हाड जोर्नी दुख्ने कारण र घरेलु उपचार Autoimmune Disorder in Nepali

Ms. Sarika
हाड जोर्नी दुख्ने समस्या सबैलाई हुने गरेको छ । जो कोहि लाई कुनैपनि अंगको हाड जोर्नी दुख्ने गर्दछ । जोर्नी हाम्रो शरीर सबै ठाँउमा रहेको हुन्छ । हात,खुट्टा वा घुंडा, औंलामा जता पनि जोर्नी रहेको हुन्छ र यहि जोर्नीको साहयता ले नै हाम्रो शरीरलाई यता उता चलाउने गर्दछ ।


जोर्नी दुखाइमा विशेष गरि पछाडी पट्टीको कम्मर, पिढ्यु र घुँडा को जोर्नी धेरै दुख्ने गर्दछ । जोर्नी दुख्ने बिराम लागेपछी राती सुत्न, निदाउन सकिदैंन । यस्तो बिरामीलाई Spondylitis भनिन्छ । यो बिराम लागेपछी जोर्नीहरु दुख्ने भएकाले डाक्टरको मा जचाउन गई हाल्नु पर्दछ । किनभने यसले बिस्तारै-बिस्तारै अन्य अङगहरुमा पनि असर गर्न सुरु गर्दछ ।  मुटु,फोक्सो र पेटभित्र पनि यसको असर देखा पर्ने भएकाले स्वास फेर्न समस्या हुने गर्दछ । यतो अवस्था भएमा डाक्टर को मा गएर जचाइ हाल्नु पर्ने हुन्छ ।

भिडियो :
पेट भित्र असर गर्यो भने आन्द्रा सुन्निने गर्दछ, डाइरिया हुने गर्दछ र वजन कम हुन्छ  । छालामा चिलाउने डाबरहरू निस्कन्छन साथै आँखामा पनि समस्या बनाउने गर्दछ । आँखा धमिलो हुने वा रातो हुने जस्ता समस्या हुने गरेको पाइन्छ‌।  जोर्नी दुख्ने समस्या भएपछी शरीरको तल्लो भाग का अङगहरुमा अति नै पिडा हुने गर्दछ । जोर्नी दुखाइ ले अत्यन्तै दुखाइ को पिडा दिन्छ । धेरै दुखेर सुनिने गर्दछ, हिड्न डुल्न नसकिने बनाउदछ । पछाडी पट्टीको‌ हड्डी, कम्मर को साइड मा दुखेर हिड्दा पनि कुप्रो परेर हिड्नुपर्ने अवस्था आउन सक्छ त्यसैले बेलैमा उपचार नपाए पछाडीपट्टी को हड्डी फ्याक्चर हुने सम्भावना बढी रहन्छ ।
विशेष गरि ३० वर्ष कटेपछी जोर्नी दुख्ने समस्या महिला पुरुष दुबैलाई  बराबरी रुपमा हुन्छ तर प्रायजसो पुरुषहरुमा पाईन्छ । यो रोग लागेपछी सधै थकाई लाग्ने, शरीर कमजोर, आलस्य, भोक नलाग्ने, हल्का ज्वरो आएजस्तो हुन्छ । आँखा मधुरो हुने,काम नगरि गल्ने जस्ता समस्या आउछन । जोर्नी दुख्ने रोग लागेकाहरुमा लगभग ३०% जतिलाई आँखाको समस्या रहेको पाइएको छ । कसै-कसैमा सानै उमेर मतलब १५/१६ वर्षबाट नै यो जोर्नी दुख्ने समस्या देखिन्छ र पछी उमेर बढेसँगै यसले अझ समस्या बनाउछ र बिस्तारै पेटमा, मुटुमा, फोक्सोमा असर गर्न सुरु गर्दछ ।

हाड जोर्नी र कम्मर दुख्ने कारण :

हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति रहेको हुन्छ । जुन शक्ति सेतो रक्तकोष मा रहेको हुन्छ । रोग प्रतिरोधात्मक क्षमता मा जब गडबडी आउदछ तब हामिलाई हाम्रै रोग प्रतिरोधात्मक ब्याक्टेरिया ले हाम्रै शरीरका अङगहरुमा आक्रमण गर्दछ ।‌ यसलाई Autoimmune Disorder पनि भनिन्छ । जेनेटिक गुण बाट पनि हुने गर्छ जुन जिन HLA-B27 हो । यसको टेस्ट रगत परिक्षणगरी जेनेटिक कारणबाट दुखेको हो-होइन भनेर थाहा पाउन सकिन्छ । जसमा रगतमा HLA-B27 चेक गरिन्छ ।
भिडियो : 

Spondylitis अर्थात जोर्नी दुख्ने रोग भनेको २ तरिकाको हुने गर्दछ । एउटा पछाडी पट्टीको हड्डीको जोर्नी दुख्ने र अर्को सबै तिर को हड्डीको जोर्नी दुख्ने हुन्छ  । यदि
पछाडी पट्टीको जोर्नी दुख्ने समस्या लगातार ३ महिना सम्म भइरहन्छ र दुखाइ कम गर्ने औषधी खाँदा निको हुन्छ तर फेरी दुख्ने समस्या बल्झिन्छ वा दोहोरिन्छ, हिड्दा, डुल्दा, काम गर्दा निको भएको जस्तो महसुस हुन्छ तर फेरि बस्दा सुत्दा, आराम गर्दा दुख्ने गर्दछ भने यसको लागी डाक्टर सँग सम्पर्क गरेर आवस्यक चेकजाँच गराउनुपर्दछ ।

हाडजोर्नी दुखाइ को घरेलु उपचार विधि : 

जोर्नी दुख्नेहरुले  दुखाई कम गराउनलाई नियमित पेन किलर खानु राम्रो मानिदैन । किनभने पेनकिलर को सेवन लामो समय सम्म हुँदा किड्नीलाई असर गर्दछ । त्यसैले जोर्नी दुख्ने समस्याहरुमा घरायसी तरिकाबाट पनि केही हद सम्म निको पार्न सकिन्छ‌ ।
भिडियो :

नियमित योगा कसरत गर्नु पर्दछ, दुख्ने भागहरुमा तातो वा चिसो वस्तुले सक्नु पर्दछ, मन तातो पानी वा मन तातो तेलले विशेष गरी पछाडी पट्टीको भागमा सक्नुपर्दछ । आयुर्वेदिक तेलहरुको प्रयोग गरेर उपचार गर्न सकिन्छ । "हडचुर" जोइन्ट दुख्नेहरुको लागी राम्रो मानिन्छ, यसको तेल बनाएर नियमित मालिस गर्नु पर्दछ । सिधा भएर उठ-बस गर्नु पर्दछ जस्ले जोइन्ट दुख्ने समस्या को लागी अति नै राम्रो गर्दछ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !