पायल्स के हो ? पायल्स को उपचार कसरी गर्ने ? Piles Treatment in Nepali

Ms. Kalpana

पायल्स रोग (Piles Disease)

पायल्स के हो? पायल्स कसरी हुन्छ ? पायल्स हुदा के खाने के नखाने पायल्स कति प्रकार को हुन्छ ? ती के के हुन? पायल्स भएकाहरुले के खाने के नखाने? पायल्स कति समय सम्म मा पुर्ण निको हुन्छ ? र पायल्स को घरेलु उपचार विधि के के रहेको छ ?
यी सबै प्रस्न को जानकारी यश पोस्ट मा समावेस गरिएको छ ।

सर्वप्रथप सुरुवात गरौं पायल्स को परिचय मार्फत कि पायल्स रोग वास्तबमा के हो?

पायल्स हाम्रो मल्द्वार मल्द्वार सम्बन्धित एक सामान्य र सबैको कमन रोग हो । पायल्स हुदैमा ठूलो रोग लाग्यो भनेर आत्तिनु पर्दैन । ध्यान दिन सक्यो भने यो पायल्स एक्दमै चाडै निको हुने रोग हो ।

पायल्स हुँदा दिशामा रगत बग्दछ । तर यसको मत्लब यो पनि होइन कि तपाइको दिशामा रगत आउदैमा तपाइलाई पायल्स नै भएको छ । यसको मत्लब यो पनि हुन सक्छ कि तपाइलाई पायल्स नभई पेट भित्र वा आन्द्रा मा अन्य कुनै रोग वा इन्फेक्सन पनि हुन सक्छ । पायल्स नै हो कि नाइ कसरी चिन्न्ने ? भन्ने कुरा सबै यहि पोस्ट मा थाहा पाउनु हुनेछ । ध्यान पुर्वक पढ्दै जानुहोस ।
भिडियो :

रगत मा दिशा आयो भने सबै भन्दा पहिला तपाइले बिचार गर्न जरुरी छ कि रगत किन आयो? कसरी आयो? र कहाँ बाट आयो ? मल्द्वार बाट पायल्स को कारण ले आयो ? या पेट भित्र को अरु कुनै कारण ले आयो ? सबै भन्दा पहिला यो बुझ्न नै जरुरी हुने गर्दछ ।

दिशा मा रगत आउने पायल्स को कारण ले मात्र हुदैन । यदि तपाइको पेट भित्र आन्द्रा मा घाउ वा इन्फेक्सन भएको छ भने, आन्द्रा मा ऐजेरु पलाएको छ भने वा पेट को क्यान्सर भएको छ भने पनि  दिशा मा रगत आउने गर्दछ  । त्यसैगरी कहिले काहीँ तपाईंको दिशा साह्रो आयो ? गाउँ घर को भासामा भन्नू पर्दा गोटा पर्यो ? गोटा परेको दिशा सङ्गै के हि थोपा रगत जस्तो देखियो भने आत्ति हाल्नु पनि पर्दैन यो सामन्य समस्या हो । यो केही दिन नै दिशा पतालो आउन सुरु भए पछि आफै हराएर जानेछ ।

त्यसैले दिशा मा रगत आउदैमा आत्ती हल्ने र पायल्स भयो भनेर सोच्नु गलत पनि हुन सक्दछ । तर यदि दैनिक तपाइको मल्द्वार बढी चिलाउछ, दिशा गर्दा दिनहुँ पोल्छ र दिनहुँ के हि थोपा रगत आउँछ भने यो पायल्स भएको हुन सक्दछ । यस्तो भएमा तपाईंले घरायसी विधि अपनाउने वा  डाक्टर कहाँ गइ चेकअप गरि यो समस्या को फाइनल कारण पत्ता लगाउन अति नै जरुरी हुन्छ । पायल्सको घरायसी विधि चै के के छन ? यसको बारेमा पनि यहाँ बताइएको छ । ध्यान पुर्वक अन्तिम सम्म पढ्दै जानुहोस । सबै कुरा थाहा पाउदै जानुहुनेछ ।

अब पायल्स को उपचार विधि भन्दा पायल्स कसरी हुन्छ  भन्ने बारेमा पहिला बुझौं ।

पायल्स कसरी हुन्छ ? (causes of Piles)

हाम्रो शरीर को कुनै पनि अङ्गहरु मा विभिन्न रगत बग्ने नसाहरु भए झै हाम्रो मल्द्वार को मुखमा पनि मसिना के हि रगत बग्ने नसाहरु हुन्छन् । जब कुनै कारण उक्त नसाहरुमा दवाब पर्दछ वा ती नसाहरुमा असर पर्दछ तब ती नसाहरुमा घाउ हुने, फुल्ने वा ती नसा च्यातिने हुन्छ । यसरी ती नसामा घाउ भयो, च्यातियो, फुल्यो वा सुन्नियो भने उक्त समय दिसा गर्दा अति नै पीडा हुदछ । साथै दिसा मा रगत पनि आउदछ ।
अन्य भिडियो : 

मल्द्वार को नसाहरु फुलिने, सुन्निने, च्यातिने वा घाउ हुने कारण के हो?
नसाहरुमा असर पर्ने विभिन्न कारणहरु हुन्छन् । जस मध्य सबै भन्दा ठूलो कारण हो कब्जियत ।

कब्जियत भनेको के हो? (Constipation)

कब्जियत भन्नाले दिशा गर्न मा समस्या आउनु हो। जस्तै कि दिशा गर्न बस्दा दिशा नआउनु र कनेर दिशा गर्नु पर्ने स्थिति हुनु । दिशा दैनिक साह्रो आउनु, दिशा गर्न बस्दा तत्काल दिशा न आउनु र लामो समय सम्म दिशा गर्न बस्नु पर्ने स्थिती दिनहुुँ भै रहनु आदि समस्या लाई कब्जियत भनिन्छ । कब्जियत आफैमा ठूलो समस्या होइन तर ध्यान पुर्याउन नसक्दा कब्जियत मार्फत अन्य रोगहरु ग्यास बढ्ने, पायल्स, कम्जोरी, थकान, फ्रेश नहुने र काम गर्न जागर नचल्ने, डिप्रेसन बढ्ने जस्ता रोगहरुको उत्पत्ति हुने गर्दछ ।
यो कब्जियत को बारेमा सम्पुर्ण थप जानकारीहरु हामी दोस्रो पोस्ट मार्फत बताउने छौँ ।

तपाइले कब्जियत मार्फत पायल्स हुन्छ भन्ने कुरा थाहा पाउनु भयो तर कसरी हुन्छ यो बारेमा बुझौं ।

कब्जियतबाट पायल्स कसरी हुन्छ ? (Constipation to Piles)

जब तपाईंलाई कब्जियत हुन्छ तब तपाइलाई दिशा गर्न पुर्ण रुपमा समस्या आउदछ र तपाईंले दिशा जबर्जस्ती कनेर गर्नु पर्ने बाध्यता हुन्छ । यसरी कनेर दिशा गर्नु पर्दा तपाईंको मल्द्वारको मुखमा भएका मशिना नसाहरुमा दबाव पर्दछ र दैनिक यसरी नै ती नसाहरुमा दबाव परी रहदा ती नसाहरु मा घाउ हुने, सुन्निने, फुल्ने र यदि फुलेको छ भने फुट्ने हुन्छ र यसरी फुट्नु, सुन्निनु वा घाउ हुनु नै पायल्स हो ।
अन्य भिडियो :

कब्जियत मुख्य पायल्स को मुख्य कारण हो तर यस बाहेक पायल्स हुने अन्य कारण पनि हुन्छन् ।

कब्जियत बाहेक पायल्स हुने अन्य कारणहरु के के हुन? (piles causes except constipation)

पायल्स को अन्य कारणहरुमा गर्भवती हुदा पनि प्राय पायल्स हुने सम्भावना बढी हुने गर्दछ भने यस बाहेक तपाईंले गर्ने दैनिक कार्य सङ्ग पनि सम्बन्धित हुन्छ ।
जस्तै उदाहरण को लागि तपाइले सक्ने भन्दा बढी भारी उठाउनु भयो भने तपाइको मल्द्वार को मुखमा दबाव पर्दछ र यसरी दबाव पर्दा नै तपाइलाई पायल्स हुने गर्दछ ।
यो तपाइले आफै पनि महसुस गर्न सक्नुहुनेछ ।
तर  यी अन्य कारण भन्दा बढी प्राय कब्जियत नै पायल्सको  मुख्य कारण हुने गर्दछ ।

यो पनि तपाइले बुझ्न जरुरी छ कि पायल्स एकै प्रकार को मात्र हुदैन । विशेष गरि पायल्स  2 किसिमको र 4 स्टेज का  हुन्छन । आउनुहोस जानौ यी के के हुन ।

पायल्स कति किसिम का हुन्छन ?(Types of Piles)

विशेष गरि पायल्स दुई किसिम का हुन्छन । जसलाई भित्री पायल्स र बाहिरी पायल्स भनिन्छ ।

भित्री पायल्स र बाहिरी पायल्स भनेको के हो ? Internal and External Piles

मल्द्वार भित्र भएको नसामा समस्या आएर हुने पायल्स भित्री पायल्स  हो । यो पायल्स हुदा हेर्दा देखैदैन तर दिशा गर्दा मल्द्वार दुखेको र पोलेको महसुस गर्न सकिन्छ र दिसा गर्दा रगत पनि आउदछ । तर बाहिर पायल्स हुदा प्रस्ट रुपमा मल्द्वार को मुखमा फुलेको डालो देख्न सकिन्छ । वा हात ले छामेर पनि महसुस गर्न सकिन्छ ।

पायल्स का मुख्य 4वटा स्टेजहरु पनि हुन्छन् ।

पायल्सको पहिलो स्टेज (First stage of Piles)

पहिलो स्टेज मा नसा मा मल्द्वार को मुख भित्र पट्टि नसा मा घाउ हुने, पिल्सिएको हुने  वा थोरै मात्रा मा नसा फुलेको हुन्छ ।

पायल्स को दोस्रो स्टेज: (Second Stage of Piles)

दोस्रो स्टेजमा उक्त सामन्य रुपमा फुलेको नसा बढी फुल्दछ  र मल्द्वार बाट बाहिर निस्किने क्रम मा हुन्छ तर निस्कीसकेको भने हुदैन ।

पायल्सको तेस्रो स्टेज (third stage of piles)

तेस्रो स्टेज मा उक्त फुलेको तर बाहिर ननिस्किएको नसा दिशा गर्दा, या कुनै बल को काम गर्दा मात्र मल्द्वार बाट बाहिर निस्किन्छ र फेरि आफ्नै हात को औंला ले भित्र ठेल्दा सजिलै मल्द्वार भित्र पस्दछ ।

पायल्स को चौथो स्टेज (Fourth stage of piles)

पायल्स को चौथो स्टेज मा फुलेर वा तन्किएर उक्त बाहिर निस्किएको नसा अब औंला ले ठोलेर पनि मल्द्वार भित्र नपस्ने स्थिति हुन्छ र पुर्ण रुपमा ती नसा मल्द्वार बाट बाहिर निस्किने गर्दछ ।  यस्लाई ठेलेर या अन्य कुनै पनि तरिका ले भित्र पसाउन सकिँदैन । यसको लागि डाक्टर ले अप्रेसन वा रबर ब्यान्ड गरेर वा डाक्टर ले गर्ने अन्य उपचार विधि मार्फत मात्र यसको उपचार सम्भव हुनेछ ।

पायल्स लाई सुरुवाती चरण मै थाहा  पाउन सकियो भने बिना अप्रेसन र बिना रबर ब्याण्ड औषधि मार्फत सजिल्यै उपचार गर्न सकिन्छ  । आउनुहोस जानौ

पयल्सको सुरुवाती चरण कस्तो हुन्छ ? (Symptoms of First stage piles)

पायल्सको सुरुवात हुनु अघि मल्द्वार दिनहुँ चिलाउने गर्दछ, दिशा गर्न बस्दा दिनहुँ मल्द्वार दुखेको वा पोलेको महसुस हुने गर्दछ र के हि दिन पछि मसिनो दाना निस्किने, उक्त दाना बढ्दै , दाल को दान जस्तो हुने र बड्ढै बढ्दै ठुलो दानो जस्तो बन्दछ र उक्त दानाबाट रगत निस्कन सुरु हुन्छ ।  यसलाई ब्लिडिङ ब्लडी पाइल्स भनिन्छ । यसले दिशामा रगत जाने गर्दछ ।
यस्ता सन्केत देखिए पायल्स सुरु हुदैछ भनेर बुझ्नु पर्दछ र  तुरुन्तै आफुले खाने खानामा परिवर्तन गर्न जरुरी हुन्छ ।

पायल्स हुदा के खाने के नखाने ? (Food to eat and avoid for piles)

पायल्स का रोगी ले पेट बिगार्ने, ग्यास्ट्रीक बढाउने, कब्जियत बढाउने, दिशा बाग्लो बनाउने, घाउ पकाउने किसिम का खाना बिल्कुलै खानु हुदैन । पायल्स वा पाइल्स हुदा के खाने के नखाने?

यस अन्तर्गत पर्दछ्न,  चिया, कफि, कोल्ड ड्रीन्क, खैनी, चुरोट, रक्सी ( मध्यपान र धूम्रपान ) साथै असुद्द खाने कुरा,  बजार मा पाइने जन्क फुड,  रेडिमेड खाना, बिस्कुट,  बढी तेल युक्त खाना, खोर्सानी, आलु, फर्सी, ढिलो पाचन हुने खाना, माछामासु, साथै दूधबाट निर्मित बासी परिकार जस्तै केक आदि बिल्कुलै खानुहुदैन ।
अन्य भिडियो :

यी खानाले पेट मा असर गर्दछ ग्यास्ट्रीक र कब्जियत बढाउदछ । जसको कारण दिशा गर्न मा समस्या आउदछ र कनेर दिशा गर्नु पर्दा मल्द्वार को मुखमा दबाब परी सुरु भएको पायल्स झन बढ्न सुरु हुन्छ ।
सबै खाने कुरा को नाम एक-एक गर्दै बताइयो भने यो पोस्ट 1 दिन पुरै लगाएर पढ्दा पनि सकिन्न त्यसैले तपाईंलाई यो जानकारी गराउन चाहान्छु कि पेट मा असर हुने , ग्यास्ट्रीक बढाउने, कब्जियत बढाउने, घाउ पकाउने, दिशा बाक्लो बनाउने जस्ता कुनै पनि पनि चिज पायल्स सुरु भए पछि खानै हुदैन ।

पायल्सका रोगिले खानु पर्ने खानु पर्ने महत्वपूर्ण खानेकुराहरु: (Best food for piles)

पायल्स हुदा त्यस्तो खाने कुरा खानु पर्दछ कि जसले ग्यास्ट्रीक (ग्यास्ट्रायटिस) हुन नदियोस, कब्जियत बढ्न वा हुन नदियोस, खाएको खाना चाडो पच्ने किसिम को खाने, खाना पचाउनलाई मद्दत गर्ने चिजहरु खाने, दिशा पतालो बनाउने, रगत बढाउने र घाउ निको हुन मद्दत गर्ने चिज हरु खान एक्दमै जरुरी हुन्छ । भने पानी चै एक्दमै बढि पिउने गर्नु पर्दछ ।
( स्मरण रहोस पानी जिवित प्राणी को लागि हरेक रोगको एक अचुक औषधि हो । पानी बढी पिउदा मृगौला बिगृन्छ भन्छन मानिसहरु तर बिज्ञान ले पानी बढी पिएर मृगौला खराब भएको भन्दा पानी नपिएर चै 90% भन्दा बढी मृगौला खराब भएको प्रमाणीत गरेको छ ।
पानी पिउदा एकै पटक 1 लिटर पिउन्र होइन बोतल मा पानी भएर सधै साथ मा राख्ने र 5/10 मिनेट को फरक मा 4/5 घुड्की पिइ रहने । 1/2 घण्टा मा 1लिटर पानी सकिन्छ र कुनै असर हुदैन । )
भिडियो :

पायल्स हुदा  मेवा, स्वाउ, कागती, दहि, घिउकुमारी को जुस, केरा, हरियो सागपात, मुला , गाजर , काक्रा, टमाटर, ब्रोकाउलि, पालुङ्गो साग, बढि खान आवस्यक हुदछ ।

पायल्स निको हुन कति समय लाग्दछ ?(how long do piles last)

पायल्स निको हुन यति दिन नै लाग्छ भनेर भन्न सकिदैन । कसैलाई चाडो निको हुन्छ त कसैलाई ढिलो हुन्छ ।

यो सबै कुरा तपाइले दैनिक गर्ने कृयाकलाप र खानामा निर्भर रहन्छ । यदि तपाइले माथी बताइएको खानेकुरा मा ध्यान दिनु भयो भने यहाँ को पायल्स 3 देखि 4दिन बाटै निको हुन सुरु हुन्छ  र 2 देखि 3 महिना भित्र मा पुर्ण रुपमा अवस्य निको हुनेछ ।  तर यदि पायल्स निको भइ सक्यो भनेर खाने कुरामा पुन: ध्यान दिइएन भने, भारी काम गरियो भने उक्त पायल्स बल्झिने छ । किनकी भारी काम र खानामा ध्यान नदिदा फेरि मल्द्वारमा असर पर्न सुरु हुन्छ र भर्खरै ठिक हुन सुरु भएको उक्त रबर जस्तो नसा फेरि तन्किन कत्ती  समय लाग्दैन । तपाइले देख्नु,सुन्नु भएको छ होला कि पायल्स निको भएर पुन बल्झिएको हजारौं उदाहरणहरु छन यो सब हुनुको पछाडी खाना र दैनिक गर्ने विभिन्न कार्यले हो ।

पायल्सका उपचार विधिहरु के के रहेका छन् ? (Piles Therapy)

दर्सक बृन्द पायल्स लाई डाक्टर ले नर्मल विधि यनिकी उक्त फुलेको नसा सुकाउने देखि अप्रेसन गर्नु पर्ने सम्म को उपचार विधि अपनाइएको हुन्छ भने अर्को एक किसिम को रबर ले फुलेको नसा बाधेर उक्त ठाउमा रगत सन्चालन हुन नदिइ तन्किएको नसा लाई सुकाउने विधि पनि बढी मात्रा मा प्रयोग  गरिएको हुन्छ ।

हिजो आज समय टेक्निकलको विकास सङ्गै उपचार विधि धेरै नै सरल र सहज बन्दै गएको छ ।

पायल्सको घरेलु उपचार विधिहरु के के हुन  ? (Home remedies for piles)

पायल्स भनेको दिशा मा समस्या भएर मल्द्वार को मुख मा भएको नसा फुलेर भएको रोग हो । त्यसैले पायल्स को घरेलु उपचार गर्न यहाँ ले ग्यास्ट्रीक को उप्चार, कब्जियत को उपचार, दिशा पातलो बनाउने उपचार विधि लाई प्रथम प्राथमिकता दिनु पर्ने हुन्छ ।

यसको घरेलु उपचार मा पर्ने तरिका पनि छन । यदि पायल्स को कारण बढी रगत आइ रहेको छ भने मसिनो अति नै साना किसिमका 5 वटा प्याज लिनुहोस  र उक्त सानो 1 प्याज लाई 3 टुक्रा बनाएर 5 वटै प्याज काट्नु होस र घिउ मा रातो हुने गरि फ्राई गर्नुहोस । यदि तपाइलाई घिउ ले असर गर्छ भने नरिवल को खाने तेल पनि प्रयोग गर्न सक्नु हुनेछ ।
अन्य भिडियो :

उक्त फ्राइ गरिएको प्याज लाई बिहान खाली पेट मा खानुहोस । यो प्रक्रिया दिन मा 3 पटक बिहान, दिउँसो र बेलुका सुत्ने बेला मा प्रयोग गर्नुहोस । तपाईं चकित बन्नु हुनेछ कि 3 देखि 5 दिन मा तपाईंको रगत बग्न बन्द हुनेछ । र सधै प्रयोग गरे पायल्स चाडै निको हुनेछ ।

स्मरण रहोस यो सानो किसिमको प्याज हामिले सब्जिमा खाने किसिम को ठूलो प्याज होईन, यो सानो खाले प्याज आयुर्वेदमा विशेष औषधि को लागि प्रयोग गरिन्छ ।  यो सानो प्याज घिउ सङ्ग कम्बिएसन भए पछि यसले पायल्स भएको फुलेको नसा लाई घटाउने र सुकाउने कार्य गर्दछ र 3/5 दिन मा रगत बग्न रोकिने छ ।

त्यसै गरि अर्को उपचार विधि रहेको छ । घिउकुमारी को जुस बमाएर दैनिक पिउने, र काचो मुला खाइ रहने यसो गर्दा एक्दमै चाडै पायल्स निको हुनेछ । Learn More about Piles Treatment in Nepal
Our website uses cookies to enhance your experience. Learn More
Accept !