कब्जियत के हो ? लक्षण, कारण र घरेलु उपचार : Constipation Symptoms, Causes and Treatment in Nepali

Kalpana
Constipation Symptoms, Causes and Treatment in Nepali
(toc)

कब्जियत (Constipation ) भनेको पेटको समस्या हो. कब्जियतको सरल अर्थ दिसा गर्नमा बाधा उत्पन्न हुनु हो.

अनियमित खानपान, अव्यवस्थित खानपान वा कुनै पनि खानपान जसले पेटमा असर गरी उत्पन्न भएको समस्या जसले दिसा गर्नमा समस्या बनाउँछ।

दिसा साह्रो बनाउँछ, पेट दुख्छ, दिसा लाग्ने झैं हुन्छ तर टवाइलेट बस्दा दिसा लाग्दैन, लामो समय सम्म दिसा गर्न बस्नु पर्छ, कालो दिसा आउँछ, थोरै दिसा आउँछ भने यो कब्जियत हो भनेर बुझ्न सक्नु हुन्छ.

पेटको रोगहरुको विकास गराउने मुख्य कारण नै कब्जियत हो र कब्जियत को विकास हुने मुख्य कारण गलत खानपान हो.

कब्जियत हुनु अघि ग्यास्ट्रिक (Gastric) हुने गर्छ। त्यसपछि कब्जियत सुरु हुन्छ. कब्जियत हुन सुरु भए बुझे हुन्छ कि शरीरमा रोगहरुको विकास हुन सुरु भई सकेको छ.

यस्तो भए शरीरको ख्याल गरी चाँडो भन्दा चाँडो कब्जियत नियन्त्रण गरी कब्जियतबाट उत्पन्न हुने रोगहरुलाई नियन्त्रण गर्न तिर ध्यान दिनु पर्दछ. कब्जियत हुनु अघि ग्यास्ट्रिक हुन्छ र त्यसपछि कब्जियत हुन्छ ।

दिसा साह्रो आउने, दिसा गर्दा धेरै बल लगाउनु पर्ने, कन्नु पर्ने अवस्था आउनु, दिसामा रगत आउनु, नियमित दिसा नआउनु आए पनि थोरै आउनु, डल्लो दिसा र दैनिक कालो दिसा आउनुलाई कब्जियत भएको भनिन्छ.

खान मन नलाग्नु, पेट भारी हुनु, पेट मा ग्यास भरिनु, पेट दुख्नु जस्ता लक्षणहरु कब्जियत हुँदा देखिने गर्छ.

कब्जियत भए पछी समयमा दिसा नआउने, दिसा कम आउने, दिसा गरे पछि दिसाको केहि अंश मलद्वारमा रहने भएकाले मलद्वारमा किटाणु संक्रमण हुने जस्ता जटिलताहरु कब्जियत हुँदा उत्पन्न हुने गर्छ.

अहिले कब्जियत गम्भीर समस्या भई अधिकांश मानिसहरुमा हुने गरेको पाइन्छ. कब्जियत हुनुको मुख्य कारण नै हाम्रो अव्यवस्थित खानपान हो. अव्यवस्थित खानपानले गर्दा पाचन प्रक्रियामा समस्या भई कब्जियत हुने हो.

कब्जियत को प्रकारहरु | Types of Constipation

कब्जियतको प्रकारहरु (Types of Constipation) मध्यमा मुख्य २ प्रकारका कब्जियत हुन्छन. जसलाई प्राथमिक कब्जियत (Primary Constipation) र माध्यमिक कब्जियत (Secondary Constipation) भनिन्छ.

  1. प्राथमिक कब्जियत (Primary Constipation)
  2. माध्यमिक कब्जियत (Secondary Constipation)

कब्जियतको लक्षणहरु | Constipation Symptoms

कब्जियतको लक्षणहरु (Constipation Symptoms) अनेकौं छन्. तपाइँले सजिलो तरिकामा यसरी बुझ्न सक्नु हुनेछ कि तपाइँको पेटमा समस्या उत्पन्न भएको छ र उक्त समस्याले तपाईलाई दिसानलाग्ने, अम्लपित्त हुने, अरुचि हुने, भोक नलाग्ने, पेट हुडुलने, कालो दिसा, थोरै दिसाआउने जस्ता समस्या भए कब्ज्जियतको लक्षण (Symptoms of Constipation) को रुपमा बुझ्न सक्नु हुनेछ.

  • समयमा दिसा नलाग्ने
  • थोरै दिसा आउने
  • कालो दिसा आउने
  • कडा दिसा वा साह्रो दिसा आउने
  • दिसा गर्न कठिनाइ हुने
  • निन्द्रा नलाग्ने
  • मलासयमा अवरोध भएको जस्तो महसुस हुने
  • आन्द्राबाट दिसा नखसेको महसुस हुने र दिसा नलाग्ने
  • दिसा लागेको महसुस हुने तर दिसा गर्न बस्दा दिसा नआउने वा थोरै आउने
  • दिसा गरी सके पनि सबै दिसा गएको वा पेट खाली भएको जस्तो नहुने अर्थात भनौं फेरी दिसा लागे जस्तो हुने तर दिसा नआउने
  • दिसा गर्दा तपाइँको हातको सहायता चाहिने जस्तै पेट थिच्नु पर्ने, पेट निचोर्नु पर्ने, दिसा गर्दा कन्नु पर्ने आदि

कब्जियत हुने कारणहरू | Causes of constipation

कब्जियत हुने मुख्य कारण (Causes of Constipation) नै अव्यवस्थित खाना वा गलत खानपान हो. तर गलत खानपान संगसंगै विभिन्न औषधि को सेवनले पनि कब्जियत (Constipation) हुने गर्छ.

  • गलत खानपान गरेमा
  • अनियमित खानपान गरेमा
  • समय र टाइमटेबल नमिलाई खाना खाने गरेमा
  • पोषण युक्त खानाको कमि भएमा
  • बढी तेलीय पदार्थ को सेवन
  • फ्राई गरिएका खानेकुरा खाएमा
  • खानामा फाइबर को कमि भएमा
  • शारीरिक ब्यायामको कमि भएमा
  • मोटोपन बढी भएमा
  • बजारे खाना खाएमा
  • रेडिमेड खाना खाएमा
  • जंक फुड खाएमा
  • पेट सम्बन्धि कुनै पनि समस्या भएमा
  • कुनै पनि रोग को औषधि सेवन गर्दै गरेको भएमा
  • गर्भवती भएमा
  • पेटको ठुलो आन्द्रामा कुनै कारणले दिसा बल्केज भएमा
  • कोलोन क्यान्सर सुरु भएमा
  • पानी कम पिउने गरेमा
  • पेन किलर औषधिको बढी सेवन गरेमा
  • डिप्रेसनको औषधि सेवन गरेमा
  • आइरन चक्कीहरु खाएमा
  • बढी खाना खाएमा आदि

कब्जियतको उपचार | Constipation Treatment

कब्जियतको उपचार (Constipation) गर्नु अघि यो कुरा बुझ्नुहोस् कि, कब्जियतको समस्या (Constipation) मुख्य गरी गलत खानपान र अव्यवस्थित खानपान, खानाको टाइमटेबल नमिलाई खाना खाएमा वा बजारे खाना, रेडिमेड खाना खाने गरेमा हुने गर्छ.

त्यसैले कब्जियतको उपचार को लागि सबै भन्दा पहिला आफ्नो दैनिक खानपान मै ध्यान दिएर मात्र यी तल बताइएको कब्जियतको उपचार (Constipation Treatment) तरिकाहरु फलोअप गर्दा लाभदायक हुनेछ.

  • हर्रो, बर्रो र अमला को चुर्ण बनाएर दैनिक तातोपानीमा पिउने
  • खानामा सधैं फाइबर युक्त खाध्य पदार्थ सेवन गर्ने
  • फाइबर पाइने खाना मा बढी ध्यान दिने
  • खानामा मुला को सेवन गर्ने
  • सुत्नु भन्दा पहिला तातो पानी पिएर सुत्ने
  • बिहान-बिहान पाकेको मेवा खाने
  • पाकेको बेलको गुदी खाने
  • अमला चुर्ण दुधमा मिसाएर सुत्नु अघि खाएर सुत्ने
  • तातो दुधमा बेसार मिसाएर पिउने
  • पानी प्रसस्त धेरै पिउनुहोस् भरसक तातो पानी (सबै भन्दा उत्तम र सजिलो उपाय)
  • तातो पानीले पेट सेक्नुहोस
  • खानामा भिंडी (Ladies finger/Okra) को सब्जी दैनिक सेवन गर्नुहोस
  • मसलेदार नबनाई सामान्य गुन्द्रुकको झोल उमालेर खानामा खाने गर्दा पनि दिसा खुलाउने र पेट सफा गर्ने हुँदा कब्जियतलाई फाइदा गर्दछ
  • गाँजर, तरबुजा, सुन्तला, प्रसस्त मात्रामा खाने
  • गाँजरको जुस दैनिक पिउने
  • तातोपानीमा कागती मिसाएर, थोरै बिरेनुन हाली सेवन गर्ने
  • दैनिक मेवा खाने
  • खाना खाँदा दैनिक सलाद खानुहोस
  • चम्सुरको सग, मेथी को साग, पालुंगो साग, बेथु को सागको सब्जी बनाएर खानुहोस
  • खजुर र दुध पिउने
  • त्रिफलाको चुर्ण तातोपानीमा वा तातो दुधमा घोलेर खाने

कब्जियतबाट हुने रोगहरु | Diseases caused by Constipation

कब्जियतको उपचार (Constipation Treatment) नगरे खतरनाक रोगहरु (Serious Diseases) को विकास हुँदछ. पेटमा जतिपनि रोगहरु उत्पन्न हुन्छन् ती सबै रोगहरुको मूल जरो नै कब्जियत (Constipation) हो.

कब्जियतबाटै पेटमा अनेकौं किसिमका रोगहरु वा समस्याहरु उत्पन्न हुने गर्छन. र ज्यान लिने साथै दिर्घ रोगहरुको विकास हुँदछ.

पेट मात्र नभएर मलद्वारमा समेत कब्जियतको असर हुन्छ भने मस्तिष्क र पेट संगको सम्बन्ध गहिरो हुने भएकाले मस्तिष्कमा पनि कब्जियतको नकारात्मक असर पर्दछ. यस्ता छन् कब्जियत बाट हुने रोगहरु :

  • पायल्स (Piles /Hemorrhoids)
  • निन्द्रा नलाग्ने समस्या (Insomnia)
  • डिप्रेसन (Depressions )
  • अल्सर (Ulcer)
  • पेटको क्यान्सर (Stomach Cancer)
  • कमजोरी (Weakness)
  • शरीरमा पोषणको कमि हुने समस्या (कुपोषण) आदि (Malnutrition)

कब्जियतको उपचार चांडै गरे पेट संग जोडिएको धेरै रोगहरुबाट सजिलै बच्न सकिन्छ.

कब्जियत हुँदा के खाने? | Good Foods for Constipation

कब्जियत हुँदा प्रसस्त पानी पिउने. फाइबर पाइने खानाहरु प्रसस्त खाने. सुत्नु अघि तातो पानी पिएर सुत्ने. मुला को सलाद खाने. भिन्डीको सब्जी, मेथीको साग, चम्सुरको साग, पालुंगो साग र बेथुको साग को सब्जी खाने. गाँजर को जुस बनाएर खाने. अमला चुर्ण दुधमा मिसाएर सुत्नु अघि खाएर सुत्ने. हर्रो, बर्रो र अमला को चुर्ण बनाएर दैनिक तातोपानीमा पिउने.

कब्जियत हुँदा पेट बिगार्ने किसिमको खानाहरु खानु हुदैन. बढी तेल मिसाएको खाना, मसलेदार, अमिलो पिरो खान हुँदैन. कब्जियत को बिरामीले रातो मासु को सेवन गर्नु हुँदैन र ढिलो पाचन हुने किसिमको खानाहरु खान हुँदैन. बजारे खाना, चटपटे, र मैदाबाट बनेको परिकारहरु जस्तै बिस्कुट, पाउरोटी जस्ता खानेकुरा खान हुँदैन.

कब्जियत ठिक गर्ने उपाय | Tips to Cure Constipation

कब्जियत गलत खानपानको कारण ग्यास्ट्रिक को समस्या भइ उत्पन्न हुने समस्या भएको कारण कब्जियत हटाउनको लागि खानपान मा ध्यान दिनु पर्छ. फाइबर युक्त खानेकुरा खानु पर्छ. दिशा पातलो बनाउने किसिमको खानेकुरा खानु पर्छ. कब्जियत हुँदा प्रसस्त पानी पिउनु पर्छ र पेट सफा राख्नु पर्छ.

पेट सफा गर्ने तरिका | Tips to Clean Stomach

पेट सफा गर्न को लागि धेरै पानी पिउनु पर्छ. मसलेदार र बढी तेलीय पदार्थ युक्त खानाहरुको सेवन गर्नु हुँदैन. मैदाबाट बनेका खानेकुराहरु जस्तै बिस्कुट आदि जस्ता खानाहरु खानु हुँदैन. बजारे रेडिमेड खानाहरु, दालमोटहरु खान हुँदैन. पेट सफा राख्नको लागि तर्बुजा जस्ता प्रसस्त पानी पाइने फलफुलको सेवन गर्नु पर्छ. दिशा पातलो बनाउने किसिमको खानेकुरा को सेवन गरियो भने पेटमा फोहोर जम्न पाउंदैन र पेट सफा हुनेछ.

कब्जियतको घरेलु उपचार कसरी गर्ने ? | Home Remedy for Constipation

कब्जियतको घरेलु उपचार गर्नको लागि सर्वप्रथम त पेटलाई असर नगर्ने किसिमको खाना खाने. हर्रो, बर्रो र अमला को चुर्ण बनाएर दैनिक तातोपानीमा पिउने.फाइबर पाइने खाना मा बढी ध्यान दिने. पानी प्रसस्त धेरै पिउनुहोस् भरसक तातो पानी पिउनुहोस्. तातो पानीले पेट सेक्नुहोस र दिशा पातलो बनाउने किसिमको खानाहरु खानुहोस्.

कब्जियतको लक्षणहरु कस्ता हुन्छन् ? | Symptoms of Constipation

कब्जियतको लक्षणहरु अनेक हुन्छन्.जसमा दिशा मा बाधा आउनु नै पहिलो लक्षण हो. दिशा लागेको महसुस हुने तर दिशा गर्न बस्दा दिशा न आउने वा थोरै आउने,समयमा दिशा नलाग्ने, थोरै दिशा आउने, कालो दिशा आउने, कडा दिशा वा साह्रो दिशा आउने, दिशा गर्न कठिनाइ हुने,मलासयमा अवरोध भएको जस्तो महसुस हुने आदि कब्जियतको लक्षणहरु हुन्.

कब्जियतकाे असरहरु कस्ता हुन्छन् ? | Effects of Constipation

कब्जियतका असरहरु निकै जोखिम युक्त हुन्छन्. कब्जियत भएर दिशा नलागे पछि कन्नु पर्ने अवस्था आउँछ. यसरी कनेर दिसा गर्दा मलद्वारमा समस्या भई पायल्स (Piles) र फिस्टुला (Fistula) हुने, पेटमा अल्सर हुने, क्यान्सर हुने सम्भावना हुन्छ. कब्जियत हुँदा शरीरमा अनेक किसिमका असरहरु हुन्छ. पेट दुख्छ. खान मन लाग्दैन. कमजोरी बनाउँछ. समयमा दिशा लाग्दैन. दिशा गर्न धेरै समय लगाउनु पर्छ. कब्जियत को सुरुमै उपचार गरिएन भने यसले निकै ठुलो जोखिम निम्त्याउन सक्छ.

Read More
Our website uses cookies to enhance your experience. Learn More
Accept !