पुरुषको निप्पलको महत्व के छ ?

Kalpana
लगभग हरेक व्यक्तिको शरीर मा निप्पल हुन्छ, चाहे त्यो केटा होस् वा केटी निप्पल सबैमा हुन्छ। प्राय कमै मात्रामा फ्याट्टफुट्ट यस्ता व्यक्ति पनि हुन्छन  जसको शरीर मा निप्पल नै हुँदैन खैर त्यो प्रकृतिक रुप बाटै नभएको  कुरा लाई छोडौं तर प्राय हरेक व्यक्तिको छातीको बुबु मा हुने निप्पल को बारेमा अब के हि रमाइलो र जिज्ञासा मुलक प्रश्न को जवाफ बुझ्ने प्रयास गरौँ ।

तपाईं हामीलाई थाहा छ कि महिलाहरुमा हुने निप्पल स्वाभाविक रुपमै हुन पनि जरुरी छ, किनकि  महिलाको निप्पल उनीहरुले ले जन्म दिएका बच्चाहरुलाई स्तनपान गराउन नभई नहुने अंग हो। तर...

किन पुरुष को शरीर मा निप्पल हुने गर्छ ?

जब आमा को पेट मा गर्भ बस्न सुरु हुन्छ तब उक्त गर्भ छोरा वा छोरी बन्नु अघि निप्पल बन्ने गर्दछ । यानिकी महिला को शरीर ले जब नयाँ  मानव शरीर को एक संरचना सृजना गर्दछ तब उक्त संरचना महिला र पुरुष दुवै बन्न सक्ने आधार मा बनाउदछ मतलव उक्त बनेको संरचना महिला र पुरुष दुवै बन्न सक्ने संरचना बनेको हुन्छ।

त्यसपछि (संरचना बनी सके पछि) जब सम्म पुरुष को क्रोमोजोम बाट X or Y क्रोमोजोम ले आफ्नो स्थान लिन सुरु गर्छ यानिकी पुरुष व्यक्ति को शरीरबाट गएको क्रोमोजोम ले  उक्त आमा को पेट मा बन्दै गरेको नयाँ मानव संरचना लाई जब पुरष र महिला बनाउन अलग गर्दछ तब पुरुष भए पुरुष अनुसार को हर्मोन र महिला भए महिला अनुसार को हर्मोन विकसित  हुन सुरु हुन्छ ।

यहि कारण आमा को पेट मा महिला वा पुरुष  बनाउने क्रोमोजोम ले काम गर्नु अघि एक मानव संरचना को सिर्जना हुदछ र यसै कारण छोरा मान्छे को शरीर मा पनि निप्पल रहेको हुन्छ ।

पुरुष  को शरीर को निप्पल को महत्व के छ ? 

प्रकृति ले अनावस्यक कुरा को कहिल्यै विकास  गर्दैन र जति कुरा विकास गर्छ त्यसको अन्त्य पनि गरेरे छोड्छ।  यो मलाई मात्र होइन तपाइलाई पनि थाहा भएकै  कुरा हो।

महिला को निप्पल शिशुहरुलाई स्तनपान गराउन को निमित्त विकशित र आवस्यकता पनि छ तर पुरुष हरुले स्तनपान  गराउदैंन।  प्रक्रिति ले पुरुष को शरीर स्तनपान गराउन को निमित्त बनाएकै छैन भन्दैमा...

के पुरुष को शरीर मा भएको निप्पल को कुनै महत्व छैन ?

हो छैन यो सत्य हो तर पुर्ण रुपमा भने होइन। पुरुष को निपप्ल को महत्व यौनिक उत्त्तेजना को लागि महिला कै जस्तो पुरुषमा पनि हुन्छ तर महिला को भन्दा कम मात्रा मा प्रयोग हुन्छ (यो भनाइ मेरो होइन, रिसर्च मा पाइएको तथ्य जानकारी हो ।

मानव शरीर लाइ विकास हुँन चाहिने विभिन्न अंगहरु जसले आफ्नो काम सके पछी टठस्थ  हुदछन र त्यसको अवशेष मात्र बाँकी रहेको हुन्छन् तर पनि यी आवस्यक बिहिन देखिएका अंगहरुमा पुरुष को शरीर को निप्पल को मात्र उदाहरण एक छैन धेरै अंगहरु छन्  जो एक पटक विकसित भै टठस्थ भै बसेको छन् । उदाहरण को लागि "आका' गर्ने ठाउँ भन्दा थोरै मास्तिर पुच्छर पलाउने भाग मा छाम्नुहोस एक हड्डी भेट्नु हुनेछ जो बिकसित छैन तर पुच्छर को स्वरुप मा आइ मानव शरीर मा पुच्छर को आवस्यकता छैन भनी तटस्थ भएर बसेको छ।

प्रत्येक पल हाम्रो शरीर विकास भै रहेको छ र यी विकास हुदैं  गर्दा यी तठस्थ भएका अङ्गहरुले शरिर को भित्रि सिस्टमलाइ संकेत दिई शरीरक विकास को लागि मार्ग देखाएको हुन्छ । हेर्दा यी अंगहरुको बाहिरी कुनै काम छैन तर भित्रि यानिकी इन्टरनल सिस्टम लाई भने दैनिक हुने शारीरीक विकास मा सहयोग गरिरहेको  हुन्छ ।

यहि कारण पुरुष को शरीर मा पनि निप्पल हुन्छ र यसको महत्व बाहिरी प्रयोग मा नभए पनि शरीरको भित्रि सिस्टम ले शारीरीक विकास गराउन को लागि भने प्रयोग मा लिईरहेको हुन्छ ।
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !