हामीले यो कुरा लाई कसरी बुझ्नु पर्छ भने, प्रेसर हाइ हुने कारणहरु विभिन्न हुन्छन। मेडिकल चेक अप गरिसके पश्चात यी कारणहरु छुट्याएर ति प्रेसर को औषधि के हि समय लाई खानु पर्ने हो वा जीवन भरी खानु पर्ने हो भन्ने थाहा हुँदछ।
जसको प्रेसर अन्य करण ले बढेको छ उनीहरुको लागि प्रेसर को औषधि जीवनभर खान जरुरी हुँदैन,अन्य समस्याहरु को समाधान भए पछि डाक्टर ले तपाइँ लाई औषधि छोड्ने सल्लाह दिनु हुनेछ। तर जसको प्रेसर अन्य करण ले बढेको होइन उनीहरु ले भने प्रेसर को औषधि लाइ जीवनदान दिने औषधि सम्झिएर जीवनभर दुइ मुठी सास रहुन्जेल सम्म डाक्टर को परामर्श अनुसार नियमित खाइ रहनु पर्दछ। यदि प्रेसर को औषधि आफ्नो मन-मर्जी खान छोडे कि त हस्पिटल को आइ सी यु मा भर्ना हुनु पर्ने स्थिति आउँन सक्छ कि त प्यारालाइस भएर कुन्जिनु पर्ने हुन सक्छ कि त संसार बाट नै सदा को लागि नै बिदा हुनु पर्ने हुन सक्छ।
प्रेसर को औषधि ले प्रेसर निको बनाउने होइन , प्रेसर को औषधि ले प्रेसर लाई नियन्त्रण गर्ने मात्र हो। यदि कसैको शरीर मा प्रेसर बढेको छ र औषधि सेवन गर्दै छ भने उसले यो कुरा थाहा पाउनु पर्दछ कि उसले खाइ रहेको औषधि प्रेसर नियन्त्रण गर्न को लागि मात्र खाइ रहेको छ, र त्यो औषधि ले प्रेसर नियन्त्रण गरि दिएको कारण उ हरेक दिन बाँची रहेको छ। तर यो होइन कि उसले पुर्ण रुपमा प्रेसर निको बनाउन को लागि प्रेसर को औषधि खाइ रहेको छ ।
प्रेसर को औषधि खाउँन्जेल मात्र प्रेसर कम हुदछ र प्रेसर को औषधि खान छोड्ने बितिक्कै प्रेसर बढ्ने गर्दछ। किनकि प्रेसर को औषधि ले प्रेसर निको बनाउँदैन , औषधि खाउँन्जेल उक्त औषधि ले प्रेसरलाई नियन्त्रणमा मात्र राखी दिने गर्दछ र औषधि खान छोड्ने बितिक्कै प्रेसर बढ्ने गर्दछ।
प्रेसर को औषधि नियमित खानु पर्दछ र मन मर्जी प्रेसर को औषधि खान छोड्नु भनेको आत्म हत्या गर्न खोजे सरह नै हुन सक्दछ। किनकि प्रेसर को औषधि छोड्ने बितिक्कै कसैलाई प्रेसर ह्वात्तै बढ्दछ र तुरन्तै इमर्जेन्सी देखि ICU मा भर्ना गर्नु पर्ने स्थिति आउँन सक्दछ।भने प्रेसर को कारण मस्तिष्क को नसा मा गहिरो असर परि कि त मृत्यु हुन सक्छ कि त प्यारालाइस भएर कुञ्ज्जिएर बस्नु पर्ने स्थिति आउँन सक्दछ।
यदि जीवन सैली परिवर्तन गर्ने हो भने र खान पान मा सुधार गर्ने हो भने सन्तुलित खाना को कारण प्रेसर अटोमेटिक घट्न सुरु हुँदछ र मेडिकल चेकअप गरे यी कुरा प्रमाणित भएमा डाक्टर को परामर्श अनुसार प्रेसर को औषधि कम गर्दै र प्रेसर चेक गर्दै घटाउन सकिन्छ।
यदि प्रेसर को औषधि कम गर्दै जाँदा सन्तुलित भोजनको कारण प्रेसर अटोमेटिक नियन्त्रण भएछ भने प्रेसर को औषधि नखानु पर्ने स्थिति पनि आउन सक्दछ तर यो कुरालाइ प्रमाणित गराउन सबै भन्दा पहिला प्रेसर को विरामी ले आफ्नो दैनिक जीवन शैली र खानपानमा सुधार गर्न जरुरी पर्दछ।
खान पान र जीवनशैली मतलब शरीर ले आफ्नो प्रेसर आफैं नियन्त्रण गराउन को लागि व्ययाम, सन्तुलित भोजन, अनेक किसिम को खाने कुरा खान बाट दुर रहेर, बिहान दिउँसो र बेलुका खानु पर्ने खाना र नखानु पर्ने खानाहरुलाई मध्यनजर गरी समय र परिस्थिति सबै कुराहरु मिलाएर, लागु पदार्थ खाने ले लागु पदार्थ छोडेर, आफ्नो शरीर लाइ फाइदा गर्ने किसिमका मात्र खानाहरु खान जरुरी हुदछ।
यसो गर्दा शरीर को अटोमेटिक सिस्टम ले अटोमेटिक शरीर मा प्रेसर कम गराउन सुरु गर्दछ र विस्तारै विस्तारै डाक्टर को परामर्श अनुसार प्रेसर को औषधि कम गर्दै-गर्दै पुर्ण रुपमा छोड्न सकिन्छ। यो प्रकृया अहिले सम्म करिव ५ % मानिसहरुमा मात्र लागु भएको छ। किनकि धेरैले आफ्नो जीवन शैली परिवर्तन गर्न मान्दैनन। जसले गरे उनीहरु सफल भए।
दैनिक जीवनशैली र खानपानमा सुधार गरेको २ देखि ३ महिना पछि डाक्टर संग परामर्श गरी प्रेसर को औषधि कम गरेर चेक गर्न सकिन्छ यदि यो चेक गर्दा सफल नतिजा निस्किए प्रेसर को औषधि विस्तारै कम गर्दै-गर्दै के हि महिना वा साल पछि छोड्न सकिन्छ। तर एक्कासि छोड्नु प्राणघातक हुन सक्दछ। तर जीवन शैली परिवर्तन गरेर डाक्टर को परामर्श अनुसार पनि प्रेसर कम भएन र औषधि थप्नु पर्ने स्थिति भइ रहे जीवन भर प्रेसर को औषधि खानु पर्ने हुनेछ।