पायल्सको घरेलु उपचार | Piles Home Remedy in Nepali

Kalpana

पायल्स भन्ने बितिक्कै मलद्वार संग सम्बन्धित रोग भनेर बुझिन्छ. पायल्सलाई कसैले हर्सा पनि भन्छन. भाषाअनुसार यसलाई अनेक नामले चिन्ने भए पनि रोग भने एकै हो.

पायल्स हुँदा मलद्वारमा हुन्छ. मलद्वारमा पायल्स हुने बाहिर र भित्र गरी जम्मा २ वटा भाग छन्. मलद्वारको भित्र पट्टी स-साना रक्तवहिका नलीहरु हुन्छन. यी नलीहरुमा दवाव पर्न गए यी नसाहरु फुलिन्छन्, सुन्निन्छन्, यी नासाहरुमा घाउ हुन्छन र यी नसाहरु तन्किएर मलद्वारको मुख बाहिर निस्कन सुरु गर्छन.

पायल्स प्रकारहरु (Types of Piles):

  • भित्री पायल्स (Internal Piles) :
  • बाहिरी पायल्स(External Piles) :

बाहिरि पायल्स भनेको के हो ? (External Piles in Nepali)

बाहिरी पायल्स भनेको मलद्वारको मुखमा बाहिर पट्टीको भागमा मासुको डल्लो पलाउनु हो. यो निकै नै पीडादायी हुने पयाल्स हो . यो पायल्स हुँदा बाहिरबाट हेर्दा मलद्वारको मुखमा मासुको डल्लो पलाएको प्रस्ट देख्न सकिन्छ. यो पयाल्स हुँदा बस्न हिंड्न निकै कस्टकर हुन्छ.

भित्रि पायल्स भनेको के हो ? (Internal Piles In Nepali )

भित्रि पायल्स भनेको यहि मलद्वार भित्र हुने नसाहरुमा दवाव परेर हुने पायल्स हो. मलद्वारको भित्र पट्टी घाउ भएमा दिसामा रगत आउने गर्छ.दिसा गर्दा पोल्दछ.

भित्री पयाल्स हुँदा बाहिरबाट आफैंले ऐनामा हेर्दा वा कसैलाई हेर्न लगाउँदा देखिंदैन. किनकि मलद्वारको भित्र पट्टिको भागमा समस्या भएको हुन्छ.

भित्रि पायल्स निकै नै जोखिम प्रकारको पायल्स हो. हुनत भित्रि पायल्स हुँदा बाहिरी पायल्सको जति धेरै दुख्ने हुँदैन तर भित्रि पायल्स हुँदा दिसामा धेरै रगत जाने समस्या हुने भएकाले शरीरमा रगतको कमि हुन पुग्दछ.

शरीरमा रगतको कमि हुनु धेरै ठुलो समस्या हो. भित्रि पायल्स भएमा व्यक्तिलाई कम्जोर बनाउँदछ. कम्जोर हुनुको मुख्य कारण दिसामा रगत गइ शरीरमा रगतको कमि हुने भएर हो.

पायल्सको घरेलु उपचार (Piles Home Remedy in Nepali) :

पायल्स भएको सुरुमा थाहा पाउन सके यसको उपचार घरमै पनि गर्न सकिन्छ. यदि घरमा गरेको घरेलु उपचार पद्दतीले पायल्स ठिक नभए मेडिकल चेकजाँच गरी औषधि सेवन गर्नु पर्ने हुन्छ.

पायल्स हुनु अघि मलद्वार चिलाउने भएका कारण मलद्वार चिलाएमा मनतातो पानीले सेक्नु पर्छ.खानामा सुधार गर्ने र कब्जियत हुनबाट बच्नु पर्छ. कब्जियत नै पायल्सको मुख्य कारण भएकोले कब्जियत हुने किसिमका खाना पटक्कै सेवन गर्नु हुँदैन. पायल्सको घरेलु उपचारको लागि यी तल बताइएको अनुसार फलोअप गर्न सकिन्छ.

  1. मलद्वार चिलाएमा मन तातो पानीले सक्ने
  2. एउटा सफामा मन तातो पानी र नुन मिसाई राख्नुहोस र उक्त मन तातो पानीमा दैनिक ३ पटक कपडा खोली नाङ्गो भएर बस्ने गर्नुहोस
  3. मलद्वारमा वरीपरी घ्यु कुमारी लगाउनुहोस
  4. आइस लगाउने
  5. दिसा पातलो बनाउने किसीमका खाना खाने
  6. कटन को खुल्ला कपडा लगाउने
  7. Apple Cider Viner पानीमा मिसाई दैनिक २ पटक पिउने
  8. जैतुनको त्तेल (Olive Oil) मलद्वार वरीपरी लगाउने
  9. कागती पानी दैनिक पिउने
  10. १ गिलास मन तातो पानीमा एउटा कागती को रस र बिरे नुन मिसाई दिनमा २ पटक खाना खानु भन्दा १५ मिनेट अघि सेवन गर्ने
  11. स्वाउ, मेवा, खर्बुजा, केरा जस्ता फलफुल प्रसस्त खाने
  12. फाइबर युक्त खानामा बढी फोकस गर्ने
  13. मलद्वार वरीपरी नरिवलको तेल लगाउने
Our website uses cookies to enhance your experience. Learn More
Accept !