प्याज खाने नखाने सबैले जान्नै पर्ने कुरा - Onion Benefits in Nepali

Mr. Som

प्याज खाने नखाने सबैले जान्नै पर्ने अतिनै महत्वपूर्ण जानकारी 

के तपाईं काचो प्याज खादै हुनुहुन्छ? यदि खाने गर्नु भएको छैन भने पनि आजबाट तपाइले काचो प्याज खान सुरु गर्नुहुनेछ ।

तपाइले महसुस गर्नु भएकै कुरा हो कि प्याज काट्दा तपाईलाई आँसु आउँछ । जति तपाइको आँखा मा आँसु ल्याउने तागत छ त्यो प्याज संग त्यति नै बढि फाइदाजनक गुण पनि रहेको छ । प्याज खाँदा पेट पोल्न सक्छ तर तरिका पुर्याएर अचार बनाएर वा सलाद बनाएर खाना संग खाँदा पेट पोल्दैन र यसबाट भरपुर फाइदा लिन पनि सकिन्छ ।

यसका के हि साइड इफेक्ट्सहरु पनि छन जस्तै कि पेट पोल्नु, निद्रा बढी लाग्नु आदि । यो किन हुन्छ ? यी सबै को बारेमा जानकारी तपाइले यस पोस्ट मार्फत थाहा पाउनु हुनेछ । साथै प्याज काट्दा आँसु आउने, खादा स्वास गन्हाउने, निन्द्रा लाग्ने कारण र प्याज को विशेष फाइदाहरु पनि तपाइले यो पोस्ट मार्फत थाहा पाउनु हुनेछ ।

हाम्रो शरीर निरोगी बन्न को लागि शरीर मा अनेकौं किसिम को तत्वहरु पुर्ण रुपमा हुन आवस्यक पर्दछ । यदि  शरीर मा कुनै पनि किसिम को तत्वहरुको कमि भयो भने कुनै पनि रोगले समाउन सक्छ। शरीरमा आवस्यक पर्ने सबै तत्वहरु एउटै फल बाट पनि कहिल्यै पाउन सकिन्न। विभिन्न फलफुल र विभिन्न खानाबाट पाइने तत्वहरु नै अलग-अलग हुन्छन् । यो तपाइँ हामी सबैलाई थाहा भएकै कुरा पनि हो ।
भिडियो :

त्यस्तै तत्वहरु मध्य के हि यस्ता तत्वहरु पनि छन जुन हाम्रो शरीर मा कमि भयो भने वाकवाकी लाग्ने, पाचन प्रणाली कम्जोर भइ खाएको नपच्ने र ग्यास्ट्रिक बढ्ने, पेट फुल्ने, डिप्रेसन हुने, निन्द्रा नलाग्ने, मुटु कमजोर हुने, सुगर लेभल बढ्ने आदि विभिन्न किसिम का समस्याहरु निस्कन सुरु हुन्छन । यी समस्या हुँदा शरीरमा त्यस्ता कमि भएका तत्वहरुलाई बढाउन काँचो प्याज खान जरुरी हुन्छ । यी समस्या आउन बाट बच्न को लागि पनि काँचो प्याज खानु उत्तिकै जरुरी हुन्छ । सायद तपाईंले महसुस गर्नै भएकै होला कि प्याज सधैं खाँदा बढी निन्द्रा लाग्छ ।

प्याज खाँदा किन किन निन्द्रा लाग्छ ?

प्याज मा धेरै तत्वहरु पाइन्छ । जस मध्य एक  अनिमो एसिड पनि हुन्छ । जब प्याज खाइन्छ तब प्याज मा भएको अनिमो एसिड ले रगत मा कोलेल्स्ट्रोल र सुगर लेभल ह्वात्तै घटाउदछ र यसरी सुगर लेभल घटेको समय हामीलाई निन्द्रा लाग्दछ । यो बेला हामी सोच्दछौ, प्याज खाएर निन्द्रा लागेको हो । तर वास्तविकता प्याजले होईन काँचो प्याज मा भएको उक्त अनिमो एसिड ले शरीर को रगत मा कोलेस्ट्रोल र सुगर लेभललाई घटाइ दिएर निन्द्रा लागेको हुन्छ । प्याज मात्र होईन कुनै पनि चिज जसमा अनिमो एसिड पाइन्छ भने उक्त चिज खाँदा निन्द्रा लाग्नेछ ।  यो निन्द्रा हामी राती सुत्ने बेला लाग्ने किसिमको निन्द्रा होईन, यो निन्द्रा रगतमा तत्वहरुको घट्बढ हुदा लागेको निन्द्रा हो ।
अन्य भिडियो :

काँचो प्याज त्यस्ता ब्यक्तीहरुको लागि अत्ति फाइदा जनक हुन्छ जस्को रगतमा सुगर लेभल बढी छ । जसलाई डायबेटीज रोग लागेको छ । उनीहरुलाई काँचो प्याज ले धेरै फाइदा गर्दछ । काँचो प्याज खाए पश्चात रगत मा कोलेस्ट्रोल र सुगर लेभल घटाउंदछ र डयबेटिज कम हुन्छ ।

डायबेटीज नभएका ले पनि काँचो प्याज दैनिक खाए रगतमा कोलेस्ट्रोल र सुगर लेभल बढ्न दिदैन र डायबेटीज हुनबाट बचाउदछ । यदि काँचो प्याज दैनिक खाइयो भने ग्यास को समस्या बाट पनि छुटकारा पाउन सकिन्छ । तर यस्को मत्लब यो पनि होईन कि जो कोहिले काँचो प्याज खादैमा ग्यासबाट छुटकारा पाउदछन् ।

 यसको मत्लब यो हो, यदि कसैको पाचन प्रणाली मा फोलिक एसिड, भिटामिन बि, फाइबर आदि तत्वहरुको कमि भएर पाचन प्रणाली सहि तरिका ले काम गर्न सकेको छैन भने तिनिहरुलाई पनि ग्यासको रोग ले च्यापेको हुन्छ र त्यस्ता ब्यक्तीहरुले काँचो प्याज दैनिक खाँदा उनिहरुको ग्यास धेरै हद सम्म कमि आइ विस्तारै ग्यास को समस्या ठिक हुनेछ ।

दैनिक काँचो प्याज खाँदा भिटामिन बि, फोलिक एसिड, फाइबर आदि तत्वहरु पाचण प्रणाली मा प्रयाप्त भइ पाचन प्रणालीले सहि तरिकामा काम गर्न सुरु गर्दछ र ग्यासको समस्या धेरै हद सम्म कमि हुने गर्दछ । जो कोहिले पनि खाना खाए पछि काँचो प्याज खाने बानी गर्ने हो भने प्याज मा भएको फाइबरले खाएको खाना पचाउन मद्दत गरी अपच हुनबाट बचाउँनेछ भने ग्यास्ट्रीक हुन बाट पनि जोगाउदछ ।

बिहान Toilet बस्दा पेट हलुका भएको महसुस हुदैन भने काचो प्याज दैनिक बेलुका को खाना पछि खाँदा यसमा भएको फाइबर ले पेट भित्र भएको खाना लाई राम्ररी पचाउन सहयोग गर्दछ र बिहान ट्याइलेट बस्दा पेट क्लियर बनाउँछ ।

यदि नाथ्री फुट्ने समस्या छ । नाक बाट रगत आउँछ भने काँचो प्याज खाने गर्दा यो समस्या हराउने छ । नाथ्री फुट्ने मतलब नाक बाट रगत बग्ने समस्या भएकाहरुले काँचो प्याज खान जरुरी मानिन्छ ।
अन्य भिडियो :

यदि दाँतको गिजाबाट रगत आउने समस्या छ भने एक टुक्रा काँचो प्याजलाई सुख्खा तावा मा हल्का तताएर गिजामा दैनिक 2 देखि ३ मिनेट चेप्दा यो समस्या के हि दिन मै हराउने छ र गिजा बाट रगत आउने समस्या पनि'विस्तारै पूर्ण रुपमा हट्दै जानेछ ।

यदि दिमागमा अनेकौं किसिम को कुरा खेल्छन् । कतै डिप्रेसन हुन्छ कि भन्ने चिन्ता छ भने हरेक दिन काँचो प्याज खाने बानी गर्दा यो समस्या चांडै हराउने छ । काँचो प्याज मा भिटामिन बि 9 पनि पाइन्छ । यसले दिमाग स्वास्थ्य राख्न ठूलो सहयोग गर्दछ र डिप्रेसन हुनसक्ने सम्भावना लाई तुरन्तै कम गर्दछ । काँचो प्याजमा सल्फर को मात्रा पनि बढी हुन्छ यसले शरीरमा क्यान्सर सेल्सहरुलाई बढ्न दिदैन र क्यान्सर हुन बाट पनि बचाउने छ ।

प्याज हामी दैनिक खाना बनाउदा तरकारी मा मज्जाले तेलमा प्याज फ्राई गरी सब्जी बनाएर खान्छौं । तर यसरी खाँदा प्याजमा भएको तत्वहरु हराउने गर्छन् र काँचो प्याजबाट पाइने फाइदा पकाए पछि पाउन सकिन्न ।

काँचो प्याज खान कस्को लागि बढी उपयुक्त हुन्छ ?

काँचो प्याज खाँदा सबैलाई फाइदा हुन्छ तर बढी फाइदा पाचन को रोगी, निन्द्रा नलाग्ने समस्या भएकाहरुलाई, मुटु रोगीलाई, क्यान्सर भएका वा हुन सक्ने सम्भावना भएकाहरुलाई, मधुमेहका रोगीहरुलाई काँचो प्याज ले अझ बढी फाइदा गर्दछ ।
अन्य भिडियो :

काँचो प्याज खाँदा हुने साइड इफेक्टहरु के के हुन ?

प्याज खाँदा कुनै असर हुदैन तर काँचो प्याज खाए पछि निन्द्रा लाग्नु, पेट पोल्नु, स्वास गन्हाउनु यसका नर्मल साइड इफेक्टहरु हुन ।

काँचो प्याज खाँदा श्वास किन गनाउछ ?

काँचो प्याजमा भएको सल्फर हुन्छ र यहि सल्फर को कारण प्याज खाए पछी स्वास घन्टौं सम्म गन्हाउने हुन्छ । यसरी गन्हाएको स्वास कम गर्न हर्बल वा तुलसी को सेवन गर्न सकिन्छ र गन्हाएको स्वास चांडै कम गर्न सकिन्छ ।
यी जानकारीहरु सबै समक्ष पुर्याउनको लागि तपाइले चलाउने सामाजिक संजाल फेसबुक, फेसबुक ग्रुप, Messenger, WhatsApp, भाइबर आदि मार्फत सक्दो सेयर गरी सबैमा जानकारी पुर्याउन सहयोग गर्नुहोस ।
तपाइको एक सेयर को धेरै ठुलो भूमिका हुने गर्दछ | दोस्रो पोस्ट मा फेरी भेटौंला नमस्ते ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !