पित्त थैलीको पत्थरीको लक्षणहरु | Gallstones Symptoms in Nepali

Kalpana
पित्त थैलीको पत्थरी र मृगौलाको पत्थरी कमन रुपमा सबैलाई हुने गरेको छ ।  पित्त थैलीमा पत्थरी कसरी बनिन्छ? पित्त थैलीको पत्थरीको लक्षणहरु के हे हुन्?  कस्ता व्यक्तिलाई पित्त थैलीको पत्थरी बनिन्छ ? पत्थरी हुँदा के खाने के नखाने? पत्थरी हुनबाट बच्न के गर्ने ? आदि पित्त थैलीको पत्थरी संग सम्बन्धित जानकारी यो पोस्टमा समावेश गरिएको छ.

पित्त थैली के हो (Gallbladder)?

पित्त थैली हाम्रो छाती अर्थात आमाशयको दाहिने भागमा र लिभरको मुनि पट्टी नस्पाती आकारमा रहेको  एउटा सानो थैली हो । 
Gallstones Symptoms in Nepali
पित्त थैलीमा  जम्मा भएको पित्तरस हामीले खाएको खाना पचाउने Enzyme हो । जब हामीले खाना खाएर खाना पेटमा पुग्छ तब पित्तरस सानो आन्द्रामा झर्छ र खाना पचाउने कार्य सुरु हुन थाल्छ । 

यो पित्त रस (Bile juice) कलेजोमा बनिन्छ र पित्तशयमा आएर जम्मा हुन्छ.  कलेजोमा बनिएको पित्तरस (Bile juice) स्टोर हुने ठाँउ नै पित्तशय हो । पित्तथैलीमा तरल पदार्थको कमी भएर यस पित्त थैलीमा चिनि, नुन, क्याल्सियम (Calcium) आदी  जस्ता विभिन्र रसायनहरु जमेर एकै ठाउँ जम्मा हुन थाल्छन र पत्थरी(Stone) बनिन थाल्छ । लगभग ८० प्रतिशत Gallstones,  Cholesterol Gallstones नै हुने गरेको छ । 

पित्तथैलीको पत्थरी हुने मुख्य कारणहरु (Gallstone Causes):

पित्तथैलीको पत्थरी हुने मुख्य दुई कारणहरु रहेको हुन्छ. 
  • कोलेस्ट्रोल (Cholesterol) बढ्दा :
  • बिलिरुबिन (Bilirubin) बढ्दा:
बिलिरुबिन (Bilirubin) रगतमा भएको पहेंलो पदार्थ हो । यो पहेंलो पदार्थ रगतमा धेरै भए शरीर पहेंलो हुने र जन्डिस हुने गर्छ । पित्तथैलीमा पित्तरस सँगै धेरै मात्रामा पहेलो पदार्थ "बिलिरुबिन (Bilirubin)" र खराब बोसो Cholesterol पनि बगेर आउने हुँदा Gallstones सुरु हुन्छ ।

धेरैजसो महिला र पुरुषमा हुने पित्तथैलीको पत्थरी (Gallsones) कोलेस्ट्रोलबाटै बनिने गर्दछ । कलेजो (Liver) बाट बगेको पितरसमा (Bile juice) कोलेस्ट्रोल अर्थात खराब बोसो धेरै मिसिएर आउन थालेपछि पित्तथैली (Gallbladder) भित्र उक्त बोसो नघुल्ने भएकाले पित्तथैलीमा पत्थरी (Gallstone) बनिने गर्छ । 
कोलेस्ट्रोल धेरै भएर तरल पदार्थमा कमी भएपछी पित्तसरमा भएको बोसो र पहेलो पदार्थ डल्लो पर्न थाल्छ. कोलेस्ट्रोल घुल्न नसकेर डल्लो हुने र पित्तथैलीमा थुप्रिएर Gallstone हुने गर्छ  । यसबाट बनेको पत्त्थरीको रंग पहेंलो (Yellow color Stone) हुन्छ । 

पित्तथैलीको पत्थरी पुरुषमा भन्दा महिलाहरुमा बढी हुने गर्छ. तर यसको मतलब पुरुषमा पित्त थैलीको पत्थरी  हुँदैन भन्न खोजिएको भने होइन. प्राय कमै मात्रामा पुरुषमा पित्तथैलीको पत्थरी हुने गर्छ भने अधिकांस महिलामा पित्तथैलीको पत्थरी हुने गरेको पाइन्छ.
Gallstones को समस्या भएपछि सर्जरी नै पहिलो उपचार हो । यसो गर्दा पित्तथैली नै निकालेर फालिन्छ र पितरस सिधै सानो आन्द्रामामा पास हुन्छ । सर्जरी बिना पनि हामिले हाम्रो दैनिक जीवनमा आइपर्ने शारीरिक कसरतहरुमा ध्यान दिन सकेमा, खानपान, लाईफ स्टाइल परिवर्तन गर्न सकेमा,घरेलु औषधीहरु, हर्बहरु नियमित खाने गरेमा Gallstones सर्जरी नगरीपनी केही मात्रामा पित्त थैलीको पत्थरी कन्ट्रोल गर्न सकिन्छ । यदी Gallstones बनिदै गरेको हुँदा पनि खानपानमा सुधार गर्न सके Gallstones ठिक हुन सक्छ ।

मुख्य तया Gallstones खानपान कै कारण शरीरमा धेरै खराब बोसो जमेर बनिने गर्दछ । कोलेस्ट्रोल भनेकै खराब बोसो हो । कोलेस्ट्रोलको कारणले अनेकौ रोग लाग्ने गर्दछ । शरीर मोटो हुनु र शरीरमा बोसो लाग्नु कदापी राम्रो होइन । जब शरीरमा बोसो लाग्छ तब रोग लाग्न सुरु भयो भनेर जान्नुपर्छ । मोटा महिला मानिसहरुलाई एकदमै धैरै गलस्टोन हुने संभावना हुन्छ । 

पित्तथैलीको पत्थरीको लक्षणहरु (Gallstones Symptoms)  : 

प्राय जसो पित्त थैलीको पत्थरी हुँदा कुनै पनि किसिमको लक्षणहरु देखिंदैन. तर कुनै पनि पित्त थैलीको पत्थरीले नलीमा अवरोध गर्दा अचानक पेट दुखाईको साथ विभिन्न लक्षणहरु देखिन सक्छ.
  • पेटको माथिल्लो भाग दुख्ने
  • बमिट हुने
  • खाएको नपच्ने
  • ज्वरो आउने
  • छाला, आँखा पहेंलो हुने (जन्डिस )
  • ग्यास्ट्रिक बढ्ने 
  • पहेंलो पिसाव आउने 
  • अचानक पेट दुख्ने 
  • दाहिने पाखुराको पछाडि पाता दुख्ने 
  • कालो दिसा लाग्ने
  • झाडापखाला लाग्ने
Gallstones हुँदा देखिने पहिलो लक्षणहरुमा पेटको दाहिने तर्फ माथिल्लो भागमा दुख्छ र दुखाइ बढेर माथी पाखुरा, काँध तिर पनी सर्दै  जान्छ । साथै बमिट हुने, खाएको नपच्ने, ग्यास अत्याधिक बढ्ने, कालो दिसा लाग्ने, डायरिया हुने जस्ता लक्षणहरू देखिन्छ । 

महिलाहरुमा, धेरै मोटा मानिसहरुमा, मधुमेहको समस्या हुने मानिसमा, धेरै चिल्लो तेल वा चिनि जन्य खाध्य पदार्थ, बोसो जन्य मासु, अण्डा, आइसक्रिम, जनावरबाट पाईने प्रोटीन जन्य खानाहरु, मैदाबाट बनेका ब्रेडहरु खाने मानिसमा पित्तमा पत्थरी हुने सम्भावना धेरै हुन्छ । यस्ता खानाले शरीरमा खराब बोसो लगाउने गर्दछ ।

पित्त थैलीको पत्त्थरीको घरेलु उपचार (Gallstone Home Remedy):

पित्तथैलीमा पत्थरी बन्न नदिनको लागी पित्तरस कम बनाउने खानाहरु खानुपर्छ, नियमित कसरत गर्नुपर्छ, शरीरमा बोसो लाग्न दिनु हुँदैन ।  फलफुल तथा सागपात प्रसस्त खाने गरेमा पित्तको समस्या हुन पाउदैन । नस्पाती, गाजर, काँक्रा, बिटरुट खाने गर्दा लिभर सफाइ गर्न सहयोग गर्दछ र पित्त को समस्या हुनबाट बचाउदछ ।

त्यसैगरी 
स्याउ, उमारेका अनाजहरु, फाइबर पाइने खानाहरु दाल तरकारी प्रसस्त खानुपर्छ । पुदिनाको चिया, पुदिनाको अचार धेरै खानुपर्छ । पुदिनामा टेरपिन नामक यौगिक पाइन्छ यसले पत्थरी तोडन मद्दत गर्दछ । लिभरमा कोलेस्ट्रोल बन्न नदिने खानाहरु धेरै खानुपर्छ । निबुपानी, कागती पानी प्रसस्त मात्रामा पिरहनुपर्छ । भिटामिन सी जन्य फलहरु अमिला फलहरु धेरै खानुपर्छ । क्याप्सिकम (ठुलो खुर्सानी) धेरै खाइरहनुपर्छ । 

ध्यान दिनु पर्ने मुख्य कुराहरु :

  1. शरीरमा अनावस्यक बोसो जम्न नदिने
  2. बोसो लाग्न थाल्यो भने काम गर्ने र पसिना बगाएर बोसो पगाल्ने
  3. चिनि र गुलियो चिज धेरै नखाने
  4. मासु प्रोटिन पाइने चिजहरु धेरै नखाने
  5. तेलमा तारेको, बोसो भएका खानाहरु नखाने
  6. शरीर स्लिम राख्ने कोसिस गर्ने
  7. मसला अत्यन्तै कम खाने
  8. तरकारीमा तेल खाँदा एकदम कम खाने । यसो गर्दा कलेजोमा कोलेस्ट्रोल बन्न पाउदैन र पित्थैथैली सफा रहन्छ.
Our website uses cookies to enhance your experience. Learn More
Accept !