्या हो । साथीभाई को अधि वा आफन्त को अघि कनाएर बस्नु भन्दा यसको चाडै उपचार गर्न तिर ध्यान दिनु पर्दछ । सुरुमै सानो दाद निस्कने बितिक्कै यसलाई उपचार गर्न सकियो भने यो चाडै निको हुने छ । दाद कपडा मार्फत एक बाट अर्को लाई सजिलै फैलिने रोग हो त्यसैले आफ्नो कपडा अरुलाई लगाउन र अरुको कपडा आफु ले लगाउने बानी तुरन्त हटाउने गर्नु पर्दछ ।

दाद के हो ?

दाद भनेको एक प्रकारको छालाको सरुवा रोग हो. दाद चिलाउने खालको हुन्छ. छालामा गोलो, फुस्रो र चिलाउने दाग निस्किएको छ भने यो दाद हो भनेर बुझ्न सक्नु हुनेछ. दाद दुइ तिघ्राको कापमा, काखी मुनि, खुट्टाको काप आदि जस्तो ठाउँमा धेरै निक्सिन्छ. दाद फोहोर को कारण फंगल इन्फेक्सन भएर निस्किने छालाको रोग हो.

दाद हुने कारणहरु के के हुन् ?

दाद हुने कारण धेरै छन् कसैलाई अरु व्यक्तिबाट सरेर हुने गर्छ. दाद ब्याक्टेरिया बाट हुने होइन फंगस संक्रमणबाट हुने गर्छ. यो जनावर बाट पनि सर्न सक्छ.

काछ लाग्दा के गर्ने ?

मन तातो पानि ले सफा गरी कागतीले काछ लागेको ठाउमा सफा गर्ने र खुट्टा तेर्साएर १५ देखि २० मिनेट सम्म बस्ने वा सुत्ने. निमपत्ती पिसेर त्यसको लेप बनाइ लगाउने र १५ मिनेट जत्ति सुक्न दिने.बेबी पाउडर लगाउने र आराम गर्ने.मकै को अति नै मसिनो पिठो लाई लगाउँन सकिन्छ जसले काछ लाग्दा चाडै आराम प्रदान गर्दछ ।

दाद को उपचार कसरी गर्ने ?

अरुको कपडा नलगाउने र आफ्नो पनि लगाउने नदिने. अरुको बेड मा नसुत्ने दाद निस्किएको भाग मा साबुन नलागउने, नुहाउदा पनि उक्त भाग मा साबुन पर्न नदिने. दाद निस्किएको भागमा मन तातो पानीले धुने र सुक्खा बनाई त्यहाँ हलुका कनाउने र तुरन्त निम पत्ती पिसेर लगाउने.

Our website uses cookies to enhance your experience. Learn More
Accept !