इन्डोस्कोपी ( Endoscopy) र कोलोनोस्कोपी (Colonoscopy) के हो ? किन गरिन्छ ? Endoscopy and Colonoscopy in Nepali

Kalpana

इन्डोस्कोपी ( Endoscopy) र कोलोन्स्कोपी (Colonoscopy) को बारेमा धेरै सुन्नु भएको होला । कती ले यो मेडिकल विधी अपनाएको पनि होलान् । किन डाक्टरले इन्डोस्कोपी ( Endoscopy) र कोलोन्स्कोपी (Colonoscopy) गर्ने सल्लाह दिदछन?

इन्डोस्कोपी( Endoscopy) र कोलोन्स्कोपी (Colonoscopy) भनेको के हो ?

यदि कसैको पेट,आन्द्रा वा शरीरको भित्री अङ्गहरुमा कुनै पानी समस्या आएको छ भने उक्त अङ्गहरुको अवस्था के छ? भनेर चेकजाँच गर्नको लागी इन्डोस्कोपको प्रयोग गरिन्छ ‌ । इन्डोस्कोप एउटा लचिलो प्रकारको दाँया र बायाँ दुवै तर्फ सजिलै मोडिने एक प्रकारको पाइप वा ट्युब हो ।

यो पाइप वा ट्युबको टुप्पोमा क्यामरा र लाइट जडान गरिएको हुन्छ । उक्त क्यामेराले लिएको अङ्गहरुको भिडियोलाई डाक्टरले कलर मोनिटर मार्फत लाइभमा शरीरको भित्रि अङ्गहरुको हेर्ने गर्दछन् ।

उक्त क्यामेरा सहितको ट्यूब मुखबाट भित्र पसाएर पेटको अबस्था, सानो आन्द्रा, खाध्यनली लगायत पेटको माथिल्लो भागको स्वास्थ्य अवस्था चेक जाँच गरिन्छ । यो विधीलाई Upper Endoscopy (माथिल्लो इन्डोस्कोपी)भनिन्छ ।

इन्डोस्कोपी धेरै प्रकारका हुन्छन् । मुखबाट पाइप हालेर गरिने इन्डोस्कोपीले विशेष गरी हाम्रो शरीरको खाध्यनली, पेट र सानो आन्द्राको चेक जाँच गर्दछ ।

त्यसैगरी हाम्रो दिशा आउने भाग वा मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था, ठुलो आन्द्राको अवस्था चेक जाँच गर्ने विधीलाई कोलोनोस्कोपी भनिन्छ ।

कोलोनोस्कोपीले पेटको तल्लो भागको जाँच गरिन्छ भने इन्डोस्कोपीले पेटको माथिल्लो भागको चेक जाँच गरिन्छ । यी दुबै चेक जाँच गर्ने प्रकिया एउटै हुन् तर यसको नाम र चेक गर्ने शरीरको अङ्ग भने फरक रहेको हुन्छ ।

इन्डोस्कोपी र कोलोनोस्कोपी किन गर्नुपर्छ ?

  • पेट सम्बन्धी विराम लाग्यो भने
  • पेटमा अल्सर भयो भने
  • दैनिक कब्जियत भयो भने
  • नियमित डायरिया भयो भने
  • दिसामा धेरै म्युकसको मात्रा वा फिँज आइरहेमा
  • लगातार कालो दिसा आइरहेमा
  • आन्द्राबाट रगत चुहिएमा
  • दिसामा रगत मिसिएर दिसा कालो आएमा
  • दिसाबाट नियमित रगत गएमा
  • मुखबाट रगत निस्केमा
  • पेट तथा आन्द्रामा ट्युमर पलाएमा
  • आन्द्राको क्यान्सरको सँका लागेमा
  • आन्द्रा खुम्चिएर सानो हुँदैछ की छैन ? भनी हेर्नु परेमा
  • बायोस्पीको लागी आन्द्राको सानो टुक्रो टिस्यु निकाल्नुपरेमा
  • पेट धेरै दुखिरहने समस्या भएमा
  • खाना खाने नली सुन्निएमा
  • आन्द्रामा घाउ भएमा
  • पेटको क्यान्सर भएमा

अथवा कुनैपनी मुख देखि पेट सम्म भित्री असामान्य प्रकारका परिवर्तनहरु भएमा डाक्टरले इन्डोस्कोपी ( Endoscopy) गर्ने सल्लाह दिनेछन र इन्डोस्कोपी गरेर मात्र शरीरको यि भित्री अङ्गहरुको अवस्था थाहा पाउन सकिन्छ ।

भिडियो :

माथिल्लो पेट तथा खाध्य नलीको इन्डोस्कोपी गर्दा ७/८ घन्टा केही नखाइ खालीपेट मा गर्नुपर्ने हुन्छ र ठुलो आन्द्राको कोलोनोस्कोपी गर्दा पनि खाली पेटमा नै गर्नुपर्छ ।


इन्डोस्कोपी ( Endoscopy) गर्दा आन्द्रा पुर्ण रुपमा सफा क्लियर हुनुपर्छ जसका लागी डाक्टरले दिसा लगाउने औषधी दिएको हुन्छन् । दिसा लगाउने औषधीले आन्द्रामा जम्मा भएको सम्पुर्ण फोहोर पदार्थहरु बाहिर निकाल्न मद्द्त गर्दछ ।

डाक्टरले कोलोनोस्कोपी गर्नु अगाडी खाना नखाइ पानी मात्र प्रसस्त मात्रामा पिउने सल्लाह दिन्छन र आन्द्रा पुर्ण रुपमा सफा भएपछी मात्र इन्डोस्कोपी तथा कोलोनोस्कोपी गर्ने गर्दछन ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !