हात खुट्टा झमझमाउने र निदाउने समस्या

Ms. Sarika

हात खुट्टा झमझमाउने र निदाउने समस्या को बारेमा जान्नै पर्ने अति नै महत्वपूर्ण जानकारी ।

यस पोस्ट अति नै महत्वपुर्ण जानकारी हात खुट्टा किन झमझमाउछ वा निदाउँछ ? हात खुट्टा झमझमाउदा वा निदाउँदा के समस्या हुन्छ ? हात खुट्टा के कारण ले झमझामाउछन् ? वा निदाउँछन्, भन्ने विषयमा अति नै महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ । कृपया पुरा पढेर राम्रो ज्ञान लिन सक्नु हुनेछ ।

हाम्रो हात खुट्टा कहिले काँही चेतना बिहिन भएको हामीलाइ थाहा छ । हाम्रो हातमा भन्दा बढी खुट्टा मा यस्तो समस्या हुने गरेको पाइन्छ । मस्तिस्क ले सो अंग मार्फत रगत संचालन कमि भइ सूचना पाउन नसकेर हाम्रो हात खुट्टा चेतना बिहिन बनेको हुन्छ र झमझम गरेको हुन्छ । त्यतिबेला हाम्रो हात ,खुट्टा ले केही थाहा पाउदैन । घोच्दा पनि दुख्दैन । किनकि हाम्रो मस्तिस्कले त्यो अंगको सूचना पाउन सकेको हुदैंन ।

शरीरको सबै अंग वा शरीर को कुनै पनि भागको सुचना मस्तिस्क मा पुगेपछी हामिलाइ दुखेको,पोलेको वा स्पर्स भएको थाहा हुने गर्दछ । शरीरमा अङगहरू चेतना बिहिन हुने समस्यालाई हामी निदाएको वा झमझमाएको भन्छौं । खुट्टा निदायो, हात निदायो भन्छौं । तर किन निदाउँछन् भन्ने बारेमा हामिले कमै मात्रामा बुझेको हुन्छौं । कहिले काँही बस्न अफ्ट्यारो भएको कारण ले गर्दा खुट्टा निदाउनु सामान्य हो । तर सधैं जुनसुकै समयमा पनि हात खुट्टा निदाइरहने गर्छ भने शरीरमा केहि न केही समस्या छ भनेर बुझ्नु पर्दछ । त्यसपछि चाडैं नै डाक्टर कहाँ गइ जचाउनु पर्दछ ।
भिडियो:

हात खुट्टा निदाउने कारणहरु धेरै रहेका हुन्छन् । कसैको बसाइ नमिलेर, एकै ठाउँमा उभिरहे, भिटामिन को कमि को कारण, हड्डी खिएर, नसा च्यापिएर, नसामा दबाब परेर पनि हुने गर्दछ । विशेष गरि सुतिरहेको को समयमा यस्तो हुन्छ । बसिरहेको समय मा पनि यस्तो हुन्छ । कोहि कोही सुत्ने क्रममा हातलाई जिउले थिचेर घोप्टो परेर निदाउँछन् र बिउँझदा हात चल्नै नसक्ने अवस्था मा रहेको हुन्छ र त्यसलाई चलाउन अर्को हात ले उठाउनु पर्ने पनि हुन्छ । यस्तो हुने कारण भनेको त्यो हात थिचिएको ठाँउको नसालाई दबाब दिएर रगतको धमनीलाई प्रेसर परेपछि उक्त ठाँउमा रक्त संचार हुन नपाएर ति अंग को नसा बाट ति भागको सुचना मस्तिस्कले पाउन सक्दैन र हात ले काम गर्दैन ।

हाम्रो शरीर को प्रत्येक अंगहरुमा मस्तिस्कलाई सुचना दिने कोशीय फाइबर नसाहरू रहेको हुन्छन । शरीर को प्रत्येक अङगहरुको सुचना उक्त कोशीय फाइबर नसाले फरक-फरक सूचनाहरुलाई मस्तिस्कमा पुर्याउने काम गर्छ । उक्त कोशीय फाइबर मालिन नामक सेतो पदार्थ बाट बनेको एक प्रकारको झिल्ली हो । यही झिल्ली मा दबाब पर्ने बित्तिकै मस्तिस्कको त्यो भाग भन्दा मुनि रहेको भागको संचार कम्युनिकेसन टुट्ने गर्छ र त्यो अङगको बारेमा केही जानकारी लिन मस्तिस्क ले सक्दैन र हात खुट्टा निदाएको समय चिमोट्दा पनि नदुख्ने हुन्छ । विशेष गरी रगत संचालन हुन नपाएर  रक्तनली बाट अक्सिजन को सप्लाइ हात खुट्टामा पुग्न नसकेर हात खुट्टा ले अक्सिजन पाउनको लागी प्रतिक्रिया गर्न सुरु गर्छ र मस्तिष्कमा एक प्रकारको झमझम भएको संकेत महसुस हुन्छ र हामी उठेर हिड्न हातखुट्टा तन्काउन सुरु गर्छौं । यही कारण ले गर्दा हात, खुट्टा निदाउँदा झमझम हुने गर्दछ ।
अन्य भिडियो : 

पलेटी मारेर धेरैबेर बसेर उठ्दा खुट्टा निदाएर टेक्नै नसकिने भएको हुन्छ । यदि पलेटी मारेर बस्दा खुट्टा निदाउछ भने बिस्तारै-बिस्तारै खुट्टाको पैतलामा समस्या हुन सक्छ । त्यसैले पलेटी मारेर धेरै समय नबस्नुहोस् । तास निरन्तर खेल्ने मानिसहरु पलेटी मारेर धेरै जनाको टिम बनाएर बस्छन, ब्यापारीहरू दोकानमा पलेटी मारेर बस्छन । उनिहरुमा पैताला निदाइ रहने कम्मर दुख्ने समस्या बढी हुने गरेको पाइन्छ । यसरी बस्दा रक्तनलीको नसा च्यापिने, मस्तिस्क को नर्बफाइबरमा दबाब पर्ने हुन्छ र हातखुटटा निदाउछ । कहिले काँही तनाब, चिन्ता को कारण ले पनि पैताला पोल्ने, खुट्टा तातो हुने, निदाएको जस्तो झमझम महसुस हुने गर्दछ । यस्तो समस्या सुगर को बिमारीलाइ बढी नै भै रहने हुन्छ ।

यदी स्वस्थ्य मानिसमा यस्तो समस्या निरन्तर भइरहे डाक्टर कहाँ गएर परामर्स गर्नु पर्दछ । किनकि साधारण कारण मात्र नभई अन्य कारण बाट पनि हात खुट्टा निदाउने वा झमझम गर्ने हुन्छ । उमेर अनुसार हेर्ने हो भने ४० वर्ष कटे पछि यो समस्या धेरैजसोमा हुने गर्दछ । हड्डी खिइने समस्या बड्न सुरुवात हुन्छ । रक्तनलीहरूमा समस्या भएपछी, ब्लड प्रेसर हाइ भएपछि, भिटामिन बि १२ र क्यालसियम को कमी को कारण ले गर्दा पनि हातखुट्टा निदाउने वा झमझम गर्ने हुन्छ ।
अन्य भिडियो : 

उमेर जति बढ्दै गयो त्यती नै हामिलाई विभिन्न रोगले च्याप्दै जाने गर्छ । तर पनी हात खुट्टा निदाउने समस्या यदि निरन्तर भइरहे डाक्टर सँग परामर्स गरेर डाक्टरले के-को कारण ले हात खुट्टा निदाइरहेको छ भन्ने बारेमा जानकारी दिने छन् । हड्डी खिएर हो वा नसा च्यापिएर हो, भिटामिन को कमीको कारण ले हो की, ब्लडको नसा बन्द भएर हो की केहो भन्ने बिषयमा डाक्टरले चेकजाँच गरे मात्रै थाहा हुने गर्छ । हाम्रो ढाड को मेरुदण्डमा पानी जमेको कारण ले पनि यस्तो हुने  गर्दछ ।  त्यसैले यदि कहिले काँही मात्रै हो भने सामान्य पनि मानिन्छ तर निरन्तर भै रहयो भने जटिल अवस्था पनि हुन सक्छ । पुरुषमा भन्दा महिलामा‌ हात खुट्टा निदाउने समस्या बढी हुने गर्दछ ।

निरन्तर हात खुट्टा निदाइरहन्छ भने मनतातो तेल ले मालिस गर्नुपर्दछ । मन तातो तेल लगाएर मालिस गरे शरीरमा रगत संचालन राम्ररी हुने गर्छ र शरीरको अङगहरुपनि राम्रो सँग चल्ने गर्छन । त्यसै गरी मन तातो पानीले धोएर मालिस गर्नुपर्दछ । मन तातोपानीमा खुट्टा डुबाएर करिब १५ मिनेट सम्म दैनिक राख्नु पर्दछ । दैनिक शारीरिक कसरत गर्नुपर्दछ ।यसो गर्दा रक्त नलिहरु मा रगत को प्रवाह बढ्दछ र रक्त नलीहरु च्यापिन पाउदैनन । यति गर्दा हात खुट्टा निदाउने समस्याहरु हटेर जान्छन् । विशेष गरि दुबै खुट्टा र दुबै हात निदाउने समस्या छ भने भिटामिन बि १२ को कमिको कारण पनि हुने गर्दछ। त्यस्ता मानिसहरुले भिटामिन बि १२ भएका खाना खान सुरु गरिहाल्नु पर्ने हुन्छ । खानामा भिटामिन बि १२ र क्याल्सियम हुने किसिमका खानाहरु खानुपर्दछ ।
अन्य भिडियो :

माछामासु, बिदेशमा रहनु हुनेहरुले समुन्द्री माछाहरू, झिगेमाछा, चिज, दुध, मेवा, सुठुनी, गाजर, फर्सीहरुको सेवन गर्नुपर्दछ ‌। क्याल्सियम र प्रोटिन को लागी दुध पिउनुपर्दछ । पानी नमिसाइएको १ गिलास शुद्ध दुधमा १८० मिलिग्राम क्याल्सियम पाइन्छ । त्यसैगरी सजिवन को ५० ग्राम पातमा १५७ मिलिग्राम क्याल्सियम पाइन्छ । एक कप दहिमा २९८ मिलिग्राम  क्याल्सियम पाइन्छ । यदि कोहि  गँगटा खाने गर्छ भने उसले बुझ्न जरुरी छ कि एक गँगटामा १३७० मिलिग्राम क्यालसियम पाइन्छ । गहत को दाल र तिलमा पनि क्यालसियम पाइन्छ यस्ता क्यालसियम हुने खानाहरु बढी खानु पर्दछ ।

यो अति अति नै महत्वपूर्ण जानकारी अब सेयर गर्ने जिम्मा तपाइको हात मा सुम्पी दिएको छौँ । कृपया तपाइले चलाउने सामाजिक संजाल, फेस्बुक बाल, फेस्बुक ग्रुप र मेसेजहरु मार्फत सबैलाई जानकारी प्रदान गर्नुहोस । सेयर गरेर कसैलाई जानकारी पुर्याउन सहयोग गर्नु पनि एक मानवीय धर्म हो । रोग लाग्न बाट आफू पनि बचौ र अरुलाई पनि बचाउ । 
NEPALI HEALTH MEDIA मा विभिन्न विषयवस्तु लाई समेटेर विशेष र अति नै महत्वपूर्ण जानकारीहरु मात्र प्रकाशित गरिएको हुनेछ । यहा ले जुनै समय मा पनि भिजिट गरि अति नै महत्वपूर्ण जानकारीहर प्राप्त गर्न सक्नु हुनेछ  । सेयर गरि सबैलाई जानकारी गराउन कदापि नभुल्नु होस । हामिले प्रकाशित गरेको छौँ अब सबै समक्ष पुर्याउने जिम्मेवारी तपाइलाई सुम्पिदिएको छौँ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !