रक्त क्यान्सर को लक्षणहरु Blood Cancer Symptoms in Nepali

Ms. Sarika

रक्त क्यान्सर (Blood Cancer) : यस्ता हुन्छन् रक्त क्यान्सरको लक्षणहरु

यस पोस्ट एक अति नै  महत्वपुर्ण विषय "रक्त क्यान्सर" को बारेमा रहेको छ, अन्तिम सम्म पढेर जानकारी लिन सक्नु हुनेछ ।
"रक्त क्यान्सर" जसलाई हामिले बुझ्ने भाषामा भन्नू पर्दा रगतमा भएको क्यान्सर हो भन्ने गरिन्छ । यो पोस्ट मार्फत रक्त क्यान्सर के हो ?  रक्त क्यान्सर कसरी हुन्छ? रक्त क्यान्सर को लक्षणहरू के-के हुन? भन्ने विषयमा सम्पुर्ण जानकारी प्रस्तुत गरिएको छ । अन्तिम सम्म पढेर पूरा जानकारी लिन सक्नु हुनेछ ।

Blood Cancer, Cancer, Nepalihealth, क्यान्सर, ब्लड क्यान्सर, रक्त क्यान्सर, रगतको क्यान्सर,

रक्त क्यान्सर के हो ? रक्त क्यान्सरले  कसरी हामिलाई असर गर्छ ? 

शरीर को हड्डी भित्र  एक प्रकारको मासी रहेको हुन्छ । यहाँले खसी, बाख्राको मासु खाँदा विचार गर्नु भएको हुन सक्छ, हड्डी भित्र रहेको सेतो जेल जस्तो पर्दार्थ वा नरम पदार्थ जसलाइ बोनम्यारो (Bone Marrow) भनिन्छ । बोनम्यारो को काम शरिरको लागी चाहिने रातो रक्त कोष, सेतो रक्तकोष, प्लेटलेट बनाउन काम गर्छ । बोनम्यारो ले १ दिनमा करिव २०० मिलियन नँया रातो रक्त कोष बनाउने गर्छ । रातो रक्त कोषको काम शरिर भरी अक्सिजन सप्लाई गर्नु हो । सेता रक्तकोष हाम्रो इम्युन सिस्टम हो अर्थात हामिलाई भाइरसको सङ्क्रमण हुँदा बचाउने काम सेतो रक्त कोष ले गर्दछ । साथै  चोटपटक लाग्दा चोट लागेको उक्त ठाउमा रगत जमाएर रगत बग्न नदिने, रगतलाइ घाउमा जमाईदिने काम प्लेटलेट को हो ।
भिडियो :


यी सबै ३ तत्व हाम्रो रातो रगत मा पाइन्छ । यो रातो रगत बनिने हड्डी भित्रको मासीमा हो । जब हड्डी भित्रको मासी मा क्यान्सर को सेलहरु बनिन्छ तब रगत बन्न सक्दैन । रगत बन्ने कार्य नै रोकिन्छ र सरिरमा रगत को अभाव हुन गएर एनिमिया हुन सुरु हुन्छ । रक्त क्यान्सरको बिमारी लाई रगत दिईरहनु पर्ने हुन्छ । किनकी उसको शरिरमा रगत नै बनिदैन ।
धेरै जसो रक्त क्यान्सर सेता रक्त कोष मा भएको पाइन्छ जस्लाइ ल्यूकेमिया भनेर चिनिन्छ । सेतो रक्तकोष मा क्यान्सर भएपछी शरीर को रोग प्रतिरोधात्मक क्षमता घट्दछ र रोग सङ्ग लड्ने क्षमता शरीरमा नभए पछि विभिन्न रोग ले च्याप्ने र बिमारी भै रहने हुन्छ र यसको असर रातो रक्तकोष, प्लेटलेट मा पनि पर्छ । जसरी मानिस लाई एच आइ भि लागे पस्चात र एच आइ भि को भाइरस ले बिस्तारै आक्रमण गरेर शरीर को सेता रक्तकोष मा असर गरि शरीर को इम्युन सिस्टम यानिकी रोग प्रतिरोधात्मक क्षमता घट्दै गै एड्स हुदछ । त्यसरी नै रक्त क्यान्सर बाट रोग प्रतीरोधात्मक क्षमता घटाई विभिन्न रोग लाग्ने गर्दछ ।

रक्त क्यान्सरलाई 3 प्रकारमा वर्गीकरण गरिएको छ ।

  1. ल्यूकेमिया क्यान्सर,
  2. माइलोमा क्यान्सर र
  3. लिम्फोमा क्यान्सर

ल्यूकेमिया क्यान्सर :

ल्यूकेमिया क्यान्सर के हो? 

ल्यूकेमिया बालबच्चाहरुमा धेरै हुने क्यान्सर हो । यो क्यान्सर १५ वर्ष मुनिका बालबालिकाहरुमा हुने गर्दछ ।

ल्यूकेमिया भनेको सेतो रक्तकोषमा हुने क्यान्सर हो । सेतो रक्त कोष हाम्रो लागी अतिनै महत्वपुर्ण चिज हो  यस्ले हामिलाई रोगसँग लड्ने क्षमता बढाउदछ ।‌ जब हड्डिको मासी भित्र‌ यानिकी बोनम्यारो भित्र, क्यान्सरको सेलहरु बढ्न सुरु हुन्छन् तब सेता रक्तकोष को मात्रा बढने गर्दछ । अर्थात आवस्यकता भन्दा बढि सेता ड्यामेज रक्तकोष बन्निन सुरु हुन्छन । रातो रक्तकोष र प्लेटलेटको सँख्या लाई बिस्थापित पारिदिने गर्छ । जब रातो रक्तकोष र प्लेटलेट बिस्थापित हुन्छ तब शरिरमा अक्सिजन को कमि हुने र रगतको कमि भएर एनिमिया हुने गर्दछ ।  अक्सिजन ट्रान्स्पोर्ट गर्ने काम रातो रक्त कोषको हो, त्यही भएर रातो रक्तकोषलाई सेतो रक्तकोषले हटाइदिए पछि मानव शरीरमा विभिन्न लक्षणहरु देखिन सुरु हुन्छ ।
भिडियो : 

ल्यूकेमिया क्यान्सरका लक्षणहरू : 

बालबच्चाका देखिने ल्यूकेमिया क्यान्सर र रक्त क्यान्सरको लक्षणहरु
  • ज्वरो आउनु,
  • सर्दि लागिरहनु,
  • कमजोरी महसुस हुनु,
  • थकाइ लागिरहनु,
  • वजन आफै कम भएर जानु,
  • बारम्बार भाइरसको सङ्क्रमण भइरहनु,
  • ठन्डा मौसममा पनि राति धेरै पसिना आउनु,
  • छालामा राता-राता मसिना डाबरहरु आउनु,
  • हाड जोर्नी दुख्नु,
  • नाक बाट रगत बग्नु,
  • नाथ्री फुटि रगत बगि रहनु,
  • साना तिना चोटपटक लाग्दा पनि प्लेटलेटको कमि भै रगत बगिरहनु,
  • घाँटी र काखी मुनि रहेका भागहरु सुन्निनु,
  • रगतको कमि हुनु,
  • स्वास-प्रस्वासमा समस्या आउनु
आदि यी रोग का लक्षणहरु हुन् ।
यदि यस्ता लक्षणहरू बारम्बार भइ रहे डाक्टरको मा चाडैं जचाउन जानुपर्दछ । सामान्य तया यस्ता सँकेतहरु प्राय भइ रहेकै पाइन्छन तर पनि परिवारमा यदि कसैलाइ रक्त क्यान्सर भएको छ भने बंशाणुगत गुण बाट पनि हुने गर्दछ । बंशाणुगत गुण नै पहिलो नम्बरमा मा आउछ । बंशाणुगत गुणबाट बुबा, आमा मा छैन कसरी लाग्यो? भन्ने प्रस्न मा चाँही के हुन्छ ? क्यान्सरको सेल ले बंशाणुगत गुण लाइ खेद्ने गर्दछ । जस्तो हजुरबालाई  क्यान्सर भएको थियो भने छोरालाई नदेखिएर नाती को पालामा वा पनातीको पालामा देखिन पनि सक्दछ । त्यो तरिकाले बंशाणुगत गुण सर्ने गर्दछ । अन्य कारणहरुमा बढ्दो बिषादी युक्त खाना, वातावरण प्रदुषण, विकिरण को असर आदि पर्दछन ।

माइलोमा क्यान्सर :

माइलोमा क्यान्सर के हो?

माइलोमा भनेको पनि रक्त क्यान्सर कै एक नाम हो । माइलोमा ले प्लाजामा केसिकाहरुलाइ नस्ट पार्ने काम गर्छ । प्लाज्मा हड्डी भित्रको मासी मा नै रहने गर्दछ । अर्थात बोनम्यारो भित्र को प्लाज्मामा हुने क्यान्सर भनी बुझ्न सकिन्छ । प्लाज्माले शरीरमा रोग सङ्क्रमण सँग लड्ने काम गर्छ । प्लाजामा ले हामिलाइ भाइरस इन्फेक्सन हुदा रोग सँग लड्ने क्षमता बढाउछ । हाम्रो शरिरको एन्टिबडिज को काम गर्ने जिम्मा प्लाजामा लाई सुम्पिएको हुन्छ ।‌ यसको कारण ले किड्नी फेल हुने पनि सम्भावना रहन्छ ।

माइलोमा क्यान्सरका लक्षणहरू :

  1. माइलो मा क्यन्सर हुँदा हड्डीहरुको दुखाइ हुनु,
  2. छातीको हड्डी वा पछाडी पट्टीको हड्डी धेरै दुख्नु,
  3. भोक नलाग्नु, कब्जियत हुनु,
  4. मानसिक तनाब बढ्नु,
  5. के गरौ कसो गरौं जस्तो छट्पटी हुनु,
  6. वजन घट्नु, तिर्खा धेरै लागिरहनु,
  7. खुट्टा सुन्निनु वा दुख्नु,
  8. बारम्बार भाइरसको सङ्क्रमण हुनु,
  9. कमजोर हुनु,
  10. थकाइ लागिरहनु
आदि जस्ता लक्षणहरु देखा पर्दछन ।
यस्ता लक्षणहरु सामान्य तया सबैलाइ हुने गर्दछ र यस्ता लक्षणहरु देखिदैमा रक्त क्यान्सर भयो भनेर आत्तिनु हुन्न । तर सधै दैनिक नै यस्तै लक्षणहरु मात्र देखि रहन्छ भने हामिले वेवास्ता पनि गर्नुहुदैन । समय मै उपचार गर्न वा चेकअप गर्न जानु पर्दछ । उपचार गर्दा पनि निको नहुँदा अनि रगत परिक्षणबाट बिस्तारै थाहा हुन्छ । आत्तिनु पर्दैन सबै कुरा डाक्टर कहाँ पुगि चेकअप गरे पछि डाक्टर ले त्यस्को उपचार बिधि बिस्तारमा यहाँ लाई बताउनु हुनेछ ।
अन्य भिडियो : 

लिम्फोमा क्यान्सर :

लिम्फोमा क्यान्सर कस्तो क्यान्सर हो ?
लिम्फोमा क्यान्सर हाम्रो शरिरको ग्रन्थीहरू सँग सम्बन्धित क्यान्सर हो । हाम्रो प्रतिरक्षा प्रणालाईलाई नस्ट गर्ने क्यान्सर लिम्फोमा क्यान्सर हो । यी ग्रन्थीहरु हाम्रो शरीर को इम्युन सिस्टम को लागी अति नै महत्वपुर्ण हुन्छन । हाम्रो शरीर मा यिनिहरुको आफ्नै सँजाल हुन्छ । जब यो ग्रन्थिमा क्यान्सरको सेल विकसित हुन्छ तब हाम्रो शरीर का ग्रन्थीहरुले काम गर्न छोड्छन् ।

लिम्फोमा क्यान्सरका लक्षणहरू : 

लिम्फोमा क्यान्सरको लक्षणहरू पनि ल्यूकेमिया क्यान्सर सङ्ग मिल्ने लक्षण हुन्छ. काखिमुनि, काछ वरिपरी र घाँटि मुनिका ग्रन्थिहरु सुनिन्छन् । वजन घटेर जान सुरु हुन्छ । स्वास बढ्ने वा स्वास फेर्न समस्या हुने गर्छ । ज्वरो आइरहन्छ, ठान्डा मौसम मा पनि राति पसिना आउछ ।
बिशेष गरी ५० देखि ६० वर्षका पुरुषहरूमा यो किसिमको रक्त क्यान्सर हुने गरेको पाइन्छ । यस्ता लक्षण देखा परे बेलैमा सावधानी अपनाउनु पर्दछ । कुनै पनि लक्षणहरुलाई बेवास्ता गर्नुहुदैन ।‌ बेलैमा रोग चिन्न सकेर उपचार गर्दा निको भएका उदाहरणहरु पनि हामिले देखेका छौँ । बालबालिका मा हुने क्यान्सर बेलैमा चिन्न सके अवस्य निको हुनेछ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !