क्यान्सर केमोथेरापी : Cancer Chemotherapy Treatment in Nepali

Kalpana
केमो थेरापी (Chemotherapy) लाई किमो थेरापी पनि भनिन्छ. कसैले यसलाई केमो थेरापी (Chemotherapy) पनि भन्छन भने कसैले किमो थेरापी पनि भन्छन.
क्यान्सर केमोथेरापी (Cancer Chemotherapy) भनेको क्यान्सरको बिरामीलाइ उपचार गर्नको निमित्त प्रयोग गर्ने औषधीहरु हुन. केमो थेरापी (Chemotherapy) औषधीले क्यासर (Cancer ) को बिरामीको शरीरमा भएको क्यान्सरको सेलहरुलाई नस्ट गर्ने गर्दछ. क्यान्सरको बिरामीमा क्यान्सरको सेलहरुको निर्माण भएको हुन्छ र क्यान्सर भएको हुन्छ. यो कारणले गर्दा केमो थेरापी (Chemotherapy) उपचार गर्ने औषधीले क्यानसरको सेलहरुलाई बढ्न र शरीर भरी क्यान्सरको सेलहरु फैलन दिदैंन.

अन्य जानकारीहरु  :

यदि क्यान्सरकोको ट्युमर (Cancer Tumor) लाइ केमोथेरापी औषधीले बढ्न दिदैन र क्यान्सरका विभिन्न लक्षण (Cancer Symptoms) र समस्याहरुको नियन्त्रण पनि गर्दछ.

केमोथेरापी औषधी (Cancer Chemotherapy Medicine) , क्यान्सरको  प्रकार (types of Cancer) मा आधारित भएर यी तल बताइएको अनुसार  दिईन सकिन्छ.

  • इन्ट्राभेनस (Intravenous) अर्थात IV नसामा सुइ बाट दिईन सकिन्छ. 
  • क्यान्सरको ट्युमर हुँदा अप्रेसन अर्थात शल्यक्रिया र रेडिएसनको प्रयोग गरिनु अघि वा पछी दिईन सकिन्छ.
  • केमो थेरापी औषधी हस्पिटल वा क्लिनिक मा पनि दिन सकिन्छ.
  • केमो थेरापी औषधी दिंदा शरीर भारी वा क्यान्सर भएको ठाउँमा मात्र पनि दिन सकिन्छ.
  • अन्य औषधीहरु संग पनि दिईन सकिन्छ.
केमो थेरापी औषधी (Cancer Chemotherapy Medicine ) सेवन गरी सके पश्चात धेरै लाइ यसको विभिन्न असर (Side effects) हुने गर्दछ. 

केमो थेरापी को असर (Chemotherapy Side Effects ) :

केमो थेरापीको औषधी सेवन गर्न सुरु गरे पश्चात यसले बिरामीको शरीरमा सेलहरुको नस्ट गर्ने र सेलहरुको बृद्दी मा कम गर्दछ र कपाल झर्ने, मुख मा घाउ हुने  जस्ता निम्न लिखित  विभिन्न् असरहरु देखिने गर्दछ.
  1. मुखमा घाउ हुने 
  2. कपाल झर्ने 
  3. थकाइ लाग्ने
  4. कमजोरी हुने
  5. वाकवाकी लाग्ने
  6. भोमिट हुने 
  7. झाडा पखाला लाग्ने
  8. रक्तस्राव हुने 
  9. संक्रमण हुने 
  10. सुत्न मन लाग्ने 
जस्ता विभिन्न समस्याहरु केमोथेरापी को औषधी सेवन गरे पछि हुने गर्दछ. यदि केमो थेरापीको औषधी सेवन गर्न सुरु गरिएको छ भने यसको साइड इफेक्ट को बारेमा अत्यन्तै ध्यान दिन जरुरी रहेको हुन्छ. क्यान्सर को विरामीले पनि आफुलाई कस्तो महसुस भएको हुन्छ वा कस्त्योतो साइड इफेक्ट भएको हुन्छ भन्ने ख्याल गरेर  यसको बारेमा  परिवार को सबैलाई र डाक्टर लाइ बताउनु पर्ने हुन्छ . 
यदि कुनै नकारात्मक साइड इफेक्ट देखिएमा त्यसको टेस्ट गरेर अन्य औषधी पनि चलाउनु पर्ने हुन सक्छ .
Our website uses cookies to enhance your experience. Learn More
Accept !