मुख गनाउने तथा श्वास गनाउने समस्याको समाधान कसरी गर्ने ? Bad Breath Treatment in Nepali

Kalpana
Bad Breath Treatment in Nepali
(toc)

मुख र श्वास गनाउने समस्या प्राय हर काेहि व्यक्तिमा हुन्छ । मुख गनाउने समस्या सामान्य भए पनि यो दाँत फोहोर हुनु, मुख फोहोर हुनु मात्र नभई यो मुख सम्बन्धि रोग, दाँत वा गिजा सम्बन्धि रोग पनि हुन सक्दछ ।

मुख सम्बन्धि समस्या भएका हर कोहिले यसलाई घरेलु तरिका अनुसार यसको समाधान गर्न अवस्य सक्नु हुनेछ ।

मुख गनाउने तथा श्वास गनाउने समस्याको एक मिनेट मै समाधान गर्ने ५ अति नै फाइदाजनक र सजिलो तरिकाहरु यस प्रकार छन् ।

हरियो धनियाँ (Green Coriander) :

यदि तपाइँको मुख निकै गनाइ रहेको छ र तत्काल मुखको दुर्घन्ध के हि समय सम्मलाई हटाउन चाहनु हुन्छ भने हरियो धनिया टिपेर मजाले धोएर चपाएर खानुहोस १ मिनेट मै तत्काल मुख गन्हाउने समस्या हट्ने छ ।

तुलसीको पात र नरिवल (Tulsi leaf and Coconut ):

तुलसीको पात र नरिवल एकै साथ चपाउनु होस् मुखको दुर्गन्ध १ मिनेटमा हट्ने छ । यो विधि तपाईले कुनै ठाउँमा आफुलाई अफ्ट्यारो महसुस भएको बेला उपयोग गर्नुहोस र के हि समय सम्मलाई ढुक्क हुनुहोस तपाईं को मुख गनाउने छैन।

अलैँची (car।damom ) :

सधैं हरेक दिन अलैँचीको दाना चुसिरहने गर्नुहोस । यसले तत्कालको लागि र सधैंको लागि मुख को दुर्घन्ध हटाई दिनेछ ।

कागती र टुथपेस्ट (Lemon and Toothpaste) :

कागतीको रस संग टुथपेस्ट मिसाएर ब्रस गर्ने गर्नुहोस । यसले दाँत चम्किनुको साथै मुखको दुर्घन्ध सधैंको लागि र चाडै हटाउ नको लागि दुवैमा काममा सहयोग गर्ने छ ।

जीरा र मिश्री (Cumin and Rock candy):

खाना खाइ सके पछि पान जीरा र मिस्रि खाने गर्नुहोस् । यसले खाएको पचाउन र मुखको दुर्घन्ध हटाउन अति नै ठूलो सहयोग गर्दछ ।

पुदिनाको माउथ फ्रेसनर ( Mint Mouth freshener) :

किनेर उपयोग गर्नको लागि पुदिनाको माउथ फ्रेसनर लिनुहोस् र सधैं आफ्नो ब्याग वा पकेटमा राख्नु होस् । कहिँ कसै संग बोल्दा मुख गनाउँछ भन्ने लाग्छ भने उक्त समय प्रयोग गर्नुहोस् । यसले तपाईंको श्वास गनाउने तथा मुख गनाउने समस्या तुरन्तै ठिक गर्ने छ ।

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !