पायल्सको बिरामीले खान नहुने खानाहरु Food to avoid for piles in Nepali

Kalpana
पायल्सको खाना संग अति नै गहिरो सम्बन्ध रहेको हुन्छ । यदि तपाइँलाई पायल्स छ भने यी खानाहरु खानबाट जोगिनु पर्ने हुन्छ ।

हामीले खाएको खानाबाट हाम्रो पेटमा समस्या उत्पन्न हुदछ. पेटमा ग्यास बढ्ने र कब्जियत हुने मूल कारण नै हामीले खाएको खानाले गर्दा हो. कब्जियत भए पछी दिसा नलाग्ने समस्या हुन्छ. दिसा नलागे पछी कनेर गर्नु पर्ने हुन्छ. यस्तो हुँदा मलद्वारको मांसपेशीमा असर पर्न जान्छ र पायल्स हुने गर्छ. 

पायल्स भएकाहरुले पेट विगार्ने किसिममा कुनै पनि खाना नखानु पर्ने हुन्छ. दिसा पातलो बनाउने र सजिलै पच्न सक्ने किसिमका खाना खानु पर्ने हुन्छ.  दिसा पातलो लागे पछि मलद्वारको मुखमा दवाव कम पर्ने हुँदा पायल्स बढ्न पाउँदैन र विस्तारै ठिक हुँदै जाने हुन्छ. 


पायल्सको बिरामीले खान नहुने खानाहरु (Food to avoid for piles):

  1. सेल रोटी वा तेलमा पकाएको पुरी  (Oily Foods)
  2. माछा मासु  कम खाने (Meat)
  3. बासी खाना, भुटी खाना, कागती बाहेक अन्य अमिलो चिज 
  4. पिरो, कागती बाहेकका अन्य बजारे अमिलो, र बढी गुलियो पदार्थ  (Spicy Foods)
  5. दुध लगाएको चिया (Milk Tea)
  6. चुरोट, रक्सि, चिया, कफी, माछा मासु, सुर्ती जन्य पदार्थ, मधु, सुपारी, गुटका, खैनी । (Alcohol, Smoking etc)
  7. शरीरमा आवस्यकता भन्दा बढी खानु हुदैन । आधा पेट वा आधा पेट  भन्दा थोरै बढी मात्र खाने गर्नुपर्दछ. बढी अस्पट हुनेगरी नखाने  (Food Limitation)
  8. दालमोट, बजारे खानेकुरा, प्याकेटमा राखिएको खानेकुरा 
  9. पेटमा असर गर्ने कुनै पनि किसिमका खाना
  10. घाउ पकाउने किसिमका खाना
Our website uses cookies to enhance your experience. Learn More
Accept !