आगोको ज्वाला किन सधैं माथि तिरै फर्कन्छ ? Why does a flame always pointupwards? Nepali

Kalpana
आगोको ज्वाला, हामी दैनिक आगो बाल्ने गर्छौं आगो बाटै खाना बनाउने देखि लिएर अनेक कार्य गर्दछौं । तर हामीले कहिले ख्याल गरेको छौं कि आगो बाल्दा किन आगोको ज्वाला सधैं माथि तिरै जान्छ ?

मतलब कुनैं एउटा दाउरा बालियो भने त्यो बल्दै गरेको दाउरा लाई घोप्टो पार्दा पनि आगो भने माथि तिरै फर्कने गर्दछ । यो हुनुको बैज्ञानिक कारण के हो भने आगो को कुनै दिशा हुदैन यसको दिशा ब्रमाण्ड मा भएको  हावा संग निर्भर रहेको हुन्छ ।
मतलब ब्रमाण्ड मा भएको चिसो हावा सधैं मुनि आउने गर्दछ भने तातो हावा सधैं माथि उड्ने गर्दछ । जब हामि आगो बाल्छौं तब उक्त आगो को ताप ले त्यस आगो नजिक भएको हावाहरु तातिन्छन र  तातो हावा माथि तिर उड्न सुरु हुन्छ र यो बेला हावाले आगो ज्वाला लाई पनि माथि तिरै तानेर लाने गर्दछ । त्यसैले आगो बाल्दा दाउरा मुनि तिर फर्काए पनि आगोको ज्वाला भने सधैं माथि तिरै जाने गर्दछ ।
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !