ओठ फुट्ने समस्याको घरेलु उपचार विधि | Lips Split Home Remedy in Nepali

Kalpana

ओठ फुट्ने समस्या:

हाम्रो ओठको छाला अति नै पातलो र कमजोरी हुन्छ। यसलाई कुनैपनि मौसमी कारण, सुख्खा हावा, चिसो मौसम र घामको प्रकाशले सजिल्यै असर गर्न सक्दछ।

ओठ फुट्ने समस्या हर कोहिलाई हुने सामान्य समस्या भए पनि ओठ फुटेर हुने जलन भने खपी नसक्ने गरिको हुँदछ । अझ के ही ब्यक्तिहरुमा ओठ फुटेर रगत पनि आउने हुन्छ । त्यसैले ओठ फुट्ने कारणहरु र यसको उपचार विधिलाई ख्याल गरे ओठ फुट्ने समस्याबाट मुक्त पाउनु हुनेछ ।

ओठ फुट्ने कारणहरु :

ओठ फुट्ने कारणहरु विभिन्न हुन्छन्. सबैको एकै कारणले ओठ फुट्ने समस्या नभएको पनि हुन सक्छ. तल बताएको अनुसार आफुमा ओठ फुट्ने समस्या किन भई रहेको छ ? भन्ने बारे बुझ्न सक्नु हुनेछ. 

मौसमी कारण : 

मौसमी कारणमा चिसो मौसम, सुख्खा हावा आदि पर्दछन । यो बेला ओठलाई बचाउन सके ओठ मौसमको कारण फुट्न पाउँदैन ।

जिब्रोले ओठ चाट्दा: 

जिब्रोले ओठ चाट्दा मुख भित्रको र्याल र मुखमा भएको ब्याक्टेरिया ओठमा परी असर गर्ने कारणले ओठ फुट्ने गर्दछ ।

दैनिक दाँत ब्रस नगर्दा : 

दैनिक दाँत ब्रस नगर्दा मुख भित्र ब्याक्टेरियाले राज्य बनाउँछ र कुनै बेला ओठले जिब्रो छुँदा वा मुख को थुक वा र्याल ओठमा पर्दा ओठमा ब्याक्टेरिया परी ब्याक्टेरियाले असर गर्दछ र ओठ फुट्ने गर्दछ।

पानी कम पिउँदा : 

पानी कम पिउँदा शरीरमा पानी कम भई शरीर निर्जलीकरण हुन्छ, यो निर्जलीकारणको पहिलो लक्षण नै ओठ सुख्खा भई ओठ फुट्नु हो ।

मुखले स्वास प्रस्वास गर्दा: 

नाकले स्वास प्रस्वास नगरी मुखले स्वास प्रस्वास गर्दा यसले ओठ सुख्खा हुन पुग्दछ जसको कारण ओठ फुट्ने गर्दछ। त्यसैले मुख बन्द गरेर नाकले स्वास प्रस्वास गर्नु पर्छ ।

अति चर्को, पिरो खाँदा : 

यदि अति चर्को पिरो जस्ता बढी चखिलो खानेकुरा ओठ मा पर्दा ओठ को छाला कम्जोर र पातलो हुने करण पनि ओठ फुट्ने गर्दछ। ओठ फुट्ने अन्य पनि विविध कारणहरु हुन्छन खैर ओठ फुट्ने धेरै करणहरु भन्दा समाधान तिर बढी फोकस गरौँ।

Read More...
मृगौला रोगका लक्षणहरु

ओठ फुट्ने समस्याको समाधान कसरी गर्ने ?

ओठ फुट्ने समस्याको समाधान गर्ने विधिहरु यस्ता रहेका छन्.

1. बानीमा सुधार गर्ने विधि :

ओठ नचाट्ने: 

ओठ चाट्ने गर्दा मुखको ब्याक्टेरिया ओठमा पर्न पाउँदैन साथै र्याल ओठ मा नपर्दा ओठ बढी सुख्खा हुन पाउदैन।

नाकबाट स्वास फेर्ने : 

मुखबाट स्वास लिँदा ओठ सुख्खा हुने गर्दछ र ओठ फुट्ने गर्दछ। त्यसले नाकबाट स्वास लिने गर्नु पर्दछ।

दाँत दिनमा २ पटक माझ्ने: 

दाँत दैनिक माझ्ने बनी गर्दा ओठ फुट्ने समस्या कम हुने गर्दछ, दाँत मन्जनले ओठमा ब्याक्टेरियाको असर कम गराउँदछ भने मुखमा ब्याक्टेरिया बढ्न पाउँदैन र ओठ फुट्न धेरै कम हुँदछ।

हातले ओठ नछुने : 

धेरैको बनी हुन्छ हातले ओठ छुने, तर नधोएको हातमा ब्याक्टेरिया हुने भएको हुँदा ओठमा असर गर्दछ र ओठ फुट्ने हुँदछ।

दाँतले ओठ नटोक्ने : 

दाँतले ओठ तोक्दा वा फुटेको ओठको छाला दाँतले टोकेर फ्याक्ने बानी गर्दा ओठ झन् बढी फुट्ने गर्दछ र अझ बढी ओठको समस्या बढ्ने छ।

पानी प्रसस्त पिउने :

पानी बढी पिएर निर्जलीकरण हुन बाट बच्ने, निर्जलीकरण हुँदा पनि ओठ फुट्ने गर्दछ। त्यसैले पानी बढी पिउने।

2. घरेलु उपचार विधि:

भ्यास्लिन : 

सबै भन्दा सर्बोत्तम उपाय ओठमा लगाइने भ्यास्लिन लगाई रहने. ओठमा लगाउने किसिमको भ्यास्लिन जसले ओठ फुट्ने समस्यालाई ठिक गर्दछ। तर जुन सुकै भ्यास्लिन भने ओठमा लगाउनु हुँदैन। बजारमा पाईने ओठ कै लागि निर्मित भ्यास्लिन मात्र प्रयोग गर्नु पर्दछ। 

चिल्लो पदार्थ  :

ओठलाई सुख्खा हुनबाट बचाउनको लागि ओठमा चिल्लो किसिमको तत्वहरु लगाउने. जस्तै घिउ, ओठमा लगाउने किसिमको भ्यास्लिन, तेल, आदि लगाउने गर्दा ओठ सुख्खा भई ओठ फुट्नबाट बचाउन सकिन्छ। 

नरिवलको तेल :

ओठ फुट्ने समस्या कम गराउनको लागि नारिवलको तेल लगाउन सकिन्छ. नरिवलको तेलले ओठ फुट्ने समस्यालाई निराकरण गर्दछ.

घ्युकुमारी:

ओठमा घ्युकुमारी लगाउने गर्दा ओठ फुट्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ। घ्युकुमारी ओठ फुट्ने समस्याको लागि अतिनै फाइदाकारी हुन्छ.

मह :

ओठ फुट्ने समस्या हुनेले मह लगाउने गरे ओठ फुट्ने समस्या चाडैं हराउनेछ. ओठ पनि कोमल र नरम बन्दै जानेछ। सकिन्छ भने गुलाब जल र मह मिसाएर लगाए अझ उत्तम हुनेछ. 

काँक्रा :

काँक्रा काटेर त्यसबाट निस्केको चोपलाई ओठमा लगाउने गर्दा ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ. काँक्राको चोपले पनि ओठ फुट्ने समस्यालाई समाधान गर्दछ.
Our website uses cookies to enhance your experience. Learn More
Accept !