फुड पोइजन हुने खानाहरु : Food Poison in Nepali

Kalpana

फुड पोइजन कसरी हुन्छ ?

हामी दिनभरि मा धेरै चिजहरु खान्छौं ,कतिपय बासी खानेकुराहरु खान्छौं, नछोपी राखेको खानेकुराहरु,झिंगा भन्केका खानेकुराहरु खान्छौं र यस्ता खानेकुरा खाएपछी हामिलाइ फुडपोइजन हुने सम्भावना हुन्छ किनकि यस्ता खानेकुराहरुमा ब्याक्टेरिया फैलिएका हुन्छन ।
यहि भएर बासी, सडेगलेका, झिंगा भन्केका खानेकुराहरु हामीले खान हुँदैन।  यो त भयो बसी खाने कुरा बाट हुने फूड पोइजन को बारेमा कुरा तर सबै फुड पोइजन बासी खाना बाट मात्र हुँदैन। ताजा खानेकुराहरु पनि धेरै
छन् जसको गुण एक अर्का मा नमिल्दा हामीलाई फुड पोइजन हुन पुग्दछ।

फुड पोइजन हुँदा देखिने लक्षणहरु :

यदि खाना खाएको २ देखि ३ घण्टा बाट
  • बोमिट  हुने
  • ग्यास बढ्ने वा पखाला लाग्ने,
  • पेट दुख्ने,
  • दिसामा रगत आउने
  • कमजोर महसुस हुने,
  • शरीर को तापक्रम एक्कासी बढ्ने,
  • शरीर, नाक, मुख, ओठ सुक्ने, तिर्खा लाग्ने  र पानी पीए बमिट भै हाल्ने
आदि भयो भने यो फुड पोइजन को पहिलो लक्षणको रुपमा लिन सक्नु हुनेछ। त्यसैले  यस्तो समस्या देखिने बितिक्कै डाक्टर कहाँ तुरन्तै गएर  जचाउनु पर्ने हुन्छ।

अरु पनि विशेष स्वास्थ्य जानकारीहरु पढ्नुहोस  :

जब पखला लाग्दछ, बोमिट  हुँदछ, तब शरीर निकै कम्जोर स्थिति मा पुग्दछ र हिड-डुल  गर्न सकिन्न, शरीर को प्रेसर घट्न थाल्छ र  बोमिट , पखाला ले शरीर निर्जलिकरण को सिकार हुन पुग्दछ र एकै छिन मा व्यक्ति फुड पोइजन ले  गम्भीर स्थितिमा पुग्दछ।

पखाला धेरै लागेपछी शरीर सुख्खा हुन थाल्छ र ब्लड प्रेसर  पनि घट्ने हुन्छ।  त्यसैले यदि २/३ पटक भन्दा बढी बमिट भै रहयो भने हामिले  यसको प्राथमिक उपचार गर्न सुरु गर्नु पर्दछ। नुन र चिनि तातो पानी मा घोलेर जीवनजल बनाई पिउनु पर्ने हुन्छ।  जब नुन र चिनि पानी मा घोलेर पीइन्छ तब यसले प्रेसर घटन दिदैन र शरीर कमजोरी भएको महसुस हुन दिदैन र बिस्तारै ठिक हुँदै गएमा  पेट ठिक गर्नै नरिवलको पानी र पुदिनाको चियाहरु बनाएर पिउनुपर्ने हुन्छ ।

फुड पोइजन हुने मुख्य ३ कारणहरु:

ब्याक्टेरिया को कारण :

फुड पोइजन गराउने मुख्य ब्याक्टेरिया इकोली,लिस्टेरिया, साल्मोनेला हो । यि ब्याक्टेरियाहरु को कारण फुड पोइजनिङ हुन्छ।

परजीबी को कारण :

परजिबि को कारण ले हुने फुडपोइजन खाना को माध्यम बाट हुनेगर्छ । यो परजीबि भोजनको माध्यमबाट शरीर भित्र पस्ने गर्छ र हाम्रो पाचन तन्त्रमा बस्ने गर्छ । हाम्रो रोगप्रतिरोधात्मक शक्ति  कमजोर हुँदा यी परजीवी ले आक्रमण गरेर फुडपोइजन हुन्छ ।

भाइरस को कारण:

भाइरसको कारण ले पनि हामिलाइ फुडपोइजन हुने गर्छ । Norovirus, sepovirus, rotavirus, astrovirus, को कारणले गर्दा हामीलाइ फुड पोइजनिङ हुनेगर्छ ।

वृद्धअवस्था,गर्भावस्थाको महिला,बच्चाहरुले आदि ले आधा पाकेको खानेकुराहरु खानु हुदैंन । जस्तो आधा बोइल गरेको अण्डा, कुखुराको पोलेको मासु, आधा पकाएको माछा, पोलेर बनाएको मासु वा सेकुवाहरु, यी चिजहरूले शरीर मा इम्युन सिस्टम कम्जोर भएकाहरुलाई फुडपोइजन गराउन सक्छ।

फुड पोइजन बनाउने खानाहरु (Foods That Cause Food Poisoning)

यी तल बताइएको खानाहरु मिश्रण गरेर खाने गरे फुड पोइजन हुन सक्छ।

दुध र माछा-मासु (Milk and Meat):

दुध संग माछा-मासु कहिल्यै खान मिल्दैन । यसले धेरै लाई फुडपोइजन हुन्छ,  बमिटिङ,डायरिया हुन सुरु गर्दछ र चांडै उपचार नगरे व्यक्तिको मृत्यु पनि हुन सक्दछ । त्यसैले दुध खाएको ३ /४  घण्टा भित्रमा माछा मासु नखानु उचित हुन्छ।

दुध र प्याज (Milk and Onion):

दुध र प्याजको सेवन एकै पटक गर्दा  समस्या हुन सक्छ । दुध र प्याज एक अर्काको सत्रु समान हुन । त्यसैले यी खानेकुरा सँगै‌ खाइयो भने सुरुमै छाला को समस्या निस्कन सक्छ । छाला चिलाउने,शरीर मा बिबिरा र पानी फोका,दाद वा एलर्जी निस्कन सक्छ । त्यसैले यी चीज संगै सेवन नगर्नु उचित हुन्छ।

दुध र अमिला फलफुलहरु (Milk and Lemon) :


दुध र अमिला फलफुलहरुको सेवन एकैपटक गर्नु हुँदैन । जस्तो सुन्तला,कागती,अङ्गुर आदि । दुध र अमिला चिज खाए यसले पखाला लगाउन सक्छ।

मह र घिउ (Honey and Ghee) :

मह र घिउको सेवन एकैपटक नगर्नु उचित हुन्छ ।  मह र घिउ को गुण पनि एक अर्कामा मिल्दैन, जसले फुड पोइजन गराउन सक्छ । त्यसैले मह खानु छ भने घिउको नखानु पर्ने हुन्छ भने घिउ खाए मह नखानु उचित मानिन्छ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !