काटेको वा पोलेको अङ्गमा लगाउने घरेलु उपचार विधि ? Nepali Health News

Kalpana
हात काट्यो वा पोल्यो भने तत्काल के लगाउने ? घ्युकुमारी? कहिले काही हाम्रो शरीर मा घाउ हुन्छ । कुनै वस्तु ले काट्ने वा पोल्ने भै घाऊ हुने गर्दछ यो बेला घरायसी के हि विधि अपनाउन सके रगत आउन बन्द हुन्छ भने पोलेको आराम र दुखाइ साथै ब्याक्टेरियाहरुले आक्रमण गर्न बाट घाऊलाई बचाउन सकिन्छ ।

निम को पात (Neam):

यदि शरीर को कुनै पनि भाग मा काटेको छ भने निम को हरियो पत्ता लाई मज्जाले पिसेर काटेको ठाउमा लगाइयो भने काटेको दुखाइ मा धेरै आराम हुनेछ

चिसो पानी (Cold Water):

यदि काटेको ठाउमा चिसो पानी लगाई रहने हो भने पनि दुखाई बाट धेरै आराम पाउन सकिन्छ ।

बेसार (Turmeric) :

यदि शरीर को कुनै अंग मा काटेको छ र रगत बगी रहेको छ भने बेसार लाई पिसेर काटेको घाउमा लगाउदा रगत आउन बन्द हुने छ ।

नरिवलको तेल (Coconut oil):

यदि शरीर को कुनै पनि अंग मा कुनै पनि तातो चिज ले पोलेको छ भने उक्त ठाउमा नरिवल को तेल लगाउदा धेरै आराम हुनेछ । वा भ्यास्लिन वा ग्लिसिरिन  लगाए पनि धेरै आराम पाउन सकिन्छ ।

लसुन (Garlic) :

लसुन लाइ पिसेर काटेको ठाउमा लगाउनु भयो भने ब्याक्टेरिया ले आक्रमण गर्न र घाउ पाक्न बाट बचाउने गर्दछ ।

तेल बेसार (Oil & Turmeric):

यदि घाउ भयो वा कुनै चिज पोलेर डाम बसेको छ वा पानी जमेको छ भने  तेल बेसार लगाउनु पर्दछ यसो गर्नु निकै उत्तम हुनेछ । भने खुट्टा वा हात को औलाहरुको कापमा घाउ भएको छ भने पनि तेल बेसार लगाउनु उत्तम हुन्छ.

शुद्द हिंग :

यदि शुद्द हिंग लाई पिसेर पोलेको ठाउमा लगाउने हो भने पनि धेरै आराम पाउन सकिन्छ ।

मह (Honey):

यदि काटेको ठाउमा शुद्द मह लगाउने हो भने घाउबाट ब्याक्टेरियालाई बाहिर निकाल्न मद्दत गर्दछ । महमा एन्टीब्याक्टेरियल, एन्टी फंगल र एन्टी इन्फ्लामेटरी पाइने गर्दछ । त्यसैले घाउलाई मन तातो पानि ले धुनु अगाडी मह लगाएर सफा गर्नु उचित हुन्छ ।

प्याज (Onion) :

प्याज मा एन्टी माइक्रोबियल तत्व पाइने गर्दछ जसलाई एसिलिन पनि भनिन्छ जसले घाउलाई संक्रमण हुन् बाट बचाउदछ । एउटा सानो सफा बटुको मा एउटा प्याज को पेस्ट बनाई मह मिसाउनु होस् र काटेको घाउमा लगाउनु होस् । यसो गर्दा घाउ सुक्न र निको हुन् अति छिटो हुनेछ ।

घ्यु कुमारी (Aloe Vera):

घ्यु कुमारी मा एनाल्जेसिक, एन्टी इन्फ्लामेटरी तत्व हुन्छ जसले घाउ लाई चाडो र सजिल्यै निको हुन् मद्दत गर्दछ । घ्यु कुमारी को जेल मा phytochemicals पाइन्छ जसले घाउ को दुखाई, पोलाई र दर्द लाई तत्काल कम गर्दछ । घ्यु कुमारी पोलेको वा काटेको दुवै ठाउमा लगाउन सकिन्छ ।

घ्यु कुमारी लगाउने तरिका (How to use Aloe Vera?) : 

घाउमा घ्यु कुमारी को जेल लगाउनुहोस र लगाई सके पछी यसलाई सुख्खा हुने गरि सुक्न दिनुहोस त्यपछि यसलाई सफा पानीले धुनुहोस् र पुन सुक्खा हुन दिनुहोस र फेरी घ्युकुमारी को जेल लगाउनु होस् ।

तुलसीको पात (Tulsi) :

पोलेको वा काटेको दुवै ठाउमा तुलसी को पात लाई मजाले धोएर त्यसलाई सफा तरिकाले पिसेर तुलसी को पात मा आएको रस लाई घाउमा वा पोलेको ठाउमा लगाउने गरे धेरै आराम मिल्ने छ । काटेको ठाउमा तुलसी को पात को रस लगाए रगत आउन बन्द हुनेछ भने पोलेको ठाउमा लागाए दर्द कम हुने गर्दछ ।

बाबरीको पात (Basil):

तुलसी जस्तै हुने बाबरी को पात लाई पनि तुलसी को पात को जस्तै बाबरी को पात र तुलसी को पात लाई धोएर तुलसी र बाबरी दुबैको रस को मिश्रण गरी घाउमा लगाउने गर्दा रगत आउन बन्द हुनेछ भने घाउमा ब्याक्टेरिया ले संक्रमण गर्न बाट बचाउन सकिन्छ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !